मझेरी डट कम

  • छनौटका रचनाहरू
  • मझेरी भलाकुसारी
  • मझेरी ट्विट
  • फेसबुकमा मझेरी
  • रचना प्रकाशन गर्दा
  • हाम्रो बारेमा
  • प्रतिकृया
Home › कथा

मझेरी आकर्षण

  • नयाँ लेख/रचना पढ्नुहोस्
  • लेखक/विधा/श्रोत सूची
  • साहित्यिक सूचना/समाचार
  • कथा
  • कविता
  • गजल
  • गीत

लग-इन (भित्र)

(If you're a human, don't change the following field)
Your first name.
  • Create new account
  • Request new password

बिधा सूची

  • कथा
  • आधुनिक कथा
  • सामाजिक कथा
  • लघु कथा
  • मनोविश्लेषणात्मक कथा
  • पौराणिक कथा
  • बाल कथा
  • लोक कथा
  • अनुवादित कथा
  • विज्ञान कथा
  • हाँस्य कथा
  • अन्य बिधा (कथा)
  • कविता
  • गद्य कविता
  • छन्द कविता
  • पद्य कविता
  • राष्ट्रिय कविता
  • बाल कविता
  • गीति कविता
  • पौराणिक कविता
  • हाँस्य/व्यंग्य कविता
  • भक्ति कविता
  • अन्य विधा ( कविता)
  • गीत
  • लोकगीत
  • आधुनिक गीत
  • पुराना गीत
  • बाल गीत
  • चलचित्रका गीत
  • स्वदेश गीत
  • पप गीत
  • गजल (गीत)
  • निबन्ध
  • वर्णनात्मक निबन्ध
  • वैयक्तिक निबन्ध
  • विचरात्मक निबन्ध
  • हाँस्य-व्यंग्य
  • संस्मरण
  • नियात्रा
  • भावनात्मक निबन्ध
  • मनोन्यास
  • अन्य विधा (निबन्ध)
  • विश्लेषण/समालोचना
  • सामाजिक समीक्षा
  • भाषा/साहित्य समीक्षा
  • ऐतिहासिक समीक्षा
  • सांस्कृतिक समीक्षा
  • संगीत/कला समीक्षा
  • व्यक्तित्व समीक्षा
  • पुस्तक/कृति समीक्षा
  • साहित्यिक खोजपत्र
  • भौगोलिक समीक्षा
  • शैक्षिक समीक्षा
  • राजनैतिक विश्लेषण
  • आध्यात्मिक विश्लेशण
  • सूचना प्रबिधि समीक्षा
  • वैज्ञानिक समीक्षा
  • अन्य विश्लेषण
  • सूचना/समाचार/बहस
  • सूचना/विज्ञप्ति
  • साहित्यिक समाचार
  • साहित्यिक छलफल
  • साहित्यिक रिपोर्ट
  • नाटक/एकाङ्की
  • नाटक
  • बाल एकाङ्की
  • संवाद
  • अन्य विधा
  • गजल
  • मुक्तक
  • हाइकु
  • सेन्र्यू
  • ताङ्का
  • सेदोका
  • सनेट
  • अन्य
  • बिबिध भाषाका रचना
  • तामाङ् भाषी रचना
  • नेवारी रचना
  • मैथिली रचना
  • लिम्बु भाषी रचना

