संस्मरण

भानु चेत जयन्तीमा बाहुन बनाइँदा

२०६७ आषाढ २९ मङ्गलबार। भानु जयन्ती । भानु चेतलाई बोकेर घर बाहिरिएँ । बिहान ९ः३० तिरै । भक्तपुर, कान्तिपुर, ललितपुर, तीनधाम । यमपुर अन्तिम धाम । यमपुर सायद भानुको पनि पुर । साझा पुरस्कार वितरण त्यही दिन पारिएको । कृष्णचन्द्रसिंह प्रधान साझाको पूर्व अध्यक्ष व्यवस्थापक । दिवंगत प्रधान प्रति १ मिनेट मौन श्रद्धाञ्जली अर्पण । त्यसै अवसरको औसर बन्यो । साझा प्रकाशनले प्रधानप्रति अर्पेको मौन श्रद्धाञ्जली । भानु चेतभित्रबाट टप्केका श्रद्धाभाव । लोकको गरौँ हित भनी ।

घान्द्रुकमा रमाउँदाको क्षण

वरिपरि डाँडाकाँडाले घेरिएको उच्च पर्वतीय गाउँ घान्द्रुक एकातर्फ डाँडा भरिभरि लालीगुराँस फुलेर रमितलाग्दो देखिन्छ भने अर्कोतर्फ अन्नपूर्ण र धौलागिरि हिमालका श्रृङ्खलाले छरेको शोभाको अनुभूति हुन्छ । त्यहाँको हरियो वनजङ्गलको स्वच्छ प्राकृतिक सौन्दर्य,नागबेली बाटाहरूको दृश्यलाई कुन शब्दमा पो उतार्न सकिनेरहेछ र !

‘मेरो मानसपटमा पल्लव सम्मान र धनवाँणी युवा पुरस्कार’

सम्झनाका शब्द,
साँच्चै नै भन्नुपर्दा पल्लव साहित्यिक पत्रिका र पल्लव साहित्य प्रतिष्ठानसँग जुनसुकै साहित्यिक मनहरू अपरिचित छैनन होला । मलाई लाग्छ आजको साहित्यिक आकाशमा पल्लव को नाम नै चिरपचित अति सुरच्छित भन्ने मान्यतामा समर्पित साहित्य पत्रिका र प्रतिष्ठान सावित भएको छ । त्यसो त म केही बर्षयता पल्लव साहित्य प्रतिष्ठानका अध्यक्ष गोर्खेसाइँलो उर्फ ऋषिप्रसाद लामिछानेसँग विभिन्न साहित्यिक कार्यक्रमहरूमा एक आपसीय परिचय भएर सामिप्यता भएकी थिएँ ।

एकदिन अर्थात २०६६ असौजको पहिलो हप्तातिर पल्लव साहित्य परिष्ठानका अध्यक्ष गोर्खेसाइँलोले मलाई एक्कासी फोन गर्नु भयो र भन्नु भयो जिज्ञासुजी आगामी असौजको २३ गते बेलुका तपाई मेरो घरमा आई पुग्नु होला । पल्लव साहित्यि सम्मानका साथै धनवाँणी युवा पुरस्काले तपाईलाई पुरस्कृत गर्ने भन्ने हाम्रो निर्णय भइसकेको हुनाले तपाइँलाई यो जानकारी गराएको छु । निमन्त्रणा पनि इमेलबाट पठाएको छु मेल खोलेर हेर्नु होला । यति भनेर उहाँले फोन राख्नु भयो । एकछिन त म आफैँ अकमक्क परेँ । कताकता मनमा खुसी अनि उल्लाहास जस्तो पनि महशुस गरेँ । त्यसपछि त्यो टेलिफोन वार्ता मैले मेरा आफ्नो जीवनसाथी श्रीमान बिमलप्रसाद पौडेललाई खुसीको खवरकोपमा सुनाएँ त्यतिखेर उहाँले मलाई भन्दै हुनुहुन्थ्यो - तिम्रो साहित्यिक यात्राले बिस्तारै सार्थकता पाउन थाले छ सबैले तिम्रो मेहेनत र लगानीको मूल्याङ्कन र कदर गर्न थालेछन् जस्तो लाग्यो र यो समाचार सुनेर मलाई खुसी लाग्यो । मलाई श्रीमानले मेरो साहित्यिक यात्रामा सधै उहाँको आफ्नो परिस्थितिले भ्याएसम्मका हरेक सहयोग त गर्नु नै हुन्थो तरपनि त्यसबेल उहाँले खुसियाली ब्यक्त गर्न भएको थियो । त्यो खुसीयालीले म भित्रको एउटा छुट्टै हौसला बढ्यो र म मा केही साहित्यिक प्रेरणादायिक उमङ्ग पनि थपियो ।

