मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
होम सुवेदी
लेखनबारेका केही तथ्यगत कुराहरू
HomSuvedi — Sat, 01/16/2021 - 20:54
पठन र पाठनमा आफूले जीवनका यो बेलासम्म बिताइयो । साना कक्षामा उहिल्यैदेखि भए पनि उच्च कक्षामा २०३८ सालदेखि अध्यापन थालियो र अहिले त रिटायर पनि भइसकियो । यो पक्ष अलग हो यसबारे कुरा रहून् ।
पढाउँदा कहिले पनि बेइमानी गरिएन बाटो पनि छोडिएन । साथीहरूमध्ये कति जना लामै यात्रामा वा भ्रमणमा दस पन्ध्र दिन जानुहुन्थ्यो र यता सर्लक्कै हाजिर गर्नुहुन्थ्यो आफूले त्यो उद्योग पनि गरिएन । यसबारे पनि नभनूँ धेर ।
- Add new comment
- Read more
- 11 reads

शङ्कालुहरु
HomSuvedi — Fri, 01/08/2021 - 14:46
अफिबाट साँझ साँझ पर्न लाग्दा लक्ष्मणजी घर आइपुगे । घरमा आउनासाथ हातमुख धोएर उनलाई चिया नास्ता खाने बानी छ । आज पनि त्यही उपक्रम सुरु भयो । सुनिताले चिया खाजा दिइन् । चारजनाको जहानमा अहिले दुई जना मात्र छन् । छोरा छोरी पढ्न विदेश गएपछि घर सुनसान भएको छ ।
बेडरुममा बसेर लक्ष्मणजी खबर हेर्दै अनि चिया खाँदै थिए । यसै बेला सुनिताको मोबायलमा सन्देश आएको संकेत उनले पाए जो उनैका छेउमा थियो । नजिकै भएकोले उनले सुनिताको मोबाइल उठाएर सन्देश पढे । पढ्दापढ्दै उनका आँखा तिलमिलाए । एकपटक पढेर उनको चित्त बुझेन दोहो¥याएर पढे ।
- Add new comment
- Read more
- 32 reads

लीलाध्वज थापाः एक शब्दचित्र
HomSuvedi — Thu, 01/07/2021 - 14:15
२०३१ सालको कुरा । थिएँ म मदनपुरस्कार पुस्तकालय, जगदम्बा टाइप फाउन्ड्री र मदनपुरस्कार गुठीको सेरोफेरोमा ।
जगदम्बा प्रेसमा काम गर्नु पर्ने । प्रूप पढ्थेँ । दिउसो एक बजे ठिक्क चिया खाने छुट्टी हुन्थ्यो । त्यही बेला पारेर लीलाध्वज थापा आउनु हुन्थ्यो । उहाँ जगेडाको कर्मचारी । के कारणले जगेडामा पर्नु भो भन्नु हुन्नथ्यो । हरिहरभवनमा हाजिर गरेर नित्य आउनु हुन्थ्यो चिया खाने बेला पारेर । मेरै टेबुलको अर्को कुर्सीमा बस्नु हुन्थ्यो । हाम्रा कुरा चल्थे ।

कस्तो अचम्म !
HomSuvedi — Sun, 12/27/2020 - 13:31
केही वर्षअघि कुनै एक दिनको कुरा हो । बेलुकाबेलुका हुँदै थियो । म घरमा बाहिर खाटमा एउटा कुनै किताब पढेर बसिरहेको थिएँ । यसै बेला एक जना अपरिचित व्यक्ति घरमा आउनु भो र मलाई नै सोध्नुभो—
"होम सुवेदीको घर यही हो ?"
"हजुर हो हो यही हो । भन्नुहोस् । किन होला ?"
"किन नि, अब खाएपछि तिर्न जानेको छैन । हामीले पनि व्यवसाय गर्नुपर्छ । कसरी चलाउनु यसरी चारचार महिनासम्म उधारो खाएको पैसा नतिरेपछि ?"
- 2 comments
- Read more
- 79 reads

विभक्ति शब्दबाट अलग नगरौँ
HomSuvedi — Fri, 12/25/2020 - 14:53
मेरो छ मित्रहो आज एक नम्रनिवेदन
होम सुवेदी
भ्रम हुन्छन् सबैलाई भएमा भिन्न लेखन
म बडो नम्रता साथ गर्न लागेँ निवेदन ।।
अन्योलग्रस्त हिज्जेको रूप देखेर वास्तव
वर्णविन्यास सम्बन्धी केही लेख्नु पर्यो अब ।।
वाक्यका पदमा आई पछाडि जोडिने हुँदा
अनुसर्ग भयो नाम शब्दका पछि आउँदा ।।
वाक्य शब्द मिली बन्छन् वाक्यमा हुन्छ कारक
विभक्ति सबले खेल्छन् बडो सुन्दर नाटक ।।
एकाकार कतै हुन्छन् थुपुक्क बस्तछन् कतै
विभक्ति जतिको काम भिन्न हुन्छ कतै कतै ।।
यिनैबाट हुने गर्छ वाक्य कारकपद्धति
यिनैका साथ झल्कन्छ वाक्यमा पदसङ्गति ।।
जहाँ कारकले गर्छ वाक्य वाक्य नियन्त्रण
- Add new comment
- Read more
- 14 reads

