निर्मला थापा

गजल

जति भेटें ति मध्येमा आहा लाग्छ भन्छ सधैं
सायद दूर छ मदेखि उ चाहा लाग्छ भन्छ सधैं

उठुं, बसुँ हरेक क्रिया उसकै बसमा राख्न खोज्छ
नजाउ समीप कसैको नि डाहा लाग्छ भन्छ सधैं

गजल

खै के सोचिन उनले त्यो पल हेरिरहिन एकोहोरो
हातमा खाली पाना थियो केरिरहिन एकोहोरो

संगै जीउने बाचा संगै सुम्पिदैथें केहि कुरा
बुझ्दै थिइन् या नबुझेरै टेरिरहिन एकोहोरो

गजल

हिजो, आज, भोली भन्दै टारेपछि के गरूँ म
जित्छु भन्थें प्रेम उसको हारेपछि के गरूँ म

ढुक्कै भई बसें म 'नि अन्त नजर नडुलाई
दिन्छु भन्थ्यो जसले माया मारेपछि के गरूँ म

गजल

जित्छु भन्दै सच्चा प्रेम हारीरहे सदा मैले
थोपा थोपा खुन झिक्दै मारीरहे सदा मैले

बल्ल बल्ल रोज्या माया पराईले खोसिदिदा
दिनरात उनकै बस्ति चारीरहे सदा मैले

गजल

जति सुन्यो सुनौ लाग्ने बोली हजुरको
झनै यो मन अल्झाउने चोली हजुरको

सयौ मोहित हुन्छन् जब झर्छ तप्प तप्प !
प्रेमरसले भरिएको सोली हजुरको

हजार आउछन् प्यासी बन्दै मेट्छन् तिर्खा पनि

गजल

बाध्यताले अन्तै लगन जुरेपछि तिमि आयौ
सारा तिम्रो यादहरु पुरेपछि तिमि आयौ

कैयौ दिन तिमीबिना एक्लै यात्रा गरिरहे
थाके अब भन्दै यात्रा तुरेपछि तिमि आयौ

गजल

कत्ति जिद्दी गर्छौ तिमि रहरले हुन्न माया
रोमै दिन्छु भन्छौ सधै शहरले हुन्न माया

शिर देखि पाउ तुन्दै नकोर भो गजल कुनै
नानाभाती बयान बोक्ने बहरले हुन्न माया

गजल

एक्लै बाच्न गारो हुन्छ मैले भन्या मान नानु
जनम जनम साथ दिने आफ्नो मान्छे छान नानु

उमेरमा पो बल हुन्छ चाहिदैन कोहि अरु
सधै रुखो बन्नु हुन्न यस्ता कुरा जान नानु

गजल

कति काट्नु बचन तिम्रो यो पालि त मान्छु आमा
ढल्क्यो उमेर मेरो पनि अब एउटी छान्छु आमा

सधै एक्लै चुला चौका गारो भयो तिम्लाई पनि
दुख सुख पोख्न हुन्छ खोज्न आजै जान्छु आमा

गजल

दशा बोकी आयो दशैँ टार्ने अब कसो गरी?
नदेखे नि हुन्थ्यो यसले बार्ने अब कसो गरी?

काँधभरि पोहोरकै रीन छ तिरिसक्या छैन साहुको
हात जोर्दै उही बस्ति चार्ने अब कसो गरी?

गजल

तिमी भन्थ्यौ सधैं तिमीलाई अङ्गालोमै बेरी बसम
बिर्सिएर सारा संसार तिमीलाई नै हेरी बसम

म त भन्थेँ माया मात्र प्रयाप्तता छैन बाँच्न
तिमी सोच्थ्यौ हरेक पल तिमीलाई नै घेरी बसम

गजल

होस लुट्ने भट्टी होइन पौरख लुट्ने काम रोज
बहादुरि फैलाउने सधैँ राम्रो नाम रोज

अमुल्य छ साँच्चै जीवन केही गरी देखाउनु छ
नयाँ नयाँ जोस दिने मिर्मिरेको घाम रोज

गजल

होस लुट्ने भट्टी होइन पौरख लुट्ने काम रोज
बहादुरि फैलाउने सधैँ राम्रो नाम रोज

अ मुल्य छ साँच्चै जीवन केही गरी देखाउनु छ
नयाँ नयाँ जोस दिने मिर्मिरेको घाम रोज

छिट्टै आउँला सिन्दुर लिई..........

छिट्टै आउँला सिन्दुर लिई सिउँदो तिमी खाली राख्नु
जोगाउनलाई गाह्रो परे थोरै आँफै हाली राख्नु

नओड भो श्रीङ्गार बस्त्र दुनियाँले आँखा लाउलान्
भित्र यसै सुन्दर तिमी बाहिरी रुप काली राख्नु

गजल

बुँद बुँद सँगालेकी चु'न दिने छैन हजुर
उदार मेरो दिल कोहिलाई छुन दिने छैन हजुर

जस्तै दु:ख भए पनि बाँच्ने साहस छ म मा
मलाई हेरी मेरो लागि रुन दिने छैन हजुर

गजल

हजार छन् रे तिम्लाई कुर्ने यस्तै हल्ला सुनेँ आज
सुखद बनोस् तिम्रो जीवन मैले अन्तै चुनेँ आज

प्रेम एउटा खेल भन्छन् सच्चा मनको हार हुन्छ
तिमीबाट फाटेको मन जतनसाथ तुनेँ आज

गजल

आज August 2, Friendship Day को उपलक्षमा बिशेश त सम्पूर्ण साहित्य-प्रेमी साथीहरुमा यो गजल समर्पित गर्न चाहन्छु ।

भेटे पछि छुट्नु पर्ने रित ठन्नु जिन्दगीको
अनयासै टाढा हुनु प्रित ठान्नु जिन्दगीको

बरदान छैन कसैलाई 'नि सधैं साथ रहन त
कोही त्यागी कोही पाउनु जित ठान्नु जिन्दगीको

गजल

के टुङ्गो र मर्ने दिनको हाँसेरै बाँचौ साथी
सबैसँग आत्मियता गाँसेरै बाँचौ साथी

आयौं रित्तै जान्छौँ रित्तै मरिलाने होइन केही
लोभ-लालच्, रिस-द्वेष मासेरै बाँचौ साथी

गजल

कहिले काँही त मिठो बोल झर्किएर हुन्न सँधै
दुनियाँले ताली पिट्छन् तर्किएर हुन्न सँधै

सँकल्प गरिसक्यौं यो यात्रा सँगै गर्ने
सम्झौता 'नि गर्नु पर्छ दर्किएर हुन्न सँधै

गजल

सम्झे मात्र पुग्छ मलाई एक साथीको नाताभित्र
सजाई राख्न पर्ने छैन चोखो दिलको खाताभित्र

साईनो गाँस्न खोज्नेलाई मित्रतानै काफी हुन्छ
अजम्बरी हुन्न भन्छन् प्रेम मय छाताभित्र

Syndicate content