लघु कथा

माग्नेकी आमा

छोराको प्रगतीको कुरा सुन्दा र देख्दा उसकी आमा हर्षले गदगद हुन्थिन । हुन पनि उनको छोरोले राम्रो प्रगती गरेको थियो । आर्थिक उन्नतीको त कुरै नगरौ । शहरमा २ वटा ठूला ठूला घरहरु थिए । एउटामा आफ्नो परिवार बस्थे अर्को घरचाही एउटा विदेशी संस्थालाई भाडामा लगाएको थियो । उसले चढ्ने गाडी उसले भने अनुसार नै अफिसका तर्फबाट विदेशवाट झिकाईएको थियो । उसको बिहेमा उसको ससुराली पक्षले राम्रो दाईजो दिएको कुरा त सबैको सामु जगजाहेर थियो । माथीका हाकिमहरुलाई खुसी पारेर बर्षको दूई तीन पटक त विदेश भ्रमण गरिरहन्थयो । उसकी श्रीमती र छोराछोरीहरुलाई जे चाहियो उ सिधै अफिसकै तर्फवाट मगाउथ्यो या त आफ्नो प्रभावको प्रयोग गरी सस्तो दरमा राम्रा र महंगा सामानहरु उपलव्ध गराउथ्यो । आज उसंग यति सम्पत्ति थियो कि जुन उसको सन्तानलाई अर्को पचास बर्ष कामै नगरे पनि खान पुगथ्यो ।

असहमति

बैठक ठीक १० बजे शुरु भयो। प्रवासी समाजका प्रतिष्ठित भद्र पुरुष तथा महिलाहरूको सहभागिता रहेको त्यस सम्मानित उपस्थितिले प्रवासमा रहेका नेपालीहरूलाई संगठित गर्न एउटा छाता संगठन नभै नहुने कुरामा जोड दिए। यस अपरिहार्य आवश्यकतालाई थाँती नराख्न अनुरोध गरियो। तुरुन्त संस्थाको नाम जुराइयो।

निराशा

पैसाको बजारमा रहर बिक्ने ठाउँ हो यो, मेरा मूल्यहीन रहरहरूको पसल म किन थापुँ ? अब म चाहन्न दानस्वरुप प्राप्त भिक्षा थापेर बाँच्न । किनकि जिन्दगीका हर भोगाइहरूले बाँच्नुका सार्थकता बिसाइदिएको छ । अब मेरो जिन्दगी उजाड भैसकेको छ; डढेलो लागेको वनझैं जहाँ वर्षौंसम्म पनि हरियालीको आशा गर्न सकिंदैन ।

क्षतिपूर्ति

उजेली भक्कानो छोडेर रोई। मुटु पिटीपिटी रोई। सपनाहरू गर्ल्याम्गुर्लुम ढलेर आँफैलाई किचेझैं लाग्यो उसलाई। विवाह भएको तीन महिना बित्न नपाउदै कमाउन गएका श्रीमानको मृत्युको खबर कति हृदय बिदारक भयो होला, त्यो उजेलीलाई मात्र थाहा छ। श्रीमानलाई गर्भवती भएको खबर पनि सुनाउन नपाउदै मृत्युको समाचार पठाउने निर्दयी दैबलाई धारे हात लाएर सरापी। आँसु नसकुन्जेल रोई ऊ| आफन्त, छरछिमेक र गाँउले पनि रोए।

समाजसेवा

ऊ नम्रतामा विश्वाश गर्छ। सबैलाई झुकेर नमस्कार गर्नु उसको बानी हो। समयले भ्याएसम्म र क्षमताले पुगेसम्म मानबिय आपद-बिपदका अबसरमा चन्दा दिन्छ। सकेजति सबैलाई सहयोगको हात बढाउछ। कसैलाई हुन्न र गर्दिन नभन्नु उसको कमजोरी हो। भ्याए र सकेजति गर्छ पनि। मेलमिलाप र सद्भाबमा विश्वाश गर्छ। आफुले सहेर अरुलाई हँसाउनुमा ऊ रमाउँछ।

मान्छे

उसले धेरै जनाको मुखबाट धेरै ठाउँमा र धेरैपटक सुनेको छ- मुलुकमा गणतन्त्र आयो, अब त सर्वसाधारण जनताको पनि पहुँच सिंहदरबारमा पुग्यो । अब भने नेपाली जनता साँच्चैका सार्वभौम भएका छन् ।

रात रहे... !

