मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
बाल कथा
जालको कमाल
editor — Sat, 11/28/2020 - 20:19
सुरजीतले खुसी हुँदै चिच्याए –“बा ए बा ...!” घरको ढोका खोलेपछि बोल्दाबोल्दै सुरजीतको बोली रोकियो ।
काठको खटियामा सुतेका कनैयाले सुरजीततिर हेर्दै भने –“तँ खुसी हुनको कारण मलाई थाहा छ । तँ यस परीक्षामा पनि पहिला नै भइस् होइन ?”
सुरजीतले बाबुको निधार छाम्दै भने–“ला, तपाईंलाई त ज्वरो पो आएछ । ओठमुख पनि सुकेछ पानी खाने हो ?”

पन्ना अचम्म पर्यो
editor — Sun, 06/14/2020 - 18:34
धर्मराज गाउँका धनीमानी व्यक्ति थिए । उनको ठुलो घर थियो । घरमुनि मिलेका खेतका गराहरू थिए । घर, खेतबारी सबैको रेखदेख इमान्दार पन्नाले गर्थ्यो । त्यसैले उसले मालिक मालिक्नीबाट भरपूर माया पाएको थियो ।
एक दिन दिउँसोतिर बुढी राती गाई र कालो गोरु मिलेर आफ्नो खेतको पाकेको धान खाएको देखेर पन्नालाई साह्रै रिस उठ्यो । पन्ना दौडदै खेतमा गएर घ्वाँ–घ्वाँ भुक्दै भन्यो– “हैन, तिमीहरूले यो धर्मराज साहूको खेत हो, त्यसको रक्षक म हुँ भन्ने पनि भुल्यौ कि क्या हो ? कि मेरो अपमान गर्न खोजेका हौ ?”
- Add new comment
- Read more
- 353 reads

उज्याला दिनहरू
editor — Thu, 04/16/2020 - 13:47
मधुमाया आग्रोभन्दा गाग्रो सुन्थिन् । त्यसैले उनलाई गुल्मीको थामडाँडामा सबैले गाग्री बजै भन्थे । उनको नाम मधुमाया हो भनेर पछिल्लो पुस्तालाई थाहासम्म थिएन । एक–दुईपल्ट जम्काभेट भएर उनीसँग कुरा गरेका मान्छेहरू उनलाई देखेपछि टाढैबाट बाटो मोड्थे । मान्छेहरूले उनलाई वास्ता नगरे पनि काले कुकुर, भैँसी, दुई–चार बाख्रा र तिनका पाठापाठी सधैँ उनका अगिपछि हुन्थे । उनी तिनीहरूसँगै सुख–दुःखका कुरा गर्थिन् । उनीहरूले जीउमा कन्याउन मुन्टो हल्याए पनि उनकै कुरा सुनेर सही थापेझैँ लाग्थ्यो उनलाई । त्यसैमा उनी खुसी हुन्थिन् ।
- Add new comment
- Read more
- 398 reads

मायालु सुगा
editor — Sat, 02/01/2020 - 19:43
भर्खरै उड्न मात्र सिकेको सानो सुगा रूखमा बसिरहेको थियो । उसको आँखा पासोमा परेर छटपटाइरहेको मृगमा पर्यो । ऊ हतारहतार उड्दै त्यहाँ पुग्यो ।
मृगले रुँदै भन्यो, ‘‘सुगा भाइ मलाई बचाऊ म मर्न चाहन्नँ ।’’
सुगा कुनै उपाय निकाल्छु भन्दै भुर्र उड्यो । ऊ आत्तिदै यताउता मुसा खोज्न थाल्यो । अहँ पाएन । ऊ निराश भएर के गरौँ के नगरौँभनेर सोचिरहेको थियो । उसले मुसा च्यापेर उडिरहेको कागलाई देख्यो । ऊ सकिनसकी उडेर काग नजिकै पुग्यो ।
- Add new comment
- Read more
- 1484 reads

