मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
पेशल आचार्य
नाकाम
नालयक
नासमझ
र नादान यो समय
जसले हिजो पउल आस देखायो
जसले हिजो धेरै विश्वास देखायो
आज फनक्क तीनसय चौँसठ्ठी डिग्री फर्किएर
आफ्नो विरानो नचिन्ने भएको छ
- Add new comment
- Read more
- 44 reads

सरकार
जनतालाई हुकुम तामेल गर्छ
सधैँ मिठोमसिनो र तागतिलो खानु
जनतालाई
यहाँ सास अड्याउनै मुस्किल छ
त्यो झोलिलो मोलिलो
र तागतिलो सरकारले नै खानु
- Add new comment
- Read more
- 64 reads

आफ्नो खोकी पो खोकी
अर्काको खोकी त कोरोना पो हो कि ?
आफ्नो गाउँ पो गाउँ
अर्काको गाउँ त जाऊँ कि नजाऊँ ?
आफ्नो राम पो राम
अर्काको देशको राम त साँच्चै हराम !
आफ्नो डम्फू पो डम्फू
अर्काको डम्फू त सोरै आना लम्फू ।
- Add new comment
- Read more
- 90 reads

भाषाको भासमा देश : लवजमा डुब्दै छ परिवेश !
editor — Fri, 09/04/2020 - 17:55
हामी भ्रमणका सिलसिलामा विदेशी भूमिमा रहँदा कसैले यसो पछाडिबाट कोट्याएर ‘तपाईंको देश कुन हो ? के तपाईं नेपाली हो ?’ भनेर हामीलाई सोध्यो भने त्यो बेला हाम्रो मनमा हुने खुसीको वर्णन भाषामा गरेर पक्कै पनि सकिँदैन ।
गज्जबको कुरो के छ भने संसारको कुनै पनि मानिसलाई उसको अनुहार, रङ, भाषा, संस्कृति र वेशवुषाले चिनाएको हुन्छ । तपाईं अमेरिका जानुस् या अजरबैजान तपाईंले बोल्ने नेपाली भाषाले त्यो विदेशी भूमिमा रहेका अचिनारू नेपालीलाई स्वत: प्रभाव पार्दछ । त्यसबेला तपाईंहरू अनायासै नजिकिनुहुन्छ जसमा जोड्ने काम भाषाले गरेको हुन्छ ।
- Add new comment
- Read more
- 69 reads

कट्फर जिन्दगी
editor — Sun, 07/12/2020 - 11:53
तासमा मात्र होइन, जिन्दगीमा पनि हुने रै’छ –कट्फर ।
‘खानका लागि बाँच्ने कि बाँच्नका लागि खाने ?’ वहुधा मानिसहरू अल्झने भनेको यसैमा हो । आफ्नो जीवन कुन र कस्तो शैलीमा बाँच्ने भन्ने छुट सबैलाई हुन्छ । मानिस बन्धनमा होइन स्वतन्त्र भएर जिन्दगी जिउन चाहन्छ । सफा नीलाकाशमा स्वच्छन्द वेग हान्दै उड्ने चरी पंक्षीजस्तै हुने रहर उमेरमा जसकसैको हुन्छ । तर जब उमेरका सरहद नाघेर मानिस बुढ्यौलीका फालकमा आइपुग्छन् अनि उसलाई जीवनको माने मतलव थाहा हुँदो रहेछ । उमेरमा अल्छी र बुढेसकालमा जाँगरिला मानिसहरू धेरै देखिन्छन् । सायद् तिनीहरूले भोगेर सिकेको हुनुपर्छ ।
- Add new comment
- Read more
- 118 reads

पाँच हाइकू (घर फर्किन)
editor — Thu, 06/04/2020 - 07:58
१. घर फर्किन,
राजदूत गुहार्दा
बोर्डर बन्द !
२. धोती खुस्कियो,
छाउरा उचालेर
सरकारको !
- Add new comment
- Read more
- 117 reads