जागिर खाएको वर्षौं भैसक्यो तर उसको बढुवा भएको छैन । यसबीचमा एक दुई पल्ट बढुवाको लागि पदहरू नखोलिएका पनि हैनन् तर उसले नाम निकाल्न सकेन । अब यसलाई उसको दुर्भाग्य भन्ने हो वा म्यानेजमेन्टले नै नचाहेको, यकीन भन्न गाह्रो छ । ऊ मिहिनेती र इमान्दार छ र पनि ऊ भन्दा कनिष्ठहरूले धमाधम बढुवा खाइसके । प्रभुको लीला ठान्दै उसले आफ्नो पालो पर्खेको छ ।

पुलिस्नी

आज कचहरे चौतारी मा मान्छे को ठुलो जमघट छ ।परापुर्बकाल देखिनै सान। तिना सबै खाले मुद्दा हरुको छल्फल र फैसला हरु यसै चौतारी बाटै गरिदै आएको छ। सयौ मुद्दा मामिला हरु यसै चौतारी बाट पार लागिसकेका छन्।

नेपाल बन्द

जीवन, देशको एक ठूलो पार्टीको सक्रिय कार्यकर्ता । एक अर्थमा भन्नु पर्दा दरै हात । केही दिन अघि नै उसको पार्टीले चरणवद्ध आन्दोलनका कार्यक्रमहरू घोषणा गरिसकेको छ । त्यसै क्रममा सरकारलाई आफ्ना मागहरू पूरा गराउन दबाब दिनको लागि आज उसको पार्टीले बन्दको आयोजना गरेको हो । सरकारको पनि खै ! टायरको तातोले सडक नतताई,भिडन्त र दुइचार तोडफोड नभै कानमा बतासै लाग्दैन । जायज मागहरू पूरा गर्नु त परै जावोस्, सुनिदिने आश्वासनसम्म पनि दिंदैन ।

नियती

सुन्सान चकमन्न raat घरी घरी भ्वा भ्वा कुकुर भुकेको आबाज एक्नासले आइरहन्छ साबन पनि आज १५ खै यस्पालीको असार पनि साज बिहान आकस हेरेर बिताए सबै ले ,गाग्री बाल्टी मा बोकेर राखेको बिउ ब्याडमै ओइलाउन थाल्यो

तिमी, म र समय

जब बसन्त आउछ मुना हरु पलौन थाल्छन कोइली कु कु गर्न थाल्छे अनी मलाई तिम्रो त्यो सुन्दर अनुहार र मिठो स्वोर को याद आउछ|बिस्तारै बसन्त सकिदै र ग्रिस्म सुरु हुन्छ अनी फेरी त्यो चोउतारी मा घन्टौ सम्म तिम्र

जुठे माझी

यो खोलासँग जुठे माझीको बर्षौं पुरानो घनिष्ठ नाता छ। शायद यही खोलाको किनारामा उसले ताते-ताते पाइला चाल्न सिकेको होला | आफ्नो जीवनको आधाभन्दा बढी समय यही खोला ओहोर दोहोर मै बितायो। यस बिचमा जुठेले हजारौ लाखौं यात्रीहरूलाई वारीबाट पारी, पारीबाट वारी तारिसकेको छ |

ओखती

गाउँमा स्वास्थ्यउपचार टोली खटिएको थियो र गाउँलेहरु शिविरमा जम्मा भएर उपचार गराइरहेका थिए ।

त्यस्तैमा पल्लो गाउँमा एक परिवारका सातैजना सिकिस्त बिरामी छन् रे र शिविरसम्म आउन पनि सक्दैनन् रे भन्ने खबर शिविरमा आयो ।