मुसाले तिर्यो बाघको गुण
editor — Mon, 12/30/2019 - 20:56
एउटा जङ्गलमा बाघ सुतिरहेको थियो । अचानक बाघलाई निदाएको देखेर एउटा मुसा उसैमाथि चढेर खेल्न थाल्यो । मुसाको खेलाईले बाघको निद्रा खुल्यो र ब्यूँझिए पछि उसले मुसालाई समात्यो । मुसा एकदमै डराएर थरथर काँप्न थाल्यो र बाघसँग भन्यो, "हे जङ्गलका महाराजा मलाई माफ गरिदेऊ, अब आहिन्दा यस्तो हर्कत गर्ने छैन । बरु हजुरलाई कुनै समस्या पर्दा सहयोग गर्नेछु ।"
- Add new comment
- Read more
- 512 reads

बरपीपल
adhikarirajesh — Tue, 10/22/2019 - 19:55
हर्के र सपना घनिष्ट बालसखा थिए । सपना होक्से गाउँकी सम्पन्न जमीन्दारकी एक्ली छोरी र टुहुरो हर्के सपनाको घरको जूठोमुठो खाने गाईगोठालो थियो । हर्केका बाबुआमा दश वर्षअघि इलामको सुन्तले गाउँबाट काम खोज्दै मधेश झरेका थिए । त्यही सिलसिलामा उनीहरू होक्सेका बराल थरी जमीनदारकहाँ हलीगोठालो बसेका थिए । त्यहीं हर्केको जन्म भएको थियो ।
- Add new comment
- Read more
- 987 reads

घण्टीको मूल्य (बाल लघुकथा)
editor — Sat, 10/05/2019 - 20:12
हरिप्रसाद एक किसानको छोरा थियो । प्रशस्त खेतीपाती भएकोले माटो मोलिलो बनाउनुपर्ने र दुध बिक्रीबाट आम्दानीको स्रोत बलियो बनाउने उद्देश्यले भैंसी पनि पालेको थियो । परिवारका अन्य सदस्यहरू खेतीपातीमा काम गर्थे भने हरिप्रसाद दिनहुँ बिहानैदेखि भैंसी चराउन बनमा जान्थ्यो ।
सबै भैंसीहरुको घाँटीमा एकै प्रकारको घण्टी बाँधिएका थिए । एउटा उन्नत जातको धेरै दूध दिने चिल्लो राम्रो भैंसीको घाँटीमा अरुकोभन्दा फरक महँगो घण्टी बाधिएको थियो ।
- Add new comment
- Read more
- 907 reads

आठ कक्षामा नयाँ विद्यार्थी पसेपछि सबैले मुखामुख गरेर हेरे । नयाँ विद्यार्थी पछिल्लो बेन्चमा गई टुसुक्क बसे ।
कक्षाकै हुल्यहाँ विद्यार्थी रघुले हकार्दै भने–“यो बेन्च हाम्रो हो । अर्को बेन्चमा गएर बस् ।”
नयाँ विद्यार्थी अर्को बेन्चमा गएर बसे । रघुले फेरि भने–“यो पनि मेरो साथीको बेन्च हो, अर्कोमा बस् ।”
- Add new comment
- Read more
- 543 reads

कुकुरको बुद्धि
editor — Fri, 08/09/2019 - 19:28
धनराजले भोटे कुकुर पालेको थियो । सधैँ कुकुरलाई बाँध्थ्यो । कुकुर फुत्केर वरपर चहार्न चाहन्थ्यो । एक पटक त्यसले साङ्लो खुस्काएर बन्धनमुक्त हुन पायो ।
त्यो बाहिर आयो र चारैतिर दगुर्न थाल्यो । झुन्ड्याएका लुगापाटा र बारीका स–साना बोटबिरूवा चिथोर्न थाल्यो । सारा दृष्य धनराजले देख्यो । र, कुकुरलाई बोलाउँदै पक्रन दौडियो । कुकुर भाग्दै गयो ।
- Add new comment
- Read more
- 1266 reads

