मझेरी आकर्षण
लग-इन (भित्र)
बिधा सूची
राजनैतिक विश्लेषण
संबिधान र शान्ति
puskal — Sat, 03/10/2012 - 15:42
संबिधानले शान्तिलाई लेखेको पत्रको एक अंश ः–
प्रिय शान्ति !
म तिम्रो उही संबिधान हुँ । चिन्यौ हैन ! तिम्रो बियोगमा म धेरै रोएँ । सायद तिमी पनि रोयौ होला, धेरै छट्पटायौ होला ? अझ म कति तड्पे हुँला ! तिमी अनुमान लगाउन पनि सक्दिनौ ।
होली र रङ्ग
Biju Subedi — Wed, 03/07/2012 - 10:53
धेरैलाई यो थाहा नहुन सक्छ कि होली हाम्रो देशको सबैभन्दा पुरानो चाड मध्ये एक हो भनेर । काठमाण्डौंको वसन्तपुरमा होलीपूणिर्माको एक हप्ता अगाडि चीर ठड्याइसकेपछि औपचारिक रुपमा होली सप्ताह शुरु हुन्छ र आज हामी होलीको प्रत्यक्ष अप्रत्यक्ष रङ्गाइमा व्यस्त छौं र होलीले पूणिर्माको भोलिपल्ट तराइका २१ जिल्लामा धुमधामको रुप लिन्छ भने पहाडका ५४ जिल्लामा पूणिर्माका दिन धुमधामको रुप लिन्छ । जसरी होलीको बेला मोजमस्ती गरिन्छ । नाचगान ढोल, मादर, मञ्जीरा, ध्रुपद, धमार होस् या खैंजडी आदिबाट, यसै प्रकारको मस्तीको बेफिक्री व्यञ्जन पनि यसको अभिन्न हिस्सा हो ।
"हामी नेपाली हाम्रो एक सिंगो नेपाल"
minabantawa — Tue, 02/07/2012 - 20:20
अब संघियता भन्ने सब्द हटाएर हाम्रा कमरेडहरुले पनि जन संघर्षमा जाँदा यसरी बदलेर एक 'वार्गिय संघर्षता' नाम दिनु पर्यो र नेपालमा कुन सुटेड हुन्छ सुष्म तरिकाले हेर्नु पर्यो तर यहाँ ता उल्टो पो भै रहेछ झन् छुट्ने फुट्ने अरुले फाइदा लिने काम भै देश टुक्डा हुन् लागेको छ,
देशको अन्तिम खतरा आवस्थामा पुगेको छ यो खतरा बाट बचाउनु छ भने मेरो आग्रह छ सबैले सबै तर्फ बाट रोक्नु पर्यो, खबरदारी गर्नु पर्यो "हामी नेपाली हाम्रो एक सिंगो नेपाल"
मधेसले थाहा पाउनैपर्ने ‘थाहा आन्दोलन’को उपादेयीता
kbs — Wed, 01/05/2011 - 18:52
‘तपाईंहरूका अघिपछि लाग्नुपर्छ । वैयक्तिक कामधाम त्याग्नुपर्छ । काम परेको बेलामा आडम्बरी र नपरेको बेलामा झपार्ने भाषा जान्नुपर्छ । सोझा-सीधालाई झुटा आश्वासन बाँड्नुपर्छ । जान्नेबुझ्नेलाई प्रलोभनमा अल्झाउनुपर्छ र बदलामा गाउँ कमिटी सदस्य वा धेरै भए जिल्ला स्तरीय नेता कहलाउन पाइन्छ । अहिलेचाहिँ मेरो नीति ठीक छ । म मतदातामात्र हुँ नेता होइन । नेतैनेता भएर परिवार खायो, समाज खायो र देस पनि कुटुकुटु खाइरहेको छ । यस्तो अवस्थाको जानिफकार हुँदाहुँदै म नेता बन्न थाले भने मेरो अन्तस्करणले मलाई नै धिकार्छ । असल मतदाता त बन्न सकेको छैन, खराव नेता बन्ने झन् चाहना नै जन्मेको छैन । कुरा जति घुमाए पनि पुग्ने ठाउँ एउटै हो । सबैले आफ्नो धर्म निर्वाह गर्नुृपर्छ । म मेरोतर्फबाट धर्म पालना गर्दै छु । नेपाल बिग्रनुको एक कारण नेपालले नेता नै नेता जन्मायो तर नेतानेतृले नीतिलाई जन्माएनन् । राजनीति षडयन्त्र गर्ने थलोको रूपमा परिभाषित हुँदै गएको परिप्रेक्ष्यमा म थपिन चाहन्नँ । म षडयन्त्र र सत्तालिप्तमा भुलेर रहन रुचाउँदिनँ ।’ एक ठूला नेताले एक बुद्धिजीविलाई नेता बन्न र आफ्नो दलमा सहभागी बन्न गरेको आग्रहको प्रत्तिउत्तर हो यो ।