गीतमा हराउँदा

बाल्यकालदेखि नै गीत गाउने रुचि मेरो चरम सीमामा थियो। हिन्दी फिल्मका कतिपय गीत मलाई कण्ठ थिए। त्यसमा पनि विशेष गरेर लता मंगेशकरका गीतहरू म बडो रुचिका साथ गाउँथे। मेरो आवाज त्यस बखत मसिनो र तिखो थियो। त्यसकारण लताका गीतहरू गाउने गर्थें। टोलमा विभिन्न उत्सव र अन्य समयमा पनि म गाउथेँ कर गरेर पनि टोलेहरू गाउन लगाउँथे। कहिलेकाहीँ गाउन मन नगर्दा कुटेर पनि गाउन विवश गराउँथे।

मेरो प्यारो ओलाङ्चुङगोला

पञ्चायतकालमा कुनै कर्मचारी, शिक्षक वा अन्य कुनै सरकारी/अर्धसरकारी निकायका कर्मचारीले राजनीतिमा भाग लिन खोजे तत्कालीन शासकहरूले भन्ने गरेको 'राजनीति गरे ओलाङ् चुङगोला पुग्नुपर्ला' थेगो बाल्यकालमा सुनेदेखि ओलाङ्चुङगोला पुग्ने जुन उत्कण्ठा मभित्र झाँगिएको थियो, त्यो गत महिना पूरा भयो । समय परविर्तनशील छ । ठाउँ यथास्थितिमा छ आज पनि ।

तेन्जिङ शेर्पाको सम्मानमा

वीरांगनाजस्तो लाग्ने भेषभूषामा सजिएर घोडा चढी स्वागत-अभिनन्दन गर्न पाउँदाको अनुभूति बेग्लै हुँदो रहेछ । २०१० जेठ १६ गते विश्वकै अग्लो शिखर सगरमाथा आरोहण गरेर फर्किएका तेन्जिङ नोर्गे शेर्पा र एडमन्ड हिलारीको स्वागतार्थ काठमाडौँमा आयोजित कार्यक्रमको अगुवाइ गर्दाको त्यो क्षण मेरालागि ज्यादै रोमाञ्चक थियो । किनभने, त्यो विजय नेपालीहरूका लागि संसार जितेभन्दा ठूलो थियो ।

सम्झनामा एक आत्मीय अग्रज

म काठमाडौँ आएको मदन उपाध्याय दाइको निम्तोमा रहेछ । त्यो पचास वर्षभन्दाअघिको कुरा हो । मलाई लिन कलकत्तामा रित्तै हवाइजहाज लिएर आउने पाइलट रमेश, उहाँको भाइ त माध्यम मात्र रहेछन् । मलाई भन्डैझन्डै गलहत्याएर ल्याउनु परेको कारण चैँ उही सधैँको 'ज' पछिको 'झ' थिएछ । सबैभन्दा पहिले मदन दाइलाई मैले २००६ सालको हिउँदमा देखेको हुँ ।

अलबिदा कृष्णचन्द्र !

१५ दिनअघिको कुरा हो । उनको गेट खुलै थियो । तर पनि मूलगेटको घन्टीको स्विच थिचेँ । मलाई भित्र पस्न गाह्रो लाग्यो । किनभने, घरको मूलढोकामा एउटा ठूलो कुकुर मैतिर लक्षित टाउको ठड्याएर ढल्केको थियो । अर्कोपटक घन्टीको स्विच थिचेँ । यसपालि चाहिँ मूलगेट खोल्न उनी आफैँ आए । ढाड अलि कुप्रो पारेर झन्डै ४५ डिग्रीको कोणमा ढल्केर उनी हिँड्दै आए र ढोका खोले ।

