मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
लोक कथा
जगतको सृष्टि बारे थारु संस्कृतिको कथा
editor — Sun, 03/26/2017 - 21:34
प्यारा भाइबहिनीहरू ! यो संसारको सृष्टि सम्बन्धी विभिन्न क्षेत्रहरूको दृष्टिकोण बेग्लाबेग्लै छ । सबैभन्दा प्रमाणित आधार चाहिँ वैज्ञानिक दृष्टिकोण नै हो । यस कुरामा त्यत्ति ठूलो मतैक्यता छैन । यहाँ भने थारु संस्कृतिमा संसारको सृष्टि बारे रोचक कथा प्रस्तुत गरिन्छ ।
एक समय यहाँ चारैतिर अन्धकार र जलमग्न थियो । निरंजन ठाकुर नाम गरेका सत्परुष र अन्धाअन्धी दम्पति बाहेक कुनै प्राणी र जमिनको अस्तित्व थिएन । ती तीनै जना पानीमा तैरिएका थिए ।
- Add new comment
- Read more
- 1313 reads

कसरी छुटे पिल्मोस् र नाम्लुवास
केडी रेम्नीसीङ — Sun, 11/06/2016 - 19:58
धेरै वर्ष पहिलेको कुरा हो, हुंगुखोला किनारतिर किरात वंशको एक समुदाय बसोवास गर्ने गर्दथे । उनीहरु जंगली जीवनबाट कृषि युगतिर विकसित हुँदै गइरहेका थिए । तथापी उनीहरु जंगली जनावरको शिकार गर्ने तथा सो को मासु खाने चालचलन भने कायम नै थियो । यो किराती वंशको समुदायभित्र पनि वंशजीय रुपले फरक फरक वंशका समूह थियो । ती समूहहरुमध्ये खप्दुलुका सन्तानहरु हालको बुङको पिल्मो गाउँमा फैलिएर रहन थाले ।
- Add new comment
- Read more
- 852 reads

सतीको सराप
tikamilan — Fri, 09/20/2013 - 22:37
अरुण नदीको किनारमा, सतीघाट भन्ने स्थान छ । जहाँबाट अरुण नदी वारपार गर्ने नाऊ लाग्छ । काठको नाऊमा राखेर माझीहरूले बटुवाहरूलाई वारि र पारी आवत जावत गर्न सजिलो पारेका छन् । यो घाटले भोजपुर जिल्लाको दिंला र संखुवासभा जिल्लाको तुम्लिंटारलाई जोडेको छ । यो घाटको नाम सतीघाट कसरीरहन गयो भन्ने बारेमा बिभिन्न खाले किंबदन्तीहरू सुन्न पाइन्छ । जसमा एउटा यस्तो कहानी पनि छ । परापूर्व कालमा यो घाट अरुण नदीमा आवत जावत गर्ने घाट नभएर, मसानघाटको रुपमा मात्र रहेको थियो ।
भोजपुर जिल्ला पटि भनौं वा दिंला तिरका मान्छेको दाहसंकार गर्ने मुख्य घाटको रुपमा मात्र थियो । त्यो घाटको बगरमा प्रसस्त दाउरा पाइने भएकोले गर्दा, टाढाटाढा देखिका मुर्दा लिएर त्यही आउने चलन थियो । जमाना धेरै पहिलेको भएको हुँदा, महिला र अविबहित पुरुष मर्दा जलाउँने ठाउँ भिन्दै र पत्नी भएका पुरुषको मृत्यु भएमा जलाउँने ठाउँ भिन्दै थियो । जुन पुरुषको मृत्यु भएको छ, उसकी पत्नीलेसँगै जलेर सतीजानु पर्ने बाध्यता थियो ।
- 2 comments
- Read more
- 3132 reads

हरितालिका तीजको कथा
editor — Sun, 09/08/2013 - 15:00
जसको कपालमा मन्दार फूलको मालाले शोभा दिएको छ, जुन भगवान शंकरको शिरमा चन्द्र र घांटीमा मुण्डोंको मालाले सुसुजित भएको छ, जो माता पार्वती दिब्य बस्त्रहरूले शोभायित छन तथा भगवान शंकर दिगम्बर भेष धारण गरेका छन उनी दुई भवानी-शंकरलाई नमस्कार गर्दछु ।
कैलाश पर्वतको शुन्दर शिखरमा पिपलको बोट मुनि दम्पती दुई मिठा मिठा कुरा गर्दै काखमा पल्टिरहेकी माता पार्वतीले श्री महादेवजीलाई सोध्नु भयो – हे महेश्वर मलाई गोप्यभन्दा गोप्य कुरा भन्नुहोस जुन हजुरलाई मात्र थाहा छ र !
- Add new comment
- Read more
- 2082 reads

