मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
अन्य विधा (निबन्ध)
सपना देख्नेहरुको लागि !
केशव बोहोरा — Wed, 09/10/2014 - 15:06
कालो चिटिक्क परेको सुट लगाएको एउटा ठिटो केहि किताबहरु हातमा लिएर मुस्कुराउँदै उसँग भएका किताब किनिदिन अनुरोध गर्दैछ । म बढाइ चढाइ गर्दै बनावटि मुस्कानमा आफ्ना सामानहरु भिडाउने व्यक्ति देखि टाढै रहन मन पराउँछु । आकाश पाताल जोडेर आफ्ना सामानका गुणहरु बखान गर्दै जबरजस्ती सामान लाद्ने व्यक्ति मलाइ त्यति मन पर्दैनन् । उनीहरुलाई मेरो खल्तीमा पैसा छ कि छैन, मलाई उक्त सामान चाहिएको छ कि छैन भन्ने कुरामा पटक्कै ध्यान छैन ।
फेरि एउटा ठिटो वेव्स्टर डिक्सनरी लिएर आयो ।
सर नमस्कार ! , हल्का मुस्कान छर्दै उसले नमस्कार गर्यो ।
नमस्कार, मन नलागी नलागी नमस्कार फर्काएँ ।
- Add new comment
- Read more
- 855 reads

सानो विचार
HomSuvedi — Thu, 12/12/2013 - 06:14
मझेरीका माध्यमबाट पनि नेपालको सम्विधान बनोस् भन्ने भावनाहरु कविता वा गजलका माध्यमबाट अभिव्यक्त भएका पाइएका छन् । अनि यसभित्रका पाठकहरु र यसका रचनाकार तथा ग्राहकहरु अवश्य पनि बौद्धिक हुनु पर्ने हो भन्ने मेरो विश्वास छ । सम्विधान बनेपछि हातमा पापा नै आउला भन्ने बालहट जस्तो कुरा यहाँका लेखकरुले पनि गरेको देखियो । सम्विधान बनेर नेपाललाइ चिरेपछिलाइ हाम्रो पनि राज्यमा पहुँच पुग्छ भन्ने आशा गरेको भाव गजल कविता र साना कथाहरु तथा केही गन्थनहरुमा समावेश गर्दै लेखेको र मझेरीमा पोस्ट गरेको पनि म केही महिनादेखि यदा कदा पढिरहेको छु । साथीमाइहरुले यो सबै भ्रम हो भन्ने कुरा बिर्सनु भएन । सम्विधान बने पनि हामी
- Add new comment
- Read more
- 760 reads

के नेपाल सानो छ ? (रिमिक्स)
Deep Raj Sharma — Sun, 12/23/2012 - 08:56
उर्वसीको चित्कार, देवदुन्दुभीको घोष, एक लहर नभमा गोता खाईरहेछ, चित्त सानो हुनेले, भन्छन -नेपाल सानो! यो कस्तो सम्योग ? धर्तीको छातीऊपर नाचिरहेछ- मयुर । दिवा स्वप्नझैं लाग्ने ती मनका रहरहरु- यो मुलुक बोल्दछ, सुनाउँछ यसले ईतिहास, देखाउँछ कोर्राका डाम,प्रस्फुटन भईरहेछन- शब्द अनाम । बाचेको छ, बाचिरहनेछ सदियौं; पिडा भले हजार भऊन, गङाको-तीर तिरै गाईरहनेछन गाइनेहरु - 'वीरताको चीनो, सहिदको रगत...'। भुलिरहेछ मानिस आफ्नो ईतिहास तर एक वेग पवनको- मीठो उपहार जीवनको- सँगालेर, उच्छवास जीवनको खोज्दै, हाम्फाल्दै छन-पिढीहरु । मानिस उही, जुनी उही तर फरक छ आत्मियताको उपहार!
- Add new comment
- Read more
- 1272 reads

