मझेरी आकर्षण
लग-इन (भित्र)
बिधा सूची
भावनात्मक निबन्ध
आमा तिमी धादिङ
ks — Sat, 03/31/2012 - 22:42
बूढीगण्डकी र आँखुको दोभान । कञ्चन पानी तर छुट्टँिदैन नीलो हो कि कालो । पानी आफैँसँग आफैँ अँगालिँदै र फैलिँदै, सुनिन्छ स्वाँस्वाँको सुसाइ र मीठो संवाद ।
हेर्दा हेर्दै (मधुपर्क २०६८ माघ)
ks — Sun, 03/11/2012 - 23:29
एक स्रष्टाले कार्यकक्षमा पस्दै मसँग भन्नुभयो ः 'सम्पादकज्यू ! मेरो कविता त 'सहिद' भयो कि क्या हो ? अझै छापिएन ।'
एक पिताको पत्र शिक्षकलाई
kbs — Sat, 12/24/2011 - 01:04
(श्रीमान् सम्पादकज्यू, यो शैक्षिक लेखमा अनुभूतिजन्य जीवनको तीतो सत्यलाई हुबहु लिपिबद्ध गरेको छु । आफूले भोगेको अँध्यारोको अनुभूतिबाट पाठ सिकेर यो लेख लेख्ने सामर्थ्य जुटाएको हुँ । विराटनगरकी छात्रा सुस्मिता आचार्यले पाएको शारीरिक र मानसिक यातना नै यस लेखको जन्म हुनु तत्कालीन कारण हो । यस समाजले जे गर्न खटायो, शिक्षिकाले त्यही गरिन् । विवेकको उपयोग हैन, आदेशको पालना गरिन् । त्यसैले त दार्शनिक ओशो भन्छन्– ‘समाज मालिक हो, शिक्षक गुलाम हुन् ।’ यो लेख पनि उनै दार्शनिकको शैक्षिक चिन्तनबाट धेरथोर प्रभावित छ । यसबाहेक अब्राहम लिङ्कनको प्रधानाध्यापकलाई पत्रबाट समेत केही हदमा प्रभावित हुनसक्छ । जसजसबाट प्रभाव ग्रहण गरेँ उनीहरूप्रति श्रद्धा...........! अन्तमा, छात्रा सुस्मिता आचार्यजस्ता विद्यार्थीहरूमा नवीन वैचारिक विद्रोही सोच जन्मने क्रम नरोकियोस्, यत्तिखेर भने उनको स्वास्थ्यलाभको कामना......!–नलाआ)
मधेसमा वसन्त बहार
kbs — Sun, 12/11/2011 - 22:24
राजनीतिलाई पोशाक चाहिने साहित्यलाई नाङ्गै राख्ने काइदा छन् ।
विशेष गरी आख्यानमा बीपी सगरमाथा उक्लेका मान्छे । उनको नजरले साहित्यलाई अराजकतामा हुर्कने अभिव्यक्ति देख्यो । राजनीतिले समाजको कल्याण नभएको र समाजलाई चेत नदिएकोले हुनसक्छ । साहित्य बराल्ने हैन, सपार्ने चीजको नाम हो । साहित्य मुक्त छ । राजनीति परतन्त्री छ । शौचालय राजनीति, उद्यान साहित्य । तर्कमाथि, तर्कले मन गिजोल्छ । अनुरागका काइदा पनि थरिथरीका हुँदा रहेछन् । राजनीति साहित्यबिना नबाँच्ने, साहित्य राजनीतिले भर नगरी नजन्मने । थरिथरीका मनहरू घुमिरहन्छन् मभित्र ।
थाहा नलागेको वसन्त बहार
kbs — Sun, 02/06/2011 - 09:51
राजनीतिलाई पोशाक चाहिने साहित्यलाई नाङ्गै राख्ने काइदा छन् ।
