मझेरी आकर्षण
लग-इन (भित्र)
बिधा सूची
लघु कथा
प्रभुको जो इच्छा
ks — Sun, 05/13/2012 - 23:48
पुण्यप्रसाद ब्राह्मण सकारी अड्डामा “नास्ता पानी” का नामले परिचित छन् । बिहानै सेतो धोती र कमिजमा खाली खुट्टा पशुपतिनाथको दर्शन गर्न जान्छन् । कपाल मुडुलो, लामो टुप्पी, नाकबाट माथि ललाट सम्म सेतो गोपिचन्दनको धर्कैधर्का भएको टीका लाउछन् । चार पाचवटा रुद्राक्ष र तुलसीका माला पनि लगाएका छन । बोली नै पिच्छे “हरि ओम” र “प्रभुको जो इच्छा” भन्छन् । कार्यालय आउदा कमिज सुरुवाल र चप्पलमा बिर्के टोपी लगाउछन् ।
नतातेको बाटो
ks — Sun, 05/13/2012 - 00:13
पण्डित बाको घरमा अर्को हप्तादेखि पुराण लाग्ने भएकोले छिमेकी दिदी बहिनीहरू गफ चुट्दै पात गाँसिरहेका थिए । गफ गर्ने शिल्शिलामा दाहाल्नी आमैले भनिन् "ए साँच्ची तिमीहरूले आज बिहान पँधेराको गफ सुन्यौ ?"
दाहाल्नी आमैको कुरा नसिधिँदै हत्त पत्त अधिकार्नी बज्यैले भनिन्, "के कुरा हो हामी पनि सुनौ न !"
सहमति
ks — Mon, 05/07/2012 - 12:51
शीर्ष दलका शीर्ष नेताहरूको जमघट । बैठक, सहमति र निर्णयको गोलचक्कर । जति दाम्लो बाटे पनि आखिर पसेउटो एउटै ! अर्थात् सरकार गिराउने र सरकार बनाउने उही चलखेल । भागबण्डाको दन्तबझानमै समय बरबाद । बैठक,बैठक र फेरि बैठक । बैठकभित्र असहमति र अनिर्णयको बिस्कुन । यत्रा बाङ्गाटिङ्गा र घुमाउरा रेखाहरू लेख्न सक्ने यति तीखो पेन्सिल -लेख्न सक्दैन किन एउटा सहमतिको बिन्दु ?
पागलखाना
Biju Subedi — Sun, 04/29/2012 - 02:16
ऊ समाजमा सुधार गर्न चाहन्छ । समाजलाई परिवर्तन गर्न चाहन्छ । भिन्न-भिन्न धर्म मान्नेहरुका बीचको साँस्कृतिक , बैचारिक मतभेदबाट उत्पन्न बैमनस्यतालाई एकताबद्ध गर्न उसले सबै धर्मको निचोड एउटै हो सबै धर्म एकै हो भनेर समाजलाई सम्झाउन खोज्छ । तर समाजले उसलाई उल्टै पागल सावित गर्दछ ।
विकृति
ks — Sat, 04/07/2012 - 23:41
"क" पात्रको साहित्यकार बनेर नाम कमाउने ठूलो अभिलाषा हुन्छ । शहरको सम्पन्नशाली तर प्रतिष्ठित हुन संघर्षरत पात्र । दुई-चार शब्द कोरिहाल्ने तर न त्यसमा रङ्ग हुन्थ्यो न ढ्ङ्ग । रस र बिम्ब कुन चरीको नाउँ हो पत्तै छैन ।
"ख"पात्र ग्रामिण परिवेशको निम्नमध्यम वर्गिय परिवारमा जन्मिएको । अभावले ग्रसित मस्तिष्कमा शब्दहरूको उछालपछार हुने । जसो तसो खर्चले भ्याएसम्म भाषामा स्नातक सकाएको हुन्छ । शहर छिरेर केही गरिहालौं भन्ने सोचले आक्रमित हुन्छ ।
मान्छेको छाउरो
ks — Sun, 04/01/2012 - 12:42