नेपाली समाजले मान्छेलाई चिन्न सकेन, सकिरहेको पनि छैन । भोलिको कुरा आजै गर्ने भविष्यवाणीकर्ताको विल्ला भिरिएला कि भन्ने त्रासले भोलि नेपाली समाजले के गर्छ त्यो भने आजै भन्नु उचित नहोला । आजको नतिजाले भोलिको संकेत गर्छ । विद्वत्ताको कदर गर्ने दिन नआउञ्जेल हामी थाहा नपाईकनै जन्मन्छौँ र थाहा नपाईकनै मर्छौँ । यस सानो लेखमा ‘थाहा’ आन्दोलनका प्रणेता राजनीतिज्ञ कम र दार्शनिक बढी ठानिएका व्यक्तित्व रूपचन्द्र विष्ट र उनको थाहा आन्दोलनलाई आजको सन्दर्भमा घोटेर केलाउन खोजिएको छ ।
नेपालको संघीयता र अन्योलता !!
Buddha Chemjong — Sat, 07/24/2010 - 13:00
हाम्रो देश नेपाल संघीय गणतन्त्र घोषित भैसकेको परिस्थितिमा अझ पनि यही विषयमा संविधानविद सभासदहरू एक मतैक्य हुन सकिरहेका छैनन् । हाम्रो देश संघीय रुपमा विभाजन गर्दा कुन रुपले र कहाँ कसरी गर्ने भन्ने कुराहरू राजनीतिक पार्टीहरू एक हुन सकिरहेका छैनन् । यो राजनीतिक जमातमा संघीय गणतन्त्र गर्न हुन्न, नेपाल सानो देश, त्यो माथि जातीय बिखन्डन तर्फ जान्छ भन्ने समुह पनि सक्रिय छन् । नेपालमा राजतन्त्रको विरुद्द लाग्नेहरू पहिलेदेखि नै गणतन्त्र र संघीयता कुरा गरेको सर्वबिदितै छ । आखिर राजा हटाउनलाई मात्र संघीय गणतन्त्रको नारा लिएर राजनीतिक पार्टीहरू मिलेका हुन् त त्यो बेला ? हरेक राजनीतिक पार्टीहरू आफ्नो पार्टीको स्वार्थभन्दा माथि उठेर देश र जनताको लागि भनेर मिलेर यो विकराल समस्यालाई चाडोभन्दा चाडो समाधान गर्नु पर्ने स्थिति छ । संक्रमण कालिन अबस्थामा राजनीतिक पार्टीहरू मिलेर जानु नै राम्रो देखिन्छ । अन्यथा यो समस्या ले धेरै ठुलो रुपमा बढेर जानेछ । एक अर्कामा अर्कालाई घुडा टेकाएर आफ्नो कुरा मात्र मनाउने अनि लाद्न खोज्नु जनताको भावना कुल्चनु जस्तै हो ।
आजभन्दा २३५ बर्ष अघि अमेरिकामा, अनि २०० बर्ष अघि स्वीजरल्याण्ड संघीय व्यवस्था लागु भएको हो । भारतमा ब्रिटिशले छोडेपछि भारतीय नेताहरू गान्धी, जवाहरलाल नेहरू मिलेर संघीय गणराज्य बनाए । अहिलेसम्म संघीय राष्ट्रहरू संयुक्त राज्य अमेरिका, भारत, पाकिस्तान, स्पेन, संयुक्त अरब इमिरेट्स, भेनेजुएला, अस्ट्रेलिया, ब्राजिल, इथोपिया, क्यानाडा, जर्मनी, मेक्सिको, दक्षिण अफ्रिका, अर्जेन्टिना इत्यादि अनेकौं देशहरू छन् । संघीय राज्यहरू ठुला देश मात्र नभएर सेन्ट किट्स र नेभिस जस्ता ४०-५० हजार मात्र जनसंख्या हुने पनि छन् । संघीय राज्य निर्माण कसरी गर्ने सवालमा आफ्नो आफ्नो देशमा फरक धारले बनेका उदाहरणहरू पाईएका छन् । भारतमा प्रधानमन्त्री जवाहरलाल नेहरू क्षेत्रीय आधारमा संघीय बनाउन चाहँदा चाहँदै पनि भाषिक तथा क्षेत्रको आधारमा संघीयतामा जान बाध्य भए ।
