NavigationUser login |
भावनात्मक निबन्धदोषी चस्माको विपक्षमाविताको सामथ्र्यमाथि विचार गर्दा मेरो चेतना परिसरमा यस्ता कविताहरू आइपुग्छन् । तर अचेल यस्ता कविताहरूको वर्चस्वलाई धराशायी तुल्याउने उद्योग फस्टाउन थालेझैं प्रतीत हुन्छ । किनभने संगीत र संगति दुवै नभएका कविताहरू बजारमा बग्रेल्ती छन् । तिनीहरूबाट भाग्न खोज्दा मलाई आख्यानले आकषिर्त गर्न थाल्छ । त्यही क्रममा म विश्वेश्वरप्रसाद कोइरालातिर पुग्न थाल्छु । खासगरी साउन ६ गतेको दिनलाई एउटा स्मृति दिवसका रूपमा सम्मान गरिरहँदा मलाई विश्वेश्वरप्रसाद कोइरालाको साहित्यले आकषिर्त गरिरहन्छ ।
एउटा बूढो पहाडमेरो छातीमा कान्लाकान्ला बनाउछौ । कहिले तिमी गरागरा बनाएर भटमास र फापर बुक्र्याउँछौ । अदुवा र अलैचीहरू ख्रोस्रन्छौ, कोतछौँ । बेहिसाव, बेलगाम ख्रोसी रहनेछौ, कोपरीरहन्छ्यौ मेरा पिठ्यूँहरू । तिमीलाई मिठो सपना बाँडिरहन्छु, अर्थात् तिमी बेचिन्ता निदाइरहन्छ्यौ ।
दुःखले छुँदाकहिलेकाहीँ दुःख पर्दा म बेस्सरी आत्तिने गर्छु । मनभित्र अनगिन्ती कुराहरूले किचेको अनुभव गर्ने गर्छु । संसार नै अन्धकार हुँदै गएको देख्न थाल्छु । मनभित्र अनगिन्ती तरङ्गहरू फैलिन थाल्छन् । कहिले बाहिर कहिले भित्र गर्न थाल्छु । केही गरे पनि मन शान्त नभएपछि घरको बरण्डामा गएर बस्छु । वरिपरिका वातावरणको अनुहार हेर्दा हेर्दै कतिबेला कतिबेला बाहिरी वातावरणले मेरो मन रमाउन थाल्छ । आफ्नो मन देखेर आफै छक्क पर्न थाल्छु ।
लयको खोजीमाअन्धकारको अवशानमा हिँडेको उज्यालो पथको खोजीमा यात्रारत छु । निरन्तर बगिरहने एउटा गतिको अन्वेषणमा छु । सोचिरहेछु, यो गतिमा त्यो उज्यालो पथ कहाँनेर छ ? यो गतिमा त्यो अन्वेषण कुनबेला जोडिन आइपुग्ला ? एउटा यान्त्रिक गतिले मात्र जीवनलाई कस्तो गति देला ? चाहन्छु, यो गति मात्र गतिको लागि नहोस्, एउटा लक्ष्यको निकास बनोस् ।
निशब्द पोखिएको प्रेमएक उच्छ्वास, बहकिँदै सम्हालिँदै गरेको मन
मनपर्यो अमेरिका ?अष्ट्रिनमा छु । तिमी वासिङ्टन डी.सी.मा छ्यौ । हामी निकै टाढा छौँ । प्रत्येक दिन फोन सम्पर्क हुन्छ । वैज्ञानिक चमत्कारले गर्दा एउटा व्यक्ति अर्को व्यक्तिबाट जतिसुकै टाढा भए पनि नजिकै हुन्छ । विश्वगाउँ भएको छ, म गाउँले । गाउँका चौतारामा सुस्ताउन पाउँदा रमाइलो लाग्छ । यतिबेला म तिमीसँग पत्रबाट अन्तरहृदय खोल्दैछु । गाउँ होइन ।
तपाइँको पहाड कहाँ हो ?'तपाइँको पहाड कहाँ हो ?' मैले धेरैपल्ट जवाफ दिइसकेको प्रश्न हो यो । कतिपल्ट यस प्रश्नलाई मैले अत्यन्त सामान्यरूपमा लिएको छु र जवाफ पनि त्यत्तिकै सामान्यरूपमा नै दिएको छु । यस प्रश्नको जवाफमा मैले सामान्यतया भन्ने गरेको कुरा हो - "मेरो पहाड ताप्लेजुङ जिल्ला हो, फूलबारी गा. वि. स. ।"