पद्यान्तरको भूमिका
HomSuvedi — Mon, 12/14/2020 - 19:58
सामग्री गद्यका केही पद्यबद्ध गरूँ भनी
मलाई कसरी आयो थाहा छैन अझै पनि ।
सोही लहडले गर्दा स्वयं यो काममा भिडें
मानौ कन्टकिलो बाटो रहेछ त्यसमा हिंडें ।
- Add new comment
- Read more
- 156 reads

जस्तो लाग्छ
HomSuvedi — Thu, 12/10/2020 - 09:11
तिमी नजिक आए केही होला जस्तो लाग्छ
लत्रिएको मनले आकाश छोला जस्तो लाग्छ ।
कुनै हालतमा पनि आँसु नझार्नू सानु !
थोपा आसुँ पनि तर्नै नसकिने खोला जस्तो लाग्छ ।
- Add new comment
- Read more
- 45 reads

कोकका लागि तयार गरिएको कविता
HomSuvedi — Mon, 11/16/2020 - 09:23
महाकवि चुटोट र श्रीकृष्ण
चुरोटका स्वादसँगै रमाएँ
सम्भावनास्रोत सहस्र पाएँ
तिनै उघाएँ र यता फिजाएँ
लुनीसँगै सिर्जन गीत गाएँ ।।
चुरोटको साथ थियो धरामा
ममा भिज्यो स्वाद जरा जरामा
मैले त्यसैमा नवगीत गाएँ
र सिर्जना भित्र यसै हराएँ ।।
तथापि झन् भोक थिएन शान्त
चुरोटले झन् अझ भो अशान्त
म जान लागेँ अब भो नछेक
आखीर श्रीकृष्ण रहेछ एक ।।
संसारको रीत बुझिन्न मित्र
रहेछ यो एक बडो विचित्र
देखेर संसार भयो उदेक
आखीर श्रीकृष्ण रहेछ एक ।।
लेखेँ हजारौँ सृजना रमाई
विवेकका सुन्दर गीत गाई
के पाइयो खै र हुँदा विवेक
आखीर श्रीकृष्ण रहेछ एक ।।
सत्सिर्जना जीवन हो भनेर
- Add new comment
- Read more
- 41 reads

बुझाऊँ कतै
HomSuvedi — Sun, 11/08/2020 - 15:05
यो शरद् कालमा घुम्न जाऊँ कतै
फूलमा पातमा प्रीत लाऊँ कतै ।।
देवतै हार्दछन् मन्द मुस्कानले
देवको ईशको गीत गाऊँ कतै ।।
- Add new comment
- Read more
- 64 reads

भन्थे वसन्त ऋतु हो ऋतुराज तुल्य
यो याममा प्रकृति हुन्छ बडो अमूल्य
यो सोच सत्य अब मान्नु कदापि हुन्न
त्यो धारणा सहज सक्छ शरद् उछिन्न ।।
जाडो छ धेर अथवा न छ उष्ण धेर
यो भव्य याम प्रभुले उहिल्यै रचेर
हामी मनुष्यतिर यो ऋतु सुम्पिएछन्
मनौँ नयाँ सृजन नै प्रभुले दिएछन् ।।
- Add new comment
- 52 reads

प्रभो अब पार लाऊ
HomSuvedi — Mon, 10/26/2020 - 17:52
अनन्त इच्छा जब पूर्ण हुन्नन्
पूरा गर्याे झन् अझ पूर्ण हुन्नन्
इच्छाहरूकै अझ हुन्छ दाउ
प्रभो मलाई अब पार लाऊ ।
- Add new comment
- Read more
- 81 reads

कविताः
एक
कविता कविता हुन्छ शब्दमा भाव खारिए
कविता रमिता हुन्छ शब्दमात्र थुपारिए ।।
शब्दमा भावको केही जहाँ हुन्न विलक्षण
नगरे हुन्छ त्यस्ताले कविता लेख्नमा मन ।।
शब्दमा खेल जो गर्छन् अङ्क जोड घटाउँछन्
कविता कविता भन्दै भोटै मात्र फटाउँछन् ।।
प्रतिभासाथ अभ्यास व्युत्पत्ति आदिले अझ
माझ्दछन् कवितालाई कविता तब बन्दछ ।
भावका साथ लालित्य शब्दमा नरहेपछि
के बनोस् कविता त्यस्तो बान्की नै नभएपछि ।।
आफ्नो अस्तित्व बेचेर आफ्नै पेट फुलाउनु
बनेर देशको भक्त अनि के गीत गाउनु ।।
दुई
मान्छे
मान्छेको जातमा यौटा यस्तो हुन्छ विशेषता
पशु गर्दैन अन्याय मान्छे गर्छ जता तता ।।
- Add new comment
- Read more
- 51 reads

