मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
हास्यव्यङ्ग्य कविता
भट्टि खोलेको छु
Hari Thapa — Tue, 12/22/2020 - 08:36
चिउरा भुजा बियर सबै जम्मा मैले गरि सके
हिस्सि काली डिम्पलवालि क्यासियर नि राखी सके
ब्रोइलर रागा भेडो खसी, त्यो नि सारा खोजी सके
तीन पाने र चार पाने नि खोजी घैलो भरिसके
गल्ली भित्र अध्यारोमा छाप्रो मैले हालेको छु
कर्याकर्ता येतै आउन भट्टि मैले खोलेको छु
जो नै आउन काङ्ग्रेस कम्निस्ट मेरो भट्टि चल्नु पर्यो
बेरोजगारी बढेको छ भत्ता बाढ्न आउनु पर्यो
भेस्ट सारै कमसल भयो अलि टिक्ने बाड्न पर्यो
नेपाल बन्द आन्दोलन ले सडक फेरि तात्नु पर्यो
नया बाइक किन्नलाइ पुरानो साइकल बेची सके
येतै आउन कार्यकर्ता भट्टि मैले खोलि सके
तपाइ हाम्रै हामी तपाइकै कसलाइ केको पिर परो
- Add new comment
- Read more
- 43 reads

साँढेजात्रा
editor — Tue, 08/04/2020 - 11:19
विश्वभ्रमणमा हिँडेका अदृश्य विषाणुहरू
उन्मत्त साँढे बनेर
चोकचोकमा डुक्रँदै–गर्जदै
उग्राइरहेछन् ।
ब्रह्माण्डको भाले बनेर
अहङ्कारमा मच्चिएको मान्छे
घरघरमा थच्चिएर
- Add new comment
- Read more
- 455 reads

सरकार, कुर्सी र राष्ट्रियता (गाइजात्रे प्रहार)
आयुष बडाल — Tue, 08/04/2020 - 09:16
विकास गर्छुभन्दा भन्दै दशौ दशक बितायौ,
सबै नेपाली जनतालाई त थाग्नामै सुतायौ।
कति सहनु हामी,
सराकारी कर्मचारी को दुख दिने नीति,
अनि मन्त्रीको भ्रष्टाचार गर्ने राजनीति।
कति दिन्छौ पीडा सरकार, कति दिन्छौ पीडा?
- Add new comment
- Read more
- 98 reads

हाम्रो नाँच
editor — Thu, 06/04/2020 - 07:50
हामी नाँच्नुमा सिपालु छौँ,
हामी मादले गीतमा नाँच्छौ,
मारुनी भएर पनि नाँच्छौ,
तामाङ सेलोदेखि लिएर
खैँजडी र च्याब्रुङको तालमा पनि नाँच्छौ,
नाँच्न हामीलाई सिकाउनु पर्दैन
हामी जन्मजात नाँच्ने जाति हौँ।
- Add new comment
- Read more
- 198 reads

श्रीमती हराएको मान्छे !
sujan.shrestha — Fri, 04/24/2020 - 19:33
लौ घरको ठेगाना त छ
तर मेरो मान्छेको ठेगान् भएन
मुहार चन्द्रमा जस्तो छ
कुनै बादलले पो छेक्यो कि ?
पात्रो हेर्ने भ्याएको थिएन
कतै औँशीको दिन पो पर्यो कि ?
- Add new comment
- Read more
- 189 reads

श्रीमती ओभर-स्मार्ट हुँदैछिन्
editor — Wed, 04/08/2020 - 18:13
रंग उप्किसकेको थोत्रो मोबाइलमै
भर परेको देखेर
तिनको जन्म दिवसमा पोहोर साल
एउटा ठुलो स्मार्ट फोन किनेर
उपहार स्वरुप दिएको थिएँ,
त्यही मोबाइलमा हिजोआज उनी
धेरै व्यस्त देखिन्छिन्,
किनभने उनी धेरै स्मार्ट हुँदैछिन्।

ह्वास्स ह्वासी गनाएको तिम्रो शरीर
editor — Thu, 03/12/2020 - 20:40
साथी,
हिजआज तिमी धेरै गन्हाउन थालेछौ,
तिमी गन्हाएको देखेर
यहाँका वन-जंगलमा
चरा-चुरुङ्गीहरूले तिम्रो साउती गर्न थालेका छन्
तिमी गन्हाएको देखेर
यहाँका पाखा पखेरो र चियाबारीले पनि
तिमीलाई छि: छि: दूर दुर गर्दै छन्
- Add new comment
- Read more
- 246 reads