देवकोटासँग एउटा साँझको कायान्तरणअनायास जन्मिने मान्छे, अनायास हुर्किने मान्छे, अनायास जीवनको यात्रा गर्ने मान्छे यात्रामा अनायासै यो विशृङ्खलित जीवनको साँझ एउटा विशिष्ट लेखकीय साँझमा कायान्तरण भएको छ । दिनमा हृदयङ्कित चित्रमाधुरीसँगै धमिलिँदो साँझमा आफ्ना अनुभूतिहरूको विश्लेषण र अध्ययन गर्ने श्रद्धेय स्रष्टा देवकोटा पहाडी झरनाको सङ्गीतमा मन्मय छन्, यसैले कि उनी अँध्यारो संसारमा पवित्र हृदयगिरिबाट झरेका हजार सुन्दर झरनाको उज्यालो शक्ति र सङ्गीत कल्पिरहेछन् तर व्यर्थै बगिरहेकोमा दुःखित देवकोटा जिन्दगीको मौसम रहँदै आत्मशुद्धिका लागि आफैँभित्र चेतनजल छरिरहेछन् । सम्भवतः उनी हृदयको तानसँगै जीवनका आँसु र हाँसो बजिरहने लयदार स्मृतिको गाढा रङ्गमा गुन्जिरहेछन् सम्भवतः उनी फुल्दो गुलाफ हेर्दै तत्वज्ञान खोजिरहेछन् ।
मेरो स्वार्थ समृद्ध नेपाल
भूमण्डलीकरणका प्रभावहरू संसारभर प्रबल छन्। धेरै देशले नागरिकता नीति लचिलो बनाएका छन्। खासगरी धनी, विशेषज्ञ, बुद्धिजीवीहरूलाई नागरिकता दिएर देश विकासमा सामेल गराउने नीति धेरैको छ। तर, मेरो अनुभवमा विश्वका जुनसुकै देशको नागरिकता लिए पनि मेरो स्वभाव, चालचलन, हाउभाउ, रुपरङ, पर्वहरू फेरिँदैनन्। एउटा नेपालीले अमेरिकी नागरिकता लिए पनि संस्कृतिमा ऊ नेपाली नै रहन्छ। तपाईंले कतै “म अमेरिकी नागरिक हुँ” भन्नेवित्तिकै अर्को प्रश्न आइहाल्छ, “खास 'रिजिन चाहिँ कहाँ हो?”
भोक'जीवन सधैँभरि सोझो बाटोबाट मात्र हिँड्दैन'- जीवनमा चालीसौँ वर्षसम्म हिँडेपछि ज्ञानको एउटा झिल्को झिलिक्क बलेको छ मभित्र । यस्ता झिल्काहरू सधैँ बलिरहुन् र जीवन जाज्ज्वल्य भइरहोस् भन्ने चाहन्छु सधैँ तर चाहनु र हुनु दुई अलगअलग कुराहरू हुन् । यदाकदा हुने यिनको मिलनबाट प्राप्त हुने आनन्द र सौन्दर्य मेरा बाँच्ने प्रेरणाहरू हुन्- भोक हुन् ।
फेसबुकमा फत्तेमायाहराएका मान्छे भेटिए भटाभट हो, थुपैैर मान्छेहरू हराएका थिए । हृदय र शरीरहरू हराउने करम बढिरहेथ्यो । हिजोआज ती भेटतै छु बिस्तारै-बिस्तारै ।
सत्य र भ्रमहामी कति सत्य बाँच्छौँ र कति भ्रम बाँच्छौँ जीवनमा ? अथवा हामीलाई बाँच्न कति सत्य र कति भ्रम चाहिन्छ ? म यिनै प्रश्नहरूको वरपिरि घुमिरहेको छु कति दिनदेखि । यसै प्रश्नको अल्झोमा अल्झन पुगेको छु र यो प्रश्न झन्झन् गहिरँिदै गएको देखेर झन्झन् अलमलिन थालेको छु । कहिलेकाहीँ त लाग्छ, म व्यर्थै यस्ता गहिरा र नचाहिँदा विषयहरूमा फसिरहेको छु । तर के गर्नु, यो फस्नु र निस्कनु आफूले चाहेर मात्र हुने विषय नभएपछि ।
आज फेरि दुख्यो ।आज फेरि दुख्यो ।
जीजिविषाआइमाई मान्छेहरूले उमेर घटाउँछन् रे भन्ने सानैदेखि सुनेको हो । त्यसैले होला, कुनै पनि स्वास्नीमान्छेलाई उसको उमेर नसोध्नू भन्ने विश्वव्यापी मान्यता छ । हुन पनि एक-दुई अपवादलाई छोड्ने हो भने उनीहरू सकेसम्म आफ्नो वास्तविक उमेर बताउन चाहँदैनन् । उनीहरूलाई सबैभन्दा गाह्रो नै कुनै सरकारी कामकाजका बेलामा नागरकिता वा राहदानी देखाउनुपरेका बेला हुन्छ । डाक्टरको क्लिनिकमा नाम लेखाउँदा पनि उमेर भन्ने बेला चारैतिर पल्याकपुलुक हेरेर सक्नेजति सानो स्वरमा जवाफ दिन्छन् उनीहरू ।