विशेष गरी आख्यानमा बीपी सगरमाथा उक्लेका मान्छे । उनको नजरले साहित्यलाई अराजकतामा हुर्कने अभिव्यक्ति देख्यो । राजनीतिले समाजको कल्याण नभएको र समाजलाई चेत नदिएकोले हुनसक्छ । साहित्य बराल्ने हैन, सपार्ने चीजको नाम हो । साहित्य मुक्त छ । राजनीति परतन्त्री छ । शौचालय राजनीति, उद्यान साहित्य । तर्कमाथि, तर्कले मन गिजोल्छ । अनुरागका काइदा पनि थरिथरीका हुँदा रहेछन् । राजनीति साहित्यबिना नबाँच्ने, साहित्य राजनीतिले भर नगरी नजन्मने । थरिथरीका मनहरू घुमिरहन्छन् मभित्र ।
तन नै घुम्छ, मन नै घुम्छ, अमनचयन अपहरणमा पर्छ ।
जहाँ छु, विहान भन्न पाउँदिनँ, दिन भन्न भेट्दिनँ । अझ रात त अर्काकै पर्यो । आफ्नो भन्ने कुराले त सञ्चो अनुभूति दिनुपर्ने । खोज्दा पनि भेट्दिन । मन ठीकमा आउने अवस्था हुन्न । थोत्रो कलमा श्रीमती झुण्डिन्छे । पानी खस्दैन । जताततै खडेरीले पक्रेको छ । कुरा बुझ्दिनँ । झर्कोफर्को गर्छे । एउटा हैरानमा अर्को हैरान थप्छे । सहन्छु । धेरै कुरा सहिरहेछु । निःशुल्क सङ्गीत पनि सुनेर सहेँ । निःशुल्क रक्तदान पनि भोगेर सहेँ । प्याट्ट एउटा गालामा थप्पड बजार्छु, अर्को चिलाइरहेकै हुन्छ । त्यहाँ थप्पड बर्साउन नभ्याउँदै शरीरको कुनै अवयव चिलाउन थालिहाल्छ । प्याट्ट र पुट्टको थप्पड बर्साइले पीडा थोरै कम हुन्छ, हात भने रक्तमुच्छेल । उतै ध्यान जान्छ, मन हर्दम शरीर बचाऊ आन्दोलनमा हुन्छ । मनबाट शब्द चुहलान्, चुहलान् भएकै बखत पुनः शरीर थङ्थिलो पार्न हिर्काउनैपर्छ । लेख्दै गरेको कलम खुत्रुक्क खस्छ । कलमसँगै मन पनि खस्छ । मन उठाउन सोच्ने गर्छु– चराचर सृष्टिमा यही एउटा मच्छड नामधारी जीवको जन्म नभइदिएको भए त हुन्थ्यो । चैन पनि खाने । ध्यान, ज्ञान मात्रै हैन मौका परे ज्यान पनि लाने ।
सहरको हावा
kbs — Fri, 12/31/2010 - 22:55
मलाई सहरले पूरै निल्यो। म चाहन्थेँ, म सहरको मुखमा नपरुँ अथवा सहरको भोकको सिकार नबनूँ। तर, भएन त्यस्तो, मैले सोचेजस्तो। मलाई सहरले नमज्जाले निल्यो। मेरो कुनै अस्तित्व बाँकी नराखी, मेरो अनुनय-विनयको कुनै पर्वाह नगरी निल्यो मलाई सहरले। सहर मेरा निम्ति ह्वेलभन्दा कुनै पनि अर्थमा फरक रहेन। ह्वेल र सहरमा पृथकता पनि रहेन त्यति, जति म सोच्थेँ। सहर मेरो अगाडि एउटा विशाल ह्वेलका रूपमा हाजिर भयो र निलिएँ म सहरका निम्ति।
यो दसैंमा आइनँ आमा !