अर्थ र अर्थहरू
editor — Sat, 05/09/2020 - 07:42
बन्दाबन्दीमा छन् विद्यार्थीहरू
दस वर्षको पढाइ खेरजाने डरमा
अलिकति डराइरहेछन्
अलिबढी हतास भैरहेछन्
मापन गर्न सकिँदैन अहिले तिनीहरूको मनोविज्ञान
तर यही बेलामा शिक्षाका मठाधीशहरू
खेलिरहेछन् बेतुकका खेलहरू
- Add new comment
- Read more
- 212 reads

म मजदुर हूँ
editor — Fri, 05/01/2020 - 14:13
म मजबुर छु
म मजदुर हूँ,
स्वदेशमा छु
विदेशमा छु
यत्रतत्र छु
गाउँमा छु, सहरमा छु
तर आजकाल पउल सकसमा छु
- Add new comment
- Read more
- 174 reads

गरिबका डाक्टर, डा.सुमन कर्माचार्य
editor — Sat, 11/02/2019 - 19:25
मानिसहरू यो धर्तीमा एक एकओटा कामले आएका हुन्छन् । काम विनाका मानिस कोही हुँदैनन् । जन्मिदै प्राप्त भएका कसैका सीपले, कसैका ज्ञानले र कसैकसैका असीम प्रतिभा शक्तिका कारण जीवनमा मानिस आफ्नो कर्तव्य निर्वाह गर्दै जाँदा संसारबाट जाने बेलामा आफूलाई अमरत्व बनाइसक्छ । संसारमा अमर व्यक्तित्वहरूको जीवनी बुझ्दा धेरथोर यो कुरा पत्तो पाइन्छ । उसो त संसारमा जति पनि मानिसहरूको आगमन हुन्छ तिनीहरूको आफ्नोआफ्नो ड्युटी हुन्छ । सो पूरा भएपछि मानिस महाप्रस्थानको यात्री बन्छ ।
- Add new comment
- Read more
- 442 reads

प्रविधिमा दशैं
editor — Sat, 10/05/2019 - 10:18
दशैं लगभग नेपालीका घर आँगनमा आइसक्या अवस्था छ । समस्त हिन्दू नेपालीहरूले मान्ने यो शारदीय पर्वोत्सवले घरदेश र परदेशका सबै नेपालीलाई एकै र एउटै हिसाबले छुन्छ ।
नेपालीमा एउटा कर्मचारी लक्षित आहान छ –‘कखुरो काट्यो दशैं, झोला बोक्यो बसैँ ।’ अब जमाना बद्लियो । नेपालीहरूका दिनचर्या र जीवनका शैली फेरिए । के गाउँ के सहर सबैतिर उपभोक्तवादी संस्कृतिले छपक्कै ढाकेको छ । मानिसहरू उत्पादन गरेर खानेभन्दा पनि किनेर खानेमै गर्व गर्छन् । जो किनेर खान सक्दैन उसले आफूलाई निम्छरो ठान्ने देखिन्छ । यसो किन भयो त ? यसका पछि निकै लामो फेहरिस्त प्रस्तुत हुन सक्छन् –तर्कका ।
- Add new comment
- Read more
- 143 reads

जीवनले के सिकायो ?
editor — Tue, 09/24/2019 - 18:37
देख्नु र पाउनुमा अन्तर भेटेँ –मैले । सोच्नु र पुग्नुमा पार्थक्य पाएँ –मैले । ठान्नु र जान्नुमा पनि फासला देखेँ –मैले । भाग्दैभाग्दै र भोग्दैभोग्दै यतिखेर आएर सोच्दै छु । खे ! जीवनले के सिकायो ? अव्यवस्थित रूपले जे सिकायो त्यो स्वतःस्फूर्त सिकायो । अनुकरणमा नाममा सिकाए पनि । करण र कारणका उपमामा सिकाए पनि । आदेश र तामेलका नाममा सिकाए पनि । फैलिने र फैलाउने भावमा सिकाए पनि ।
ठुलो हुने भाव र ठालु पल्टिने ठाँट गिरीमा अनेकथरी स्थुल लक्षणाहरू पो सिकाएछ ।
- Add new comment
- Read more
- 402 reads