कुन धर्म हो त्यो भगवान?
editor — Sun, 12/22/2019 - 19:32
कुन धर्म हो त्यो भगवान
जहाँ रातभरिसम्म पनि
सिङ्गो गाउँको निद्रा हराम गरिन्छ
- Add new comment
- Read more
- 155 reads

घरी पिलेटतिर कुद्छ
घरी कचौरातिर कुद्छ
मिठो मिठो बोकेर
घरी ओठसित जुद्छ
कहिले यताको कुनोमा खोज्छ
कहिले उताको दुनोमा खोज्छ
के मिठो लाग्छ तपाईंलाई पहिले
- Add new comment
- Read more
- 388 reads

ससुराबालाई जँड्याहा ज्वाईंको पत्र
adhikarirajesh — Mon, 07/22/2019 - 19:58
ससुराबा ! टाढैबाट प्रणाम
यो अवहेलित ज्वाईंको देब्रे हातको सलाम
मलाई तिम्री छोरी त फुलबारीकी माली हुन् भनेर भन्थ्यौ त
तर उनी त कालीरूपी ताण्डव नर्तकी पो परिछिन्
तिम्री छोरी त गुलावकी फूल हुन् भनेर मलाई भिडाएथ्यौ त
तर उनी त मरुभूमिकी तीखो काँडे सिउँडी पो परिछिन्
- Add new comment
- Read more
- 235 reads

कता झर्छ भन्दै न लागें पछाडि
मठाधीशकाे फेरलाई नछाडी
सफा गर्न छाडें परेकाे छ चाेट
मठाधीशकी पत्नीको पै६ीकोट ।।
(नि) काे पेटी (टि) कोट ।
न छाेराे परें वा परें वा न ज्वाइँ
नपर्दा कहाँ खेल्न पाइन्छ दाइँ
न हड्तालमा बाेक्न झन्डा गएँ म
कहाँ गर्न पाऊँ म सित्यैं रजाइँ ।।
न पार्टीहरू भित्र भर्ना भएँ म
न ओछ्यानमा नै उपर्ना भएँ म
कसैकाे गरें क्यै न मैले बिझाइँ
कहाँ गर्न पाऊँ म सित्यैं रजाइँ ।।
नराखी नराखी कहाँ हुन्छ माग
नमागी नमागी कहाँ लाग्छ भाग
त्यसै प्राप्त के हुन्छ याे राइँदाइँ
कहाँ गर्न पाइन्छ सित्यैं रजाइँ ।।
यसैले पछाैटे परेकाे छु आज
छ बाेधाे भएकाे र साेझाे दिमाग
- Add new comment
- Read more
- 412 reads

गफ हडताल टुक्का महिमा
HomSuvedi — Tue, 04/02/2019 - 15:04
गफाड्ताल टुक्का महिमा
तिनोटा मु्ख्य छन् हाम्रो चिनारीका नयाँ कडी
बयान गर्न लागें म नहेरी नाडीको घडी ।।
गफ गर्ने गफै चुट्ने पहिचान छ अग्रिम
गफाडीहरुको भिन्नै पहिले गफ गर्छु म ।
आमाले बाबु बिर्सन्छन् पत्नी छन् पति बिर्सने
हडताल भए पुग्छ बेर्थै के अरु सम्झने ।।
रुखबाट खस्यो कोही बाटो बन्द गरे भयो
लोग्ने स्वास्नी गरे लड्डी देशै भन्द गरे भयो ।।
क्षतिपूर्ति लिंदै घिच्तै दारुले पेट भर्दछौं
नेपालै मात्र के हामी विश्व नै बन्द गर्दछौं ।।
थपेर गफमा टुक्का हुक्का झैं टर्टराउँछौं
काम गर्न परैबाट छाडेर थर्थराउँछौं
गफ हड्ताल टुक्कामा गफै केही गिजोल्छु म
- Add new comment
- Read more
- 190 reads