उमेर बिर्साउने साथीहरूसारै मिल्ने साथी हो भने वर्षौंपछि भेट भए पनि 'ग्याप' अनुभव हुँदो रहेनछ । मेरा केही यस्ता साथीहरू छन्, जससित जहिले भेट भए पनि तिनले कि चन्द्रावती हाइस्कुलको प्रांगण, कि महाराजगन्ज क्याम्पसको परसिर वा पाटन संयुक्त क्याम्पसको कम्पाउन्ड अथवा विश्वविद्यालय कीर्तिपुरको सेरोफेरो टुप्लुक्क आँखा र मनमस्तिष्कमा ल्याई पुर्याउँछन् ।
विगतका गल्ली गल्छेंडा हुँदैसानैदेखि प्रतिकूल स्थितिमा हुर्कनुपर्ने विवशताले मलाई विकल्प सोच्नतिर डोर्यायो । यो विद्रोह थिएन । यो प्रतिकार पनि थिएन । विनाविरोध, विनाप्रतिकार अर्को बाटोको खोजीले रिक्ततापूर्ति मौन जिज्ञासालाई उत्प्रेरित गर्दोरहेछ ।
सर हैन म्यामउल्काको छ अमेरिका ! हुन नसक्ने क्यै हुँदैन त्यहाँ । बरु नहुने कुरो केही छ कि भनेर गम खानुपर्ने समाज छ त्यहाँ । हरेक कुरा अनौठो लाग्छ । थुपै्र असहजभित्र पनि कति अचम्म लाग्दा प्रसङ्गले अझ चकित भइन्छ ।
जीवनको विनिर्माणजीवन विनिर्मित अवस्थामा सधैँ अस्थिर नै चल्दोरहेछ । यसका आयतनहरू र यसभित्रका सम्भावनाहरूले समय अनि परिस्थितिअनुसार क्रमशः परिवर्तित हुने नियतिको कारण लयको कुनै विशिष्ट रूपको निर्धारण गर्दै अगाडि बढ्दा रहेछन् । हिजो म जे थिएँ, त्यो आज पक्कै पनि हुन्न । आज म जे छु, अवश्य पनि भोलि त्यही रूपमा रहिरहन्न । नदीमा पानी कति बग्यो कति ! के त्यसको लेखाजोखा आजसम्म कसैले गर्न सकेको छ ?
......रोऊँ रुन सकिएनएक जना दुर्मुख मित्रले एक बिहान फोनमा भने "सर, कलैया आउने होइन ?" कलैयाको नाम सुन्नासाथ एक्कासि जीउमा काँडा उम्रन थाल्दछन्, मुटु कुड्किन थाल्दछ, मनस्थिति अनायास ऐंठन परेर बटारिन/हुँडलिन थाल्दछ र अगाडिबाट कुनै हिंस्रक पशु उभिएर सातो लिन थालेझैँ लाग्छ ।
थाहा छैन मलाईकेही दिन अघि एकजना मित्र मेरा बासस्थानमा आई आफूलाई 'लेखक कवि' बनाइदिने अनुरोध गरेपछि मन मस्तिष्क दुवै हल्लिन थाले मेरा । हृदयको भित्री भूइंचालो छँदैछ फेरि चर्को अर्काे एकछिन जिल्लिएँ वा आत्तिए, सीधा उत्तरको अभावमा के भनौं र गरौं भो एक्कासी मलाई । यस्तो पनि हुँदोरैछ अनुरोध भन्ने कुराले मेरा सामु साहित्य सस्तो र महँगो दुवै एकैसाथ हुनपुग्यो । 'लेखन' को भित्री प्रशिक्षण कुनै शिक्षक वा क्याम्पसले कतै दिए पनि मेरा दृष्टिमा त्यो बाहिरी हो ।
|
Recent comments
17 hours 56 min ago
1 day 5 hours ago
1 day 6 hours ago
1 day 16 hours ago
1 day 21 hours ago
2 days 32 min ago
2 days 3 hours ago
2 days 3 hours ago
2 days 7 hours ago
3 days 10 hours ago