नाग नागिनीको कथा
editor — Wed, 08/21/2013 - 19:13
एउटा नगरमा किसानका परिवार कृषि काम गरेर पेट पाली जीविका निरबहा गरिरहेका थिए ।
- Add new comment
- Read more
- 2296 reads

एक जोडी परेवाको दुःखद अन्त्य
ks — Sat, 06/22/2013 - 17:32
धेरै-धेरै वर्षे पहिले शहरको एक विशाल मन्दिरमा एक हुल परेवाहरू आनन्दसँगले जीवन बिताइरहेका थिए । ती हुल मध्ये एक जोडी परेवाहरूलाई आफूले दुनियालाई केही सघाउन नसकेकोमा आफ्नो जीवन निरर्थक लागेछ किन भने उक्त मन्दिरमा अर्काले व्यवस्था गरी दिएको चारो, पानी, गुँड आदिमा पर निर्भर भएर बाँच्नु परेको थियो । त्यसैले अरु केही नभए पनि जुन मुलुकमा घडी छैन र घडीको अभाव मानिसहरूलाई समय सदुपयोग गर्न अप्ठ्यारो भएको छ । हामी त्यहाँ गइसमयको जनाउ गर्दै मानव सेवा गरौं भन्ने विचार उनीहरूले गरे ।
- Add new comment
- Read more
- 2438 reads

जे भए पनि कुरा त दाइजो नै त हो
minabantawa — Fri, 02/17/2012 - 20:48
बिहेमा दाईजो कहीँ पैसा दिन थाले छन, कहीँ के दिन शुरु भयो रे यस्ता घाँई घुइँ सुनिन्छ हाम्रा समाजमा ।
कहीं फर्निचर दिन्छन, कहीं के, कहीं के, फलानोले छोरीलाई यो पो दियो रे, त्यो पो दियो रे, हाम्रो समाजमा हामी कानले सुनी रहन्छौं ।
दाइजो ? ओहो! ओहो ! दाईजो, हेर्नुस त ? चेलीबेटीलाई कति मायाँ गर्नु भा ?
- Add new comment
- Read more
- 4174 reads

चण्डीनाचको प्रारम्भ
ks — Sat, 01/07/2012 - 19:12
खोटाङ, भोजपुर, उदयपुर लगायतका पूर्वाञ्चलका जिल्लाहरूमा हरेक सालको नववर्षसितै बुद्धपूर्णिमाछेक ढोल-झ्याम्टा बजाएर राईहरू चण्डीनाच नाच्छन् । फागु वा चण्डी नाचेर साकेला पूजा गर्दै धुमधामले पितृपूजा गर्दै उँभौली पर्व मनाउँछन् । प्रागैतिहासिक ढुङ्गेयुग, शिकारयुग र कृषियुगका पुर्खाहरूका विविध कार्यको अभिनय गर्दै विभिन्न शीलीमा राईहरू फागुनाच गर्छन् । यस्तो साँस्कृतिक पर्व चण्डीनाचको प्रारम्भिक कथाको सोधीखोजी गर्दा खोटाङ जिल्लाको दक्षिणी छुलुवार भेग फाक्टाङका बयोबृद्ध धुर्वजित चाम्लिङ राई यस्तो किम्बन्दन्ती कथा सुनाउँछन् ः-
- Add new comment
- Read more
- 2963 reads

एकोहोरो धुनको त्याग
kbs — Tue, 07/26/2011 - 19:17
अनु. रामविक्रम सिजापति
चीनको एउटा सानो गाउँमा निओ नाम भएको मायालु केटा आफ्नो परिवारका साथ बस्दथ्यो । निओको बूढो बाजे चुङ्ग दिनभरी घरमै बस्दथे । जति शोख बाजेचाहिँलाई कथा सुनाउनमा थियो त्यतिकै शोक निओलाई बाहिर बगैंचाको खुला हावामा बोटबिरूवाको बीचमा खेलकुद गर्नमा थियो ।
- Add new comment
- Read more
- 2548 reads

