मझेरी आकर्षण
लग-इन (भित्र)
बिधा सूची
साहित्यिक खोजपत्र
विविध साहित्यिक आन्दोलन, पर्व, घटना र काण्ड
ks — Sat, 03/31/2012 - 22:10
नेपाली भाषासाहित्यका क्षेत्रमा वा इतिहासमा अनेकौँ आन्दोलन, काण्ड, पर्व र अभियान भेटिन्छन् । तिनको खोज अनुसन्धान गर्ने, ठीक बेठीक छुट्याउने-ठीकलाई अँगाल्ने र बेठीकलाई मिल्काउने-काम भने अहिलेसम्म भएको पाइँदैन ।
बज्जिका लोकसाहित्यमा बालगीत
ks — Sun, 03/11/2012 - 18:35
बज्जिका भाषा प्रचलनमा रहेको भौगोलिक क्षेत्रका बासिन्दाको लोकसाहित्य बज्जिका लोकसाहित्य हो ।
मल्लकालपूर्वको नेपाली रङ्गमञ्च
kbs — Sun, 11/27/2011 - 01:10
नेपाली नाटकको विकासमा मल्लकाललाई स्वणिर्मकाल पनि भनिन्छ । नेपाली नाटकको जे जति विकास मल्लकालमा भएको थियो त्यसअघि र पछि नेपाली नाटकले विकास गरेको पाइँदैन ।
'अनुपस्थिति' कविताको संरचनावादी विश्लेषण
kbs — Sun, 10/23/2011 - 00:19
'अनुपस्थिति' कविता श्रीशीशा राईको 'चेतनाहरू चबाए' भन्ने कविता सङ्ग्रहभित्रको एउटा कविता हो । २०६६ साल पुसमा प्रकाशित राईको यस कवितासङ्ग्रहमा ५० वटा कविताहरू सङ्कलित छन् ।
नेपाली नाटकमा महिलालेखन
kbs — Mon, 07/11/2011 - 21:18
नेपाली साहित्यमा अन्य विधाका तुलनामा नाटकको लेखन कमै भएको पाइन्छ । यस क्षेत्रमा महिलाको सक्रियता निकै कम देखिए पनि निराशै हुनुपर्ने स्थिति चाहिँ छैन । हालसम्म प्राप्त जानकारीअनुसार नेपाली एकाङ्की नाटकमा महिलाको प्रवेश राधिका रायाको 'जीवनको इच्छा' (भारती, ७/७, सन् १९५४) शीर्षक एकाङ्कीबाट भएको देखिन्छ ।
नेपाली विश्व साहित्यमा हङकङ
kbs — Sun, 06/19/2011 - 11:53
हामी नेपालीहरू अहिले दुई विश्वमा उभिरहेका छौँ । एउटा विश्वभरि छरिएका नेपालीले निर्माण गरेको विश्व र अर्को विश्वमा नेपालीको बढ्दो उपस्थितिको विश्व । यी दुई विश्वमा एउटा आफ्नै आँगन, घर, गाउँ र देशको ममतामय अनुभूति अर्को पराइ मुलुकमा दुःख, कष्ट, संघर्ष, भोक, रोग मिश्रित जीवनको अनुभूति । एउटा विश्वभरि छरिएका नेपालीले आविष्कार गरेको विचार र साहित्य, अर्को विश्वभरि जन्मेका विचार र साहित्यले नेपालीलाई पारेको प्रभाव । यस्तै विश्वको जाँतोमा बाँचिरहेको जिन्दगीले सृजना गरेको साहित्य, विचार । यिनै सृजना, आविष्कार, प्रयोगले विश्व नेपाली साहित्यको केन्द्र भएको छ हङकङ । फलस्वरूप हङकङका साहित्यकारहरूको धमाधम शोधपत्र लेखिंदै छ, अनुसन्धान गरिन्दैछ र नेपालको त्रिभुवन विश्व विद्यालयमा अध्ययन गराइन्दै छ । भरखरै त्रिभुवन विश्व विद्यालयका स्नातकोत्तरका विद्यार्थी दीपक सुबेदीले ‘नेपाली साहित्यमा हङकङको योगदान’ स्नातकोत्तर दोस्रो वर्षको दर्सौ पत्रको प्रयोजनको लागि शोध तयार पारेका छन् । त्यस्तै प्रा. डा. गोविन्दराज भट्टराईको उत्तर आधुनिक विमर्शबाट ‘हङकङको साहित्यिक पृष्ठभूमि र प्रकाशन’ स्नातक तह तेस्रो वर्षमा अध्यापन हुन थालेको छ । यसरी नेपाली विश्व साहित्यमा कुनै एउटा देशको बारेमा शोधपत्र लेखिएको र अध्यापन हुन थालेको हङकङ नै पहिलो हो ।