गफाडी शिक्षक

मैले प्रवेशिका दिनेबेलाको कुरा हो। हामी अखिलेश नाम गरेका शिक्षककहाँ ट्युसन पढ्थ्यौँ। पढाइबाहेक कहिलेकाहीँ अनौपचारिक गफ पनि हुन्थ्यो त्यहाँ। अखिलेश सर निकै गफ हाँक्नुहुन्थ्यो। वहाँका कतिपय कुरा त पत्याउन पनि मुस्किल पर्थ्यो। तैपनि हामी चाख मानेर सुन्थ्यौँ।

कुर्सी

उसलाई देखेर कुर्सी खुशी भयो र मरीमरी हाँस्यो ।
“किन हाँसेको ?” उसले सोध्यो ।

खडे सांसद

खडे सांसद झगडे सांसद निकै नै बहादुर हुँ भन्दछ ऊ । उसलाई त न आश नत्रास । यसभन्दा अघि पनि उसलाई मन्त्रीपदमा लान कसैले मानेन । खुबी छैन त्यस व्यक्तिको, त्यति मात्र होइन सोमत पनि छैन । त्यसकारण ऊ जनप्रिय छैन तर पनि पहिल्यैदेखि त्यो त्यता, उता र उताबाट धेरैको सेवा गर्दै आएको मानिस हुँदा यसपटकको सुरिलो संसदमा त्यो पनि मनोनित भएथ्यो क्या ! धेरै हत्ते गरेर, साह्रै अत्तो थापेर काले शाहका कलवारहरूलाई खुशी पारी-पारी खाएकै थियो । अहिले मूर्च्छा पारिएको संसद फेरि बौरिएपछि त खडे संसदको दिन पो भएछ गाँठे ! अब त खडे पनि तगडे नै भयो नि होइन र !

कुकुरदेखि होसियार

आज मलाई आफ्नो पुरानो साथीले खाना खान निमन्त्रणा गरेको छ । धेरै समयपछि भेट भएकोले पनि साथी कहां जाने इच्छा जाग्यो । ऊ मेरो स्कूले साथी मात्र नभएर गाउँले साथीपनि थियो । अन्तराष्ट्रिय गैह्र सरकारी संस्थाको राम्रो नोकरी भएबाट विदेश गई कुस्त कमाएर शहरमै घर बनाएर बसेको छ । त्यसैले नै धेरै समय देखि हाम्रो बीच भेटघाट भएको थिएन ।

सहुलियत कार्ड

हरेक दिन झैँ आज पनि म आफ्नो निश्चित समयमै कार्यालय तर्फ लाग्छु । सदा झैँ गाडी खचाखच नै थियो तर पनि समयमै कार्यालय पुग्नु पर्ने भएकोले खचाखच भरिएकै गाडी चढ्छु,, मसंगै अरु पनि चढ्कै हुन्छन् । भनिहालेनि सबैलाई ढिलै घर निस्केर भएपनि समयमै कार्यालय पुग्ने अभिलाषाले गाडी खचाखच नै भरिएको छ । त्यस गाडी भित्र विद्यालय जाने विद्यार्थी, कार्यालय जाने कर्मचारी अलावा अन्य काम विशेषले हिड्नेको पनि कमी छैन । खलासी भाडा उठाउने क्रमलाई निरन्तर दिइरहेको हुन्छ गाडीमा जति भिड भएपनि ।

प्रभु, मलाई बचाउनु होस्!

घरमा सधैं तनाब हुन्छ। कोलाहल र चिच्याहटमा रात बिताउनु पर्छ। दिनदिनै आमा र बाका बिचमा हुने झै-झगडा, कुटाकुट, लुछाचुडी र भनाभनले मेरो टाउको दुख्छ। बा र आमा बिचमा हुने संबाद सुन्दा र व्यबहार हेर्दा यस्तो लाग्छ कि वहाँहरू दुबै जनालाई अहिल्यै मानसिक अस्पताल लगिहालौं।

आमा बन्न नसक्नुको पीडा

सीमा एक्लै कोठामा झोक्र्याएर बसिरहेकी थिई। अनायस अर्को कोठाको हाँसो र कोलाहलले झस्किइ अनि जुरुक्क उठेर नियाली । उसको लोग्ने छोराछोरीहरूसँग बच्चा झैँ जिस्किएर खेलिरहेका थिए। मानौ ऊ पनि दस, बाह्र बर्षको

Syndicate content