"गौरब गर्छौ आफ्नै शानमा, घमण्डी त हैनौ है..."
alok — Sat, 04/18/2009 - 18:58
स्वइच्छिक शरणार्थी भएर देश्बाट टाढिएपछी देश प्रेम त अझै गाढा हुने रहेछ । छुट्टीको एउटा आईतवार इन्टर्नेट मार्फत देश खोज्दै थिए । शिर्शकमा भएको म्रिदुल मर्मस्पर्शी लयले तान्यो मलाई । हो यो रचानाको सिर्जना धर्म र सिर्जना काल फरक छ । यो धेरै अगाडि जन्मेर भूत भईसक्यो । तर अझै पनि लय र मर्मले यस्को चिरायु कायमै छ। बारम्बार नेपाली हुनुले ढक्क फुल्ने मेरो छाती अझै गर्भिलो महसुस गरे यो लय र पुर्खाको त्याग सम्झेर ।

बिब्ल्याटो सोच
kbs — Sat, 08/23/2008 - 08:22
बुबा भन्नुहुन्थ्यो पढेलेखेर ठूलो मान्छे बन्नुपर्छ । आमाका सपना पनि कम्तीका थिएनन् । राम्री र लच्छिनकी बुहारी भित्र्याएर बुढेसकालमा आनन्दका साथ नातिनातिनासाग रमाएर बिताउने आमाको भित्री सोच थियो क्यार । छिमेकका काकाकाकी, दाइभाउजू, मामामाइजू सबैको आशाको केन्द्र मेरो पढाइ बनेको थियो । त्यसबखत मेरो मन आशाको ठूलै बोझ बोकेर गह्रौा बनेको भान हुन्थ्यो । दायित्वको बोझबाट मुक्त हुने काम सामान्य मान्छेका लागि कठिन बन्दोरहेछ ।
- Add new comment
- Read more
- 3106 reads

एक पागलको डायरी
kbs — Thu, 08/07/2008 - 17:03
मेरो देशको एक पतझड मौसम !
उकुसमुकुस सडक पार गरूँ भन्दाभन्दै रेडलाइट बलिहाल्यो । सुस्केरासहित सडकको वार िकिनारमै टक्क उभिएँ ।
मध्य चैतको घाम, बाफिलो सडक, हुरी र बतास । पुतलीसडकचोकमा बाटो क्रस गर्ने ध्याउन्नमा जेब्राक्रसिङ्नेर उभिएर म ग्रीनलाइट अधीरतासाथ पर्खन लागेँ ...। टाढाबाट बाढीले बगाउँदै ल्याएका वस्तुहरू कतै पर पुर्याएर किनारमा थुपारेजस्तै मेरापछि म उभिएको किनारमा एक निमेषको समयले बाटो पार गर्ने हूल मान्छे थुपारसिकेको थियो । म एकोहोरो ग्रीनलाइटको प्रतीक्षा गर्दै रहेँ ...। जब ग्रीनलाइट बल्यो, होडमा बाटो पार गरूँभन्दा त मसँगै उभिएको मान्छेको बाढी उर्लेर उहिल्यै रातो बत्ती छिचोल्दै सडकपार िपुगेर पनि आ-आफ्नो गन्तव्यतिर छिन्नभिन्न भइसकेछन् । दायाँबायाँ हेर्छु त साथमा नजिकै एक पागल मात्र उभिएको देखेँ । म र पागल दुवैले सँगसँगै बाटो क्रस गर्यौँ । नचिने पनि उसले मलाई नमस्कार गर्यो, मैले पनि स्वाभाविक नमस्कार फर्काएँ र आ-आफ्नो बाटो लाग्यौँ । त्यो पागलभित्रको धैर्य र शिष्टताले म प्रश्निल आश्चर्यमा अलमलिरहेँ । सोचेँ, ऊ त पागल नै थियो रे ! असामान्य थियो रे ! तर, म आफूलाई सद्दे कसरी ठानूँ ! जबकि, नियम पालन गर्ने म भर्खर मात्र राम्रैसित पागल सावित भइसकेकी थिएँ । आखिर त्यो समाज नामको हूल सबैले मलाई पागलको साथ छाडेर एक्ल्याएका थिए । मलाई साथ दिने त्यो पागल अहिले पनि काठमाडौँको व्यस्त फुटपाथका हूलहरूमा यसै हिँडिरहेको भेटिन्छ त कहिले जहाँसुकैको चौबाटो सडकको बीचमा उभिएर ट्राफिकले झैँ समयसूचक, दिशासूचक र नियमसूचक हात हल्लाइरहेको हुन्छ ।
- Add new comment
- Read more
- 3539 reads

