मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
कविता
जिउन सकिन
Dependra suwal — Tue, 01/12/2021 - 18:16
"जिउन सकिन"
उनको नाम यो मन भित्रको मेत्न सकिन
आखाभरी आँसु छ मेरो किन झार्न सकिन
एक्लै एक्लै टोलाउने गर्छु म आजकल
पीडा छ यो मनभित्र तर किन पोख्न सकिन
भो अब चाहिदैन झुथो साथ तिम्रो मलाई
त्यो झुथो साथ सम्झी जीवनमा रम्न सकिन
पलपल तिम्रो झुथो ती बाचाहरु सम्झिन्छु म
तेसैले यो जीवनमा आज म हास्न सकिन
भन्छन मलाई सबै आजकल पागल प्रेमी यहाँ
- Add new comment
- Read more
- 10 reads

थाहा हुन्छ
Dependra suwal — Tue, 01/12/2021 - 18:06
"थाहा हुन्छ"
ई.दिपेन्द्र सुवाल (निराशी)
गरिबलाई सोध तिमी जिवनमा यहाँ
धनको कति महोत्सव छ भनी थाहा हुन्छ ।
चोत खानु कतिको पीडा हुन्छ यहाँ
एक पागल प्रेमीलाई सोध थाहा हुन्छ ।
जीवन जिउन कति कठिन छ यहाँ
एक दृष्टिविहिनलाई सोध थाहा हुन्छ ।
- Add new comment
- Read more
- 11 reads

नेता र जनता
Jeevan Acharya — Thu, 01/07/2021 - 01:06
नेता निर्वस्त्र भाषण गरिरहेछ
जनता दर्शक बनेर ताली पिटिरहेछन्
उ भन्दैछ...
भ्रष्टाचार गर्दिन र गर्न पनि दिन्न ।
देश र जनता सिरमा राखेर काम गर्ने छु।
बिकास र समृद्धि को नौलो आयाम ल्याउने छु।
समाज काे रूपान्तरण गर्नेछु।
ईज्जत र ईमान मा कालो दाग लाग्न दिन्न।
नीति र थिती को सँधै पालन गर्ने छु।
अनुशासन र कर्तव्य बाट च्युत कहिले हुनेछैन।
कार्याकर्ता ताली पिटिरहेछन
फाईदाको हिसाब बुजेर
जनता ताली पिटिरहेछन
भोलि को झिनो आशा बोकेर।
यो नाङ्गो नाचको श्रृंखला
जब सत्ताको कुर्सि पुग्छ नेता तब
जनतालाई उसले चिन्न छोड्छ
कार्याकर्ता ,ठेकेदार लाई काखी चेप्छ
- Add new comment
- Read more
- 37 reads

पिडा र खुशी
Jeevan Acharya — Tue, 01/05/2021 - 23:13
तिमी ले पत्तै पायेनौ
मलाइ अन्दाज नै थिएन
निस्कियो धनुषको तिर
तिमी बाट ... ,
आयो च्वास्स गोच्यो मेरो मुटुमै
पिडा ले चिच्याउदै म ढले।
आँखा ज्योति धमिलो हुँदै गयो
तिम्रो अनुहार ले मलाई
खिस्स हासेर भनी रहेको थियो
म दोषी हुँ।
तर तिमी लाई बिश्वास नै भएन र
तिमी ले तिम्रो मन लाई सोधेउ
मन ले उत्तर दियो।
आँखा मा बलिन्द्र धारा जार्दै
तिम्रो मनले सुनायो फैसला
म मुसुक्क हासेर र आँखा चिम्ले।
धन्यवाद !!
- Add new comment
- 26 reads

मन को मिलन
Jeevan Acharya — Sat, 01/02/2021 - 07:03
तिमिले अनुमती दिएउ
तिम्रो जीवनका पानाहरु पल्टाउन
मन हरु डुलमुलाउदै
पाना हरु पल्टाउन थाले
नयनहरु रसायेर टिलपिल पार्दै
तिमिले भोगेका जीवन का रङरस,
पीडा वेदना , उत्सव हार
म बुज्दै गऐ
तिम्रो जीवन का सातै रङ्ग ।
पानाहरु पल्टिदै छन्
म पढ्दै,,,
कति पढेँ
कति बुझ्न सके
मलाइ ऐकिन भयेन
तर जति बुझे
तिमी मा म पाँए
लाग्यो तिमी.. म नै हौ
बिचार र भवान को कस्तो संगम
त्यो मन र यो मनको ।
- Add new comment
- 38 reads