नेपालीपनको पर्याय राष्ट्रिय झण्डा
kbs — Wed, 06/23/2010 - 22:14
विश्वका थुप्रै मुलुकमा उच्च नेपाली शानका साथ अनेक पटक फहराइएको राष्ट्रिय झण्डाको महत्व र गरिमालाई देशभित्र चाहिँ औपचारिकतामा सीमित गरिएको छ। मुलुकको प्रशासनिक मुख्यालय सिंहदरबार र त्यस मातहतका अड्डामा ठड्याइने राष्ट्रिय झण्डाको प्रयोगबारे स्पष्ट नीति नहुनुले पनि उदासीनताको हद दर्साउँछ।
अन्तिम इच्छा
kbs — Tue, 06/01/2010 - 22:18
थरीथरीका इच्छामा पनि कुनै इच्छा व्यक्ति विशेषलाई मात्र सरोकार राखेर हिँड्छ भने कुनै चाहिँ सबको स्वार्थलाई सम्बोधन गर्दै हिँड्छ । इच्छा स्वार्थको अर्को रुप हो । सुख सबैको भित्री इच्छा हो । समृद्धशाली बन्ने सबैको सपना हो । शान्तिको सुवास चारैतिर फैलियोस् उन्नतिको मूल सर्वत्र फुटोस् भातृत्वको भावना यत्रतत्र मौलाओस् भन्ने चाह सबको हुन्छ । यही आकाङ्क्षा र अपेक्षा एउटा चोखो भावना हो । धेरै दुःख पछिको थोरै सुख पनि अमृत बन्छ । लामो समयसम्म कहर काटेपछि मनमा नौलानौला रहर जाग्छन् । ती रहर पूरा भए मान्छे गमक्क पर्छ पूरा नभए भाँडभैलो गर्न तम्सला कि भन्ने त्रास हुन्छ । कलिलो मुनालाई निमोठ्न सजिलो हुन्छ । त्यो मुना जति कलिलो देखिन्छ त्यति आशलाग्दो भविष्यको जलपले उज्ज्वल भेटिन्छ । कहर पछिको रहर "चाडै काम पाइयोस् चाडै सुविस्थाको माम पाइयोस्" भन्ने हुन्छ । "तातै खाऊँ जली मरुँ" पनि नहोला भन्न सकिन्न । हेक्का राख्न नसके हात परेको फल पनि गुम्न सक्ने अवस्था हुन्छ । नाम नै गुमनाम हुन सक्छ । शिष्टता देखिनुपर्ने ठाउँमा अशिष्टता प्रदर्शित हुन सक्छ । राम्रो र हाम्रोको भावना मरेर "यत्ति मेरो यत्ति तेरो"को भावना उम्रन सक्छ । खुशीको आँसुको सट्टा दुःखको आँसु टल्पलिन सक्छ । मनमा शितलताको वास हुनुको सट्टा मनमा बेचैनीको निवास हुन सक्छ । धेरे कुराहरू आउँछन् । मीठामीठा हातबाट उम्कन्छन् भने तीतातीता वरवर रहन्छन् । तिनै तीतातीता कुराहरूले घेरेर फेरि अर्को खालको कहरको बाटो तयार हुन्छ । त्यस बाटोका पदयात्री हामी सबैले हुनुपर्छ । रक्तमुच्छेल भएर यात्रा सबैले गर्नुपर्छ । पश्चात्तापका आँसु त्यत्तिखेर बग्न सक्छन् । समय हातबाट फुत्किसकेको हुनेछ । पश्चात्तापले जल्नु र गल्नु सिवाय हामीसँग अर्थोक केही रहन्न । "बिग्रेको मान्छेको भत्केको घर भत्केपछि केको डर" भन्ने अल्पदृष्टि जन्मन सक्छ । इज्जत गुम्न सक्छ नाम हराउन सक्छ यात्रा दुःखदायी अपुरो र अधुरो हुन सक्छ । र पुनः पीडादायी अध्याय उल्टन सक्छ ।
आर्थिक क्रान्तिका अभियन्ता भट्टराईलाई अभिवादन !
