मझेरी आकर्षण
लग-इन (भित्र)
बिधा सूची
हाँस्य-व्यंग्य
तरकारी महिमा : कुभिन्डो र लौका (तितो-पिरो)
ks — Sat, 04/07/2012 - 20:10
कुभिन्डो
यो सन्त महाराजको शैलीमा खरानी घसेर कतै छाना माथि टुसुक्क ध्यान मग्न हुन्छ त कतै तर्ल्याङ्ग तुर्लुङ्ग झुन्डिएर झुला बाबा आशनमा झुन्डिराखेको देख्न पाइन्छ । यो बाबा जस्तो तरकारी बजारमा आफ्नो प्रभाव बढाउन सकेको चाहिँ छैन । यो मान्छेको लागि लोक परिय नभए पनि देवीको लागि प्रिय नै छ । त्यसैले यसलाई भागवतीको लागि बलि चढाइदै आएको पाइन्छ ।
किताब छाप्ने धोको
ks — Sun, 03/11/2012 - 18:28
चिसो रातमा रक्सीको मात चढेपछि मलाई कसले छुन सक्नु ? बाइबल, कुरान, पुरान मुखमा जे जे आउँछ म तिनका उपदेश फलाक्दै आइरहेको थिएँ ।
भुँडी सत्यम् अरू मिथ्या
kbs — Sat, 10/22/2011 - 20:33
तपाईं सँाच्चिकै देशभक्त भए यो देश बन्छ बन्दैन खासै ख्याल नराख्नु होला । सरकार चल्छ चल्दैन, उतिसारो ध्यान नदिनु होला ।
नर्क जाने मेसो
kbs — Sun, 09/04/2011 - 22:07
'तँ मरेपछि यमराजले सोझै तँलाई नर्क पठाउँनेछन् र तैंले गरेको पापको वदला लिनेछन् ।'
प्रेम भन्नु धोखा हो
kbs — Sat, 09/03/2011 - 22:05
आजको संसारमा माया र प्रेमलाई सरल तरिकाले रुपान्तरित गरी भनिन्छ कि- प्रेम पूजा हो, प्रेम नै संसारको यथार्थ हो, प्रेमले मानिसलाई जिउन सिकाउँछ, प्रेम नै मासिनको अमूल्य रत्न धन हो र प्रेमले नै जीवनको यथार्थलाई सक्षम तुल्याउँछ न जाने यस्तै के के हो के के होले हामीलाई प्रेमको परिभाषा सुन्दर लाग्दै गएको छ । कसैले पनि यसलाई उल्टो परिभाषित गर्न चाहेनन् ।
तर मेरो विचारमा प्रेमलाई सुन्दर शब्द मात्रै नभएर विकृति र विसंगतिको शब्द भित्र राखेर एकपटक हेर्यौं भने यसको फाइदा जति छ त्यो भन्दा पनि कैंयौं गुणा वेफाइदा पनि छ भन्ने लाग्नेछ । मानिसको जीवनको शुरुआँत देखि जीवनको समाप्तसम्म यसले पारेको नकारात्मक प्रभावलाई विर्सेर क्षणिक सन्तुष्टि र क्षणिक आत्मरताको साइनोलाई ओगटेर यसले गर्ने सकारात्मक पक्षलाई मात्रै प्रेमको पल्लुभित्र राखेर त्यसैमा लुटुपुटु हुँदै जीवनलाई कुन मोडमा लगेर दुर्दशा र दुर्गतिको गहिरो खाडल भित्र पसाल्दैछ भन्ने कुरालाई आत्मसाथ गर्न सकेका छैनौं ।
थुइक्क तोरीलाहुरेहरू (कटाक्ष) - केशु बिरही
keshubirahi — Thu, 08/11/2011 - 14:14
हिजो जस्तो लाग्छ लप्टन बाजेले भनेका यी शब्दहरू । लप्टन अर्थात विध्याधर जैसी । वास्तविक नाम विध्याधर जैसी भएपनि उनी गाउँघरमा लप्टनबाजेकै नामले प्रख्यात थिए । सबैले उनलाई लप्टन बाजे नै भन्थे । लप्टनबाजे फरासिला स्वभावका नभए पनि गोक्ते स्वभावका भने पक्कै थिएनन । जमानामा ठूलै सैनिक जिम्मेदारी सम्हालेका बुढा गाउँघरमा पनि त्यही शासन चलाउन खोज्थे । बुढा खरा स्वभावका थिए । शारीरिक सुगठनमा पनि बुढा कम थिएनन । आना मानाको घिउ खाएका रे । गाँठे हुन पनि काठ जस्तै दह्रा थिए । बाह्रै घण्टा आफ्ना महातहत सैनिक