मझेरी आकर्षण
लग-इन (भित्र)
बिधा सूची
लोक कथा
जे भए पनि कुरा त दाइजो नै त हो
minabantawa — Sat, 02/18/2012 - 00:03
बिहेमा दाईजो कहीँ पैसा दिन थाले छन, कहीँ के दिन शुरु भयो रे यस्ता घाँई घुइँ सुनिन्छ हाम्रा समाजमा ।
कहीं फर्निचर दिन्छन, कहीं के, कहीं के, फलानोले छोरीलाई यो पो दियो रे, त्यो पो दियो रे, हाम्रो समाजमा हामी कानले सुनी रहन्छौं ।
दाइजो ? ओहो! ओहो ! दाईजो, हेर्नुस त ? चेलीबेटीलाई कति मायाँ गर्नु भा ?
चण्डीनाचको प्रारम्भ
ks — Sat, 01/07/2012 - 22:27
खोटाङ, भोजपुर, उदयपुर लगायतका पूर्वाञ्चलका जिल्लाहरूमा हरेक सालको नववर्षसितै बुद्धपूर्णिमाछेक ढोल-झ्याम्टा बजाएर राईहरू चण्डीनाच नाच्छन् । फागु वा चण्डी नाचेर साकेला पूजा गर्दै धुमधामले पितृपूजा गर्दै उँभौली पर्व मनाउँछन् । प्रागैतिहासिक ढुङ्गेयुग, शिकारयुग र कृषियुगका पुर्खाहरूका विविध कार्यको अभिनय गर्दै विभिन्न शीलीमा राईहरू फागुनाच गर्छन् । यस्तो साँस्कृतिक पर्व चण्डीनाचको प्रारम्भिक कथाको सोधीखोजी गर्दा खोटाङ जिल्लाको दक्षिणी छुलुवार भेग फाक्टाङका बयोबृद्ध धुर्वजित चाम्लिङ राई यस्तो किम्बन्दन्ती कथा सुनाउँछन् ः-
एकोहोरो धुनको त्याग
kbs — Tue, 07/26/2011 - 22:32
अनु. रामविक्रम सिजापति
चीनको एउटा सानो गाउँमा निओ नाम भएको मायालु केटा आफ्नो परिवारका साथ बस्दथ्यो । निओको बूढो बाजे चुङ्ग दिनभरी घरमै बस्दथे । जति शोख बाजेचाहिँलाई कथा सुनाउनमा थियो त्यतिकै शोक निओलाई बाहिर बगैंचाको खुला हावामा बोटबिरूवाको बीचमा खेलकुद गर्नमा थियो ।
तोयामा- खियामा र हेचाकुप्पा
kbs — Mon, 11/08/2010 - 17:49
खोटाङ जिल्लाको मलायाथुम्कीमा पातेसुङ र दिलिदुङ नामका किराँत पति-पत्नी बस्थे । उनीहरू कपासखेती गर्थे, धागो काट्थे र तानमा कपडा बुन्थे । यी किराँत दम्पत्तिका तोयामा र खियामा नामका दुई छोरी र हेचाकुप्पा भन्ने एउटा छोरा थिए । हेचाकुप्पा सानै (दूधे बालक) हुँदा पातेसुङ र दिलिढुङको देहान्त भयो । उनीहरूले मर्ने बेलामा तोयामा- खियामालाई भनेका थिए ः 'सानो भाइलाई राम्रोसित पाल्नु-तिमीहरू सधैँ मिलेर बस्नु !'
