• मझेरी भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन
Home › कविता

मझेरी आकर्षण

  • पछिल्ला रचनाहरू
  • नयाँ लेख/रचना पढ्नुहोस्
  • साहित्यिक सूचना/समाचार
  • कथा
  • कविता
  • गजल
  • गीत

फेसबुक एकाउन्टबाट लग-इन

लग-इन (भित्र)

  • Create new account
  • Request new password

बाल कविता

केही दिन अझै पर्खौँ

editor — Sun, 01/31/2021 - 13:18

  • बाल कविता
  • रमेशचन्द्र घिमिरे

टाढा थियौँ पहिले हामी नजिक हुँदै आयौँ
धेरैपछि स्कुलमा भेट्ने मौका पायौंँ

रोगव्याधि आउँदा रै´छन् कस्ता-कस्ता खाले
हामीलाई नि अत्यायो लौ पापी कोरोनाले
कान दुखिन्जेल मास्क लगाई हिँड्ने गर्थेँ मैले
हात मिलाउन डराउँथेँ साथीसँग पैले

  • Add new comment
  • Read more
  • 63 reads
Tweet facebook

हाम्रो सपना - केही गर्नु छ

Hari Thapa — Mon, 12/14/2020 - 12:43

  • बाल कविता
  • हरि मोहन थापा

साना साना नानि हामी फुलका कोपिला
देशलाइ बनाउनलाई बनौ जोसिला
बिगारेर भत्काएको बनाउनुछ हाम्ले
कुरा धेरै भए यहाँ देखाउनु छ कामले
आउन साथी वरि परि गरि हातेमालो
फाल्नु पर्छ सबै मिलि यो देशको जालो
देश तिम्रो देश हाम्रो पुर्खा को पौरख
भृकुटी र सीता बुद्ध यसैमा छ गौरव
सगरमाथा लुम्बिनी र कन्चनजंगा नामले
बिदेशमा चिनाउने छौ गरि येस्तो कामले
साना साना नानी हामी फुलका कोपिला
देशलाइ बनाउनलाइ बनौ जोशिला
बन्द हडताल विरुद्ध मा एक भइ जुटेर
उठ साथि झटटै अब हुदैन है सुतेर
पढिलेखी ठुलो मान्छे देशको लागि बन्नुछ
नेपालको नेपाली हौ गौरव गरि भन्नू छ
ता ता तु तु ते तै चरी चुच्चे च

  • Add new comment
  • Read more
  • 50 reads
Tweet facebook

विद्यालय जानु छ

भावकेशर बराल — Tue, 09/15/2020 - 09:50

  • बाल कविता
  • भावकेशर बराल

विद्यालय जानु छविद्यालय जानु छ कसरी पो जाने हो
किताब कापी लानु छ कसरी पो लाने हो
मोटर चढी जाऊँ कि हिँडेर नै जाने हो
फर्किएर घरमा कसो गरी आउने हो ?

साथीभाइ मिलेर रमाउँदै पढेको
सम्झना छ मलाई खेल्दा खेल्दै लडेको
अब फेरि कहिले विद्यालय जाने हो
बाँडीचुँडी सबैले खाजा कैले खाने हो ?

  • Add new comment
  • Read more
  • 105 reads
Tweet facebook

थैली हाँस्यो मुसुक्क (बालकविता)

editor — Fri, 09/04/2020 - 17:21

  • बाल कविता
  • रमेशचन्द्र घिमिरे

चोलीबाट झिकेर पैसा राख्न खुसुक्क
जुँघा तानिन् आमाले थैली हाँस्यो मुसुक्क

धान बेची बज्यैले दुईचार पैसा कमाइन्
फुर्के डोरी तानेर पैसा राखिन् रमाइन्
पैसा राख्ने बेलामा भाइ बस्यो टुसुक्क
जुँघा तान्यो भाइले थैली हाँस्यो मुसुक्क

  • Add new comment
  • Read more
  • 123 reads
Tweet facebook

पानी (बालकविता)

editor — Sat, 07/18/2020 - 19:44

  • बाल कविता
  • रमेशचन्द्र घिमिरे

जस्तो पनि बन्न सक्ने कस्तो आनी-बानी
कहिले हिउँ, कहिले बाफ कहिले तरल पानी

पौडी खेल्न नुहाउन र तिर्खा लाग्दा पिउन
पानी नभई सम्भव छैन जीवन त्यसै जिउन
यही पानीले पोल्छ कहिले, कहिले शीतल हुन्छ
यही पानीले फोहोर ल्याउँछ यही पानीले धुन्छ

  • Add new comment
  • Read more
  • 223 reads
Tweet facebook

हाँडी (बालकविता)

editor — Mon, 07/06/2020 - 06:32

  • बाल कविता
  • रमेशचन्द्र घिमिरे

पहिले पनि काली अहिले पनि काली
मकै भुट्ने हाँडी ल्याइयो यसैपालि

चक्र घुमाएर माटो राखेपछि
गिलो-गिलो बन्यो पानी चाखेपछि
कुमालेले जब यसमा सीप दियो
गोलो आरीजस्तै आकार पनि लियो