मेरो देश रोइरहेको छ
आयुष बडाल — Sun, 12/20/2020 - 12:23
मेरो देश भुषको आगो झैं सल्किरहेको छ,
जनता भुषको आगोमा झलिरहेका छन्।
नेताहरु झै झगडामा रमाइरहेका छन्,
जनताहरु गाँस,बास र कपासको अभावमा पिल्सिरहेका छन्।
मेरो देशको हालत विग्रिरहेको छ,
शक्तीको मोहले यो देश डुबिरहेको छ,
मान्य व्यक्तित्वहरु खोक्रा राष्ट्रवादको भासण गरिरहेका छन्,
काम भन्दा गफ धेरै गरिरहेका छन्,
दुईतिहाई बहुमतको दुरुपयोग गरिरहेका छन्,
कुकुरलाई घ्यु पच्दैन भन्ने उखानलाई सार्थकता दिइरहेका छन्,
देशलाई अराजकता तर्फ डकालीरहेका छन्
अनि मेरो देश रोइरहेको छ।
- Add new comment
- 25 reads

कविताः
एक
कविता कविता हुन्छ शब्दमा भाव खारिए
कविता रमिता हुन्छ शब्दमात्र थुपारिए ।।
शब्दमा भावको केही जहाँ हुन्न विलक्षण
नगरे हुन्छ त्यस्ताले कविता लेख्नमा मन ।।
शब्दमा खेल जो गर्छन् अङ्क जोड घटाउँछन्
कविता कविता भन्दै भोटै मात्र फटाउँछन् ।।
प्रतिभासाथ अभ्यास व्युत्पत्ति आदिले अझ
माझ्दछन् कवितालाई कविता तब बन्दछ ।
भावका साथ लालित्य शब्दमा नरहेपछि
के बनोस् कविता त्यस्तो बान्की नै नभएपछि ।।
आफ्नो अस्तित्व बेचेर आफ्नै पेट फुलाउनु
बनेर देशको भक्त अनि के गीत गाउनु ।।
दुई
मान्छे
मान्छेको जातमा यौटा यस्तो हुन्छ विशेषता
पशु गर्दैन अन्याय मान्छे गर्छ जता तता ।।
- Add new comment
- Read more
- 51 reads

नानाथरि कुरा उनका हाउ भाउ उस्तै
चम्किला ति आँखाका नानी मन पर्यो
पिडा अनि अफ्ठेरोमा पाइला चाल्दा पनि
सम्हालिएर हाँस्नु पर्छ है भन्ने उनको बानी मन पर्यो
म उनको राजा अनि उनि मेरी रानी
एउटा यस्तै लेख्न खोजेको कहानी मन पर्यो
- Add new comment
- 70 reads

अब नरोऊ आमा
lbnepal — Tue, 09/01/2020 - 13:57
छोराको वियोगमा कति आँशु बगाउँछौ आमा
तिम्रो आँशुको पीडाले मलाई पोलिरहन्छ हरपल
बरु मलाई बिजयको आशिर्वाद देउ, आमा
किनकि म यो संसारको विजेता बन्न चाहान्छु ।
समयको चक्र म सँग अलग हुन खोज्दैछ आमा
म भाग्यको खोजीमा यताउता भौतारिरहेको छु
मेरो आत्मा सुखको खोजीमा भौतारिरहेछ क्षितिजपारी
तिम्रा आँखाले बोलिरहेका भावहरु पढ्दैछु
तिमीले दिएको वात्साल्यको शक्तिले अघि बढ्दैछु आमा ।
मेरो विदाईमा किन विलाप गर्दै आँशु झार्छौ
गुलाबले त सकेन सुन्दर फुलहरु आफु सँग राख्न
म त यो संसार जित्ने तिम्रो सिपाईं हुँ आमा
तिम्रो शक्तिले त यो पृथ्वी पनि काम्दो रहेछ
- Add new comment
- Read more
- 102 reads

सम्बन्धका नवीन डोवहरू !
bastolaroshanra... — Thu, 07/02/2020 - 00:59
हाम्रो भेट मात्र भेट थिएन्
त्यो त एउटा अपूर्व संयोग थियो
तर कुनै प्रेमी प्रेमिकाले गर्ने
प्रेमको शुभारम्भ थिएन् त्यो भेट
तर पनि
प्रत्येकचोटी तिमीसँग भेट हुँदा
तिम्रा सङ्घर्षका कथाले मेरो मन छुने गर्छ
तिम्रा वेदनाका आँशुले मेरो मन पनि
तिम्रो मन झैँ द्रवित हुने गर्छ
तर तिम्रो हौसला र इमान्दारी देख्दा
गर्वबोध हुने गर्छ
अनि जाग्छ तिमीप्रति प्रेमाभाव पनि
एउटा यस्तो प्रेम / विशुद्द मनको प्रेम
कामवासनारहित प्रेम
न त मैले न त तिमीले एकापसमा स्वार्थवश भेट गर्ने गरेको हो
मेरो पनि आग्रह अनि
- Add new comment
- Read more
- 154 reads