गठेमङ्गल आँखा र सालिक भञ्जन
kbs — Wed, 07/23/2008 - 17:31
गठेमङ्गलका दिन चौबाटोमा ठड्याउने नर्कटको प्रतिमूर्ति । गजब होइन ? क्या साङ्केतिक छ ! म त्यसमा घन्टासुर राक्ष्ासको प्रतीकात्मक विम्ब देख्छु । लोककथाका रूपमा प्रचलित किंवदन्तीहरू यथार्थमा प्रतीकात्मक कल्पनाबाहेक हो नै के र ? प्रभावित जनमानस त्यसलाई अर्थ र आकार दिने प्रतीकहरूमा विम्बित हुन्छ । मलाई त यो पुराकथाजस्तै लाग्न थालिरहेछ ।
- Add new comment
- Read more
- 3351 reads

नेपाली हुनुको गौरव
kbs — Wed, 07/23/2008 - 17:25
५५ वर्ष पहिले, २९ मे १९५३ को दिन, विश्वको सर्वोच्च शिखर सगरमाथाको टुप्पोमा पुगेर फर्केका तेन्जिङ नोर्गे शेर्पाको स्वागत र शोभायात्रा एक अविस्मरणीय क्षण थियो; विशेष गरेर हामी जस्ता नवोदित विद्यार्थीका लागि। मेरो जीवनमा राष्ट्र के हो र राष्ट्रियता के हो भन्ने पहिलो अनुभूति त्यही क्षणबाट शुरु भएको थियो।
- Add new comment
- Read more
- 6848 reads

दस रुपियाको नोट
kbs — Wed, 07/23/2008 - 17:03
खिजि्रङ–मिजि्रङ सामानहरूको एउटा सानो दोकान थियो माथ्लो छाताचोकमा, टाउको लुकाउने आफ्नै ओत भएपछि आमाले साहससाथ सुरु गर्नुभएको। त्यस चोकमा पहिल्यैदेखि रहेका अरू दोकानहरूको तुलनामा हाम्रो दोकान त फुच्चे र केही न कामको देखिन्थ्यो। तर आमाले बाको किञ्चित् सहयोगबिना खोलेको त्यही दोकान हाम्रो जीवनाधार थियो। हाम्रो खेतीपाती, बन्दव्यापार, अध्यवसाय त्यही दोकान थियो।
- Add new comment
- Read more
- 2881 reads

के गरु म यो धरावासीलाई!
kbs — Wed, 07/23/2008 - 16:57
२०३५ सालको मोती–जयन्तीको उपलक्ष्यमा जनभवन, इलाममा भएको कवि गोष्ठीमा लगेको कविताको सिरानमा दाहिनेपट्टि नाम लेख्दा मैले लेखेको थिएँ– कृष्णप्रसाद 'धरावासी'। घरको ठाउँमा धरावासी लेख्नुपर्ने धेरै कारणहरू थिए त्यसबेला। पारिवारिक, आफन्त, नातागोता आदिसँगको असन्तुष्टि र विश्व मानवतामा देखा परेको अन्याय, अत्याचार र हत्याहिंसाको स्थिति। फेरि भर्खर एसएलसी उत्तीर्ण गरेर क्याम्पस पढ्न गएको १७ वर्षे किशोरको भावुकता पनि थियो त्यहाँ।
- Add new comment
- Read more
- 3369 reads

