मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
गद्य कविता
प्रेमवाद अविश्वास र अस्तित्व
editor — Sat, 01/16/2021 - 14:19
सुन्दर युवती राधाको चाह थियो
कि जीवनमा एउटा इमान्दार
केटासँग प्रेमविवाह गरेर।
परिवार बसाउने ।
असङ्गख्य पुरुषहरू आए
नारीवादी कुराहरू सुनाए
अनि उनलाई फकाए फुल्याए
र बिस्तारै उनलाई आफ्नो
मायाजालमा फँसाए ।
- Add new comment
- Read more
- 12 reads

घर यस्तो होस्
editor — Sat, 01/16/2021 - 13:23
घर ठुलो नहोस्,
अलिक सानै होस्,
सफा सुग्घर र चटक्क मिलेको होस्,
घर सानो भए पनि
आँगन चाहिँ ठुलो होस्,
आँगनको चारैतिर फूल फुलेको होस्,
आँगनको एकातिर
मनको भारी बिसाउने
सानोतिनो चौतारी होस्,
अर्कोतिर तिर्खा मेट्ने पँधेरो होस् ।
- Add new comment
- Read more
- 12 reads

यम बुद्ध प्रती श्रद्धाञ्जली
Hari Thapa — Thu, 01/14/2021 - 11:41
उ मरेर पनि बाचेर गयो
जीवन देखि मृत्यु हारेर गयो
धुवाको लप्को यो अन्तरिक्ष लाई
मण्डालाकार जीवन अर्पेर गयो
उ कुलतलाई याद सुम्पिइ सारा
बाच्ने हौसला दिई फेरि बिलय भएर गयो
साथी सङ्गी अनि नाम चारै तिर छाडि
उसका आवाज अनि अगि बढ्ने प्रोत्साहन दिएर गयो
कायर भयौ तिमी सायद
तर कायर भयौ तिमी सायद
तिम्रा बिबशताले जीवन चुडेर गयो
श्रद्धाञ्जली अर्पण शब्द निशब्द छ्न आज
एउटा फुल फक्रीदैथ्यो आज त्यो नि ओइलाएर गयो
शोक मनाए शुन्यता भो यो नौलो सङ्गित
आज फेरि एउटा बुद्ध उदाहरण भएर गयो
उ मरेर पनि बाचेर गयो
अर्को बुद्ध फेरि उदाहरण भएर गयो
- Add new comment
- 18 reads

जन्मदिनको शुभकामना छोरी
editor — Sun, 01/10/2021 - 08:55
सिमलका भुवा झैं
सेता बादलका टुक्रा
निलो गगनमा नियाल्दा
म सम्झिन्छु छोरी
केही सन्देश पठायौ कि
केही सन्देश लिन आयौ ।
- Add new comment
- Read more
- 36 reads

माघ मासमा बाबाले
स्वास्थानीको व्रत कथा पढेर सुनाए जसरी
गुरुले भेक्टर,इलेक्ट्रोसिटी र फोर्स पढाउँदै
६ महिनामा १२ वटा पुस्तक रटाउनु भयो ।
न्युटनको ल ले लिफ्ट चड्न सकिएको हो भन्ने कुरा सम्झाउँदै,
तापले वस्तुको लम्बाई बढ्छ भन्ने कुरा रटाउनु भयो ।
व्यापार व्यवसाय गर्दा नाफा घाटामा ख्याल दिनुपर्छ भन्दै हिसाब सिकाउनु भयो।
विद्वान् गुरुले हिसाब सिकाउँदै गर्दा,
मैले मेरो भगवानरूपी बाबाले
प्रदेशमा चर्को घाममा पोख्नुभएको
पसिनाको मूल्य निकाल्न खोज्दै गर्दा,
मूल्य निक्लिएन ।
अनि दिनरात ज्वालामुखीझैँ बल्ने
चुलोको तापमा उभिएर
किचेनमा काम गर्ने
- Add new comment
- Read more
- 23 reads

जिन्दगीको रुम्झाटार र धिक्कार
editor — Tue, 01/05/2021 - 20:03
प्रेममा तेरो फूलसँग के सम्वन्ध छ ? भनी
हिजो भ्रमरलाई प्रश्न तेर्स्याउने म
आज बत्ती र पुतलीलाई बिर्सेर
आफ्नो नेटवर्क सम्झिन बिर्सेको म
किनभने
आज एकाएक मौसमको अदलाबदली झैँ
बदलिरहेछ जिन्दगीको रुम्झाटार ।
- Add new comment
- Read more
- 24 reads