चुहिएको भाँडोमा राखिएको पानीजस्तै रहेछ, जीवन - अश्विनी कोइराला, आख्यानकार
editor — Mon, 09/09/2019 - 20:14
पेआ – यहाँले आफ्नो बाल्यकालका केके कुरा सम्झनुहुन्छ ? ऊ बेला यहाँले भोग्नुभएको बालापन र आजका बालबालिकाले भोगेका बालापनमा केकस्ता पार्थक्य पाउनु भएको छ ?
अको – विराटनगरबाट १६ किलोमीटर टाढा भलुवा भन्ने मधेसी वस्तीमा म जन्मिएको हूँ । बुवा गाउँमा शिक्षक हुनुहुन्थ्यो । आफूसहित गाउँका केही शिक्षित व्यक्ति मिलेर खोलेको उक्त विद्यालयमा उहाँहरूपढाउनु हुन्थ्यो । एकप्रकारले युवा जोशमा समाज परिवर्तन गर्ने उद्देश्य थियो भन्ने अहिले आएर महसुस हुन्छ । हरेक मानिसले युवा अवस्थामा समाज पविर्तन गर्ने उद्देश्य राख्छ । सायद् बुवाको पनि त्यस्तै उद्देश्य हुनुपर्छ ।

- 2 comments
- Read more
- 1225 reads

नबुझिएका कुराहरू
editor — Fri, 08/09/2019 - 18:10
नेपाली विश्व साइकलयात्री पुष्कर शाहले विश्व घुमेपछिको एउटा अन्तर्वार्तामा गौरवपूर्ण रोवसाथ भने –‘यो संसार यति विशाल र ज्ञानैज्ञानले भरिएको छ कि यसको अध्ययन गर्न एउटा जीवन त के सैँयौं मानव जीवन पाउँदा सक्षम सक्षम छैन ।’ उनको भनाइ वास्तवमा साँचो हो किनकि उनले आफ्नो ऊर्जाशील एघार वर्ष उमेर संसार घुम्न जो लगाए । घुम्नु सम्पत्ति हो । उनले संसार अवलोकनबाट प्राप्त ज्ञानलाई पुस्तकमा समेत रूपान्तरण गरे –‘संसारलाई साढे पाँच फन्को’ । उनैको किताबमार्फत् मैले विश्व सएर गरेँ । दुईतीनपटक पढिसक्दा अँझै धित मरेको छैन । लामो बिदामा म पुष्करको किताब सुम्सुम्याउन थालिहाल्छु । घुम्न नसक्नेका लागि अहिलेको जमानामा पुस्तक र डिजिटल मिडिया विश्व शयरका मित्रवत् सँगी बन्न सक्छन् । यो मेरो निजी विचार हो ।
- Add new comment
- Read more
- 315 reads

माया र प्रेम
editor — Sun, 02/03/2019 - 23:50
संसारका धेरै शाश्वत चिजमध्ये प्रेम शाश्वत हो । यसले मानिसलाई जीवन जिउने ऊर्जा दिन्छ । यो यस्तो आयाम हो जसबाट मानिसको जीवन आदि र अन्त्य दुवै हुन सक्छ । मानिसले सही र असल मानेमा प्रेम गर्न जानेको छ भने उसले लिन होइन दिन चाहन्छ । प्रेमका बारेमा भनिएको पनि छ –‘साँचो प्रेमले त्याग दिन्छ बदलामा केही चाहँदैन ।’ इतिहासमा हामीले कैयौँ प्रेमीप्रेमिकाका बारे कालजयी कृतिमा कथा र गाथाहरू भलिभाँती पढेका छौं ।
- Add new comment
- Read more
- 1331 reads

