कथा
मेरो अन्तिम माया (यथार्थता)
Submitted by Manoj kafle on Wed, 03/10/2010 - 23:39किन आउँछ याद तिम्रो सधै-सधै साँझमा ……..
भोलि मेरो मरुभूमि फर्कने दिन हो । म भने मनभरि असीमित भावनाहरू बोकेर आँधीखोलाको उकाली चढिरहेको छु, घाम पारी डाँडाबाट ओराली लाग्दै छ। आधी उकालो पार गर्दैमा खुट्टा गलेर आयो पहिले यही उकालो भारी बोकेर हिंड्दा पनि केही नभएको खुट्टा आज खै किन आधी बाटोमै दुखेर आयो। थचक्क ढुङ्गामा बस्छु । अनि आफ्नै गाउ नियाल्छु जहाँ मैले धेरै बसन्तहरू पार गरेको थिएँ, कति सुन्दर छ मेरो गाउँ कहिले पहिले यस्तो सुन्दर गाउ नदेखेको जस्तो।
शिर्षक ः परिश्रमी किसानको व्यथा
Submitted by Vivek on Tue, 03/02/2010 - 14:28माग्नेकी आमा
Submitted by khadkabinod on Mon, 03/01/2010 - 00:23छोराको प्रगतीको कुरा सुन्दा र देख्दा उसकी आमा हर्षले गदगद हुन्थिन । हुन पनि उनको छोरोले राम्रो प्रगती गरेको थियो । आर्थिक उन्नतीको त कुरै नगरौ । शहरमा २ वटा ठूला ठूला घरहरु थिए । एउटामा आफ्नो परिवार बस्थे अर्को घरचाही एउटा विदेशी संस्थालाई भाडामा लगाएको थियो । उसले चढ्ने गाडी उसले भने अनुसार नै अफिसका तर्फबाट विदेशवाट झिकाईएको थियो । उसको बिहेमा उसको ससुराली पक्षले राम्रो दाईजो दिएको कुरा त सबैको सामु जगजाहेर थियो । माथीका हाकिमहरुलाई खुसी पारेर बर्षको दूई तीन पटक त विदेश भ्रमण गरिरहन्थयो । उसकी श्रीमती र छोराछोरीहरुलाई जे चाहियो उ सिधै अफिसकै तर्फवाट मगाउथ्यो या त आफ्नो प्रभावको प्रयोग गरी सस्तो दरमा राम्रा र महंगा सामानहरु उपलव्ध गराउथ्यो । आज उसंग यति सम्पत्ति थियो कि जुन उसको सन्तानलाई अर्को पचास बर्ष कामै नगरे पनि खान पुगथ्यो ।
असहमति
Submitted by kbs on Thu, 02/25/2010 - 22:54बैठक ठीक १० बजे शुरु भयो। प्रवासी समाजका प्रतिष्ठित भद्र पुरुष तथा महिलाहरूको सहभागिता रहेको त्यस सम्मानित उपस्थितिले प्रवासमा रहेका नेपालीहरूलाई संगठित गर्न एउटा छाता संगठन नभै नहुने कुरामा जोड दिए। यस अपरिहार्य आवश्यकतालाई थाँती नराख्न अनुरोध गरियो। तुरुन्त संस्थाको नाम जुराइयो।
कतारको W होटेलमा केहि साँझ
Submitted by atript on Thu, 02/25/2010 - 21:17चिसो हावाको सिरेटो सँगै मान्छेहरुको आउने क्रम्म बाग्लिदै थियोत्यस माथी रात पनि क्रमिकरुपले ढल्किदै थियो । होटेलमा पच्छिम्ली किसिमका गीत ताल न बितालको जति जति मान्छेको ओइरो बढ्न थाल्छ छिपिदै गरेको रातल
निराशा
Submitted by kbs on Mon, 02/22/2010 - 22:55पैसाको बजारमा रहर बिक्ने ठाउँ हो यो, मेरा मूल्यहीन रहरहरूको पसल म किन थापुँ ? अब म चाहन्न दानस्वरुप प्राप्त भिक्षा थापेर बाँच्न । किनकि जिन्दगीका हर भोगाइहरूले बाँच्नुका सार्थकता बिसाइदिएको छ । अब मेरो जिन्दगी उजाड भैसकेको छ; डढेलो लागेको वनझैं जहाँ वर्षौंसम्म पनि हरियालीको आशा गर्न सकिंदैन ।
साथी