क्षतिपूर्ति
editor — Sat, 07/20/2019 - 16:58
सप्तरीको पुरानो कलेज तल्तिर गोरगामा नामको गाउँमा छ । त्यस गाउँमा लालुप्रसाद डाक्टरको रूपमा चिनिन्छ । उसले गाउँमा एउटा उपचार केन्द्र खोलेको छ । केन्द्रको वोर्डमा लेखिएको छ– यहाँ उपचारार्थ रू ५००।– शुल्क लिई ग्यारेन्टीका साथ उपचार गरिन्छ । बिरामी निको नभएमा रु. १०००।– क्षतिपूर्तिस्वरूप दिइने छ ।
उसकहाँ धेरै थरिका बिरामी आउँछन् । निको भएर जान्छन् । कसैकसैलाई निको नभए पनि बीसको उन्नाइस् भने अवश्य हुन्छ । आएका जति सन्तुष्ट नै हुने गरेका छन् ।
- Add new comment
- Read more
- 549 reads

गाउँलेको नाटक
editor — Tue, 07/02/2019 - 18:25
उदयपुरमा बेलका तरी नामको एक वन थियो । त्यस वनका उपभोक्ताहरू वरवरका गाउँलेहरू थिए । तिनै गाउँको हरिया खेतीपाती गरेर गुजारा गर्थ्यो । उसकी श्रीमती प्याकुलीसँग ठाकठाकठुकठुक परिरहन्थ्यो ।
हर्दमको लोग्नेस्वास्नीको रडाकोले गाउँलेहरू आजित थिए । उनीहरूले हरियाको परीक्षा लिने विचार गरे । सके उसलाई सुधार्ने नसके पनि अत्याउने भनेर कामको विभाजन गरे ।
- Add new comment
- Read more
- 321 reads

जुरेलीसँग घुम्दा
editor — Tue, 11/06/2018 - 18:00
"ममी ममी हेर्नुस्न हाम्रो परेवाले आफ्नो बच्चालाई चुच्चो जोडेर के गरेको ? हेर्नुस्न छिटो !" आयुष्माले भनिन्।
"एए, त्यो ; त्यो त परेवाले आफ्नो बच्चालाई चारो खुवाएको नि ! तिमीलाई थाहा थिएन ?"
"अहँ, थाहा थिएन ममी। अनि परेवाले जसरी नै सबै आमाहरूले आफ्ना बच्चालाई चारो खुवाउछन् हो ?"
- Add new comment
- Read more
- 1011 reads

बाल साहित्यका तीनवटा किताब एकै चोटी
Gokul Khadka — Thu, 07/12/2018 - 07:03
कथाकार गोकुल खड्काका तीन वटा बाल साहित्यका किताब प्रकाशन भएका छन् । "कथैकथा", "सुसेली" र "लालाबाला" प्रकाशनमा आएका हुन् ।
यी पुस्तकहरू शब्दार्थ प्रकाशन, चाबाहिलबाट प्राप्त गर्न सकिन्छ ।

- 4 comments
- 1339 reads

पातर र कडगरको जोडी
editor — Fri, 03/23/2018 - 05:13
बाह्र बजेको चर्को घामले बाटो हिँड्नेलाई असिनपसिन पारेको छ । दुई जना चुइँकिने साइकलमा चढेका छन् । उत्तरतिर हाँकिँदै छन् । बाटाभरि विद्यार्थीहरू भेटिन्छन् । एक किसिमको गुन्जायमान वातावरण फेला पर्छ– ‘बाई, बाई सर ! बाई...।’ आफूले अभिवादन नफर्काएमा पाखे भइएला भन्ने त्रास छ, साइकल यात्रीहरूमा । उनीहरूका पनि ओठ खुल्छन्– ‘बाई, बाई स्टुडन्टस्.......बाई.......।’
- Add new comment
- Read more
- 820 reads