kbs — Thu, 04/01/2010 - 23:47
औपचारिक भाषामा अल्झेर मन खुम्च्याई, खुम्च्याई शब्द ओकल्ने पक्षमा म छैन । राजनीतिज्ञ तथा साहित्यकार विश्वेश्वरप्रसाद कोइराला साहित्यमा भने सम्राट पनि नाङ्गै हुन्छ, साहित्य अराजक हुन्छ भन्थे रे । यस मानेमा म पनि उनैको अनुयायी हुँ ।
देश निकाला गर्नुपर्छ !
atript — Fri, 02/12/2010 - 15:06
देश जब आन्तरिक ¢न्दमा पर्छअनि सुरु हुन्छ देशको नेता भनौदोहरुको दोस्रो राष्ट्कहा पाउना लाग्नसल्लाह लिनसहयोको याचना गर्न र आफ्नो पिडा सुनाउन । अरु राष्ट्का राष्ट्प्रमुखहरुनेताहरु त आफु काम बिशेषले देश ब
नेपालको राजनैतिक यो अबस्थ आइपुग्नुमा तमाम नेपाली जन्ता नै दोषी हो!
atript — Fri, 02/12/2010 - 03:53
नेपालको राजनैतिक यो अबस्थ आइपुग्नुमा तमाम नेपाली जन्ता नै दोषी हो । कुरा २००७ को या त २०१७ साल होश वा २०४६ त्यसै गरी २०६२- ६३ नै किन नहोशइ धुपाउरे र कठपुतली नेता भनाउदोहरुको झण्ड र झोला बोक्दै आफ्नो ज्यान बलिदानको नाममा त्याग्नु अनि इ दयत्या चरित्र भएको स्वार्थी पाखण्डी नेताहरुले जे जे भन्छ तेसै तेसै गर्नु आम नेपाली जन्ताको गल्ति थियो ।
!>
महिनाको मझेरी छनौट
सामाजिक सञ्जालमा
लोकप्रिय रचनाहरू
Today's:
- पाणिनि र पणेना
- लाजको लाली
- "रुपकी रानी रुपा" (मनोवाद यौन कथा)
- म एक पात्र हुँ
- मलाई माफ गरिदेऊ
- इन्फोसिसमा प्रचण्डका पाइला
- हजार सपनाहरूको माया लागेर आउँछ
- बिहान
- पिउँदै नपिउने मान्छे
- जुनी काट्नु - एउटा बाजी
- सानै हुरीमा वैशको सपना
- जेठको गर्मीमा एउटी स्त्री
- गरुँ कि मिठो भूल
- हङकङ पोखरा
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- हाम्रो बारेमा
- सडकबासी
- सम्बन्धका दूरी
- शनिबारको दिन बिहानी पख
- नातिनीसँगको संवाद ?
Last viewed:
- पाणिनि र पणेना
- कहाँ जान्छ्यौ र ?
- गजल
- यो यो भनी तोक्दिन म
- पिउँदै नपिउने मान्छे
- बिरका सन्तान
- दुनियाँको बात लाग्यो
- खसी रा'छ नेता
- गाला मात्र धुन्छ्यौ किन?
- आटेन त के पो भयो?
- असार
- अर्कैको पो राज भयो
- मैले आफ्नै मान्न थाले
- सन्त्रासको निसिमा रोएँ
- यतिसम्म प्रीति गरी
- नयाँ नेपालको नयाँ भाषिक नीति
- डम्बरे र बाटुलीको सपना
- क्याट माने बिरालो
- झरेर फुलेको छहराको पानी
- परदेशी साथी

नयाँ प्रतिकृयाहरू
23 hours 22 min ago
2 days 4 hours ago
5 days 17 hours ago
5 days 17 hours ago
5 days 17 hours ago
5 days 18 hours ago
5 days 19 hours ago
5 days 23 hours ago
6 days 22 hours ago
6 days 22 hours ago