मन्द बुद्धि बालक
editor — Sun, 01/03/2021 - 12:36
एउटा सानो बालक जो मनको सफा छ
स्वच्छ विचारमा पनि लाग्दैन उसमा केही कमि छ
ऊ हरेक कुरामा ज्ञानले पूर्ण हुन चाहन्छ
तसर्थ ऊ पुरा ध्यान लाएर सोचिरहन्छ
तर सायद त्यसैले गर्दा समाजले उसलाई
मन्द बुद्धि बालक भनेर बोलाउँछ
- Add new comment
- Read more
- 34 reads

लुकेको प्रेम
Jeevan Acharya — Sun, 01/03/2021 - 01:21
म मौन थिए, समय मौन गतिशील थियो
भाग्य अदृश्य थियो
भविष्यको गर्भ अनभिज्ञ ।
तिमी आउनु थियो, आयौ मेरो जीवनमा
मौन समयले मलाई संकेत नै दिएन
अहँ! अलिकति पनि ।
तिम्रो आगमनले
मुर्झाएका सपना ब्यूँझायो
मायाका अङ्कुरणहरू जुरमुराए
- Add new comment
- Read more
- 126 reads

सावधान देउरालीवासी
Hari Thapa — Thu, 12/31/2020 - 09:05
उफ्फ़ ..............
सुस्केरा ले धकेलेको पवन को प्रबेगलाई
न दाज्न सक्छु म................
उठेका प्रत्येक मानवीयताका पाईलाहरुमा
विश्व हाक्ने अधुरा सपना हरु बोकी
अनेकन सिद्धान्त र त्यस्का का अनुयायी हरु
वर्षा ऋतु को झम झम झरी मा
गाऊ गाऊ शहर शहर चारैतिर फैलिएको भयानक डढेलो संगै
भ्यागुता हरुको महाप्रलयको उदघोश जस्तै
नतमस्तक लोलाएका यी मेरा दिवा स्वप्नहरु
..............................
हरेक दिन औसी को कालरात झैँ कम्पायमान
उर्लिदो खहरे को उचाई सरि
हरपल त्रसित यो मानसपटल मा
मानव जगत को भिषण आगलागी
न छ त्यहाँ कुनै दमकल
न छ कुनै संयन्त्र ............
- Add new comment
- Read more
- 32 reads

म के गरौ ?
Hari Thapa — Thu, 12/31/2020 - 09:02
म मेरो मातृत्व अनि आज को परिवेश
सुक्ष्म सुक्ष्म गरि खण्डिकृत मेरो मौलिकता
आत्मियता सद्भाव अनि नया युगको पुनर्जीवन
हाइ यी मेरा सामाजिक कुण्ठाले फेरि घाटि निचोर्न आइपुग्छ्न
चार जात छत्तीस वर्ण परिवर्तन भैसक्यो
प्रतिगामी भइन्छ त्यो कुरा गरे
अब भन दाजै म के गरौ ?
बोल्ने मे रो सास र सामर्थ्य निरीह
हराउदै गरेका घरका खम्बाहरु
छिमेकीको धुर्बे हात्ती आतंक
मतलब नै छैन याहा कसैलाइ
छ त केवल युद्ध निम्त्याउने जातिय पहिचान को
अब भन दाजै
नेपालै नरहे हामी कुन प्रदेशका रहौला र !!
तिम्रा जोस जागर र भासण
साचै मान्छे उचाल्ने बिरोधाभाष
तेइ माटोको लागि दुई शब्द बोलिदेउ दाजै
- Add new comment
- Read more
- 38 reads

प्रेमाहुती
editor — Sat, 12/26/2020 - 19:53
बादलुको च्यादर च्याती
वर्षा बनी र्बिसदेऊ न
पूर्णिमाको जून बनी
शीतल किरण छरिदेऊ न
यो मुटुको ज्वालालाई
शित बनी निभाइदेऊ न
यी आँखाका आँशुलाई
तिम्रा हातले पुछिदेऊ न

