तीर्थ (यात्री) पौडेल

सन्देश गजल

चौतारीमा बर-पीपल रोप्नु भन्नु बाबालाई
मोढ बनाई तुलसी बिरुवा रोप्नु बन्नु आमालाई

मौसम भयो परिबर्तन वन जंगल मासिनाले
जन्म दिनमा सती-साल रोप्नु भन्नु मामालाई

शब्दहरूका गुलाब लिई मझेरीमा आऊ तिमी

शब्दहरूका गुलाब लिई मझेरीमा आऊ तिमी
पूर्णिमाको जुन बनी अँधेरीमा छाऊ तिमी

शब्दसँग प्यार भई माया बढ्यो अलि अलि
गीत बनी दीन-दु:खी घडेरीमा गाऊ तिमी

लालुपाते फुल्यो लेकैमा

लालुपाते फुल्यो लेकैमा
किन किन माया बस्यो पहिलो भेटैमा
तिमी उता सल्लेरीकी म चाँही सिस्ने गाउको
हात समाई अघि लगाई लिई जाने दाउ हो
जान्न नभन माया लाएको छैन नभन

गजल

गजलको बाढी ल्याउछु मेची अनि कोशी जस्तो
सदाबहार सुसाउने अटुट त्यो रोशी जस्तो

सम्झनामा हरपल आइरहने छाई रहने
शिव स्थान पुण्य धाम खोटाङ्गको हलेशी जस्तो,

गीत

रातो माटो घर बित्ता पोत्नलाई
माया लाउनु जिन्दगि काट्नलाई
फूल तिउरेको क्या राम्रो सुहाएको
केसमा सिउरेको ,

गजल

हजुरलाई सम्झिएर आए टाढाबाट
कहिले काँही रमाइलो गर्यौ भेटघाट,

गित

हजुरलाइ भेट्न भनि आए धाइ धाइ
किन हजुर देख्ना साथ मलाइ वाई वाई,

प्यारी र प्रेम दिवश

प्यारी यो प्रेम दिवश
यस पालि पनि मैले तिमीलाई
अँगालो भरि माया दिन सकिन
सुमसुम्याएर श-शरीर तिमीलाई
प्यारले बाहुपासमा बाँधेर
ओठका प्याला पिलाउन सकिन
तर पनि यो दुर दराजमा

हिमाल चुली पल्लोपट्टि

हिमाल चुली पल्लोपट्टि
बन केराको घारी
साहुले लग्यो गैरी खेत
पैरो घरबारी
हालको गोरु बन्धकीमा
खाइयो दशैतिर
यो दु;खीको जहा गएनी
पिर माथि पिर

कहाँ गयौ निरमाया

पानी पर्यो असिना दर्केर
आउछु भन्यौ आइनौ फर्केर
मलाई कुराई
कहाँ गयौ निरमाया मलाई रुवाई

जिन्दगी

जिन्दगी यो रामछाया, कर्कलाको पनि भन्छन
भन्छन जड हो जीवन, कोही आँखाको नानि भन्छन
भीडभाड यो दुनियामा, सहाराहिन बाँचेको छु
तर पनि उनकै लागि, यो जिन्दगी साँचेको छु ,

खेलौना झैँ गरि खेल्छन

खेलौना झैँ गरि खेल्छन, पुरुषहरु नारी किन ?
आफु ल्याउछन दश ओटी, हामी हिड्दा जारी किन?

समाजका दुइ पांग्रा फोस्रा चिप्ला कुरा गर्दछन
फकाउछन नानीलाई झैँ,समानता देउ साडी किन?

मेची अनि कालीपारी तर्यौ अरे

पाक्क पुक्क मार मुग्रीमा यसपाली नि पर्यौ अरे
पहिले भन्दा अँझ ठुलो बिद्रोह पो गर्यौ अरे

नचाहिंदो कुरा झिकी किन राडाको मचाउनु
समजको नजरमा तुच्छ ब्याहार गर्यौ अरे

बज्यो बाँसुरी

वल्लो डांडा पल्लो डांडा बज्यो बाँसुरी
छम छम नाचन मेरी मारुनी
फरिया र चौबन्दीमा सजिएर आज
नाची देऊ न मारुनी आँगनको माझ
लाखै लाख कमाउदै छन् हाम्रो नामबाट
किर्ते काइते गर्नेलाई खेद्यौ गाउँबाट ,

उनी पाउनु

उनी पाउनु शिखर चुम्नु उस्तै हो र साथी
असफलता नै सफलता हो बढाऊ कदम माथि

आफ्नो दोस आफै देख्नु महानता हो हेर
सच्चा प्रेम कसको खेर गयो भन् साथी

दु:ख

दु:खमा फुल्छ यौवन दु:खमै फल्छ जीवन
दु:खनै कर्म हो हेर बन्छ सार्थक जीवन

मुटु भित्र राख्छु भन्यौ फकाउदा पहिले

मुटु भित्र राख्छु भन्यौ फकाउँदा पहिले
चेन दिन्छु भन्दै गाल पार्छौ किन अहिले

दिलमा मलाई बसालेर

देखावटी कुरा गर्छौ दिलमा मलाई बसालेर
के पाउँछौ भन सानु खाली मलाई पखालेर

अस्ति मात्र भेट हुँदा चौतारीमा दुई मुटु
साटासाट गर्या भुल्यौ मनमा केही नराखेर

मन केले बुझाउने

फरिया र चौबन्दीले कति सुहाउने
बन पाखामा गीत गाउँदा मनै रमाउने
सुसेलाले बोलाउने कति राम्रो बानी
एकान्तमा हुने गर्थे मिठा कुरा कानी
सोरठी त्यो भाकाले लट्ठ बनाउने
सानु मेरो मन केले बुझाउने

तिमी अझै डोली भन्छौ

डोली प्रथा हराई सक्यो तिमी अझै डोली भन्छौ
सुइकुच्चा ठोकु भन्दा तिमी आफैं भोलि भन्छौ

देउरालीलाई साक्षी राखी सिन्दुर पोते लाऊँ भन्दा
समाजको बिडम्बना हुन्न आँगन नपोली भन्छौ

Syndicate content