मझेरी आकर्षण
लग-इन (भित्र)
बिधा सूची
विज्ञान कथा
प्रतिरुपण : अनभिज्ञता र स्वतन्त्रता
kbs — Sun, 10/16/2011 - 23:41
आकाशमा एक टुक्रा पनि बादलको छनक थिएन । सूर्य आकाशको मध्ये भागमा झलमलाइरहेको थियो । यद्यपि आङ् सिरिङ्ग पार्ने गरी चिसो हावाको लहर अर्को एक पटक फैलिएर चौर पार गर्दै वरिपरिको पैयुँको रूखमा ठोक्कियो । तिनै पैयुँको रूखहरूबिचबाट हावालाई उत्तर दिए झैँ गरी एउटा कोइलीको आवाज आयो । बसन्त ऋतुको आगमन भैसकेको थियो ।
इथिक्सको वैज्ञानिक चमत्कार
Biju Subedi — Sun, 07/17/2011 - 12:27
कुरो सन् ३००१ को हो, पृथ्वीमा जनसँख्या बढेर गरमागरम भयो । खान नपाएर हाहाकार भयो । मान्छेले मान्छेको मासु खान थाले । मान्छेहरु बस्ने ठाउँ थिएन । यतिमा बैज्ञानिक इथिक्सले हार मानेका थिएनन् । उनले साना-साना प्लाष्टिकका प्याकेटका खानेकुरा बनाउँथे । त्यसलाई निल्न लगाउँथे र पाचन भएर आइसकेपछि खानेकुरा प्लाष्टिकको थैला सहित पखाली फेरि खानको लागि प्रयोग गर्न लगाउँथे । यसरी सोही प्याकेट खाना १ महिनाको प्रयोगपछि मात्र खान अयोग्य हुन्थ्यो । त्यसलाई फेरि खान योग्य बनाउन बैज्ञानिक इथिक्सको विशाल प्रयोगशालामा रिचार्ज गर्न लगिन्थ्यो । यसरी खाद्यान्नको अभाव भएको वेला बैज्ञानिक इथिक्सले संसारको पेटका लागि हुने युद्धलाई धैरै हदसम्म साम्य पारेका थिए । बजारमा इथिक्स प्याकेट भनेर सो प्याकेट बिक्रीमा ल्याइएको थियो । इथिक्स प्याकेटले बजारमा हलचलनै ल्याइदियो । सबैलाई यो इथिक्स प्याकेट प्रयोग गर्ने तरिकाबारै सिकाउन गाउँदेखि शहरहरुमा क्लिनिकहरु अति ब्यस्त थिए । जताततै इथिक्स प्रयोगशाला खोलिएका थिए । किराना पसलमा पनि इथिक्स प्याकेटमात्रै विक्थ्यो । यसरी इथिक्स वैज्ञानिकले क्रान्तिनै ल्याइदियो इथिक्स प्याकेटको मार्फत । इथिक्स र इथिक्स प्याकेट भन्नुनै विश्वको सबभन्दा नाम चलेको शब्द थियो त्यत्तिबेला ।
माया नं ६५३
kbs — Sat, 01/17/2009 - 23:37
माया आज अलि उद्विग्न थिई। हिजो अफिसमा काम गरिरहँदा उसले एउटा आदेशपत्र पाएकी थिई। पत्र आएको थियो स्वास्थ्य विभागबाट र त्यसमा उसलाई आदेश थियो कि अब आउने सात दिनसम्म ऊ उत्तेजनाको कुनै काम नगरोस्। र आज त उसलाई अस्पताल गई आफ्ना शरिर जँचाउनु पनि थियो। अनि एक सातासम्म अस्पतालमै बसेर आराम पनि लिनु थियो। अनि मार्च १७ तारिख।
सिको
kbs — Mon, 06/23/2008 - 01:43