  • Add new comment
  • Read more
  • 194 reads
Tweet facebook

कस्तो हुन्छ भनेर (बाल कविता)

editor — Wed, 07/01/2020 - 18:18

  • बाल कविता
  • रमेशचन्द्र घिमिरे

कस्तो हुन्छ भनेर
बाको टोपी लगाएँ
आँखा जम्मै छोपियो
अँध्यारो भो, डराएँ

कस्तो हुन्छ भनेर
बाको चस्मा लगाएँ
फननन्न रिँगायो
आत्तिएँ र कराएँ

  • Add new comment
  • Read more
  • 261 reads
Tweet facebook

बाह्र महिना

editor — Sat, 06/20/2020 - 18:14

  • बाल कविता
  • रमेशचन्द्र घिमिरे

वैशाख लाग्दा रुखैरुखमा
पालुवाको खानी
जेठ हिँड्छ चर्को घाममा
न्यास्रो मानी मानी

पानी पर्दा ओढ्ने छाता
असारमा चाहिन्छ
साउनको सङ्क्रान्तिमा
तिउरी लाउन पाइन्छ

  • 1 comment
  • Read more
  • 263 reads
Tweet facebook

झुसिल्किरा

janardan.kattel... — Sun, 06/14/2020 - 22:01

  • बाल कविता
  • जनार्दन कट्टेल

छन्दः बालाेरी
**************
ठूला ठूला नाङ्लाभरी
के ल्यायौ हातमा ?
हेर्न जाँदा झुसिल्किरा
किम्बूका पातमा ।।

किन ल्यायौ झुसिल्किरा
किम्बुका पातमा ?
छोयो भने नराम्ररी
झुस बिझ्छ हातमा

जुनी फेरी पुतली भई
उड्न थाल्छ झुसिले
रेसम किरा भएर
नाच्न थाल्छ खुशीले

किम्बुको पात खाँदै
झुसिल्किरा बढ्यो
हेर्दा हेर्दैं खोलभित्र
लुक्न पो थाल्यो ।

  • Add new comment
  • Read more
  • 261 reads
Tweet facebook

दुःखी बन्दिन

Tilak Raj Chundali — Sun, 05/10/2020 - 12:13

  • बाल कविता
  • तिलकराज चुँँदाली

स्कुल खुल्छ, हाँस्दै जान्छौं, साथी सबै भेट्छौँ
कुरा हुन्छ, गीत गाउँछौँ, मिली खेल खेल्छौँ
हँसाई हँसाई सिकाउनलाई आउनुहुन्छ मिस्
बाह्र काग, आठ कोईली, हामी भन्छौं वीस।

किन किन सम्झी स्कुल, रुन मन लाग्छ
तिता मीठा विगतहरू आँखाभरि नाच्छ
निद छैन, भए फेरि, सपनीमै स्कुल
साथी मिस सर सबै बिर्सनलाई मुस्किल।

  • Add new comment
  • Read more
  • 602 reads
Tweet facebook

भाग छिटै कोरोना

editor — Sat, 04/25/2020 - 19:05

  • बाल कविता
  • ललिता 'दोषी'

भाग छिटै कोरोना
बसेको छु घरमा
बन्दी चरी भएर
दुःख पीडा सहेर

अब कहिल्यै थुन्दिनँ
सानी राम्री चरीलाई
बुझेँ दुःख पीडा त
यो जिन्दगीभरिलाई

  • Add new comment
  • Read more
  • 250 reads
Tweet facebook

कोरोनाको डरले (बालकविता)

editor — Thu, 04/09/2020 - 20:00

  • बाल कविता
  • रमेशचन्द्र घिमिरे

घरै बस्यो सानो भाइ
घरमै बसे ठुला दाइ
बाआमाको करले
कोरोनाको डरले

बाहिर गई आउँदा
हातमा मैलो लाउँदा
स्यानिटाइजर मागे है
आफ्नो ख्याल राखे है !

  • Add new comment
  • Read more
  • 235 reads
Tweet facebook

होली

editor — Wed, 02/26/2020 - 19:01

  • बाल कविता
  • ललिता 'दोषी'

आऊँ हामी होली खेलौँ एकजुट बनी
रङ्ग मात्र दलौँ सबलाई आफ्नो भनी

नसमाऊँ लोला अनि प्लास्टिकका पोका
त्यस्मा पानी छ्याप्दा त धेरै देखेँ रोका ।

  • Add new comment
  • Read more
  • 179 reads
Tweet facebook

लेखनाथको पिँजडाको सुगा

HomSuvedi — Sat, 01/25/2020 - 18:52

  • बाल कविता
  • होम सुवेदी

छैनन् यहाँ बान्धव बाबु आमा
एक्लै परेको छु म पिन्जडामा
तितो छ यो भाग्य सकिन्न जानी
मेरो छ बेग्लै नमिठो कहानी ।।