शङ्करः आत्मगाथाको प्रतिध्वनि

शङ्कर लामिछाने ताहाचलका रैथाने । उनको खास घर मेरो जन्मघरभन्दा दुई किलोमिटरको दूरीमा थियो, त्यहाँ पुग्ने सामर्थ्य मैले कहिले राखिनँ । किनकि मैले उनका कुनै रचना मनज्ञानले त्यतिबेलासम्म पढेकै थिइनँ र उनलाई कसरी चिन्ने । नचिनेका लेेखक मेरा निम्ति आकर्षण कहिले बनेन वा उनी भविष्यमा यति प्रिय लेखक होलान् भन्ने अन्तर्बोध मलाई कहिले कतै भएन । म सधैँ दृढ थिएँ, मान्छे मन परेपछि मात्र लेखक मनपर्छ भनेर । मलाई मान्छे मनपराउन साह्रै गाह्रो थियो र छ अझै पनि ।

पीपलबोट

म काठमाडौँ नयाँ सडकको बीचमा झाङ्गएिर बसेको पीपलबोट र यसले समय, मन र इतिहासमा उजागर गरेका केही बिम्ब अनि अभिव्यञ्जनाको विषयमा केही लेख्न लागेको छु । यो पीपलको रूख वरिपरि अल्झेका सम्झना छन् मेरा पनि । पीपलबोटमुनि सबैले बुद्धकै जस्तो ज्ञान पाउँदैनन् तर सानातिना झल्यास्स ज्ञानहरू सबैले पाएकै हुन्छन् यस्ता रूखका छहारीमुनि ।

निउरी मुन्टी 'न'

एकदिन मलाई तर्कना चल्यो, निउरी मुन्टी 'न' उँभोमुन्टी '' भइदिएको भए कस्तो हुन्थ्यो ? मलाई यस्तै तर्कले धेरै समयसम्म ऐँठन गरिरहृयो । आधा रातसम्म निद्रा परेन, कोठाको बत्ती निभेन । बत्ती ननिभाई निद्रा नपर्ने 'बूढी माऊ' को करकर बढ्दै गयो, कान्छो छोरो कहिले उठ्ने कहिले सुत्ने गर्न थाल्यो, खाटका उडुसहरू झन् सक्रिय हुन थाले । सडकमा भुस्याहा कुकुर भुक्न थाले । रातको नीरवता खलबलिन खोज्यो ।

सगरमाथा

ठीक ५७ वर्षअघि इलाम जिल्लाको फिक्कल भन्ने रमणीय स्थानको हाम्रो घरबाट मेरो पिताले मलाई अंग्रेजी महाविद्यालयमा भर्ना गराउन भनेर दार्जीलिङ लानुभएको थियो । गाडीबाट चोक बजारमा ओर्लिनेबित्तिकै हामी बाबुछोराले उच्च स्वरमा एउटा गीत सुन्यौँ ।

सत्याग्रह आन्दोलन र बीपी

२०१४ मंसिर महिनाको कुरा हो। एक दिन मध्य दिउँसो बीपी कोइरालालाई भेट्न काठमाडौँको नक्सालस्िथत कल्पना प्रेसमा पुगेको थिएँ । तल प्रतीक्षालयमै भनियो, 'बीपी सुकला भएको छ । पछि आउनू ।' मेरो मुखबाट फ्याट्ट निस्किहाल्यो, "समाजवादी नेता पनि दिउँसै सुत्दा रहेछन् ? कस्तो अचम्म !" यत्तिकैमा कौसीबाट बीपी चिच्याइहाल्नुभयो, "माथि आउनू माथि ।" मेरो मुटु ढक्क फुलेर आयो ।

धुस्वाँका साथ एक सार्थक यात्रा

कति व्यक्तिका साथ मैले यात्रा गर्ने मौका पाएको छु । म साहित्यिक व्यक्तिहरूको कुरा गर्दैछु । धुस्वाँ साय्मि, वासु शशीलाई सम्झन्छु, जो अब यस संसारमा छैनन् । उनीहरूको संगत, खासगरी यात्रामा बिताएका क्षणहरूको सम्झना मलाई आज पनि बारम्बार आइरहन्छ । यहाँ म धुस्वाँ साय्मिसँगको यात्रा क्षणहरूको स्मरण गर्न चाहन्छु ।

