हरि मानन्धर “विवश”
जिन्दगी के सार भयो
Submitted by hari_mdr on Sun, 12/06/2009 - 23:05अलिकति पिएर खै, जिन्दगी के सार भयो ।
अलिकति जिएर खै, जिन्दगी के पार भयो ।।
नशा भित्रै लुकाएर, जिन्दगीको अर्थ कहाँ,
बुझ्नै पर्ने अनौथोको, सिंगै उपहार भयो ।
तिमी बिनाको जीवन
Submitted by hari_mdr on Fri, 12/04/2009 - 06:06तिमी बिना जसोतसो, जीवन चलेकै छ ।
कृष्णपक्ष अँध्यारोमा जीवन बलेकै छ ।।
गाह्रो हुँदो रैछ साँच्चै, जीवन चलाउन,
भित्र भित्रै खरानी भै, यो मन जलेकै छ ।
अचम्मको हुँदो रैछ, पर्खाइको पीडा,
तिमीसँग जीवन
Submitted by hari_mdr on Thu, 12/03/2009 - 00:14जिउँदिन भन्छु म, तिमीसँग जीवन ।
हुँदिन भन्छु म, तिमीसँग जीवन ।।
बाध्यताले मात्रै, कहाँ नै हुन्छ र,
रूँदिन भन्छु म, तिमीसँग जीवन ।
काल्पनिकताले, मस्तिष्क भित्र,
विवशलाई सम्झिएर तिमी
Submitted by hari_mdr on Wed, 12/02/2009 - 17:30आजभोलि किन तिमी, धेरै कुरा सुन्छौ अरे
मध्यरात एकान्तमा, मलाई सम्झी रून्छौ अरे ।
दिनभरिको भीडभाड अनि, धेरै साथी भेटे पनि,
एकान्तको तिर्खा मेट्न, मलाई नै चुन्छौ अरे ।
आमाको सम्झनामा
Submitted by hari_mdr on Sun, 11/29/2009 - 00:32मेरी आत्मिय बैनी “बबी”को यस दुःखद घडीमा श्री परम् परमेश्वर भगवान श्री सत्यसाई बाबाले धैर्यधारण गर्ने क्षमता प्रदान गर्नुहुनेछ भन्ने कामना र शोक सन्तप्त परिवारजनहरूमा हार्दिक समवेदना व्यक्त गर्दै र चिर
तिमी
Submitted by hari_mdr on Sat, 11/28/2009 - 19:43मनका कुरा नलुकाई, भनिदेउ न तिमी ।
असल अनि ज्ञानी प्रेमी, बनिदेउ न तिमी ।।
निर्दोष तिम्रा जिन्दगीका, हरेक पलहरू
आज फेरि पालैपालो, गनिदेउ न तिमी ।
बेहाल भयो जिन्दगी यो, खेप्नु पर्दा पिडा,
प्रेममा आव्हान
Submitted by hari_mdr on Thu, 11/12/2009 - 16:18नछुट्टिने प्रेमजाल छर्नु पर्छ कि?
जिन्दगीमा खुशी, भर्नु पर्छ कि?
टाढा–टाढा बनेदेखि, यी दुई आत्मा
अब चाहि नजीक, सर्नु पर्छ कि?
सफलता पाउँ भनि, साँच्चै अबदेखि
तिमीसामु बाचाकसम, गर्नु पर्छ कि?