कविताउन छाड्नु पर्यो
HomSuvedi — Mon, 09/10/2018 - 08:30
द्रुतविलम्बितः
कति बिताउनु हो कविता पनि
सकल मानवको रमिता बनी
अब म छाड्दछु यो 'क' बिताउन
गजलमा बरु थाल्छु सुसाउन ।।
मुलुकभित्र भए सरी माफिया
बरु सबैतिर भर्दछु काफिया
अति छ कष्ट यहाँ 'क' बिताउन
छ सिजलो जल मा 'ग' मिलाउन।।
न घिमिरे जतिको हुन पाइयो
न त मिठो कविता रुन पाइयो
अब त दुर्लभ प्राज्ञ छ पाउन
गजलमै बरु थाल्छु सुसाउन ।।
गजलमा रमितै रमिता सब
गजलमै जल थप्नु पर्यो अब
मुख मिठ्याउन क्यै पनि पाइनँ
गजलमै बरु थाल्छु सुसाउन ।।
घनिघसाइ गरी कवि आउँछन्
कथित गर्धव राग सुसाउँछन्
म पछि पर्दछु तैपनि धाउन
गजल नै बरु थाल्छु सुसाउन ।।
गजलमा सजिलै रछ धाउन
बहर गाई र गोरु मिसाउन
- Add new comment
- Read more
- 212 reads


सामाजिक सञ्जालमा
लोकप्रिय रचनाहरू
Today's:
- खहरेको भेल-रहेछ
- जन्मदिनको शुभकामना तिमीलाई
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- जन्मदिनको शुभकामना
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- कुकुर
- छोरीको जन्मदिनको शुभकामना
- शुभकामना! जन्मदिनको !!
- पछिल्ला रचनाहरू
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- चर्चित नेपाली यौनकथा
- गजल:तिम्लाई माया गर्ने मेरो मन !!
- पाँच मुक्तक (अब त टाढा भएछु)
- शूण्य (विज्ञान कथा)
- अधुरो ईच्छा (यौन कथा)
- रुपकी रानी रुपा (मनोवाद यौन कथा)
- हाम्रो बारेमा
- आँसु हाँसो मिलन बिछोड
- गजलमा प्रयोग हुने बहरहरुको बारेमा छोटो जानकारी
- प्रेम कविता
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- विद्यार्थी हुँ म
- मेरी बहिनी
- दुब्ले बाइ (कथा)
- थरहरू पनि विभिन्न गोत्रमा बाँडिएका हुन्छन्।
- अमेरिकामा मदनकृष्ण श्रेष्ठको "महको म" पुस्तक विमोचित
- नयाँ बर्षको शुभकामना
- पाठ्यक्रममा साहित्यिक कृति
- तिमीलाई जन्मदिनको शुभकामना
Last viewed:
- (रुवाई) यहाँ नेता
- यो आँखाको झरी पनि
- एघार मुक्तक (झटपट गरी विवाह)
- माया कति सुन्दर हुन्छ गरेपछि थाहा होला
- सम र उनको 'आगो र पानी'
- जन्मदिनको शुभकामना तिमीलाई
- आन्दोलन-३ (लघुकथा)
- साथि
- अनलाइन वार्ताको सँगालो
- मायाँ भन्ने चिज
- उभिएर संसारकै शीरमुनि
- उषाकेा किरणले .........
- विश्वकपको जात्रा
- तिम्रो प्रेरणाले
- म कसरी भुल्न सक्छु र आमा?
- आमाको जतन
- घरझगडा गरेर माइत आएकी छोरीसँग
- भन्दिनँ म थाकिसकेँ
- गजल (रोएको छ )
- न झुकौं
- यति धेरै माया दिई मनभरि दुख नदेऊ
- बाई बाई विनिता
- खुत्रुकेको पैसा (बालकविता)
- सफलता
- मेरो नियति, मेरो रहर
- दाइजो
- मुक्त
- मिति नाघेको चिट्ठी
- ३४ वर्षभयो साहित्य पढ्न छोडेको
- रित्तिनु नै सकिनु हो
नयाँ प्रतिकृयाहरू
44 min 58 sec ago
4 days 21 hours ago
4 days 22 hours ago
5 days 16 hours ago
1 week 4 days ago
1 week 5 days ago
1 week 5 days ago
2 weeks 1 day ago
2 weeks 2 days ago
2 weeks 2 days ago