मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
भक्ति कविता
सुन सुन भक्तजन् हाे भजन् गर्छु एउटा
पहाडकाे टाकुरामा बस्छन् देवी देउता
खेम्पालुङ भन्छन् सबै शिवधारा नाउँ
हिमालकाे फेदीमा छ मकालुकाे छेउ
गुफा भित्र शिवकाे धारा भक्तजन्लाई दिनेछन् सहारा
शिवधारा भने पनि गङ्गाजीकाे बास
अर्काे गुफा नजिकै छ पार्वतीकाे खास
गुफा भित्र पस्ने साथै स्वर्ग विर्साउँने
भक्तलाई नुहाईदिन धाराे अाफैँ अाउँने
अचम्मकाे छ शिवधारा भक्तलाई नुहाउने हरर
गुफा ठुलाे सयौँजना भक्तहरू अट्ने
पर्दैन है धाराे खाेज्न धाराले नै खाेज्ने
उभिएर पर्खिरहे अाफैँ अाउने धारो
धर्मात्माले भेटिहाल्छन् पापीलाई गारो
धर्मात्मालाई छन् शिवधारा पापीलाई छैन है सहारा
- Add new comment
- Read more
- 25 reads

प्रभु लाऊ पार
narayan pokharel — Mon, 03/26/2018 - 06:01
मन असार छ तन असार, प्रभु आई लाउ पार
मन्द छ बुद्धि, छैन शुद्धी, पाउने कसरी पार
जटिल छ माया, गडदै मन्मा, छुटाई अब लाउ पार
तृष्णा सारा जक्डिरहेछ, मन मष्तिक खैंचिरहेछ
- Add new comment
- Read more
- 427 reads

को सन्यासी त्यागी?
narayan pokharel — Mon, 03/26/2018 - 05:59
न मरी कोई त्रिप्त हुन्छ र पछि पनी को देख्छ र
कसले चाहना छाडेर परम पद त्यो खोज्छ र
त्यागी भन्ने ,रागी अनुरागी,चित्त के छ ? मन्का बागी ?
खोजी जग्मा हिडछु निरन्तर ,पाईन्न त्यो सन्यासी त्यागी !
- Add new comment
- 362 reads

जय माता भवानी
PrakashmanShilpakar — Fri, 06/03/2016 - 23:39
आमा आमा भन्दै, म कुन मन्दिरमा धाऊँ
तिम्रो दर्शन पाउने, कुन हो प्यारो ठाऊ
तेरो मेरो भन्दै, कतिदिन म दु:ख पाऊँ
चाँडो मुक्ति पाउने देखाइ दिनुहोस ठाऊँ ।।१।।
यो संसार घुमफिरी डुल्दा हेर्दा मैले
आनन्द आको, शान्ति पाको देखिन मैले अर्को
देखिन्छ लोभ, मोह क्रोध आत्र धेरै भाको
खोइ त प्रभु प्रत्य्क्ष हजुरको दर्शन पाको ।।२।।
- Add new comment
- Read more
- 708 reads

ख्रिष्टीय गीत - २
schhetri5 — Fri, 03/13/2015 - 22:32
स्वच्छ झरी झर्छ जब आकाशबाट
स्पर्श गर्छ संसारको मैलालाई
धोइदिन्छ आफू जस्तै बनाउछ
यस्तै झरी बनी झर्न देऊ
नदिको पानी झै बग्न देऊ
बग्न देऊ बग्न देऊ ।
- Add new comment
- Read more
- 844 reads

त्यो पीडा जब म तपाईदेखि अनुपस्थित हुदछु
म शंखा र स्वइच्छा को वाहनमा सवार हुदछु
र एउटा मरूभूमिको यात्रा गर्दछु, जहाँ पानी छैन
भौतारिन जहाँ ज्योति छैन
एउटा देशसम्म जहाँ जीवन छैन
कायाकल्प र अनुभूतिले अक्सर मेरो साथ दिदछ
र म यो यात्राको निम्ति कृतज्ञ बन्द
- Add new comment
- Read more
- 734 reads

