मझेरी आकर्षण
लग-इन (भित्र)
बिधा सूची
अन्य विश्लेषण
गजल-सन्ध्या पोखराको कार्यक्रम सम्पन्न
gorkhesailo — Tue, 08/31/2010 - 14:11
गजल-सन्ध्या पोखराले गजल वाचन एवम् स्रष्टा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । गजल-सन्ध्या पोखराका अध्यक्ष कपिल शर्मा संयोजकको सभापतित्व एवम् प्राज्ञिक सरुभक्तज्यूको प्रमुख आतिथ्यतामा संचालन भएको उक्त कार्यक्रमका बिशेष अतिथिमा वरिष्ठ गजलकार गीतकार एवम् गायक प्रकट पगेनी शिव हुनुहुन्थ्यो । त्यस्तै अतिथिहरुमा चितवन जिल्लाबाट भागलिन त्यहाँ पुग्नु भएका गजलकारहरुमा गोर्खेसाइँलो पुष्प अधिकारी अंजलि प्रभाकर पण्डित केशवराज आमोदी नवलपरासी जिल्लाबाट गोविन्दराज विनोदी विजयराज ज्ञवाली म्याग्दी जिल्लाबाट सुश्री पवित्रा वुढा अछाम जिल्लाबाट रावल कृष्ण तनहूँ जिल्लाबाट सरला लामिछाने सरु जानकी खनाल अमृता सुवेदी बुद्धीसागर वाग्ले उत्तम अधिकारी प्रकाश ‘प्रतिक’ नुवाकोट जिल्लाबाट गोपाल खनाल पाल्पा जिल्लाबाट हरिमाया परियार स्याङ्जा जिल्लाबाट सुरज उपाध्याय जीवन पौडेल धादिङ जिल्लाबाट रोचन घायल पर्वत जिल्लाबाट सुदिप लामिछाने कृष्ण लामिछाने मिलन पौडेल शङ्कर गिरी कृष्ण पौडेल समीप कार्की लगायतका स्रष्टाहरु हुनुहुन्थ्यो ।
लोकतान्त्रिक छलफल
kbs — Sat, 11/08/2008 - 14:18
ईश्वर छ, ईश्वर छैन । यो राम्रो छ, यो राम्रो छैन । यो जाति हो, यो जाति होइन । यो सबभन्दा काम लाग्ने र महìवपूर्ण कुरो होइन । हाम्रो मानव जीवनको इतिहासमा यस्ता पक्ष दिइएका कुराहरू, वादविवादका कुरा, मनपर्ने र नपर्ने कुरा परापूर्वकालदेखि चल्दै आएका छन् । आज पनि वर्तमानमा चलेका छन् र पक्का छ यस्ता मतभिन्नता, वादविवाद र पक्षविपक्षका कुरा भोलिका दिनमा पनि चलिनै रहनेछन् । यस्ता कुराले हाम्रो मानव जातिलाई के फाइदा गरेको छ वा क्षति गरेको छ ? यस प्रश्नको उत्तर पनि दुई किसिमकै छ र वा हुन्छ भन्ने देखिन्छ ।
भन भन देउसे को थिए बलि राजा ?
kbs — Sat, 11/01/2008 - 10:16
दिदीबहिनी दाजुभाइको प्यारो मिलनको चाड तिहारको अर्को रमाइलो पक्ष देउसी भैलोको नाचगान पनि हो । देउसी भैलो खेल्न युवन र केटाकेटी मात्र होइन, बूढै उमेरका मान्छे पनि रौसिन्छन् । टोली नाइकेले लयखार ढड्ढमा नाटकीय शैलीले भट्याउने र सहभागीहरूले देउसिरे, भैलो, भैलीराम् घन्काउँदै सामूहिक रूपमा नाच्ने चलन नेपालको मौलिक विशेषता हो । नाच्ने क्रममा घरपरिवारलाई सुखसमृद्धिको शुभकामना दिंदै यस घरको मन ठूलो छ हात ठूलो छ, देउसे भैलेलाई मुठीखोलेर पैसा दिन्छन्, मिठामिठा परिकार दिन्छन् भनी खूब फुक्र्याइन्छ । त्यसै क्रममा हामी त्यसै आएका हैनौं, बलिराजाले पठाको । आपत पर्यो बलि राजालाई, सहयोग माग्न आएको पनि भन्ने गरिन्छ ।
छुवाछुत बिरुद्धको दुधको पेशा
kbs — Fri, 10/31/2008 - 00:02
बि सं २०१८ साल देखी नै राजा महेन्द्र कै पालामा तराइका सम्म फांटहरुमा नयाँ बस्ती बसाउन सुरु भयो । बर्मा बाट थुप्रै नेपाली हरु खेदियर नेपाल पसे । सुरुमा बडो दु:खका साथ जंगल बिनास गरी बस्ती बसाउन योग्य भुमी बनाइयो । चितवन -नवल परासी - कपिलवस्तु -रुपन्देही आदी जिल्ला हरुमा तत्कालिन पुनर्वास कंपनिले आफ्नै तरिका बाट बस्ती बसाइदियो ।
रामायणको समाजशास्त्र
kbs — Sat, 10/25/2008 - 22:52
