मझेरी आकर्षण
लग-इन (भित्र)
बिधा सूची
छक्कु उदासी
सुन्तलीको तिहार
छक्कु उदासी — Mon, 11/01/2010 - 15:49
आफ्नो घरको आगनमा तिहारे फूल कोपिला बन्दै जति मुस्कुराउन थाल्थ्यो उति सुन्तलीको खुसी पनि मुस्कुराईरहेको थियो । किनकिआफ्नो मुटुको टुक्रा जस्तै भाइ परदेशबाट फर्की आउँने ब्याकुल प्रतिक्षामा थिई । प्रत्यक बर्ष भाइको बाटो हेर्दा हेर्दा सुन्तली थाकेकी थिई ।
यसपाली पनि यसरी वरपर, खेतबारी र बाटा हुँदै रंगी बिरंगी तिहारे फूल धकमक्कै फुलेको देखेर सुन्तलीको मनमा उमंग छाएको हुन्छ । जता-जता तिहारे फूल फुलेका छन्, त्यतै आफ्नो प्राणप्यारो भाइको प्रतिबिम्ब देख्नुका साथै भाइ हाँसिरहेको पाउँन थालेको छ । गर्दा गर्दा फूलको बास्नामा पनि भाइप्रतिको अथाह माया र न्यानो सामिप्य बसाईरहेको हुन्छ । कतिखेर त सुन्तली तिनै तिहारे फूलहरूलाई हल्का सुमसुमाउँदै चुम्ने पनि गर्थी ।
आफूभन्दा दश बर्ष पछि जन्मेको भाइ, सुन्तलीको लागि संसारको सबै भन्दा प्यारो बस्तु बनेको थियो । भाइको राशीको नाम रुबिन भए पनि घराँ बोलाउँदा, गाली अथवा माया गर्दा पारिवारिक नामले लाटा भनेर बोलाईन्थ्यो । सानोमा अरुको भन्दा अस्वभाबिक रुपले मुख ढिलो लागेको थियो । सबैले लाटा बन्ने भो भन्ने अड्कल गर्नुका साथै चिन्ता गर्दा गर्दै बोल्ने भएकोले लाटा उपनामा रहेको थियो । नबुझ्ने हुँदासम्म त, "ए....लाटा" भनेर बोलाउँदा पनि मुसुक्क हाँस्थ्यो, "हडुल" (हजुर) भन्थ्यो । जब अलि बुझ्ने भएपछि लाटा भन्दा रिसाउने भएकोले लगभग अरुले त लाटा भन्न छोडिसकेका थिए । तर सुन्तलीले भने लाटा भन्न छोडेकी थिइन । आफ्नो भाइ दिन प्रति दिन पुर्ण रुपले बुझ्ने हुँदै गएपछि त दिदीले लाटा भनेकैमा रमाउन र मन पराउन थाल्यो । त्यति मात्रै हैन गर्व गर्न पनि थाल्यो ।

दशैं र अबोध फ़ुच्चे
छक्कु उदासी — Thu, 10/14/2010 - 10:47
दशैं आउँने बेलाको मौसम साँच्चीकै रमाईलो हुन्छ । भौगोलिक हिसाबले पनि नेपालमा दशैं मान्नकै लागि प्रकृतिले सबै कुरा जुराई दिएको हो कि जस्तो लाग्छ । तर.... तर.... त्यहींका धेरै जसो जनताका लागि प्रत्यक बर्ष दशैं, दशैं हैन दशा बन्ने गरेको छ ।
फुच्चे ! पोहर, परारतिर त सानै भएकोले हामी गरिब छौ भन्ने थाहा पनि थिएन र उस्लाई के दशैं, के तिहार मतलब पनि थिएन । आमाको बाबुले अटम भर्दै आएको फुच्चेले यो पालीदेखि आमालाई कल्पनै नगरेका प्रश्नहरू एक पछि अर्को गर्दै सोध्न थालेको छ । पुच्चेले अरु सबै सोधे पनि हाम्रो बाबा खोई ? भनेर नसोधे हुँदो हो भन्ने उसको आमालाई ठूलो जलतराश थियो अर्थात चिन्ता लागिरहेको थियो ।