प्रभु बिर्सेको छैन
Hari Paudel — Thu, 01/09/2014 - 21:47
न तीर्थ गए छु न पूजा गरे छु
तर हे प्रभु तिमीलाई बिर्सेको छैन
न ब्रत बसे छु न दान गरे छु
तर हे प्रभु तिमीलाई बिर्सेको छैन
न धनको मलाई कुनै चाहना हो
न मानको मलाई कुनै चाहना हो
मेरो छेउ मै सधैँ बसिरहनु प्रभु
अरु केही मैले माङ्गेको होइन
न वेद पढ़े छु न होम गरे छु
तर हे प्रभु तिमीलाई बिर्सेको छैन
- Add new comment
- Read more
- 768 reads

ब्रह्म : एक
Purusottam — Sat, 09/07/2013 - 12:24
स्थावर जंगम प्राणीहरूका रुप अनेकौं देखिन्छन्
आत्मा सबका साझा छन्, घटवासी त यौटै हुन्
सब भगवतकै रुप हुन् यी- म, तिमी र यो चराचर
आत्मा अद्वय, एक रस नित्य निरन्जन परावर
उठेर झिल्का अग्निबाट ठाउँ अनेक बल्न जान्छन्
झिल्का त साम्य हुन्छन् आखिर अग्नि एकै ठहर्छन्
सागर पनि त थोपा थोपा भएर संसार भरि झर्छन्
सबको काम पूरा गर्छन् अनि सागरमै गई गिर्छन्
- Add new comment
- Read more
- 773 reads

परमात्मामा लीन बनौं
Biju Subedi — Tue, 03/26/2013 - 19:47
वेदको सार उपनिषद हो
उपनिषदको सार गीता हो
गीताको सार भगवान शरणागत हो
संसारको मूल आधार परमात्मा हो
अत्यन्त श्रेष्ठ पनि परमात्मा हो
अमरता तत्व पनि परमात्मा हो
परमात्मा प्राप्ति नै भगवत प्राप्ति हो
त्यसैले कर्तव्य नै भगवान शरण हो
- Add new comment
- Read more
- 906 reads

शिव वन्दना
Biju Subedi — Sat, 02/23/2013 - 22:39
दक्षकी छोरी सती अन्माउँदा
शिवलाई सोधियो बुबाको नाम पहिला
शिर निहुर्याई महादेवले केही भत्र सकेनन्
दक्षले बाबुबिना कन्यादान गर्न मानेनन् ।।१।।
तब बिष्णुले दक्षलाई भन्यो
न शुरु न अन्त्य आदिनाथ हो यो
शिवनै शिव, शिव दृष्टि अनन्त
सबका पिता सर्वश्रेष्ठ भगवन्त ।।२।।
- 2 comments
- Read more
- 64909 reads

यो मन त बैरागी भो कसको लिउँ नाम !!
shantiram.dhakal — Sat, 10/20/2012 - 01:53
यो मन त बैरागी भो कसको लिउँ नाम
कृष्ण कृष्ण राम राम लिएँ तिम्रो नाम
राधा विना कृष्ण हुन्न सीता विना राम
राम राम कृष्ण कृष्ण लिएँ तिम्रो नाम
खाली हात आयौं हामी खाली हात जान्छौ
तिम्रो कृपा जन्म पायौं नाम जप्न पाउँ
यो मन त बैरागी भो कसको लिउँ नाम
- Add new comment
- Read more
- 1230 reads

प्राथना गर्छौ दुई हात जोडी (सरस्वती वन्दना)
ks — Sat, 04/07/2012 - 18:15
प्राथना गर्छौ दुई हात जोडी ज्ञानकी खानीलाई
अज्ञान हटाई ज्ञान बुद्धि देऊ हे माता हामीलाई
तिम्रो त्यो न्यानो ज्ञानको ज्योति पाएर खुशी छौ
विद्याको प्रसाद लाएर शिरमा असाध्यै सुखी छौ ।
- Add new comment
- Read more
- 6587 reads

श्रोत्र नेत्रको बाटो गरी हृदयमा पस्छन्
Purusottam — Mon, 06/13/2011 - 18:14
श्रोत्र नेत्रको बाटो गरी हृदयमा पस्छन्
ज्योतिरुप धारण गरी भृकुटीमा बस्छन् ।
बहिर्मुखी भयौं भने दर्शन पाइँदैन
अन्तर्मुखी भयौं भने हरि टाढा छैन ।।
इन्द्रिय, बुद्धि सम्हालेर एक चित्त भए
दर्शन मिल्छ हरिको भक्तिमा मन गए ।
सबै जना आआफ्नै कर्मको फलमा पर्छन्
अन्तर्यामी सर्वेश्वरले फल दिने गर्छन् ।।
- Add new comment
- Read more
- 2415 reads