Submitted by Gangaram Dhakal on Mon, 02/22/2010 - 13:09धेरै वर्ष पहिलको कुरा हो त्यतिखेर पशुपंक्षिहरू पनि मानिस जस्तै बोल्दथे । त्यसताका जनावर र पशुपंक्षी वाहेक मानिसको जन्म भैसकेको थिएन । पशुपंक्षी र जनावरहरूको अधिपत्य नै थियो । चरा जाती र जनावर जाती वीच आपसमा द्वन्द भयो । उनीहरू जो कमजोर देखियो कि मारेर आफनो आहारा बनाउन थाले । चराहरूले जनावरलाई एक्लै भेट्यो भने मारी खाने र जनावरले पनि चरालाई भेटे सम्म मारेर खान थाले । सवतिर भयावहको अवस्थाको सृजना भयो । कसैको पनि जीवनको ग्यारेन्टी भएन । बुद्धीमानी जन्तुहरूले त्यो समस्या सुल्झाउन निकै प्रयास गरे ।
क्षतिपूर्ति
Submitted by kbs on Sun, 02/21/2010 - 23:56उजेली भक्कानो छोडेर रोई। मुटु पिटीपिटी रोई। सपनाहरू गर्ल्याम्गुर्लुम ढलेर आँफैलाई किचेझैं लाग्यो उसलाई। विवाह भएको तीन महिना बित्न नपाउदै कमाउन गएका श्रीमानको मृत्युको खबर कति हृदय बिदारक भयो होला, त्यो उजेलीलाई मात्र थाहा छ। श्रीमानलाई गर्भवती भएको खबर पनि सुनाउन नपाउदै मृत्युको समाचार पठाउने निर्दयी दैबलाई धारे हात लाएर सरापी। आँसु नसकुन्जेल रोई ऊ| आफन्त, छरछिमेक र गाँउले पनि रोए।
यो मेरो मातृभूमि
Submitted by anilkhatiwada on Wed, 02/17/2010 - 02:10आज पूरा साठी वर्षपछि मलाई मेरो प्यारो मातृभूमिको दर्शन प्राप्त भयो। जतिबेला म आफ्नो प्यारो देशबाट विदा भएको थिएँ र मलाई भाग्यले पश्चिमतर्फ डोर्याएर लिएर गएको थियो। त्यतिबेला म लक्का जवान थिएँ। मेरा नशा नशाहरूमा नविन रक्त संचार भइरहेको थियो। हृदय उमंग र उल्लासले भरिएको थियो। मलाई आफ्नो प्यारो भारत वर्षबाट कुनै अत्याचारीको अत्याचारले वा अन्यायको बलसाली हातले विछोड गराएको थिएन।
समाजसेवा
Submitted by kbs on Mon, 02/08/2010 - 23:15ऊ नम्रतामा विश्वाश गर्छ। सबैलाई झुकेर नमस्कार गर्नु उसको बानी हो। समयले भ्याएसम्म र क्षमताले पुगेसम्म मानबिय आपद-बिपदका अबसरमा चन्दा दिन्छ। सकेजति सबैलाई सहयोगको हात बढाउछ। कसैलाई हुन्न र गर्दिन नभन्नु उसको कमजोरी हो। भ्याए र सकेजति गर्छ पनि। मेलमिलाप र सद्भाबमा विश्वाश गर्छ। आफुले सहेर अरुलाई हँसाउनुमा ऊ रमाउँछ।
असल पुरुष
Submitted by kbs on Sun, 01/10/2010 - 16:12सत्या वरदानसँग निकै नै आकषिर्त भइसकेकी थिइन् । वरदानकोप ढाइ र सादापनले सत्याको मन खिचेको थियो । जसको कारणल मित्रता पनि झाँगिदै थियो । लाइबे्ररीमा बसेर घण्टौँसम्म यिनीहरू अध्ययन गर्थे । एकदिन सुत्याले वरदानलाई भनिन् ।
अन्धा र हात्ती
Submitted by kbs on Sun, 01/10/2010 - 15:32एकादेशमा अन्धाहरूको राज्य थियो । सबै अन्धा भएपनि राज्य ब्यवस्था सुचारु रुपले चलिरहेको थियो र राज्य आत्मनिर्भर पनि थियो ।
अन्धाहरूले राज्य संचालनको लागि हरेक चार बर्षमा पाँचजना मन्त्रीहरूको चयन गर्थे ।
अमृताकी छोरी
Submitted by kbs on Thu, 12/31/2009 - 11:05“आमा ! मेरो आई–पड् ल्याप्टप्मा जोडिदिएको हो ?”छोरीको फोन सुन्नासाथ अमृता झसङ्ग भई । दिउँसो तीन बजिसकेको थियो, पाँच बजे त छोरी आइसक्छे ! ऊ हतारहतार छोरीको कोठातिर लागी । बिहान अफिस जाने बेला छोरीले भनेको सम्झी उसले—“आमा म आफैँ अफिसमा आई–पड् चलाउन थालेँ भने त सबैजना त्यसै गर्न थाल्छन् अनि काम केही हुन्न !"