गाँस खोसिएकाको पीडा
Dinesh Yadav — Mon, 06/15/2020 - 12:53
जब गाँस खोसिएकाहरुले शीर उठाउने छन्
तब गाँस काट्नेहरुको शीर निहुरिने छन् ।१।
जब इमान्दारहरु सम्मान खोज्न थाल्ने छन्,
तब नैतिकता गुमाएकाहरु बेइमान कहलाउने छन् ।२।
जब बहानाका पोकाहरु हलुका बन्ने छन्,
तब आफ्नैको तौल खोज्नु पर्ने बाध्यता आउने छन् ।३।
जब सत्यवादीहरु जुर्मुराएर बोल्न थाल्ने छन्,
तब बजारमा तिम्रा झुठा आदर्शहरुको निलामी हुनेछन् ।४।
जब बेइज्जत गरिएकाहरु छाती फुकाएर सम्मान खोज्ने छन्,
तब बेइज्जत गर्ने ‘नायकहरु नालायकको संज्ञा पाउने छन् ।५।
जब इज्जत भएकाहरुलाई इज्जतको चिन्ता हुन थाल्नेछ,
तब इज्जत गुमाउन बाध्य पारिएकाहरुको पीडा थाहा पाउनेछन् ।६।
- Add new comment
- Read more
- 113 reads

यात्रा कालि(महाकाली )को तीर
गेहेन्द्र अधिकारी — Sat, 06/13/2020 - 20:33
भाडाभरिका सपनाहरू
सत्यतामाथी लागेको दागहरुको बिपना
शितको आशीर्वाद सङ्गैको बिहानि झुल्को
पारी डाडामा डुब्न लागेको सुर्यको रातो प्रकाश
जस्ले तातोपनाको आड भन्दापनि रातका
ती अनगिन्ती सपनाहरूको संत्रास फालिरहेकोछ।
हिजो र आज अनि भोलि सपना फरक भएपनि
ती दाग मेटाउने भावना अनिद्राको साथ भैरहेकोछ।
खण्डखण्ड परेको दार्जुला जहाँ म
कालि(महाकाली )को पुर्बी मुहानमा बसि सुकेको आत भिजाउन चाहान्छु।
व्यास मन्दिरमा दर्शन गरि
कालापानीको शिरमा बसि मन लाग्ने गित गुनगुनाउन चाहान्छु।
लिपु भञ्ज्याङ् मा स्वतन्त्र भै बास्ना छरिरहेका ती अन्जान फुलहरुसङ्ग मितेरी लगाउन चाहान्छु।
- Add new comment
- Read more
- 92 reads

भूमीको पुकार
janardan.kattel... — Mon, 06/01/2020 - 22:16
भूमीको पुकार - झ्याउरे छन्द
******************************
कालीको शीर एक्लो भै रून्छ लिपुको त्यो लेक ,
रूदैछ भूमि नबन तिमी अबुझ अदेख ।।
देशका भक्त, जागेर उठ लिएर अठोट
कसैले किन यो भूमीलाई पुर्यायो कि चोट ? ।।१ ।।
पछाडिबाट धस्दैछ दाह्रा, शत्रुले आएर
भाइ हु तिम्रो भनेर खुबै बखान लाएर
जोगाउ दाजु, जोगाउ भाइ, यो भूमी तिम्रै हो
पुकार्छ माटो जोगाउनु छ कर्तब्य हाम्रै हो ।।२।।
मिचियो देश, चिरियो छाती पीडा भो मनमा
नेताले बोले नेताकै बोली म परें रनमा
कस्तो हो हाम्रो यो स्वाभिमान कसरी जोगाउ ?
सीमाको खम्बा ताकत शक्ति रक्षार्थ खटाउ ।।३।।
जन्मेनन् क्याहो अमरसिंह, यो देश भित्रमा ?
- Add new comment
- Read more
- 92 reads

भोकभोकै मर्न थाले जनता
Dinesh Yadav — Thu, 05/28/2020 - 20:13
भोकभोकै सडकमा मर्न थाले जनता ।
केही गर सरकार छाडेर अन्य धन्दा ।।
देशमा जारी छ अझै कोरोनाको कहर।
बन्द गर सरकार तिम्रो सबैखाले विषयान्तरको रहर ।।
प्रेम गर्दा भयो जनसंहार ।
दलितमाथि अब रोक सबैखाले अत्याचार।।
शृंखलाबद्ध गल्तीको अब हुन्न ढाकछोप।
बन्द गर तिम्रो सबैखाले अमानवीय कोप।।
मधेसीमाथि घृणा फैलाउने कार्य भयो अति ।
तत्काल यी कुकृत्य नरोकिए हुन सक्छ देशलाई क्षति ।।
(कलंकी काठमाडौं ।२०७७ जेठ १५)
- Add new comment
- 95 reads