कास्टमाण्डपका गुट्खा अनि मेरा सपना
Hari Thapa — Fri, 12/25/2020 - 17:09
थुकेर थुक र
फोहोर र धुलोको शृङ्गार अनि
पान पराग र गुट्खाको रातो कलरले
अबिरमय बनाएको रहेछ तिमिलाइ
उफ्फ सत्ते होला मैले झन्नै चिन्नै सकिन
ठूलो भयो भन्ने ठानौला
मरिजाम तिम्रा काटिएका पखेटाले तिमी बिरुप भएछौ
किन किन तिम्रा नजरमा मैले देख्ने प्यार
अहिले त केवल प्यारप्यार मात्रै देखे
बैरागिएको जोगि जस्तै अस्त ब्यस्त तिम्रो अनुहारमा
बिगतका सुन्दरता खोजेर म आजित भए
भत्किएका हरेक गोरेटोले मलाइ आत्मिय ठानेछ्न
भत्किएका हरेक सपनाले मलाइ आफ्नो ठानेछ्न
लाग्छ उनिहरु आफ्ना बेदना पोख्न आतुर थिए
तर विवस म उनिहरुको चीत्कार सुन्न असमर्थ भए
घृणित परायतन्त्रको पार्दर्शिता छताछुल्ल रहेछ
- Add new comment
- Read more
- 35 reads

रेगिस्तानबाट साथीलाई चिट्ठी
Hari Thapa — Sun, 12/20/2020 - 13:58
आऊ साथी यहाँ के छैन सब थोक छ
रोग छ शोक छ अनि वियोग छ
पैसा छ ऐश छ अनि सकिएको वैंश छ
सुन्दरीको ताती छ सेकिएको छाती छ
अँध्यारो नहुने रात छ दुई तलाको खाट छ
ओहो साथी यहाँ के छैन सब थोक छ
- Add new comment
- Read more
- 71 reads


सामाजिक सञ्जालमा
लोकप्रिय रचनाहरू
Today's:
- खहरेको भेल-रहेछ
- जन्मदिनको शुभकामना तिमीलाई
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- जन्मदिनको शुभकामना
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- कुकुर
- छोरीको जन्मदिनको शुभकामना
- शुभकामना! जन्मदिनको !!
- पछिल्ला रचनाहरू
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- चर्चित नेपाली यौनकथा
- गजल:तिम्लाई माया गर्ने मेरो मन !!
- पाँच मुक्तक (अब त टाढा भएछु)
- शूण्य (विज्ञान कथा)
- अधुरो ईच्छा (यौन कथा)
- रुपकी रानी रुपा (मनोवाद यौन कथा)
- हाम्रो बारेमा
- आँसु हाँसो मिलन बिछोड
- गजलमा प्रयोग हुने बहरहरुको बारेमा छोटो जानकारी
- प्रेम कविता
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- विद्यार्थी हुँ म
- मेरी बहिनी
- थरहरू पनि विभिन्न गोत्रमा बाँडिएका हुन्छन्।
- दुब्ले बाइ (कथा)
- अमेरिकामा मदनकृष्ण श्रेष्ठको "महको म" पुस्तक विमोचित
- नयाँ बर्षको शुभकामना
- पाठ्यक्रममा साहित्यिक कृति
- तिमीलाई जन्मदिनको शुभकामना
Last viewed:
- तिहारमा रेखीको रौनक
- साँघुरो (लघुकथा)
- अधुरो माया
- दुई मुक्तक (मर्छे छोरी, टीका लाग्छ)
- साहित्यिक कार्यक्रम र चाँदनी रातहरू गीती संगालो विमोचनको एक झलक
- मनले नमान्दा नमान्दै पनि केही शब्द उनैको निम्ति
- एस.एल.सी यात्रा
- धर्मगुरूको भेषमा शैतान (अनूदित लघुकथा)
- पहिलो माया
- को हौ तिमी?
- दिनहरु बित्दै गर्दा (मुक्तक)
- हमर वसन्त ललीय (कविता)
- आँसु पिएको छु
- "जलिरहेको मेरो देश"
- आन्दोलन
- निलम्बनमा
- मायाको सिरानी आँखामा छ
- ईतिहास
- भाँच्यौ किन ?
- अवरुद्ध आशाबारीको धुन
- वेदसार : महा-वाक्य
- आधारमा धार थ्यो कि माया आरो भो
- सुशासन (लघुकथा)
- अधिक समय म आफ्नै कामकाजले मजबुर छुँ
- जूनलाई पत्र
- प्रेम जीवन मात्र हैन मृत्यु पनि
- यो पनि एउटा माग्ने तरिका (लघु-कथा)
- नेपोलियन बोनापार्टको पत्र जोसेफिनको नाममा
- पानीमा बाँचेको हाम्रो जीवन (त्रिचन्द्र 'प्रतीक्षा')
- अासनग्रहण र भासनको आतङ्क
नयाँ प्रतिकृयाहरू
1 day 19 hours ago
1 day 21 hours ago
2 days 14 hours ago
2 days 17 hours ago
2 days 17 hours ago
2 days 22 hours ago
3 days 44 min ago
1 week 21 hours ago
1 week 22 hours ago
1 week 1 day ago