एक्काइसौ शताब्दीको नया नेपाललाई आजभन्दा तेइस सय वर्ष पुरानो भारतवर्षका धर्म, संस्कृति र परम्पराले मार्गनिर्देश गर्न सक्छन् ? के संसारको कान्छो लोकतान्त्रिक गणतन्त्रका लागि राजतन्त्रका थोत्रापुराना मूल्यमान्यता र सामन्तवादी नीति र आचारविचार उपयोगी हुन सक्छन् ? न्याय, सत्य र शान्तिको विजयका लागि भन्दै महिषासुर र रावणको हत्याको खुसियालीमा 'लोकतान्त्रिक गणतन्त्रको पहिलो बडादसैा' धुमधामसाग मनाएका नेपालीजनले आफैलाई सोध्नुपर्ने प्रश्न हो यो ।
पूर्वीय मान्यता, पाश्चात्य दृष्टिकोण, नेपाली यथार्थ
kbs — Sat, 10/18/2008 - 13:03
नेपाली परिवेशभित्र सीमित भएर नेपाली महिलामाथि टिप्पणी गरेर सन्तोष लिने समय समाप्त भइसक्यो । भूमण्डलीकृत कालमा नेपाली नारी कहाँ उभिएका छन् भन्ने प्रश्न हाम्रा अन्तरमनमा स्वतः खेलिरहन्छ । आधुनिक चेतनामाथि सञ्चारक्रान्तिको प्रभाव अनुकूल नेपाली महिलाहरूको एक समूह आफ्ना दायित्व र अधिकारहरूप्रति दिनप्रतिदिन जागरुक हुँदै गइरहेको छ । बितेका दश-पन्ध्र वर्षभत्र त्यो जागरुकतामा बढी ऊर्जा र तीब्रता आएको देखिन्छ ।
कथा अमेरिकाको
kbs — Sun, 08/10/2008 - 19:52
अमेरिका विश्वकै धनी र अधिक 'होमलेस'हरुको देश हो । यहाँ पनि मध्यम वर्गीय समाजको जीवन अति नै कष्टकर छ । विगत केही बर्षदेखि अनपेक्षित रुपमा ह्रास हुँदै गएको आर्थिक स्थितिले गर्दा यस्तै अवस्था रहे आगामी एक वर्षभित्रमा मात्रै २२ लाख मानिसले आङ्ग आफ्नो घर ऋणमा लिएको गुमाउँने छन् । एक्लो क्यालिफोर्निया राज्यमा मात्र यो आर्थिक बर्षको प्रथम तीन महिनामा ५७ हजार मानिसले ऋणमा किनेको घर गुमाएको तथ्याङ्क हालै प्रकाशित भएको छ । २००८ को जुन महिनामा मात्र ७७ हजारले नोकरी गुमाउनु पर्यो । दैनिक बढ्दै गएको तेलको मूल्यका कारण विगत ६ महिनायता खाद्यान्न लगायतका वस्तुमा १० देखि ३० प्रतिशतसम्म मूल्य वृद्धि भएका कारण जीवन कष्टकर बन्दै गएको छ । सयौं निर्माण कम्पनी आर्थिक कारोवार गर्ने कम्पनीलगायत बैंकसमेत धराशयी भएका छन् । पाँच बर्षअघिको दाजोमा घरहरुको मूल्यमा ३० प्रतिशतसम्म ह्रास भएको छ भने कोठाको भाडामा भने १० प्रतिशतसम्म वृद्धि भएको छ ।
!>
महिनाको मझेरी छनौट
सामाजिक सञ्जालमा
लोकप्रिय रचनाहरू
Today's:
- पाणिनि र पणेना
- लाजको लाली
- "रुपकी रानी रुपा" (मनोवाद यौन कथा)
- म एक पात्र हुँ
- मलाई माफ गरिदेऊ
- इन्फोसिसमा प्रचण्डका पाइला
- हजार सपनाहरूको माया लागेर आउँछ
- बिहान
- पिउँदै नपिउने मान्छे
- जुनी काट्नु - एउटा बाजी
- सानै हुरीमा वैशको सपना
- जेठको गर्मीमा एउटी स्त्री
- गरुँ कि मिठो भूल
- हङकङ पोखरा
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- हाम्रो बारेमा
- सडकबासी
- सम्बन्धका दूरी
- शनिबारको दिन बिहानी पख
- नातिनीसँगको संवाद ?
Last viewed:
- खम्बुवान्को लोककथाः रिथु चरा
- पाणिनि र पणेना
- मेरी प्यारी आमा
- भयो कान्छी
- कति निर्णय यस्ता हुन्छन्, जुन गर्न सकिँदैन
- कहाँ जान्छ्यौ र ?
- गजल
- यो यो भनी तोक्दिन म
- पिउँदै नपिउने मान्छे
- बिरका सन्तान
- दुनियाँको बात लाग्यो
- खसी रा'छ नेता
- गाला मात्र धुन्छ्यौ किन?
- आटेन त के पो भयो?
- असार
- अर्कैको पो राज भयो
- मैले आफ्नै मान्न थाले
- सन्त्रासको निसिमा रोएँ
- यतिसम्म प्रीति गरी
- नयाँ नेपालको नयाँ भाषिक नीति

नयाँ प्रतिकृयाहरू
23 hours 22 min ago
2 days 4 hours ago
5 days 17 hours ago
5 days 17 hours ago
5 days 17 hours ago
5 days 18 hours ago
5 days 19 hours ago
5 days 23 hours ago
6 days 22 hours ago
6 days 22 hours ago