आऊ हामी अपराध गरौं
kbs — Tue, 07/22/2008 - 21:23
बाँच्नु पनि पुरुषार्थ हो भन्नेहरूलाई देख्दा म अपराध बोध गर्न थाल्छु । साँच्चि बाँच्नु भनेको पाप भर्नलाई हो - कति गम्भीर प्रश्न । उत्तरका निम्ति आफ्नै अहम्सँग ठोकिन्छु र व्यग्र हुन्छु ।
म यसलाई मर्न नसक्नेहरूको हरुवा तर्क भन्छु । यथार्थ त कसैलाई मार्नु पर्दाेरहेछ । कस्तो विडम्बना ! अपहरण नगरी सुन्ने होइन । बन्द नगरी कसैले र्टर्ेनै छाडिसके । बिनातोडफोड उजुरी लाग्दैन । होइन के भएछ अचेलका मान्छेलाई -
- Add new comment
- Read more
- 3215 reads


सामाजिक सञ्जालमा
लोकप्रिय रचनाहरू
Today's:
- खहरेको भेल-रहेछ
- पछिल्ला रचनाहरू
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- मिथिलाक किसान
- विद्यार्थी हुँ म
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- कोरोना भाइरस
- जन्मदिनको शुभकामना
- फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
- छोरीको जन्मदिनको शुभकामना
- हाम्रो बारेमा
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- शुभ दिन बिहानीको
- देशभक्त हुँ म
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- जन्मदिनको शुभकामना तिमीलाई
- महलकी रानी
- पुराना कुरा
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- गजल ( बिर्सिएको छैन आमा )
- सात मुक्तक (अहो! यो संसार अचम्मको छ)
- भेषराज रिजालको पछिल्लो नियात्रा सङ्ग्रह बिसौनी वल्तिर
- प्रेम पाप होइन
- यसै गरी मिलोस तिम्रो माया
- मैले कविता लेख्नै बिर्सेँ
- शुरुशुरुमा
- शेक्सपियर, एभन र म
- जुनेली रात
- हामी कोपिला
- चर्चित नेपाली यौनकथा
Last viewed:
- अनेसास कोलोराडोको नियमित कवि गोष्ठी सम्पन्न (२०१२, जुलाई) तथा १९९ औं भानु जयन्ती
- निभ्यो एउटा फिलिंगो
- आज तिम्रो धेरै याद आयो !!!!!!
- यहाँ मन भत्किएका
- हिल्यै नमेटिने दाग छ
- प्रेम र जीवन
- तिम्रो याद आयो
- जुत्ता लगाउने बचपनको त्यो रहर !!
- जिन्दगीमा सुकर्म गरी जाउँ
- गरीबको जिन्दगी
- मन मिल्ने साथी चाहिँदो रैछ
- मान्छे हुनुको अर्थमा
- एक्कईसौं शताब्दीको मान्छे ऊ
- अन्ध सुरुङको यात्राः एउटा अन्तहीन वास्तविकता
- मधु तिमी
- विदेशको सपना
- अभागी माझघरे
- तिम्रो सम्झना
- मायासँग गीतको भिडियो सार्वजनिक
- पूरक स्वस्थानी
- फुल्नेछन् सपनाहरू एक दिन
- मेरो देश (गजल)
- आऊ यस्तो गरौं माया
- दुई भिन्न परिवेशकी आमाहरू
- घुम्तीमा नआऊ है
- साँइली औँलाको औँठी
- माया मेरी साँझ बनी
- बिछोड
- तीन हाइकु (साँझ नहुँदै)
- आज भैली खेल्ने दिन
नयाँ प्रतिकृयाहरू
1 day 8 hours ago
2 days 3 hours ago
5 days 3 hours ago
1 week 2 hours ago
1 week 4 hours ago
1 week 21 hours ago
1 week 1 day ago
1 week 1 day ago
1 week 1 day ago
1 week 1 day ago