तोयामा- खियामा र हेचाकुप्पा
kbs — Mon, 11/08/2010 - 14:34
खोटाङ जिल्लाको मलायाथुम्कीमा पातेसुङ र दिलिदुङ नामका किराँत पति-पत्नी बस्थे । उनीहरू कपासखेती गर्थे, धागो काट्थे र तानमा कपडा बुन्थे । यी किराँत दम्पत्तिका तोयामा र खियामा नामका दुई छोरी र हेचाकुप्पा भन्ने एउटा छोरा थिए । हेचाकुप्पा सानै (दूधे बालक) हुँदा पातेसुङ र दिलिढुङको देहान्त भयो । उनीहरूले मर्ने बेलामा तोयामा- खियामालाई भनेका थिए ः 'सानो भाइलाई राम्रोसित पाल्नु-तिमीहरू सधैँ मिलेर बस्नु !'
- Add new comment
- Read more
- 2764 reads

संसारको सृष्टिको कथा
kbs — Wed, 07/28/2010 - 19:14
प्यारा भाइबहिनीहरू ! यो संसारको सृष्टि सम्बन्धी विभिन्न क्षेत्रहरुको दृष्टिकोण बेग्लाबेग्लै छ । सबैभन्दा प्रमाणित आधार चाहिँ वैज्ञानिक दृष्टिकोण नै हो । यस कुरामा त्यत्ति ठूलो मतैक्यता छैन । यहाँ भने थारु संस्कृतिमा संसारको सृष्टि बारे रोचक कथा प्रस्तुत गरिन्छ ।
एक समय यहाँ चारैतिर अन्धकार र जलमग्न थियो । निरंजन ठाकुर नाम गरेका सत्पुरुष र अन्धाअन्धी दम्पति बाहेक कुनै प्राणी र जमिनको अस्तित्व थिएन । ती तीनै जना पानीमा तैरिएका थिए । तीनै जना शक्तिशाली थिए । अन्धाअन्धी दम्पतिबीच प्रगाढ मायाप्रेम थियो । एकले अर्काको भावनाको कदर गर्थे । पतिव्रता र पग्नीव्रतका कारणले उनीहरू शक्तिशाली भएका थिए । पतिसँग दिव्यदृष्टि थियो । उनी अघि र पछिका सम्पूर्ण कुरा जान्दथे । जलको वाहेक अर्थोकको आवाज सुन्ने स्थिति त्यहाँ थिएन । सत्पुरुष निरंजन ठाकुर संसारको सृष्टि गर्ने इरादाले चारैतिर घुमफिर गर्दै निरीक्षण गर्न थाले । अकस्मात् उनले अन्धाअन्धी दम्पतिलाई देखे । अब भने उनको दिमाखमा एक किसिमको बुद्धि आयो ।

असारको महिना पानीको रिम झिममा रमाउदै
atript — Tue, 06/22/2010 - 11:34
असारको महिना पानी को रिम झिममा रमाउदै ....बादलुको घुम्टो भित्र चियाई रहेका माथी डाँडाका थुम्क्काहरुलाई आँखा झिम्कौदाई
- 2 comments
- Read more
- 2688 reads

खम्बुवान्को लोककथाः रिथु चरा
kbs — Wed, 07/29/2009 - 15:54
नेपालको हालको सुनकोसी नदी पूर्व र अरुण नदी पश्चिम बीचको भू-भागलाई उहिल्यै किराँत खम्बुवान्् नामले चिनिन्थ्यो । यहीँ किराँत खम्बुवान्को एउटा गाउँको एक घरमा एक जना बुहारी, दुई जना राउसे र बाउसे भन्ने मान्छे बसोबास गर्थे । यिनीहरूले गर्नुपर्ने कामको विभाजन पनि मान्छेअनुसार बेग्लाबेग्लै छुट्याइएको थियो । समाजमा चलेको चलनअनुसार बुहारीको भागमा घरधन्दा, बाउसेको भागमा हलो जोत्ने र राउसेको भाग भने गाईवस्तु चराउने परेको थियो । काम छिटो र राम्रो होस् भनेर काम विभाजन गरिए तापनि यी तिनै जना अल्छे भएकाले कहिल्यै चित्तबुझ्दो काम गर्दैन थिए ।

ज्याजिमाको योगदान
kbs — Sat, 05/09/2009 - 10:04
संसारका प्राणीहरूलाई दुःखबाट मुक्त गराई सुख र शान्ति उपलब्ध गराउने अभिप्रायबाट प्रेरित भई रात दिन तल्लीन प्राणीहरूलाई तार्ने काममा लागि राखेका भगवान् लोकेश्वरीले पृथ्वीमा नजर लगाउनु हुँदा असङ्ख्य प्राणी दुःखमा परी छटपटाइ रहेका थिए । त्यो करुणामय भावबाट विभोर भएर दुई थोपा आँसु आँखाबाट छचल्किएछ । गहभरी छचल्किएका ती आँसुका थोपा भुईमा खस्न नदिई हातमा लिएर तिमीहरूले पृथ्वीमा अवतार लिएर संसारका सबै प्राणीहरूलाई दुःखबाट मुक्त गर्ने मेरो काम मलाई सहयोग गर भन्ने आशिर्वाद दिएछन् ।
- Add new comment
- Read more
- 3900 reads