जनावलाई कज्याएर राखे जस्तो उनी सबैलाई कज्याइरहन चाहन्थे । क्षणभर पनि कामगर्नेहरू उनको आँखाबाट टाढा हुनु हुँदैनथ्यो । अलिकति यताउता भए कि बुढा कड्की हाल्थे र भन्थे- ए तोरीलाहुरेहरू हो' । काम गर्नु पर्दै न त्यसै खान पाइन्छ । त्यसै लाद्रो भरिन्छ । जङ्गिहाल्थे बुढा मान्छे । अरुलाई गाली गरे पनि बुढा केटाकेटी प्रति भने दयालु स्वभावकै थिए । कहिल कही बुढाले केटाकेटीलाई वोकेर हिड्थे र गालामा मोही पनि खान्थे । त्यसरी कहिलेकाहीं बोकिइनेमा म पनि पर्थें ।
कागज
किरण — Wed, 08/10/2011 - 01:41
माया र धन शिर्षकमा धेरैले पक्ष र बिपक्षमा तर्क दिएहोलान् तर आज धनको तुलना कागजसंग गर्दै साराशं दिने प्रयत्नरत छ यो मस्तिष्क । एक साधारण कागजको टुक्रालाई अमूल्य बनाउंन सक्ने क्षमता भएको मस्तिष्कलाई भित्र हृदय देखि आदर अनि आभार प्रकट गर्दछु । अनि क्षमा याचना किनकी म यसलाई कागज शब्द प्रयोग गर्दैछु । जुन कागजको कारण धनी र गरीब शब्दको निर्माण भयो, जुन कागजको कारण लोभ, लुटपात अनि भ्रष्ट शब्दको सृजना भयो, अनि जुन कागजको कारण यो ब्रम्हाण्ड जिउँदो छ ।
भ्यागुतो ! भ्यागुतो माछा !
kbs — Mon, 08/08/2011 - 22:43
हो जमाना उल्टो भो ! उहिले उहिले नेताले माछा माछा भन्दै भ्यागुतो देखाइदिन्थे । जनता पनि हो न हो माछै फेला पारे भनेर तिनका पछि यसरी उफ्रन्थे जसरी तातो तावाका फुलौरा उफ्रन्छन् । नेता भने मनमनै जनताका नाममा भ्यागुतो भ्यागुतो भनेर माछा हात पार्थे । क्या भ्यागुतो ! क्या माछा !
!>
महिनाको मझेरी छनौट
सामाजिक सञ्जालमा
लोकप्रिय रचनाहरू
Today's:
- पाणिनि र पणेना
- लाजको लाली
- "रुपकी रानी रुपा" (मनोवाद यौन कथा)
- म एक पात्र हुँ
- मलाई माफ गरिदेऊ
- इन्फोसिसमा प्रचण्डका पाइला
- हजार सपनाहरूको माया लागेर आउँछ
- बिहान
- पिउँदै नपिउने मान्छे
- जुनी काट्नु - एउटा बाजी
- सानै हुरीमा वैशको सपना
- जेठको गर्मीमा एउटी स्त्री
- गरुँ कि मिठो भूल
- हङकङ पोखरा
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- हाम्रो बारेमा
- सडकबासी
- सम्बन्धका दूरी
- शनिबारको दिन बिहानी पख
- नातिनीसँगको संवाद ?
Last viewed:
- दोस्रो दर्जाको मान्छे
- पाणिनि र पणेना
- ढुङ्गा
- जिन्दगी यो चिन्दै छु म
- अँजुलीभरी मलाई माया कोसेली दिएर
- आफ्नो भाग्य
- उपहार
- सप्तकोसी छाल
- कागजमा युगको आफ्नो पहिचान कोरी देऊ
- स्खलन
- उल्टो कोट
- अधैर्य
- केही मुक्तकहरु
- तँ, तपाईं , हजुर !
- सिंहदरबारमा विषमुद्दा
- म शोकाकुल भएँ
- भोटेताल्चाबाट सुरु हुने रुसी प्रेम
- अन्यौलमा मेरो भाग्य "केरिएर" बन्यो
- उनि भन्छिन जीवन भरि राति मात्र चाईयो
- आऊ तिमी

नयाँ प्रतिकृयाहरू
23 hours 16 min ago
2 days 4 hours ago
5 days 17 hours ago
5 days 17 hours ago
5 days 17 hours ago
5 days 18 hours ago
5 days 19 hours ago
5 days 23 hours ago
6 days 22 hours ago
6 days 22 hours ago