त्यस्को भाले
satish — Tue, 05/26/2020 - 17:45
त्यसले बोलेथ्यो,
भाले नवासी बिहान हुदैन,
सपाट कालो ओढने उघ्राएर ,
बिहान सदाझै हासेको हुन्थ्यो,
अनि ऊ जोड जोड्ले चिच्यौथ्यो ,
देखिस् ! भाले नवासी बिहान हुदैन,
अनि म प्रयत्न गरिरहे, यहि सम्झाउन " बिहान त आफै हुने हो नित्य "
ऊ अट्टहास गर्थ्यो भन्दै
-" तेरो अपरम्परात्मक धारणा,
परम्परा लाई लत्याउने कोशिस गरि त के पाउछस ?
यसरी पुर्खादेखि चली आएको नियमलाई त किन चलाउछस "
म मुस्कुराउँछु अनि भन्छु
-" जसले नया परम्परा बसाउने ताकत राखछ,
ऊ पुराना परम्परा जोगाइराख्न बाध्य छैन,
सुधार गरि पुराना ति कमजोरीहरू फेरी नया सुरुवात गर्छ "
ऊ अझै मेरो कुरा बुझ्दैन,
- Add new comment
- Read more
- 68 reads


सामाजिक सञ्जालमा
लोकप्रिय रचनाहरू
Today's:
- खहरेको भेल-रहेछ
- जन्मदिनको शुभकामना तिमीलाई
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- जन्मदिनको शुभकामना
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- कुकुर
- छोरीको जन्मदिनको शुभकामना
- शुभकामना! जन्मदिनको !!
- पछिल्ला रचनाहरू
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- चर्चित नेपाली यौनकथा
- गजल:तिम्लाई माया गर्ने मेरो मन !!
- पाँच मुक्तक (अब त टाढा भएछु)
- शूण्य (विज्ञान कथा)
- अधुरो ईच्छा (यौन कथा)
- रुपकी रानी रुपा (मनोवाद यौन कथा)
- हाम्रो बारेमा
- आँसु हाँसो मिलन बिछोड
- गजलमा प्रयोग हुने बहरहरुको बारेमा छोटो जानकारी
- प्रेम कविता
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- विद्यार्थी हुँ म
- मेरी बहिनी
- थरहरू पनि विभिन्न गोत्रमा बाँडिएका हुन्छन्।
- दुब्ले बाइ (कथा)
- अमेरिकामा मदनकृष्ण श्रेष्ठको "महको म" पुस्तक विमोचित
- नयाँ बर्षको शुभकामना
- पाठ्यक्रममा साहित्यिक कृति
- तिमीलाई जन्मदिनको शुभकामना
Last viewed:
- पुस्तक चर्चा- नयन्द्र चेम्जोङ्ग र "मोड"
- शहर
- दुखे नि मुटु मेरो
- जिन्दगीको गोरेटोमा सधैं सुन्य हात लाग्यो
- सहर र प्रतिबन्धित प्रेम
- म झुकेको न सम्झ म फुकेको नसम्झ
- लैजा चरी मेरो खबर
- कुशे औसी( गोकर्ण औसी) र बाऊको मुख हेर्ने
- निष्ठुरी तिम्रो यादमा
- पर्दैन के !
- मलाई मेरो भन्दा तिम्रो माया लाग्छ
- चारै तिर काँडै काँडा
- तीन हाइकु (जापानी क्रिसमस)
- गरिबको छोरो म त !
- तिमी आउछौ ?
- उँडी जाऊँ भने
- साम्सद ज्वाइँ
- हाम्रै छ ठूलो जगत्
- मेरै देशमा जन्मे बुद्ध
- शिक्षाका कमजोरी र हाम्रो नियति
- आफ्नासँग छुट्दा रोएँ
- भुसभित्र, भित्र-भित्रै आगो सल्किएछ
- नजर को धोका
- आमाको बदलिएको परिभाषा
- शहिद
- जिन्दगीमा केही गर्न नसकेर
- म तिम्रो त्यही राजकुमारी
- ५ हाईकु
- दिलमायाको अधुरो सपना
- साउने हात मेहेन्दी ले सजाउदै होलि
नयाँ प्रतिकृयाहरू
1 day 18 hours ago
1 day 20 hours ago
2 days 14 hours ago
2 days 16 hours ago
2 days 16 hours ago
2 days 21 hours ago
3 days 3 min ago
1 week 20 hours ago
1 week 22 hours ago
1 week 1 day ago