संसारको सृष्टिको कथा
kbs — Wed, 07/28/2010 - 22:29
प्यारा भाइबहिनीहरू ! यो संसारको सृष्टि सम्बन्धी विभिन्न क्षेत्रहरुको दृष्टिकोण बेग्लाबेग्लै छ । सबैभन्दा प्रमाणित आधार चाहिँ वैज्ञानिक दृष्टिकोण नै हो । यस कुरामा त्यत्ति ठूलो मतैक्यता छैन । यहाँ भने थारु संस्कृतिमा संसारको सृष्टि बारे रोचक कथा प्रस्तुत गरिन्छ ।
एक समय यहाँ चारैतिर अन्धकार र जलमग्न थियो । निरंजन ठाकुर नाम गरेका सत्पुरुष र अन्धाअन्धी दम्पति बाहेक कुनै प्राणी र जमिनको अस्तित्व थिएन । ती तीनै जना पानीमा तैरिएका थिए । तीनै जना शक्तिशाली थिए । अन्धाअन्धी दम्पतिबीच प्रगाढ मायाप्रेम थियो । एकले अर्काको भावनाको कदर गर्थे । पतिव्रता र पग्नीव्रतका कारणले उनीहरू शक्तिशाली भएका थिए । पतिसँग दिव्यदृष्टि थियो । उनी अघि र पछिका सम्पूर्ण कुरा जान्दथे । जलको वाहेक अर्थोकको आवाज सुन्ने स्थिति त्यहाँ थिएन । सत्पुरुष निरंजन ठाकुर संसारको सृष्टि गर्ने इरादाले चारैतिर घुमफिर गर्दै निरीक्षण गर्न थाले । अकस्मात् उनले अन्धाअन्धी दम्पतिलाई देखे । अब भने उनको दिमाखमा एक किसिमको बुद्धि आयो ।
असारको महिना पानी को रिम झिममा रमाउदै ..
atript — Tue, 06/22/2010 - 14:49
असारको महिना पानी को रिम झिममा रमाउदै ....बादलुको घुम्टो भित्र चियाई रहेका माथी डाँडाका थुम्क्काहरुलाई आँखा झिम्कौदाई ...सुसाइ रहेका खोलाहरु तर्दै ....पालुवा फेर्दै गरेका डालीहरुसंगै रम्दै ...चिल्ला -
खम्बुवान्को लोककथाः रिथु चरा
kbs — Wed, 07/29/2009 - 19:09
नेपालको हालको सुनकोसी नदी पूर्व र अरुण नदी पश्चिम बीचको भू-भागलाई उहिल्यै किराँत खम्बुवान्् नामले चिनिन्थ्यो । यहीँ किराँत खम्बुवान्को एउटा गाउँको एक घरमा एक जना बुहारी, दुई जना राउसे र बाउसे भन्ने मान्छे बसोबास गर्थे । यिनीहरूले गर्नुपर्ने कामको विभाजन पनि मान्छेअनुसार बेग्लाबेग्लै छुट्याइएको थियो । समाजमा चलेको चलनअनुसार बुहारीको भागमा घरधन्दा, बाउसेको भागमा हलो जोत्ने र राउसेको भाग भने गाईवस्तु चराउने परेको थियो । काम छिटो र राम्रो होस् भनेर काम विभाजन गरिए तापनि यी तिनै जना अल्छे भएकाले कहिल्यै चित्तबुझ्दो काम गर्दैन थिए ।
ज्याजिमाको योगदान
kbs — Sat, 05/09/2009 - 13:19
संसारका प्राणीहरूलाई दुःखबाट मुक्त गराई सुख र शान्ति उपलब्ध गराउने अभिप्रायबाट प्रेरित भई रात दिन तल्लीन प्राणीहरूलाई तार्ने काममा लागि राखेका भगवान् लोकेश्वरीले पृथ्वीमा नजर लगाउनु हुँदा असङ्ख्य प्राणी दुःखमा परी छटपटाइ रहेका थिए । त्यो करुणामय भावबाट विभोर भएर दुई थोपा आँसु आँखाबाट छचल्किएछ । गहभरी छचल्किएका ती आँसुका थोपा भुईमा खस्न नदिई हातमा लिएर तिमीहरूले पृथ्वीमा अवतार लिएर संसारका सबै प्राणीहरूलाई दुःखबाट मुक्त गर्ने मेरो काम मलाई सहयोग गर भन्ने आशिर्वाद दिएछन् ।