kbs — Mon, 10/11/2010 - 12:24
हेर्दाहेर्दै दसैं पनि आइसकेछ । सुन्छु- देशमा महँगी खुब बढेको छ रे । ढुंगैढुंगा मिसाएको चामलसमेत ५० रुपैयाँ केजीभन्दा तल पाइनै छाड्यो रे । तरकारी उस्तै । केही वर्षअघि २० रुपैयाँ किलो पाउने तरकारी पाउकै २० रुपैयाँ भइसक्यो रे । के खाएर कसरी टिक्ने हो ? मलाई त तपाईंकै चिन्ताले सताउँछ । यताबाट पठाउनु हो भने म आफ्नै समस्यामा फसेको छु ।
पारदेशमा
kbs — Mon, 09/27/2010 - 21:40
भीडमा एक्लो हुँदा कस्तो हुन्छ? अनुभव नगर्ने धेरै कम होलान्। एक्लो भएर एक्लो हुँदाको अनुभव पनि नहुने कुरो भएन।
यी दुईमध्ये कुनले बढी सताउँछ होला? भीडमा एक्लो हुनुलाई अरूसँग मिल्न नसक्नु भनेर बुझ्नुपर्ला कि? कि चाहेर एक्लिनुको मजा अर्कै हुन्छ भनेर? अचेल विश्वभरि यसको बहारजस्तै आएको छ। ध्यान गरेर संसारबाट मात्र होइन, आफैँबाट पनि एक्लिने। तर, एक्लो भएर एक्लिनुचाहिँ पीडादायी नै हुन्छ। मौन कारागारजस्तो।
दोषी चस्माको विपक्षमा
kbs — Sat, 07/24/2010 - 14:20
विताको सामथ्र्यमाथि विचार गर्दा मेरो चेतना परिसरमा यस्ता कविताहरू आइपुग्छन् । तर अचेल यस्ता कविताहरूको वर्चस्वलाई धराशायी तुल्याउने उद्योग फस्टाउन थालेझैं प्रतीत हुन्छ । किनभने संगीत र संगति दुवै नभएका कविताहरू बजारमा बग्रेल्ती छन् । तिनीहरूबाट भाग्न खोज्दा मलाई आख्यानले आकषिर्त गर्न थाल्छ । त्यही क्रममा म विश्वेश्वरप्रसाद कोइरालातिर पुग्न थाल्छु । खासगरी साउन ६ गतेको दिनलाई एउटा स्मृति दिवसका रूपमा सम्मान गरिरहँदा मलाई विश्वेश्वरप्रसाद कोइरालाको साहित्यले आकषिर्त गरिरहन्छ ।
एउटा बूढो पहाड
kbs — Thu, 07/15/2010 - 23:40
मेरो छातीमा कान्लाकान्ला बनाउछौ । कहिले तिमी गरागरा बनाएर भटमास र फापर बुक्र्याउँछौ । अदुवा र अलैचीहरू ख्रोस्रन्छौ, कोतछौँ । बेहिसाव, बेलगाम ख्रोसी रहनेछौ, कोपरीरहन्छ्यौ मेरा पिठ्यूँहरू । तिमीलाई मिठो सपना बाँडिरहन्छु, अर्थात् तिमी बेचिन्ता निदाइरहन्छ्यौ ।
!>
महिनाको मझेरी छनौट
सामाजिक सञ्जालमा
लोकप्रिय रचनाहरू
Today's:
- पाणिनि र पणेना
- लाजको लाली
- "रुपकी रानी रुपा" (मनोवाद यौन कथा)
- म एक पात्र हुँ
- मलाई माफ गरिदेऊ
- इन्फोसिसमा प्रचण्डका पाइला
- हजार सपनाहरूको माया लागेर आउँछ
- बिहान
- पिउँदै नपिउने मान्छे
- जुनी काट्नु - एउटा बाजी
- सानै हुरीमा वैशको सपना
- जेठको गर्मीमा एउटी स्त्री
- गरुँ कि मिठो भूल
- हङकङ पोखरा
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- हाम्रो बारेमा
- सडकबासी
- सम्बन्धका दूरी
- शनिबारको दिन बिहानी पख
- नातिनीसँगको संवाद ?
Last viewed:
- पाणिनि र पणेना
- सातडाँडा पारी छ मेरो नेपाल
- चलचित्रको पर्दामा
- कविता
- फुच्चे रोबोट
- यसपालीका चाडपर्व
- दशैंको शुभकामना
- जतिसुकै कुरुप भए पनि आखिर आफ्नै आमा हुन
- बिडम्बना
- मैले बिष पिएको रै’छु
- मेरो मान्छे तिमी
- आमा
- आजको मान्छे
- टोलाइ रहृयो
- बाँच्ने कुनै रहर छैन
- जरुवा छ कि आँखाभित्र
- छिमेकीको व्यवहार
- थामेर किन छोड्यौ हातहरू
- त्यो क्षण
- कसैले बुझेन मेरो मनको बहलाई

नयाँ प्रतिकृयाहरू
23 hours 28 min ago
2 days 4 hours ago
5 days 17 hours ago
5 days 17 hours ago
5 days 17 hours ago
5 days 19 hours ago
5 days 19 hours ago
5 days 23 hours ago
6 days 22 hours ago
6 days 22 hours ago