सरिता मलाई माफ गर
Submitted by kbs on Thu, 12/31/2009 - 10:56दिनभरि अफिसमा अफिसियल कार्यको बोझले र हाकिमको आदेशले शिथिल भएको मस्तिष्क अनि घरमा पारिवारिक दायित्वले र श्रीमतीको आज्ञाले थाकेको शरीर लिएर म ओछ्यानमा पल्टिरहेको हुन्छु । त्यसै समयमा फोनको घन्टी बज्छ ।
'हैलो.... हो˜ म.. विनोद ए˜˜ ।
आइमाई
Submitted by kbs on Thu, 12/31/2009 - 10:06रमेश अफिसबाट घर आइपुग्यो । भित्र पस्दापस्दै श्रीमती उषासँग एक गिलास पानीको निवेदन गर्यो । मोटरसाइकलको चाबी र हेलमेट टेबुलमा राख्दै थियो-उषाले पानी ल्याइपुर्याई । पानीको गिलास समाउँदै रमेशले भन्यो- उषा, त्यो पल्लोघरमा बस्ने शोभा छैन हेर न, आज मोटरसाइकलमा गोदावरीतिर जाँदा बेहोस भएर बाइकबाट नै झरी त विचरा.....।
कागभन्दा कोइली चलाख
Submitted by kbs on Thu, 12/31/2009 - 09:21काग आफूलाई निकै चतुर र बुद्धिवान् पक्षी हुँ भन्ने घमण्ड गर्दथ्यो । आफूलाई मानिसले समेत पूजाआजा गरेकोमा ठूलै दम्भ कागको थियो ।
एउटै रूखमा गुँड लगाई बसेको कोइली चरालाई भने आफूले मीठो स्वरमा गाउन सके पनि कुनै दम्भ थिएन । कोइलीले सधैँ वसन्तयाममा मीठो स्वरले गाउनुपर्ने प्राकृतिक नियम थियो । वासन्ती पालुवामा लुकेर कोइली सधैँ कुहु-कुहु गर्दै कराउँदथ्यो ।
शीर्षक के हो ? (मुना २०६६ मंसिर )
Submitted by kbs on Thu, 12/31/2009 - 09:16स्कुल छुट्छ । विद्यार्थीहरू घरतर्फ लाग्छन् । सौरभ र दीपा पनि घर र्फकँदै छन् । स्कुलमा सामुदायिक एकाइ खोलिएको छ । त्यहाँको अध्यक्ष, उपाध्यक्ष पनि यिनीहरू हुन् ।
मानिसहरूको हुलले यौटी अधबँैसे महिलालाई लखेटिरहेको उनीहरू देख्छन् । उनीहरू त्यहाँ गएर विस्तृत विवरण बुझ्छन् । सत्य कुरा थाहा पाउँछन् ।
साँच्चैको हिरो
Submitted by kbs on Thu, 12/31/2009 - 09:14बिहानको नौ बजेको थियो । म नागपोखरीको पार्कमा बसिरहेको थिएँ । त्यति नै बेला मैले दस-एघार वर्षको एकजना केटोलाई देखेँ । ऊ सबैसँग हात फैलाउँदै एक-दुई रुपियाँ मागिरहेको थियो तर कसैले पनि उसको पुकार सुनिरहेको थिएन ।
हात फैलाउँदै केटो मेरो नजिक आइपुग्यो । मैले ट्वाल्ल परेर उसको अनुहारमा हेरिरहेँ । एकछिन त ऊ मसँग डरायो पनि । मैले मुसुक्क हाँसेर उसको हातमा पचास रुपियाँको नोट राखिदिएँ । केटोले मलाई क्वारक्वार्ती हेर्न थाल्यो ।
उपहार
Submitted by kbs on Wed, 12/30/2009 - 14:13ऋतु वसन्तको थियो । लालीगुराँसहरू रातै भएर फुलेकाले नेपालका लेकाली पर्वतहरू पूरै राताम्य भएर रङ्गएिका थिए । पारि हरिया पहाडको छाती चिरेर बगेका सेता झरनाहरू मीठो सङ्गीतको धुनमा रमाउँदै तल कहाँ-कहाँ अनन्त गहिराइमा झरेजस्ता देखिन्थे । पहाडको फेदीमा नीलो पानीमा सेता छालहरू उराल्दै बेतलौरीजस्ता बाङ्गएिर नदीहरू बग्थे । रूखका डालीमा बसेर कोहो कोहो कोइली कराउँथ्यो ।
मान्छे
Submitted by kbs on Wed, 12/30/2009 - 14:09उसले धेरै जनाको मुखबाट धेरै ठाउँमा र धेरैपटक सुनेको छ- मुलुकमा गणतन्त्र आयो, अब त सर्वसाधारण जनताको पनि पहुँच सिंहदरबारमा पुग्यो । अब भने नेपाली जनता साँच्चैका सार्वभौम भएका छन् ।