विवशको प्रेमी तिमी
Submitted by hari_mdr on Wed, 10/28/2009 - 04:08प्रेमको त्यो भुँवरीमा, जलाउन पाए ।
चट्टान जस्तै हृदय त्यो, गलाउन पाए ।।
आकाँक्षाको भीडबाटै, तिमीलाइ रोज्दै,
फ्याट्टफुट्ट कुराहरू, चलाउन पाए ।
पगालेरै हृदय त्यो, प्रेमरूपी जालमा
कल्पना
Submitted by hari_mdr on Sat, 10/24/2009 - 04:31कल्पना गर्नु
कल्पनामा डुब्नु र
कल्पनामै उत्रनु
कल्पना एक विचार
कल्पना एक बुद्धि
कल्पना एक तर्क
अनि गणितीय भन्दा
धेरै गुणा शक्ति
कल्पनाले नै मानिस
विज्ञानलाई सार्थक पार्छन्
मेरो पोखरा
Submitted by hari_mdr on Sat, 10/24/2009 - 04:27पोखराको माछापुच्छ्रे हाँस्ला जस्तो छ ।
फेवातालको आगनीमा नाँच्ला जस्तो छ ।।
पृथ्वीको गर्भ भित्रै, लुक्दै बग्छिन सेती
पोखरालाई हेर्नुपर्छ सरङकोट देखि ।
डेविज फल छङछङ गर्दै तल खसेकिछिन्
मलाई मेरो भन्दा तिम्रो माया लाग्छ
Submitted by hari_mdr on Fri, 10/23/2009 - 22:52मलाई मेरो भन्दा, तिम्रो माया लाग्छ
जिन्दगी यो दुइदिने, घाम छायाँ लाग्छ
सुस्केराको आवाजसँगै, झस्किएछु म त
जताततै जुनेलीमा तिम्रो सायाँ लाग्छ
अत्तालिन्छु म आफै, छाम छुम पार्छु
यसपालीका चाडपर्व
Submitted by hari_mdr on Fri, 10/23/2009 - 22:50यलपाली नि घर फर्की, आउन पाइन मैले
झरी परी भत्केको घर, छाउन पाइन मैले
पोहर सालको दशै त्यस्तै, अनि अहिले पनि
बाउआमाको हातको टिका, लाउन पाइन मैले
सम्झदैमा दिदीबहिनी, गयो तिहार पनि
प्रेमिका
Submitted by hari_mdr on Thu, 10/15/2009 - 05:39तर्की तर्की हिड्दै थिए, छड्किएर हे–यौ किन
धोखा दिनै थियो भने त्यो छातीमा बे–यौ किन
तिम्ले थुन्यौ बाटाहरू एकअर्कालाई भेट्न पनि
कुन जालमा पर्न दाउमा, प्रेमपत्र के–यौ किन
कुनै एक दिन
Submitted by hari_mdr on Mon, 10/12/2009 - 05:18यदि तिमी एक दिन
रोइरहेका छौ भने
कृपया मलाई बोलाउ
म तिमीलाइ हसाउन सक्छु भनेर
बचन दिन त सक्दिन
तर म तिमीसँगै बसेर
तिम्रो दुःखमा
सँगै रूनेछु ।
यदि तिमी कतै जादैछौ भने पनि
कृपया मलाइ बोलाउ
कहाँ छौ तिमी ?
Submitted by hari_mdr on Mon, 10/12/2009 - 05:03तिमी खोज्दै लेकदखि बेशी झरेको छु
सपनी मै सात समुन्द्र, पनि तरेको छु ।
डांडाकाडा भञ्ज्याङ अनि, वन जंगलमा पनि
तिमी खोज्दै रातैभरि, वेपेत्ता परेको छु ।
कैयौ रात तिमी विना एकान्तमा बसी
खै कस्तो हो जीवन
Submitted by hari_mdr on Thu, 10/08/2009 - 05:08लप्का–लप्का लप्किएर, बल्नु हो कि जीवन
समर्पित भई लप्का भित्रै, जल्नु हो कि जीवन
बसन्तमा फूलदेखि, छुट्टिएका पात
साउनको झरी भित्रै, गल्नु हो कि जीवन
खडेरीमा विना पानी, रूख सुके पछि
तिम्रो सामु आउन मन लाग्छ ।
Submitted by hari_mdr on Sat, 10/03/2009 - 01:50सधैभरि तिमो सामु आउन मन लाग्छ
बसन्तको बहार बनी छाउन मन लाग्छ ।
काँडा मात्र होइन जीवन, घामपानी र छायाँ
घामपानी र छायाँ भित्रै रमाउन मन लाग्छ ।
फुलैफुलको सँसारमा गुलाव नै तिमी
तिमीलाइ मार्ने दाउ छैन
Submitted by hari_mdr on Mon, 09/28/2009 - 05:45जलिरहेछ मन मेरो कहाँ पोखुँ ठाउ छैन
गलिरहेछ शरीर तर ठम्याउने पाउ छैन
सँगालेर चोटहरू बाच्नु यहाँ गाह्रो भो
दुखिरहन्छ छाती तर देखाउने घाउ छैन
एकान्तमा सधै भरि कल्पनामै डुबेर म
सपनीमै तिम्रो नजिक आउन पाए हुन्थ्यो
Submitted by hari_mdr on Fri, 09/25/2009 - 21:02सपनीमै तिम्रो नजिक आउन पाए हुन्थ्यो
रातैभरि प्रितीको गीत गाउन पाए हुन्थ्यो
सधैंभरि कहाँ देखूँ भईरहने यो मन
आजैदेखि मायाप्रेम लाउन पाए हुन्थ्यो
तिमीसँग प्यारो लाग्न थाले साथहरू
विवश
Submitted by hari_mdr on Fri, 09/18/2009 - 05:52म परिस्कृत बन्दै
एकान्तमा हराएर
एकतमासले उनको रूपमा
मन्त्रमुग्ध भएर हेरिरहेछु
सामाजिक कौतुहलतादेखि
कतै क्षितिजको समीप रहेर
भौतिक सँसार भन्दा
आध्यात्मिक सँसारमा
विलिन हुन सक्ने गरि
