अनुभव
केही हाईकुहरु
Submitted by Anubhav on Wed, 02/03/2010 - 15:32पुर्णेको जुन
मनपर्छ अती नै
धर्तिमा छु म !
-----------------------
कालो बादल
झरी पर्छ लौ आज
मनमा मेरो !
-----------------------
तिम्रो मुहार
जुन जस्तो उज्यालो
ग्रहण लाग्यो !
कसम
Submitted by Anubhav on Sat, 12/05/2009 - 22:53यो जोवन अन्तै साटेको भए
मै मरी जाउला ढाटेको भए
तिम्रै केशमा डोरी झै छु म
सत्य! अरुको बाटेको भए
दिलमै राख्या'छु तिम्रो तस्बिर
धरोधर्म सानु फाटेको भए
जीवन मेरो तिमी बिनाको
सलाम छ मेरो
Submitted by Anubhav on Wed, 11/04/2009 - 17:51लजाउदै जानीलाई सलाम छ मेरो
ती रुपकी खानीलाई सलाम छ मेरो
कस्तो अहा! परेलीले झिम्क्याएर बोल्ने
उनको आनी-बानीलाई सलाम छ मेरो
चट्ट जीउ लामो केश ओठ सुनकेस्रा
भरपुर जवानीलाई सलाम छ मेरो
याद आयो
Submitted by Anubhav on Wed, 10/28/2009 - 23:30फगत प्रेम बारबार याद आयो
कसैको फेरी लगातार याद आयो
जब साँझपख, झ्याउकिरी करायो
तिनै पाउजुको झन्कार याद आयो
सुन्दर सानो चिटिक्क घरबार बस्ने
झुठा बाचा, कच्चा आधार याद आयो
म
Submitted by Anubhav on Fri, 10/23/2009 - 16:11अधम भएछु, डर लाग्दैन
आँफैलाई आफ्नो भर लाग्दैन
भन्यौ जाली र पापी मान्छे
सोच्नलाई तिम्ले कर लाग्दैन
देखेको छैन, सास पथ्थरमा
छ जस्तो कही ईश्वर लाग्दैन
मायाको वस्ती, शङ्काको झिल्का
नेपाल रोएको छ
Submitted by Anubhav on Sat, 10/03/2009 - 17:42तराई र पहाड अनि, हिमाल रोएको छ
हेर प्रत्येक ठाँउ-ठाँउ, नेपाल रोएको छ
जति बग्नु बगी सकें रगतका खोला
पुछ्दै आँसु बन्दुक को नाल रोएको छ
रोल्पा रुकुम बिनाशै भो दशा मडारियो
यो दसैं
Submitted by Anubhav on Sat, 09/26/2009 - 16:06दसैं अली पर सरे नि हुन्थ्यो
दशा यो लौन टरें नि हुन्थ्यो
ऋणको थुप्रो पोहोरको उस्तै छ
कसैले आममाफि गरें नि हुन्थ्यो
दु:ख हर्छौ रे माथि कही छौ रे
हे भगवान तल झरें नि हुन्थ्यो
उनीले भनिन्
Submitted by Anubhav on Mon, 09/21/2009 - 19:59निवेदन छ जीवनमा टेवा दिन पाऊँ
बिन्ती “अनु” हजुरलाई सेवा दिन पाऊँ
मुहारमा मुस्कान छर्न, खुशीहरु समेटेर
रुपा, बेगनाश, रारा अनि फेवा दिन पाऊँ
ईश्वरलाई दे'खी छैन, भा'को हजुर मेरो
गजल
Submitted by Anubhav on Sat, 09/12/2009 - 21:01देख्नुभए “ईश्वर!” मलाई, देखाईदिनुहोला
नसके नि एउटा पत्र लेखाईदिनुहोला
भगवान नि भन्छन सबले बहुरुपी छ रे
दुईचारजना मिली बाटो छेकाईदिनुहोला
भन्या सुन्छु कही कतै हुन्छ अरे यतै
गजल
Submitted by Anubhav on Mon, 09/07/2009 - 16:39अब माया लगाउदिन
खुट्टा मेरा कमाउदिन
कनिकुथी शब्द बुनी
आतशबाजी जगाउदिन
उन्को पिडा आफ्नो ठान्दै
अश्रु धारा बगाउदिन
दैलो खोज्दै आउने खुशी
ढ्याङ्ग्रो ठोकी भगाउदिन
फेद मै कुरी बस्छु बरु
गजल
Submitted by Anubhav on Wed, 08/26/2009 - 22:35भट्टी पसे आँफैलाई पिलाएर आए
उध्रेको 'थ्यो मनको छेउ सिलाएर आए
नशा नशा भित्र सबै बियोगको बाढि
प्याला सङ्गै प्रेम बुदँ मिलाएर आए
दोबाटोमा फेरी आज “मैसा'प”को दर्शन
"तिमी"
Submitted by Anubhav on Wed, 08/19/2009 - 20:50घाम जुन तिमी मेरो तिमी मेरो मित
मेरा हरेक गजल अनी तिमी मेरो गीत
जीवन दिन्छौ बिहानिमा पुरिबको किरण बनी
साथ दिन अध्यारोमा आउछौ जुन सित
डगमगाउछु लक्ष्य चुम्न अत्तालिन्छु घरिघरी
गजल
Submitted by Anubhav on Wed, 08/12/2009 - 13:54तिम्रो मनको मशानघाटमा जलाई देउ मलाई
तिमीलाई गार्ह्रो हुन्छ भने सलाई देउ मलाई
हासो खुशी माग्दा माग्दै दु:ख पिडा झोली भरी
भिकारी भई आए भस्म दलाई देउ मलाई
कस्ले देख्या छ र?