बाँदरको कोसेली
kbs — Sat, 04/18/2009 - 18:50
चीनको एउटा गाउँमा एउटा परिवार बस्तथ्यो । त्यो परिवारमा आमा, बा र तिनीहरूका नौजना छोरीहरू बस्तथे । त्यो गरिब परिवार थियो । छोरा नभई स्वर्ग गइन्न भन्ने अन्धविश्वासले गर्दा त्यो घरमा वर्षैपिच्छे बच्चा जन्मन्थ्यो तर जति बच्चा जन्मे पनि छोरा भने जन्मेन । दसौँ छोरी जन्मिदा आमाको स्वास्थ्य एकदमै खराब भयो । छोरी नै छोरी जन्माएको भनेर बाबुले पनि उनीहरूको राम्रो हेरचाह गरेनन् । अन्तमा आमा र दसौँ बच्चा दुबैको मृत्युभयो । त्यसपछि ती केटीहरू टुहुरा भए ।
- 3 comments
- Read more
- 4436 reads


सामाजिक सञ्जालमा
लोकप्रिय रचनाहरू
Today's:
- खहरेको भेल-रहेछ
- जन्मदिनको शुभकामना तिमीलाई
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- जन्मदिनको शुभकामना
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- कुकुर
- छोरीको जन्मदिनको शुभकामना
- शुभकामना! जन्मदिनको !!
- पछिल्ला रचनाहरू
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- चर्चित नेपाली यौनकथा
- गजल:तिम्लाई माया गर्ने मेरो मन !!
- पाँच मुक्तक (अब त टाढा भएछु)
- शूण्य (विज्ञान कथा)
- अधुरो ईच्छा (यौन कथा)
- रुपकी रानी रुपा (मनोवाद यौन कथा)
- हाम्रो बारेमा
- आँसु हाँसो मिलन बिछोड
- गजलमा प्रयोग हुने बहरहरुको बारेमा छोटो जानकारी
- प्रेम कविता
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- विद्यार्थी हुँ म
- मेरी बहिनी
- दुब्ले बाइ (कथा)
- थरहरू पनि विभिन्न गोत्रमा बाँडिएका हुन्छन्।
- अमेरिकामा मदनकृष्ण श्रेष्ठको "महको म" पुस्तक विमोचित
- नयाँ बर्षको शुभकामना
- पाठ्यक्रममा साहित्यिक कृति
- तिमीलाई जन्मदिनको शुभकामना
Last viewed:
- जन्मदिनको शुभकामना तिमीलाई
- प्रिय मेरी मायालु तिम्रो यादमा
- पीडा र आसुँ अनि तिमीलाई प्रश्न
- याद
- फूल झरेपछिको शोकसागर
- रातभरि सपनीमा आई देख्छु तिमीलाई
- प्रायश्चित
- गरीब हुँदा म
- गजल
- म को हुँ?
- संविधान, तँ ज्यानमारा
- पद संस्कार
- 'अस्तित्व'को लडाँई जीवनै भरी लड्दै
- प्रश्नोत्तर
- पाटी र पौवा गरा र पाटो
- यात्रा
- आवरण
- तीन मुक्तक (आँखा सन्काई, मन चोरी, माग्न तिम्रो)
- शहिदको रगतले छोएको
- इतर समय
- यति धेरै मन दुखेको
- कार्लो रोसी
- टुक्ाहरू नै!
- मनका बेदना।।
- मायाको इतिहास रचाउँछु भन्थे
- आमाको मर्म र छोराको कर्म
- ‘भाले हुनुको पीडा’
- कवि (लघुकथा)
- आइन तिहार मनाउनलाई
- यत्ति धेरै माया किन
नयाँ प्रतिकृयाहरू
1 hour 22 min ago
4 days 21 hours ago
4 days 23 hours ago
5 days 16 hours ago
1 week 5 days ago
1 week 5 days ago
1 week 6 days ago
2 weeks 1 day ago
2 weeks 2 days ago
2 weeks 2 days ago