"ममी? मेरो ममीलाई के भयो?" यो बालस्वर सुनिनु र उसका आँखा खोल्नु एकै साथ भयो। उसले आफूमाथिको सिलिङ् मा टाँगिएको बत्तीको चहक सहन नसकी आँखा एक पटक आँखा बन्द गरी। अनि नाक र घाँटीको बिचभागबाट बलपूर्वक सास बाहिर फालेर मलिनो आवाज निकाली - "अहँ"। कष्टपूर्वक फेरि आँखा खोली र कौतुहलपूर्वक आँखाका नानीहरु ठुला बनाएर टाउको घुमाउँदै वरपर हेरी। ऊ वरिपरि अग्ला अग्ला दिवारहरुको बिचमा फैलिएको एउटा लाम्चो परेको कोठाको कुनामा ढेपिएको शैय्यामा थिई - एक बिरामी जस्ती लाग्दथी। शैय्यासँग जोडिएको भित्ताको माथिल्लो भागमा घुमिरहेको भेन्टिलेटरको एक तमासको आवाज र बाहिर कोरिडरमा समय-समयमा मान्छेहरु गुन् गुन् बोलेको मधुर स्वरको बिचमा एउटा अपूर्व शान्ति थियो। त्यो शान्ति भङ्ग गर्दै बालिका र एउटा सेतो कोट लगाएको चालीस-पचास देखिने मानिस कुरा गर्दै थिए।
अल्छी र लापर्वाही मानिसहरु
kbs — Mon, 06/23/2008 - 01:42
यो तीस बर्षको बिचमा कति आए, कति गए। विभागका भवनहरु भत्किए, थपिए। प्रत्येक वर्ष अप्रिल महिनामा नयाँ मान्छेहरु हाम्रो अफिसमा भर्ना हुन्छन्। तर ती कुनै पनि धेरै वर्ष टिक्दैनन्। तिनीहरु काम पनि त्यति गर्दैनन्। फिल्डमा जाँदा हामीलाई अर्डर दिन्छन्। काम सफल भए तक्मा र जस कमाउँछन्। असफल भए गाली पनि उनीहरु नै खान्छन्, तर रिस भने हामीमाथि पोख्छन्। हाम्रै कामको आधारमा २-४ वर्षैमा या त बढुवा भएर केन्द्रतिर लाग्छन् या सरुवा भएर अरु अफिसमा पुग्छन्। तर लगातार म र पुष्पक भने यही प्रकोप विभागमै छौं।
!>
महिनाको मझेरी छनौट
सामाजिक सञ्जालमा
लोकप्रिय रचनाहरू
Today's:
- पाणिनि र पणेना
- लाजको लाली
- "रुपकी रानी रुपा" (मनोवाद यौन कथा)
- म एक पात्र हुँ
- मलाई माफ गरिदेऊ
- इन्फोसिसमा प्रचण्डका पाइला
- हजार सपनाहरूको माया लागेर आउँछ
- बिहान
- पिउँदै नपिउने मान्छे
- जुनी काट्नु - एउटा बाजी
- सानै हुरीमा वैशको सपना
- जेठको गर्मीमा एउटी स्त्री
- गरुँ कि मिठो भूल
- हङकङ पोखरा
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- हाम्रो बारेमा
- सडकबासी
- सम्बन्धका दूरी
- शनिबारको दिन बिहानी पख
- नातिनीसँगको संवाद ?
Last viewed:
- पाँच टुक्रे कविता
- शहीदहरुको सम्झनामा
- मेरो धर्ती
- आउ नया बर्ष तिमी
- जननी र जन्मभूमि
- एकताको प्रवचन
- पाणिनि र पणेना
- मुटुको घाऊ दुख्छ घाम डुबेपछि
- युवा तिमी यस्तो बन
- हाम्रो चाहना
- मनोरम स्यङ्जा . . .
- भन तिमी भन्दा म के काम छ
- अन्तिम ईच्छा
- सडक
- बधाई छ निस्ठुरी तिमीलाई
- शीर्षक के हो ?
- कसले गरोस् अनुभूत !
- यतिसम्म प्रीति गरी
- सगरमाथा चुली पनि चुरेजस्तो लाग्छ
- म सहर र बसाइँ

नयाँ प्रतिकृयाहरू
23 hours 29 min ago
2 days 4 hours ago
5 days 17 hours ago
5 days 17 hours ago
5 days 17 hours ago
5 days 19 hours ago
5 days 19 hours ago
5 days 23 hours ago
6 days 22 hours ago
6 days 22 hours ago