राम नै प्रेम हुन् प्रेम सीता पनि
प्रेम आराधना हो तपस्या पनि ।।
प्रेम पेवा हुने याे नठानून् युवा
प्रेम गर्छन् यहाँ ज्येष्ठ पाका पनि ।।
- Add new comment
- Read more
- 76 reads

दुई मुक्तक
HomSuvedi — Sun, 10/11/2020 - 13:22
दुई मुक्तकः
१
माग पूराका कनिका छरिराखौँ कि !
यसपटककाे वैतर्नी तरिराखौँ कि !
भाेलि के कसाे हुन्छ कसलाई थाहा छ र
बिसौँ अनसनकाे वार्ताटाेली गठन गरिराखौँ कि !!
२
उनकै लागि धसिए पनि मिठोमसिनो सुनिएन बोली
धेरै पटक खाएको छु उनका मुखको तातो गोली
सहनैमा कल्याण छ नत्र अत्याचार गर्नेको लिस्टमा दरिनेछु
उनबाट न हिजो केही प्राप्ति थियो न हु्न्छ भोलि ।।
- Add new comment
- 59 reads

दुर्भाग्यले थुक्छ
HomSuvedi — Fri, 10/02/2020 - 14:49
हिमाल मात्र कहाँ हो र पहाड पनि दुख्छ
नेपालीको चाल देखी मानौँ कोशी सुक्छ ।।
देश चर्ने साँढेलाई बाँधिराख्नु पर्थ्यो
जहाँ तहाँ चर्न खोज्ने साँढे आफैँ फुक्छ ।।
डाँगो पाल्ने काम पनि व्यर्थै लाग्न थाल्यो
घरभित्र चोर पस्ता पर जाँदै भुक्छ ।।
विदेश पस्न हतार मान्ने दाजु भाइ देखी
सगरमाथा पनि तिनको हालत बुझ्दै झुक्छ ।।
हाम्रो बानी उपर्खुट्टी लगाएर खाने
यो देखेर दुर्भाग्यले हाम्रै मुखमा थुक्छ ।।
- Add new comment
- 68 reads


सामाजिक सञ्जालमा
लोकप्रिय रचनाहरू
Today's:
- खहरेको भेल-रहेछ
- जन्मदिनको शुभकामना तिमीलाई
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- जन्मदिनको शुभकामना
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- कुकुर
- छोरीको जन्मदिनको शुभकामना
- शुभकामना! जन्मदिनको !!
- पछिल्ला रचनाहरू
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- चर्चित नेपाली यौनकथा
- गजल:तिम्लाई माया गर्ने मेरो मन !!
- पाँच मुक्तक (अब त टाढा भएछु)
- शूण्य (विज्ञान कथा)
- अधुरो ईच्छा (यौन कथा)
- रुपकी रानी रुपा (मनोवाद यौन कथा)
- हाम्रो बारेमा
- आँसु हाँसो मिलन बिछोड
- गजलमा प्रयोग हुने बहरहरुको बारेमा छोटो जानकारी
- प्रेम कविता
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- विद्यार्थी हुँ म
- मेरी बहिनी
- थरहरू पनि विभिन्न गोत्रमा बाँडिएका हुन्छन्।
- दुब्ले बाइ (कथा)
- अमेरिकामा मदनकृष्ण श्रेष्ठको "महको म" पुस्तक विमोचित
- नयाँ बर्षको शुभकामना
- पाठ्यक्रममा साहित्यिक कृति
- तिमीलाई जन्मदिनको शुभकामना
Last viewed:
- गल्लीको झ्याल
- एउटै देवीका थरीथरी नाम, थरीथरी नामका थरीथरी अर्थ
- तिमी अनि म
- तिज
- शुभकामना! जन्मदिनको !!
- प्रतीक्षा गर मेरी मायालु
- फरक छ मेरो गाउँ र शहरको कथा
- कति राम्री मेरी मायालु
- प्रीतबिना यौवन
- म नि संग संगै रुन्छु आऊ संगै रुने भए
- म बिबश छु
- भविष्य
- शेक्सपियर, एभन र म
- मङ्गलमय सुभकामना
- "मनको पिडा "
- स्वर्गमा केही कविहरुका गनगन
- याेग किन
- मैना चरी
- लाहुरी भैंसी
- देवकोटाको निबन्धकारिता
- शिरफूल किन्नसम्म पैसा छैन
- शान्ति तिम्रो आँगनमा
- "सपना साचेकाहरुलाई"
- म, तिमी र झरी।
- जिन्दगीको एउटै नाम
- यात्रा रहेछ जिन्दगी
- जल्छन भने आरिसे जल्नदेऊ
- पछि लागियो उस्कै नाममा
- जन्मदिनको शुभकामना तिमीलाई
- गजल स्वर सम्राट यो धर्तीमा रहेनन्
नयाँ प्रतिकृयाहरू
1 day 18 hours ago
1 day 20 hours ago
2 days 14 hours ago
2 days 16 hours ago
2 days 16 hours ago
2 days 21 hours ago
2 days 23 hours ago
1 week 20 hours ago
1 week 21 hours ago
1 week 1 day ago