तातोपानी तताएर उसले त्यसलाई नुहाइदिन्छ । जस्तोतस्तो होइन, उच्चस्तरको स्याम्पु लगाएर मलीमली नुहाइदिएर सफा रुमालले पुछिदिन्छ ।
मालिकका पूजारीहरु (लघु कथा)
ks — Wed, 03/28/2012 - 00:10
गएको महिनाको अन्तिम सप्ताहतिर मधेशका भूमिपति, ब्यापारी तथा समाजसेवी गजानन्द तिवारीको घरमा भएको ज्याफ्री नाम गरेको पोथी कुकुरको पाचौ वर्ष प्रवेश गरेको अवसरमा भव्य तरिकाले जन्म दिन मनाईयो । ज्याफ्री भारतका लकडीका नामूद ब्यापारी नवासी लालले गजानन्दकी माहिली श्रीमती अम्बिका देवीलाई तीन वर्ष अगाडि उपहार स्वरुप दिएका थिए । एउटा सानो फूर्लुंगमा राख्दा पनि हुने, यसो खोकिलातिर बोकेर हिडे पनि हुने, बडो मज्जाको कुकुर लाग्छ ज्याफ्री ।
मेरो ऊ
ks — Sun, 03/25/2012 - 23:25
जब नाङ्गा साल सिसौहरूमा बशन्तले पालुवा लाउन थाल्छ। जब रातको अँध्यारोमा जूनकिरीले उज्यालोको रोशनी छर्न थाल्छ। जब फूलबारीबाट बाबरी फूलको बासना पर परसम्म चल्न थाल्छ। तब मेरो ऊ मेरो मसित हिँडिरहे जस्तो लाग्छ। मतिर हासेर बोली रहेजस्तो लाग्छ। मेरो ऊ मसित टोलाई रहेजस्तो लाग्छ।
!>
महिनाको मझेरी छनौट
सामाजिक सञ्जालमा
लोकप्रिय रचनाहरू
Today's:
- पाणिनि र पणेना
- लाजको लाली
- "रुपकी रानी रुपा" (मनोवाद यौन कथा)
- म एक पात्र हुँ
- मलाई माफ गरिदेऊ
- इन्फोसिसमा प्रचण्डका पाइला
- हजार सपनाहरूको माया लागेर आउँछ
- बिहान
- पिउँदै नपिउने मान्छे
- जुनी काट्नु - एउटा बाजी
- सानै हुरीमा वैशको सपना
- जेठको गर्मीमा एउटी स्त्री
- गरुँ कि मिठो भूल
- हङकङ पोखरा
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- हाम्रो बारेमा
- सडकबासी
- सम्बन्धका दूरी
- शनिबारको दिन बिहानी पख
- नातिनीसँगको संवाद ?
Last viewed:
- पाणिनि र पणेना
- गजलः हेर्दा हेर्दै कोपिला ती...
- नयाँ नेपालको खोजी गर्ने कृति : "कालो चायाँ"
- विश्व साहित्ययात्राका आठ दिन
- रस माधुर्य
- जुनी जुनी सातै जुनी तिम्रै हुँ
- यो देश मेरो देश
- तीजको रहर .... !
- आन्दोलित मन
- पाँच टुक्रे कविता
- शहीदहरुको सम्झनामा
- मेरो धर्ती
- आउ नया बर्ष तिमी
- जननी र जन्मभूमि
- एकताको प्रवचन
- मुटुको घाऊ दुख्छ घाम डुबेपछि
- युवा तिमी यस्तो बन
- हाम्रो चाहना
- मनोरम स्यङ्जा . . .
- भन तिमी भन्दा म के काम छ

नयाँ प्रतिकृयाहरू
23 hours 30 min ago
2 days 4 hours ago
5 days 17 hours ago
5 days 17 hours ago
5 days 17 hours ago
5 days 19 hours ago
5 days 19 hours ago
5 days 23 hours ago
6 days 22 hours ago
6 days 22 hours ago