छ बाल्यकालै बबुरो छु यस्तो
आफन्तले शून्य निरीह जस्तो
सुगा भनी चिन्दछ रात साँझ
सर्वत्र यो मानवको समाज ।।

  • Add new comment
  • Read more
  • 262 reads
Tweet facebook

पुसे पन्ध्र लमाउने

editor — Fri, 01/24/2020 - 20:37

  • बाल कविता
  • रमेशचन्द्र घिमिरे

पुसे पन्ध्र लमाउने
माघे पन्ध्र घमाउने

बाक्लो-बाक्लो लाइन्छ
तातो-तातो खाइन्छ
दिक्क मान्नु पर्दैन
आगो ताप्न पाइन्छ
किन जिउ कमाउने ?
पुसे पन्ध्र लमाउने
माघे पन्ध्र घमाउने

  • Add new comment
  • Read more
  • 251 reads
Tweet facebook
  • 1
  • 2
  • 3
  • 4
  • 5
  • 6
  • 7
  • 8
  • 9
  • …
  • next ›
  • last »

सामाजिक सञ्जालमा

Follow @Majheri

मझेरी छनौट

  • पुन्य कार्की
  • सुधा मिश्र
  • धर्मराज कोइराला
  • शिवराज कलौनी
  • राजेश अधिकारी

नयाँ प्रतिकृयाहरू

  • Reply to comment | मझेरी डट कम
    2 min 22 sec ago
  • Reply to comment | मझेरी डट कम
    2 min 45 sec ago
  • Reply to comment | मझेरी डट कम
    3 min 5 sec ago
  • Reply to comment | मझेरी डट कम
    3 min 25 sec ago
  • Reply to comment | मझेरी डट कम
    3 min 42 sec ago
  • Reply to comment | मझेरी डट कम
    3 min 44 sec ago
  • Reply to comment | मझेरी डट कम
    3 min 52 sec ago
  • Reply to comment | मझेरी डट कम
    3 min 58 sec ago
  • Reply to comment | मझेरी डट कम
    4 min 10 sec ago
  • Reply to comment | मझेरी डट कम
    4 min 33 sec ago

लोकप्रिय रचनाहरू

Today's:

  • खहरेको भेल-रहेछ
  • हो गयी लाल
  • तिम्रो शुभ विवाहको उपलक्ष्यमा
  • पछिल्ला रचनाहरू
  • जन्मदिनको शुभकामना
  • जन्मदिनको शुभकामना तिमीलाई
  • छोरीको जन्मदिनको शुभकामना
  • माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
  • मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
  • मझेरीमा लेख रचना प्रकाशन गर्दा..
  • कुकुर
  • समयकाे धुन
  • म पानी हुँ
  • विद्यार्थी हुँ म
  • शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
  • यसै गरी मिलोस तिम्रो माया
  • गजल
  • नेपाल मेरो घर
  • आत्मा र परमात्माको खोज
  • सहकारी नारा (कविता)
  • काली
  • देशभक्त हुँ म
  • सहिद औपचारिकता वा महान बलिदान ?
  • महलकी रानी
  • प्रिय मेरी मायालु तिम्रो यादमा
  • शुभ दिन बिहानीको
  • सोह्र सोमबारको व्रत
  • गजल ( बिर्सिएको छैन आमा )
  • फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
  • हाम्रो बारेमा

Last viewed:

  • केही मुक्तक जिन्दगीका
  • आमा ! कतै म पागल त भइन ?
  • बादल र अाकाश (सूत्रकथा)
  • तिम्रो शुभ विवाहको उपलक्ष्यमा
  • लेखन जारी छ
  • जोड घटाउ र शकुनीहरु
  • हो गयी लाल
  • चौतारीमा बर पिपल
  • गज़ल:यत्ति बुझ्नू यो धर्तिमा तिमी पनि करारमा छौ ।
  • नयाँ वर्ष ! तिमीलाई मैले पटकपटक भनेँ
  • मेरो दशैँ
  • यसरी जन्मन्छन् डोबहरू
  • प्यालाभरिको सराब
  • क्रान्तिकारी
  • दशैं (नयाँ उत्साह उमङ्गमा)
  • प्रशंसाको मूल्य
  • के भो र अचेल
  • झेल भो धेरै जिन्दगीमा
  • राप्तीको रुवाइ
  • भाषा संस्कार र संस्कृति र हामी
  • साहित्यले अधकल्चो भएको प्रतिभा (पोएट्री फर पिस : अ लिटिरेरि एभनिङ)
  • त्यो भाग्यमा जे लेखेको छ
  • मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
  • तिमी छौ उता म परदेश
  • कठै मेरो दिल
  • खहरेको भेल-रहेछ
  • तिहार मनै रमाइलो, वातावरणै रमाइलो
  • मझेरीमा लेख रचना प्रकाशन गर्दा..
  • पिउनै पर्‍यो गल्ली चोकमा
  • साक्षरता शिक्षाका आधारभूत पक्षहरू
  • मझेरी भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन

© २००८-२०२० सर्वाधिकार मझेरी डट कममा सुरक्षित