सबैरै सबेरै
editor — Sat, 01/19/2019 - 02:13
हजुरको यादमा सबैरै सबेरै
सजल फर्फराए सबेरै सबेरै ।।
परेली भिजेछन् सबेरै सबेरै
जानु छ दूरदेश सबेरै सबेरै ।।
- Add new comment
- Read more
- 424 reads


सामाजिक सञ्जालमा
लोकप्रिय रचनाहरू
Today's:
- खहरेको भेल-रहेछ
- जन्मदिनको शुभकामना तिमीलाई
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- जन्मदिनको शुभकामना
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- कुकुर
- छोरीको जन्मदिनको शुभकामना
- शुभकामना! जन्मदिनको !!
- पछिल्ला रचनाहरू
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- चर्चित नेपाली यौनकथा
- गजल:तिम्लाई माया गर्ने मेरो मन !!
- पाँच मुक्तक (अब त टाढा भएछु)
- शूण्य (विज्ञान कथा)
- अधुरो ईच्छा (यौन कथा)
- रुपकी रानी रुपा (मनोवाद यौन कथा)
- हाम्रो बारेमा
- आँसु हाँसो मिलन बिछोड
- गजलमा प्रयोग हुने बहरहरुको बारेमा छोटो जानकारी
- प्रेम कविता
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- विद्यार्थी हुँ म
- मेरी बहिनी
- दुब्ले बाइ (कथा)
- थरहरू पनि विभिन्न गोत्रमा बाँडिएका हुन्छन्।
- अमेरिकामा मदनकृष्ण श्रेष्ठको "महको म" पुस्तक विमोचित
- नयाँ बर्षको शुभकामना
- पाठ्यक्रममा साहित्यिक कृति
- तिमीलाई जन्मदिनको शुभकामना
Last viewed:
- सपना (मुक्तक)
- उनको साथ पाए हुन्थ्यो
- इतिहास बोकेको जीवनयात्रा
- नेपाली भाषाको गुरुत्वाकर्षण (नवराज सुब्बा)
- पाँच मुक्तक (अब त टाढा भएछु)
- आधी जिन्दगी...................(मुक्तक)
- नेपालमा जातजातिको उत्पति कसरी भयो? छोटो जानकारी
- विमल भौकाजीसँग छलफल
- पर्खाई
- कविता (अनुष्टुप छन्द)
- टोरोन्टामा तेस्रो नेपाली टोपी ईभेन्ट सम्पन्न
- राजविराज : मेरो सम्झनामा
- जुरेलीसँग घुम्दा
- भाइटीकामा मितेरी साइनो
- "ङ्ला बुसिं"
- 'अस्तित्व'को लडाँई जीवनै भरी लड्दै
- कवि (लघुकथा)
- म को हुँ?
- टुक्ाहरू नै!
- शहिदको रगतले छोएको
- आवरण
- यात्रा
- प्रायश्चित
- पीडा र आसुँ अनि तिमीलाई प्रश्न
- गजल (यस्तै छ जिन्दगी)
- अफ्रिकाको कम्पाला — नैरोवीका केही महत्वपूर्ण स्थानहरूको यात्रा संस्मरण, (चौथो भाग)
- यो मन
- उषाकेा किरणले .........
- दुखै दुखको भूमरीमा भुटिएको मान्छे
- बराल वंस प्रतिस्ठान
नयाँ प्रतिकृयाहरू
1 hour 9 min ago
4 days 21 hours ago
4 days 23 hours ago
5 days 16 hours ago
1 week 5 days ago
1 week 5 days ago
1 week 6 days ago
2 weeks 1 day ago
2 weeks 2 days ago
2 weeks 2 days ago