बालकथा-०२ः सरी
editor — Sun, 12/25/2016 - 01:11
हजुरीले बच्चाहरूलाई नेपाली बोल्न सिकाइन् । लेखपढमा रुचि जगाइदिइन् । आठ–दश वर्षका भइँन्जेल उनीहरूले कखरा नसिकेको कुरा समेत बुझिन् । घरमा ती बच्चाहरू टेलिभिजन हेर्न भने माहिर थिए । जीवन, जगत् र व्यवहारका कुराहरू मनग्यै बुझ्थे । बाबुआमाको बेहोसी चालाका सिकार थिए । घरभरि आधुनिक सुविधाका सामानहरू थिए । बच्चाहरू त्यसैमा रमाएका थिए । बच्चाहरूले के पढे र के सिके भन्ने बुझ्ने काम कसैबाट हुन्नथ्यो । हजुरीले बच्चाको भविष्य अभिभावकले नै नष्ट पारेको निष्कर्ष निकालिन् ।
- Add new comment
- Read more
- 1073 reads


सामाजिक सञ्जालमा
लोकप्रिय रचनाहरू
Today's:
- खहरेको भेल-रहेछ
- जन्मदिनको शुभकामना तिमीलाई
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- जन्मदिनको शुभकामना
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- कुकुर
- छोरीको जन्मदिनको शुभकामना
- शुभकामना! जन्मदिनको !!
- पछिल्ला रचनाहरू
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- चर्चित नेपाली यौनकथा
- गजल:तिम्लाई माया गर्ने मेरो मन !!
- पाँच मुक्तक (अब त टाढा भएछु)
- शूण्य (विज्ञान कथा)
- अधुरो ईच्छा (यौन कथा)
- रुपकी रानी रुपा (मनोवाद यौन कथा)
- हाम्रो बारेमा
- आँसु हाँसो मिलन बिछोड
- गजलमा प्रयोग हुने बहरहरुको बारेमा छोटो जानकारी
- प्रेम कविता
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- विद्यार्थी हुँ म
- मेरी बहिनी
- दुब्ले बाइ (कथा)
- थरहरू पनि विभिन्न गोत्रमा बाँडिएका हुन्छन्।
- अमेरिकामा मदनकृष्ण श्रेष्ठको "महको म" पुस्तक विमोचित
- नयाँ बर्षको शुभकामना
- पाठ्यक्रममा साहित्यिक कृति
- तिमीलाई जन्मदिनको शुभकामना
Last viewed:
- धुमपानः विद्वानहरूका केही उद्गारण
- राजविराज : मेरो सम्झनामा
- तिम्रो जस्तो मुटु
- टोरोन्टामा तेस्रो नेपाली टोपी ईभेन्ट सम्पन्न
- पवन, वायु नाम तिम्रो
- जिन्दगीले यसरी धोका दियो कि
- कविता (अनुष्टुप छन्द)
- पर्खाई
- मेरो दशैँ
- विमल भौकाजीसँग छलफल
- मलाई प्यारो लाग्छ
- कुकुर
- प्रेम कविता
- देशको परिवर्तनको लागि मैले एउटा लडाईँ छेड्नु छ
- निःशुल्क नोकर्नी
- इतिहास बोकेको जीवनयात्रा
- उनको साथ पाए हुन्थ्यो
- पछिल्ला रचनाहरू
- सिमल चरी अर्थात् गोलसिमल
- बितेका कुराले
- अँध्यारो प्रभात
- जाडो पनि कति हो
- मनैको बह ओठैले खोल्न (झ्याउरे लय)
- बिदेशको बेथा by Dev...
- अल्झेछ क्यारे पछ्यौरी
- सपना (मुक्तक)
- नेपाली भाषाको गुरुत्वाकर्षण (नवराज सुब्बा)
- पाँच मुक्तक (अब त टाढा भएछु)
- आधी जिन्दगी...................(मुक्तक)
- नेपालमा जातजातिको उत्पति कसरी भयो? छोटो जानकारी
नयाँ प्रतिकृयाहरू
1 hour 15 min ago
4 days 21 hours ago
4 days 23 hours ago
5 days 16 hours ago
1 week 5 days ago
1 week 5 days ago
1 week 6 days ago
2 weeks 1 day ago
2 weeks 2 days ago
2 weeks 2 days ago