सुधा त्रिपाठीका कवितामा क्रान्तिचेतना
kbs — Sat, 06/04/2011 - 22:48
समकालीन नेपाली प्रगतिवादी साहित्यका फाँटमा सुधा त्रिपाठी स्थापित प्रतिभासम्पन्न हस्ताक्षरको नाम हो । बुबा प्रा.जगन्नाथ त्रिपाठी र मुमा भवानी त्रिपाठीको कोखबाट जन्मेकी सुधा त्रिपाठी त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन पेसामा कार्यरत छिन् भने साहित्यका फाँटमा पनि त्यतिकै क्रियाशील छिन् । उनको एघारौँ प्रकाशित कृति जिराहा वर्तमान (कवितासङ्ग्रह, २०६७) हो ।
नेपाली ललितकलामा समावेशी स्वरूप
kbs — Thu, 05/05/2011 - 21:24
आज समयले प्रत्येक मानिसलाई आफ्नो हैसियत, अवसर, अधिकार आदिको खोजीमा अग्रसर गराइरहेको देखिन्छ । राज्यले समेत सबैमा त्यो समानताको अवसर प्रदान गर्न नीति-निर्माण तहबाटै कार्ययोजनाहरू प्रारम्भ गरिरहेको छ ।
वी.पी.को 'हिटलर र यहूदी' उपन्यासमा मानवतावाद
kbs — Sun, 04/03/2011 - 16:42
नदी प्रवाहजस्तै सधैँ नयाँ गतिमान, निरन्तर चर्चा र आदरका साथ सम्झना गरिरहने नाम नै विश्वेश्वरप्रसाद कोइराला हो । 'संसारका थोेरै व्यक्तित्वमा हुने विशेषता-व्यक्ति एक, व्यक्तित्व अनेक-बोकेका बी.पी नेपाली धर्तीका वरदपुत्र हुन् । (भट्टराई २०५८ ः ९४) ।'
विशिष्ट नाटक/एकाङ्कीकार गोठाले
kbs — Sat, 03/19/2011 - 22:38
वि.सं. १९७९ साल असार २५ गते पिता ऋद्धिबहादुर मल्ल र माता आनन्दकुमारी मल्लका जीवितमध्येबाट जेठा छोराका रूपमा ओमबहाल दफ्तर, काठमाडौँमा जन्मिएका जयबहादुर मल्ल आधुनिक नेपाली साहित्यमा गोविन्दबहादुर मल्ल गोठालेका नामबाट सुपरिचित छन् ।
!>
महिनाको मझेरी छनौट
सामाजिक सञ्जालमा
लोकप्रिय रचनाहरू
Today's:
- पाणिनि र पणेना
- लाजको लाली
- "रुपकी रानी रुपा" (मनोवाद यौन कथा)
- म एक पात्र हुँ
- मलाई माफ गरिदेऊ
- इन्फोसिसमा प्रचण्डका पाइला
- हजार सपनाहरूको माया लागेर आउँछ
- बिहान
- पिउँदै नपिउने मान्छे
- जुनी काट्नु - एउटा बाजी
- सानै हुरीमा वैशको सपना
- जेठको गर्मीमा एउटी स्त्री
- गरुँ कि मिठो भूल
- हङकङ पोखरा
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- हाम्रो बारेमा
- सडकबासी
- सम्बन्धका दूरी
- शनिबारको दिन बिहानी पख
- नातिनीसँगको संवाद ?

नयाँ प्रतिकृयाहरू
23 hours 17 min ago
2 days 4 hours ago
5 days 17 hours ago
5 days 17 hours ago
5 days 17 hours ago
5 days 18 hours ago
5 days 19 hours ago
5 days 23 hours ago
6 days 22 hours ago
6 days 22 hours ago