Submitted by Anubhav on Fri, 07/24/2009 - 16:56अपारदर्शी अनबिज्ञ, भोली कस्ले देख्या छ र?
मरेपछी आउने अर्को, चोली कस्ले देख्या छ र?
कालोबादल मनआकाशमा, ढकमक्क सारा संसार
एक्लिएको मनको ढोका, खोली कस्ले देख्या छ र?
आँखाहरु भौतारिदा, चाहनाका गृहयुद्द
लक्ष्यसङ्गै मृत्युशैया, डोली कस्ले देख्या छ र?
“कारण”
Submitted by Anubhav on Fri, 07/24/2009 - 16:56आज फेरी एउटा चाह बल्किएर आएँ
पुरानो त्यो स्वाद सम्झी पल्किएर आएँ
तिम्रो घरको बाटोगरी झर्दै थिए बेसीतिर
जुन जस्ता तिम्रा अङ्ग टल्किएर आएँ
सधैं ढोका खुल्छ भन्थ्यौ तर आज बन्द रै'छ
सुनेको कुरा...
Submitted by Anubhav on Thu, 07/16/2009 - 23:48अर्धनग्न कपडामा नाँच्छ्यौ अरे लजाई लजाई
छिनेको त्यो कम्मर तिम्रो भाँच्छ्यौ अरे लजाई लजाई
तातो तातो मेहेफिलमा, सबको नजर तिमी माथि
कस्को खुबी कती भनी जाँच्छ्यौ अरे लजाई लजाई
“पहिलो भेट”
Submitted by Anubhav on Wed, 07/08/2009 - 22:16भेट हुँदा उनको मेरो पुर्णिमाको रात थियो
छिर्केमिर्के उज्यालोमा जुनको मिठो साथ थियो
भन्न सकिन मैले केही, बोलिनन् उनी पनि
आँखा आँखा जुधिरन्थे अच्चमको बात थियो
लजाएर हेर्थिन उनले डराएको थिए म नि
चिसो चिसो हावा चल्दा केही गर्ने मात थियो
मेरो देश!
Submitted by Anubhav on Sat, 06/27/2009 - 21:27नजरबन्द चारैतिर, थुनामा मेरो देश
भाँचिएको भविष्य, मुनामा मेरो देश
पालैपालो उत्तरदक्षिण, सुरुवालको यात्रा
देशभक्ती, ईजारमा र तुनामा मेरो देश
कुर्ची चढ्न लुछाचुडी, राष्ट्रियता दाउमा
बिदेशिको कालोजादु, टुनामा मेरो देश
“तिमीलाई…”
Submitted by Anubhav on Thu, 06/25/2009 - 17:05भान्छाघर पस्दा भात पाक्ने बेला छड्किदा सम्झिए
तातेको तेलमा मेथीं र ज्वाँनो पड्किदा सम्झिएँ
रहेनछ आलु रहेनछ प्याज पकाउने के आज
भनेर सोच्दै सबैको अभाब खड्किंदा सम्झिएँ
“रानीबनमा…”-प्रणयपरक गजल
Submitted by Anubhav on Sat, 06/20/2009 - 23:03गुम्बाबाट जब हामी झरियो रानीबनमा
फेवाताल नजिकै को हरियो रानीबनमा
सुनसान बातावरण कोईलीको स्वर सङ्गै
एक अर्काको आलिङ्गनमा परीयो रानीबनमा
