मझेरी आकर्षण
लग-इन (भित्र)
बिधा सूची
अन्य विधा (निबन्ध)
"गौरब गर्छौ आफ्नै शानमा, घमण्डी त हैनौ है..."
alok — Sat, 04/18/2009 - 22:13
स्वइच्छिक शरणार्थी भएर देश्बाट टाढिएपछी देश प्रेम त अझै गाढा हुने रहेछ । छुट्टीको एउटा आईतवार इन्टर्नेट मार्फत देश खोज्दै थिए । शिर्शकमा भएको म्रिदुल मर्मस्पर्शी लयले तान्यो मलाई । हो यो रचानाको सिर्जना धर्म र सिर्जना काल फरक छ । यो धेरै अगाडि जन्मेर भूत भईसक्यो । तर अझै पनि लय र मर्मले यस्को चिरायु कायमै छ। बारम्बार नेपाली हुनुले ढक्क फुल्ने मेरो छाती अझै गर्भिलो महसुस गरे यो लय र पुर्खाको त्याग सम्झेर ।
बिब्ल्याटो सोच
kbs — Sat, 08/23/2008 - 11:37
बुबा भन्नुहुन्थ्यो पढेलेखेर ठूलो मान्छे बन्नुपर्छ । आमाका सपना पनि कम्तीका थिएनन् । राम्री र लच्छिनकी बुहारी भित्र्याएर बुढेसकालमा आनन्दका साथ नातिनातिनासाग रमाएर बिताउने आमाको भित्री सोच थियो क्यार । छिमेकका काकाकाकी, दाइभाउजू, मामामाइजू सबैको आशाको केन्द्र मेरो पढाइ बनेको थियो । त्यसबखत मेरो मन आशाको ठूलै बोझ बोकेर गह्रौा बनेको भान हुन्थ्यो । दायित्वको बोझबाट मुक्त हुने काम सामान्य मान्छेका लागि कठिन बन्दोरहेछ ।
एक पागलको डायरी
kbs — Thu, 08/07/2008 - 20:18
मेरो देशको एक पतझड मौसम !
उकुसमुकुस सडक पार गरूँ भन्दाभन्दै रेडलाइट बलिहाल्यो । सुस्केरासहित सडकको वार िकिनारमै टक्क उभिएँ ।
मध्य चैतको घाम, बाफिलो सडक, हुरी र बतास । पुतलीसडकचोकमा बाटो क्रस गर्ने ध्याउन्नमा जेब्राक्रसिङ्नेर उभिएर म ग्रीनलाइट अधीरतासाथ पर्खन लागेँ ...। टाढाबाट बाढीले बगाउँदै ल्याएका वस्तुहरू कतै पर पुर्याएर किनारमा थुपारेजस्तै मेरापछि म उभिएको किनारमा एक निमेषको समयले बाटो पार गर्ने हूल मान्छे थुपारसिकेको थियो । म एकोहोरो ग्रीनलाइटको प्रतीक्षा गर्दै रहेँ ...। जब ग्रीनलाइट बल्यो, होडमा बाटो पार गरूँभन्दा त मसँगै उभिएको मान्छेको बाढी उर्लेर उहिल्यै रातो बत्ती छिचोल्दै सडकपार िपुगेर पनि आ-आफ्नो गन्तव्यतिर छिन्नभिन्न भइसकेछन् । दायाँबायाँ हेर्छु त साथमा नजिकै एक पागल मात्र उभिएको देखेँ । म र पागल दुवैले सँगसँगै बाटो क्रस गर्यौँ । नचिने पनि उसले मलाई नमस्कार गर्यो, मैले पनि स्वाभाविक नमस्कार फर्काएँ र आ-आफ्नो बाटो लाग्यौँ । त्यो पागलभित्रको धैर्य र शिष्टताले म प्रश्निल आश्चर्यमा अलमलिरहेँ । सोचेँ, ऊ त पागल नै थियो रे ! असामान्य थियो रे ! तर, म आफूलाई सद्दे कसरी ठानूँ ! जबकि, नियम पालन गर्ने म भर्खर मात्र राम्रैसित पागल सावित भइसकेकी थिएँ । आखिर त्यो समाज नामको हूल सबैले मलाई पागलको साथ छाडेर एक्ल्याएका थिए । मलाई साथ दिने त्यो पागल अहिले पनि काठमाडौँको व्यस्त फुटपाथका हूलहरूमा यसै हिँडिरहेको भेटिन्छ त कहिले जहाँसुकैको चौबाटो सडकको बीचमा उभिएर ट्राफिकले झैँ समयसूचक, दिशासूचक र नियमसूचक हात हल्लाइरहेको हुन्छ ।
गठेमङ्गल आँखा र सालिक भञ्जन
kbs — Wed, 07/23/2008 - 20:46