सारा शृष्टि रच्यौ तिम्ले
Purusottam — Sat, 10/02/2010 - 08:30
सारा शृष्टि रच्यौ तिम्ले कालीगढ बनी
बस्छौ फेरि कति मनै भित्र लुकी लुकी
मुर्छा परि खोज्दा पनि देखिन मैले
हे कृष्ण, के गर्यौ तिमीले बुझिन मैले
भाव सागर संसारमा जन्म गरायौ
हृदयको गुफा भित्र ज्योति जगायौ
भ्रीकुटीमा बास बस्यौ देखिन मैले
हे कृष्ण, के गर्यौ तिमीले बुझिन मैले
- Add new comment
- Read more
- 2635 reads

सरस्वती बन्धना
tirtha — Wed, 01/20/2010 - 12:37
सरस्वती बन्धना
तिर्थ (यात्री)पौडेल
आज तिम्रो पावन दिवशमा अर्पंछु भक्ति साथ
सम्मानका सुमन सहित चरणमा पारि माथ
- Add new comment
- Read more
- 3682 reads


सामाजिक सञ्जालमा
लोकप्रिय रचनाहरू
Today's:
- खहरेको भेल-रहेछ
- जन्मदिनको शुभकामना तिमीलाई
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- जन्मदिनको शुभकामना
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- कुकुर
- छोरीको जन्मदिनको शुभकामना
- शुभकामना! जन्मदिनको !!
- पछिल्ला रचनाहरू
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- चर्चित नेपाली यौनकथा
- गजल:तिम्लाई माया गर्ने मेरो मन !!
- पाँच मुक्तक (अब त टाढा भएछु)
- शूण्य (विज्ञान कथा)
- अधुरो ईच्छा (यौन कथा)
- रुपकी रानी रुपा (मनोवाद यौन कथा)
- हाम्रो बारेमा
- आँसु हाँसो मिलन बिछोड
- गजलमा प्रयोग हुने बहरहरुको बारेमा छोटो जानकारी
- प्रेम कविता
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- विद्यार्थी हुँ म
- मेरी बहिनी
- थरहरू पनि विभिन्न गोत्रमा बाँडिएका हुन्छन्।
- दुब्ले बाइ (कथा)
- अमेरिकामा मदनकृष्ण श्रेष्ठको "महको म" पुस्तक विमोचित
- नयाँ बर्षको शुभकामना
- पाठ्यक्रममा साहित्यिक कृति
- तिमीलाई जन्मदिनको शुभकामना
Last viewed:
- तीन हाइकुहरू (एकान्त ठाउँ)
- नेपाली समालोचनाको उल्लेख्य कृति
- को दोषी ?
- चोखो माया
- कति ओटा म !
- इच्छा
- घाउ छन कति-कति
- सीमा कसले तोक्ने...?
- स्मृतिकाे पानाबाट - २
- पाँच ताङ्का
- कला र साहित्यका क्षेत्रमा नेपाल
- धनी देशमा खेताला हुँदा
- मान्छे, मन र शत्रु
- म बिबश छु
- पुगिसरी आ'को भए को
- छट्पटिदै चिहानमा लाश हुन्छ मेरो
- गज़ल
- गाउँको सम्झना
- म जलिरहेछु
- मान्छे
- गाउले जीवन
- होइसेर
- व्यर्थै आएँछु
- मेरो बाटो
- देशभक्त हुँ म
- खहरेको भेल-रहेछ
- बरु मैले चुपचाप सहिदिए
- हराएको मान्छे
- लालुपाते फुल्यो लेकैमा
- कहीं कतै तिम्रो जीवनमा
नयाँ प्रतिकृयाहरू
1 day 4 hours ago
3 days 3 hours ago
3 days 5 hours ago
3 days 23 hours ago
4 days 1 hour ago
4 days 1 hour ago
4 days 6 hours ago
4 days 8 hours ago
1 week 2 days ago
1 week 2 days ago