सुख र खुसी कुन चराको नाम हो ? भन्ने थाहा नै नभएको फुच्चेकी आमाले दशैं र तिहार त झन मान्नै बिर्सेकी थिई । बिहान के खाउँ, बेलुकी के खाउँ भईरहने फुच्चेकी आमा साहुहरूको खेतबारीमा काम नजुरेको दिन त व्रत बसेर दिन काट्दै आएकी थिई । अब त छोरोलाई पनि त्यो गुन्युको भोटो सानो हुदै आएको थियो । फुच्चेलाई गतिलो कमिज र जाँघेको जोह गर्न नपाउँदै दशैं नजिकिएको मार फुच्चेकी आमालाई पर्नु परेको थियो ।
कालुको कलम
छक्कु उदासी — Mon, 12/21/2009 - 12:31
कसैसँग नडराउने निदर कालुको कलम
कसैसँग नझुक्ने स्वाभिमानी कालुको कलम
झुटो बोल्न नजान्ने निर्दोष कालुको कलम
सत्य तथ्य ओकल्ने निष्कपट कालुको कलम
यति मात्रै हैन ! कालुको कलम
५ सात ५ माला
छक्कु उदासी — Mon, 11/09/2009 - 20:47
गोधुंली साँझ
जुन्केरीको दिप
प्रेमीको याद
जुनेली रात
जोडीको आकृती
गहिरो इनार
गाउँकी चेली
स्याउकै तिर्सना
ती राता गाला
यात्रीको बाटो
सिस्नोको झाँडी
खाली पैंडल
गुलियो रस
देउशीरे ....
छक्कु उदासी — Sun, 10/18/2009 - 14:05
ए.. है ...झिलीमिली
देउसी रे...
ए..है...तिहारै आयो
देउसी रे...
ए..है...दाजु र भाइको
देउसी रे...
ए....है....याद आयो
देउसी रे...
ए....है...मन रोयो
देउसी रे...
!>
महिनाको मझेरी छनौट
सामाजिक सञ्जालमा
लोकप्रिय रचनाहरू
Today's:
- "रुपकी रानी रुपा" (मनोवाद यौन कथा)
- तिम्रो आगमन
- मृगतृष्णा
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- चोट देऊ यो मुटुमा (गजल)
- एक बिधवा महिलाको यौनकथा
- शहिद
- लभ इज डेड !
- मुक्तकहरु
- दोष के छ भन प्रिय
- आयु रातको
- तीन रुवाई
- आखिर के नै गर्न सक्छौ ?
- मझेरी भलाकुसारी, अंक १० (बिना तामाङ)
- नआऊ भो धर्केको मनको बाटोमा
- आमा
- पर्वका परिकार (माघे संक्रान्ति)
- बाँचेको छु, मर्नु नपरोस् (मुक्तक)
- मेरी उनी
- हाम्रो बारेमा
Last viewed:
- मायामा रुन्छ किन ?
- कायल भएँ म त
- कहाँ गयौ निरमाया
- "ए देशभक्त दाई! लौन.......!"
- जिन्दगीमा सुकर्म गरी जाउँ
- लूट फैलाउदै छन साथी
- यो पनि एउटा माग्ने तरिका (लघु-कथा)
- हल्लै हल्लामा चलेको देश नेपाल
- ठुलो चाड आयो भन्छन्
- नेपाली साहित्यमा मधुपर्क पत्रिकाका विशेषाङ्कहरूको योगदान
- नयाँ नेपाल
- गजल
- अत्याचारी फातुक
- जुन फूल मैले चाहेको थिएँ
- कसरी खायो आगोले हेर कमलको शरीर
- म त खुशामद गर्दिन
- फाट्यो जिन्दगी यसलाई मैले
- प्रतिकूलताको सृष्टि मः मै मेरो सर्जक
- आखिर किन ?
- एक्लो एक्लो महसुस

नयाँ प्रतिकृयाहरू
19 hours 2 sec ago
21 hours 40 min ago
3 days 10 hours ago
5 days 16 hours ago
1 week 6 hours ago
1 week 7 hours ago
1 week 8 hours ago
1 week 8 hours ago
1 week 15 hours ago
1 week 16 hours ago