गजल (गीत)

गजल

आझ पनि अन्तै नजर, चलाएर गयौ
मेरो मुटु भित्र भित्रै, जलाएर गयौ

बाटो कुरी बस्या थिएँ, आयौ आउन तिमी
आसै मर्यो जब आँखा, नलाएर गयौ

मन बेताब हुन थाल्यो, हँसले ठाऊँ छाड्यो

गजल "म नेपाली"

नेपाली हो नाम मेरो पौरखी छ काम मेरो
निधारमा रहेछ है गरिबीको डाम मेरो
नियुक्ती त हुनै थियो सरुवा भो ठाम मेरो
पखाली दुर्गुनहरु सुशान्त छ गाम मेरो
पाएँ त किन्छु भन्छौ रे कति तिर्छौ दाम मेरो

धाउनुपर्यो

एकैछिन् चिन्जान गर्न तीमै दिलमा धाउनुपर्यो
जिन्दगिमा बहार ल्याउन माया प्रिती लाउनुपर्यो

के छ तिम्रो हालखबर बोली बिस्तार गर्नलाई
किन सन्कोच मान्छौ अलिक नजिक आउनु पर्‍यो

गल्ती थियो चोखो, माया लाउनु नै

गल्ती थियो चोखो, माया लाउनु नै
तिम्रा लागि मैले, दुःख पाउनु नै

भेटौ भन्यौ हुन्छ भने, त्यही नेरै गल्ती भयो
आत्मघाती कदम थियो, भेट्न आउनु नै

प्राप्तिमात्रै सारा , हैन रैछ संसारमा

गजल

राती राती सपनीमा तिमी आए जस्तो लाग्छ
धेरै टाढा देखि तिम्ले दुःख पाए जस्तो लाग्छ

जहाँ जाउँ जता जाउँ तिम्रै झ–झल्कोले गर्दा
मेरो वरीपरी सधै तिमी छाए जस्तो लाग्छ

पठाईदिनु

जन्माउन सक्ने सपुत कोख पठाईदिनु
माथि पुग्छौं मिलेर भन्ने सोच पठाईदिनु

सिंगार्नेछौं मेहनतले हाम्रो प्यारो देश यो
देश बन्न सघाउ पुग्ने जोश पठाईदिनु

देशलाई माया मारी कति डाँडा काटी गए

गज़ल

कामखोजीमा बालक रुन्छ शहरमा
रोएको धुन कसले सुन्छ शहरमा

अध्यारोमा अगाडी बाटो छैन उसको
खाली हात पुर्पुरोमा हुन्छ शहरमा

भविस्य निर्माणमा लागि पर्दा उसले
पाइन्छ कि कतै आशा बुन्छ शहरमा

तिमी देखिन

त्यहाँ तेत्रो भीड थियो तिमी देखिन
आँखा भरि पीर थियो तिमी देखिन

खोजि र'थें म यता उता हुलमुलमा
मुटु भित्र टीठ थियो तिमी देखिन
आँखा भरि पीर थियो तिमी देखिन

अलपत्र भइ भीडमा आँफै हराएँ

मुटु मैले तिमी छेउ खसाएर जादैछु

भन्नुपर्ने धेरै थिए लुकाएर जादैछु
वियोगले खहरे झै सुसाएर जादैछु,

दया लाग्छ भने प्रिय जतन गरिदिनु,
मुटु मैले तिमी छेउ खसाएर जादैछु

मर्छु कि म बेदनाले बाँच्छु घाईते भई,

सबगुण सम्पन्न तिमी

सबगुण सम्पन्न तिमी मसँग तँ अवगुणनै अवगुण छ
तिमी टाढै बस्नुँ मदेखी मसँग तँ अवगुणनै अवगुण छ

फेरि सर्यो भने तिमीलाई त्यो अनेकौ पापैपाप भै फैंलिन्छ

gajal

तिमि बाट टाडा हुनु समयको खेल थियो
पिरतिमा हार मेरो नियतीको झेल थियो

कुनमुटुले सुनाउ म तिमी पछिका काहानीहरु
खुसित खासै याद भएन दु:ख ठेलमठेल थियो

चोखो मनको पिरतीलाई आटो धिडो ठान्यौ कित

एउटा पत्र उनको नाउमा

एउटा पत्र उनको नाउमा कोरु कोरु लाग्यो आज
मनभित्रका सयौ सबाल गरु गरु लाग्यो आज

बाचा कसम प्रतिग्याले भरिएका पत्र लगि
उन्कै घरको आगनिमा छरुछरु लाग्यो आज

मायाको परेली तरेर !!!

मायाको परेली तरेर हजुरले
मनैभरी उमंग छरेर हजुरले !

टोलाएर हेरे यी मेरा नयेन
बोलाउदा सम्बोधन गरेर हजुरले
मनैभरी उमंग छरेर हजुरले !

फुलको थुंगा पहिलो भेटमा
दिनु भो बेशी झरेर हजुरले

एदी मलाइ छाडी जाने भए

एदी मलाइ छाडी जाने भए एक पाल सोधेको भए हुन्थेयो
एसरी भागि जानी भए पहिले नआएको भए हुन्थेयो
तिमीलाई लिन भनि आदा रातमा मा आफेई गएको थिए

तिम्रो लागि कयौ पटक मरु जस्तो लाग्यो

तिमीबाट तिम्रो जवानी चोरु जस्तो लाग्यो
तिम्रो मनमा मेरो चित्र कोरु जस्तो लाग्यो ।

तिम्रो लागि हर सिमा पार गर्न सक्छु म
संबिधानको हर धारा तोडुं जस्तो लाग्यो ।

याद आयो

डाँडा पाखा पाहाड अनि हिमाल याद आयो
आफ्नै प्यारो जन्मभूमि नेपाल याद आयो

दाउरा घाँस पानी पधेरो संगै गरी हिड्दा
प्रियेसीसंग साटासाट गरेको रुमाल याद आयो
आफ्नै प्यारो जन्मभूमि नेपाल याद आयो

प्रीतको नशाले

प्रीतको नशाले रातमा माया बस्यो
अंगालेर छोडेका हातमा माया बस्यो

एकपल सहि खुसि त दियेउ तिमीले
तिम्रा हर बात बातमा माया बस्यो

गजल

सुमार्ग को बाटो छाडी गल्ली भित्र नपसौ है
देश को लागी केही गरौ अल्छी गरी नबसौ है
हिमाल रोयो पहाड रोयो तराइ पनि रोएको छ
धेरै पुत्र होइन देश लाई एउटै सपुत चाहिएको छ

निसीमा याद तिम्रो

म तिम्रो साथ छु जहाँ छौ तिमि
निसीमा याद तिम्रो काहा छौ तिमी

जुनेली रातमा नयेन तिम्रो तलाशमा
किन खोजि गरें येहा वहा छौ तिमी

तिम्रो मायामा तड्पीयेछु पलपल
आभास देउ मलाइ येहा छौ तिमी

गजल

नपिएकै जहर बढि लाग्दो रैछ सानु
बिर्सिएकै माया यहाँ जाग्दो रैछ सानु

एउटा स्वप्न जिन्दगीको संगसंगै देखेपनि
थाहै नपाई बिपनामा भाग्दो रैछ सानु

पलपल चस्किदिने बिछोडका घाउहरु

Syndicate content