गठेमङ्गलका दिन चौबाटोमा ठड्याउने नर्कटको प्रतिमूर्ति । गजब होइन ? क्या साङ्केतिक छ ! म त्यसमा घन्टासुर राक्ष्ासको प्रतीकात्मक विम्ब देख्छु । लोककथाका रूपमा प्रचलित किंवदन्तीहरू यथार्थमा प्रतीकात्मक कल्पनाबाहेक हो नै के र ? प्रभावित जनमानस त्यसलाई अर्थ र आकार दिने प्रतीकहरूमा विम्बित हुन्छ । मलाई त यो पुराकथाजस्तै लाग्न थालिरहेछ ।
नेपाली हुनुको गौरव
kbs — Wed, 07/23/2008 - 20:40
५५ वर्ष पहिले, २९ मे १९५३ को दिन, विश्वको सर्वोच्च शिखर सगरमाथाको टुप्पोमा पुगेर फर्केका तेन्जिङ नोर्गे शेर्पाको स्वागत र शोभायात्रा एक अविस्मरणीय क्षण थियो; विशेष गरेर हामी जस्ता नवोदित विद्यार्थीका लागि। मेरो जीवनमा राष्ट्र के हो र राष्ट्रियता के हो भन्ने पहिलो अनुभूति त्यही क्षणबाट शुरु भएको थियो।
दस रुपियाको नोट
kbs — Wed, 07/23/2008 - 20:18
खिजि्रङ–मिजि्रङ सामानहरूको एउटा सानो दोकान थियो माथ्लो छाताचोकमा, टाउको लुकाउने आफ्नै ओत भएपछि आमाले साहससाथ सुरु गर्नुभएको। त्यस चोकमा पहिल्यैदेखि रहेका अरू दोकानहरूको तुलनामा हाम्रो दोकान त फुच्चे र केही न कामको देखिन्थ्यो। तर आमाले बाको किञ्चित् सहयोगबिना खोलेको त्यही दोकान हाम्रो जीवनाधार थियो। हाम्रो खेतीपाती, बन्दव्यापार, अध्यवसाय त्यही दोकान थियो।
के गरु म यो धरावासीलाई!
kbs — Wed, 07/23/2008 - 20:12
२०३५ सालको मोती–जयन्तीको उपलक्ष्यमा जनभवन, इलाममा भएको कवि गोष्ठीमा लगेको कविताको सिरानमा दाहिनेपट्टि नाम लेख्दा मैले लेखेको थिएँ– कृष्णप्रसाद 'धरावासी'। घरको ठाउँमा धरावासी लेख्नुपर्ने धेरै कारणहरू थिए त्यसबेला। पारिवारिक, आफन्त, नातागोता आदिसँगको असन्तुष्टि र विश्व मानवतामा देखा परेको अन्याय, अत्याचार र हत्याहिंसाको स्थिति। फेरि भर्खर एसएलसी उत्तीर्ण गरेर क्याम्पस पढ्न गएको १७ वर्षे किशोरको भावुकता पनि थियो त्यहाँ।
आऊ हामी अपराध गरौं
kbs — Wed, 07/23/2008 - 00:38
बाँच्नु पनि पुरुषार्थ हो भन्नेहरूलाई देख्दा म अपराध बोध गर्न थाल्छु । साँच्चि बाँच्नु भनेको पाप भर्नलाई हो - कति गम्भीर प्रश्न । उत्तरका निम्ति आफ्नै अहम्सँग ठोकिन्छु र व्यग्र हुन्छु ।
म यसलाई मर्न नसक्नेहरूको हरुवा तर्क भन्छु । यथार्थ त कसैलाई मार्नु पर्दाेरहेछ । कस्तो विडम्बना ! अपहरण नगरी सुन्ने होइन । बन्द नगरी कसैले र्टर्ेनै छाडिसके । बिनातोडफोड उजुरी लाग्दैन । होइन के भएछ अचेलका मान्छेलाई -
!>
महिनाको मझेरी छनौट
सामाजिक सञ्जालमा
लोकप्रिय रचनाहरू
Today's:
- पाणिनि र पणेना
- लाजको लाली
- "रुपकी रानी रुपा" (मनोवाद यौन कथा)
- म एक पात्र हुँ
- मलाई माफ गरिदेऊ
- इन्फोसिसमा प्रचण्डका पाइला
- हजार सपनाहरूको माया लागेर आउँछ
- बिहान
- पिउँदै नपिउने मान्छे
- जुनी काट्नु - एउटा बाजी
- सानै हुरीमा वैशको सपना
- जेठको गर्मीमा एउटी स्त्री
- गरुँ कि मिठो भूल
- हङकङ पोखरा
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- हाम्रो बारेमा
- सडकबासी
- सम्बन्धका दूरी
- शनिबारको दिन बिहानी पख
- नातिनीसँगको संवाद ?

नयाँ प्रतिकृयाहरू
23 hours 17 min ago
2 days 4 hours ago
5 days 17 hours ago
5 days 17 hours ago
5 days 17 hours ago
5 days 18 hours ago
5 days 19 hours ago
5 days 23 hours ago
6 days 22 hours ago
6 days 22 hours ago