बाँदरको कोसेली
kbs — Sat, 04/18/2009 - 22:05
चीनको एउटा गाउँमा एउटा परिवार बस्तथ्यो । त्यो परिवारमा आमा, बा र तिनीहरूका नौजना छोरीहरू बस्तथे । त्यो गरिब परिवार थियो । छोरा नभई स्वर्ग गइन्न भन्ने अन्धविश्वासले गर्दा त्यो घरमा वर्षैपिच्छे बच्चा जन्मन्थ्यो तर जति बच्चा जन्मे पनि छोरा भने जन्मेन । दसौँ छोरी जन्मिदा आमाको स्वास्थ्य एकदमै खराब भयो । छोरी नै छोरी जन्माएको भनेर बाबुले पनि उनीहरूको राम्रो हेरचाह गरेनन् । अन्तमा आमा र दसौँ बच्चा दुबैको मृत्युभयो । त्यसपछि ती केटीहरू टुहुरा भए ।
ट्याम्केकी देवी
kbs — Sat, 08/23/2008 - 12:24
पूर्वी पहाडका अग्ला डाडाहरूमध्ये 'ट्याम्के' सबैभन्दा अग्लो (३६२० मिटर) र प्रसिद्ध डाडा हो । सफा मौसमको सूर्योदयपूर्व ट्याम्केबाट दार्जीलिङ र काठमाडौं समेत देख्न सकिन्छ । खोटाङ र भोजपुर जिल्लाको सिमानामा अवस्थित यो ट्याम्के डाडामा देवीथान छ ।
!>
महिनाको मझेरी छनौट
सामाजिक सञ्जालमा
लोकप्रिय रचनाहरू
Today's:
- पाणिनि र पणेना
- लाजको लाली
- "रुपकी रानी रुपा" (मनोवाद यौन कथा)
- म एक पात्र हुँ
- मलाई माफ गरिदेऊ
- इन्फोसिसमा प्रचण्डका पाइला
- हजार सपनाहरूको माया लागेर आउँछ
- बिहान
- पिउँदै नपिउने मान्छे
- जुनी काट्नु - एउटा बाजी
- सानै हुरीमा वैशको सपना
- जेठको गर्मीमा एउटी स्त्री
- गरुँ कि मिठो भूल
- हङकङ पोखरा
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- हाम्रो बारेमा
- सडकबासी
- सम्बन्धका दूरी
- शनिबारको दिन बिहानी पख
- नातिनीसँगको संवाद ?
Last viewed:
- पाणिनि र पणेना
- तिमीले भनेका सारा देव छोएर
- एक फूल झरेर के भो?
- रत्नपार्क
- छद्म यथार्थ
- नाट्यसम्राट् बालकृष्ण सम
- ऐठन
- बिछोडको पीडा नसकी खप्न
- स्रष्टाको आन्दोलन मुखर हुनु जरूरी छ - हरिगोविन्द लुइँटेल
- ईश्वरले मलाई रङ्गकर्मकै लागि पठाइदिएको हुनसक्छ
- टुक्रा-टुक्रा भयो देश
- रूपान्तरण
- बगैचामा माली छैन
- मैले बाआमा त्यागेर रोजेको
- बाँदरहरू खेती गर्दैनन्
- गुलाबी फ़्रक
- शान्ति क्षेत्र - नेपाल
- सुनैसुनको नगरी
- जन्मेर कोखमा कसैको
- नेपाली भाषाप्रति विद्यार्थीहरूको घट्दो आकर्षण

नयाँ प्रतिकृयाहरू
23 hours 1 min ago
2 days 4 hours ago
5 days 17 hours ago
5 days 17 hours ago
5 days 17 hours ago
5 days 18 hours ago
5 days 19 hours ago
5 days 23 hours ago
6 days 21 hours ago
6 days 22 hours ago