कप्तानको रिसले 'माओवादी' बन्दा

मान्छेको जीवनमा बिर्सनै नसकिने कुनै न कुनै भयङ्कर घटना, दुर्घटनाहरू घटिनै रहेका हुन्छन् । त्यस्तै यो पङ्क्तिकारको जीवनमा पनि एकपटक यस्तै दुर्घटना घट्यो । कुरो ०५८ साल मङ्सिर-पुस महिनाको हो । १७ जना अष्ट्रेलियन खैरे (पर्यटक)हरूसँग चुलु स्थानीय भाषामा 'जुलु' वेस्ट पिक चढ्न कास्की जिल्लाको वेगनास ताल हुँदै लमजुङ जिल्लाको खुदी निक्लिएर भुलुभुले हुँदै मनाङ गएका थियौँ । हाम्रो यात्रा तालिका २९ दिनको थियो ।

लोभ्याउन सिपालु कुन्छा

परीक्षाको बेला अलिक बढी नै मेहेनत गरिन्थ्यो, अघिपछि सधैँ राजनीतिकै बढी चर्चा-परिचर्चा गर्न रुचाउने जमात थियो, हाम्रो । पञ्च-प्रवृत्ति र केही साथी देखेर हो कि ? हामीहरू भ्रष्टाचारको खूब विरोध गर्दथ्यौँ । मेरा-प्रिय, परममित्र रामशरण महतजी र मैले त लमजुङ पुगेर पनि भ्रष्टाचारकै घोर विरोध गरेर खिल्ली उडायौँ ।

फागुन ७ र नेपाली कांग्रेस

भारतको पटनामा नेपाली कांग्रेसको केन्द्रीय कार्यालयजस्तै थियो । सबै काम त्यहीँबाट निर्देशित हुन्थ्यो । भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरूको मध्यस्थतामा राणा, राजा र कांग्रेसबीच भएको दिल्ली सम्झौताको 'ड्राफ्ट' त्यहीँ भएको हो । सोही सम्झौताबमोजिम १ सय ४ वर्षे निरंकुश राणाशासन ढल्यो र नेपालमा प्रजातन्त्रको बिहानी झुल्कियो । तर, हाम्रा लागि त्यो सम्झौता धेरै गुमाएर थोरै प्राप्त गरेको अवसर थियो । 'छातीमाथि ढुंगा राखी हाँस्नु पर्या छ !' जस्तै भएको थियो, दिल्ली सम्झौता नेपाली कांग्रेसका कार्यकर्ताका लागि ।

सशस्त्र क्रान्तिका पहिला सहिद

विसं २००६ चैत १४ गतेको घटना हो । नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजातन्त्र कांग्रेसका प्रतिनिधिहरूले भरिएको थियो, कलकत्ताको चौरंगी टाइगर सिनेमा हल । दुई कांग्रेस पार्टी एक भएको खुसीयालीमा आयोजना गरिएको सम्मेलन थियो त्यो । त्यही हलको प्रवेशद्वारमा एक जना गोरो, रातोपिरो र फुर्तिलो युवक स्वागत समितिको ब्याज लगाएर उभिएको थियो ।

पत्रकारको भेष गरी युद्धमोर्चामा

त्यतिखेर म विद्यार्थीको नेताजस्तै थिएँ । विद्यार्थी आन्दोलन संगठित गर्न र त्यसलाई चलाउनका निम्ति प्रशिक्षण/छलफल चलाएर मात्र हुँदैनथ्यो, सांस्कृतिक आदि मनोरञ्जनमूलक कार्यक्रमहरू पनि सञ्चालन गर्नुपर्थ्यो । सोचेँ, मनोरञ्जन पनि हुने र यसो 'फन्ड' पनि जम्मा हुने ।

"मृत्‍युको मुखमा पुगेर पनि बचियो, त्यो दिन....!!!"

हामीलाई समाजमा अपराध, कालो ब्यापार र समाजलाई हिंसात्मक गर्न पाउने अधिकार बाट रोक्ने समाजबादी यिनै हुन्, यिनलाई ठोक्नु पर्छ भन्दै केही असन्तुष्ट अरु संघ-संगठनका कार्यकर्ताहरूले नेपाल युथ भलुन्टरी क्लबको ९ औं स्थापना दिवस मनाउन बुटवल पुगेका क्लबका वरिष्ठ व्यक्तिहरूमाथि भाला, तरबार र ढुंगामुढा प्रहार गरेका थिए ।

Syndicate content