मनोविश्लेषणात्मक कथा

त्यसको भाले

ks — Tue, 04/03/2012 - 22:12

  • मनोविश्लेषणात्मक कथा
  • गोविन्द बहादुर मल्ल 'गोठाले'
  • शारदा

कसनांचा ज्यापूको सातआठ वर्षको छोरो बिहानीपख झल्लयाँस्स ब्यूँझेछ । ठीक त्यसै बखतमा तल छिँडीबाट 'कुखुरीकाँ' शब्द सुनियो । विसनांचाले कान थापेर सुन्न थाल्यो, भड्भड पखेटाको चाल र फेरि 'कुखुरीकाँ' । उसको मुख आनन्द तथा खुसीले प्रफुल्लित देखिन थाल्यो । मिरमिरे उज्यालो हुन लाग्यो, टाढाटाढाबाट भाले एउटापछि अर्कोले चिच्च्याईचिच्च्याई दिनलाई डाकिरहेका थिए । विसनांचा मुग्ध भएर सुन्न लाग्यो । एकछिनपछि फेरि आफ्नो भालेले भड्भड् गर्दै 'कुखुरीकाँ' गर्यो । अब त्यसलाई बसिसक्नु भएन र जुरमुराउँदै उठेर बस्यो । उसलाई किन हो कुन्नि आफ्नो कुखुराले गाएको तान सारै मीठो लाग्यो, सारै मज्जा लाग्यो ।

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 13
  • 1 comment
  • Read more
  • 2 attachments
Tweet

मेरी उनी

sudarshan paudel — Tue, 01/03/2012 - 01:37

  • मनोविश्लेषणात्मक कथा
  • सुदर्शन पौडेल

धेरै दिनदेखिको इच्छा थियो गुरुकुलमा चलिरहेको नाटक “सुइना कर्नालीका” हेर्न जाने त्यो आज पूरा भएको छ । यो भन्दा अगाडि एकपटक गएको थिएँ “रिमाल नाटक घर” अर्थात् गुरुकुलमा जतिबेला द्वन्द्वका बेलामा एक गरीब परिवारको एकमात्र सन्तान द्वन्द्वमा जकडिएर हराएको र आमा बाबुले उसको फोटो हेरेर दिन काटिरहेको विषयवस्तु रहेको सामाजिक नाटक “पानी फोटो” चलिरहेको थियो ।

हुन त नाटक पौष २५ गतेसम्म चल्नेवाला थियो तर पनि म २० गते नै हतार हतार ठिक्क ४ः३० बजे पुगें किनकी मलाई नाटकको नशा पसिसकेको थियो । त्यसमाथि पनि कर्णाली जस्तो विकट जिल्लाहरुको संयोगले बनेको अञ्चलको भौगोलिक, सांस्कृतिक, तथा आर्थिक पक्षलाई समेटेर निर्माण गरिएको भएकोले मलाई अझ “सुइना कर्नालीका” ले तान्यो ।

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 16
  • 3 comments
  • Read more
Tweet

सिर्सासको लडाँई

neupaneru — Wed, 08/10/2011 - 14:12

  • मनोविश्लेषणात्मक कथा
  • रुमन न्यौपाने

१.
सगुन ! ए..... सऽऽगुन !
“हेर तिम्रो लागी केही लेराएको छु” ।
“सगुन हेर तिम्रो लागी केही लेराएको छु”। मैले फेरी भने उसले नसुनेको हुनाले ।
“तिमी आएको ?” उसले पछाडी र्फकेर मलाई हेरी तर धेरै पछी मलाई देख्दा पनी उसमा कुनै उत्तेजना थिएन ।
हेर तिम्रो लागी के लेराएको छु ? मैले सबै सामान छेउमा फालेर उ तिर दौडीए । उसको नजिक पुगेर उसलाई आफुतिर तानेर उसको कान नजीकै गएर फुसफुसाए म तिमीलाई माया गर्छु । हो म तिमीलाई माया गर्छु । धेरै पछी मैले सगुनलाई आफु छेउमा पाएको थिए । उ अन्यमस्कन भएर त्यहीँ उभीएर मलाई हेरी रहेकी थिई ।

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 9
  • Add new comment
  • Read more
Tweet

........जिउँदो तस्बिर

neupaneru — Wed, 08/10/2011 - 13:48

  • मनोविश्लेषणात्मक कथा
  • रुमन न्यौपाने
  • आफ्नै ब्लगमा

.....सोमबार
क्यानन को यो क्यामेराको यो सायद पहीलो चम्मतकार थियो । मेरो हातमा कीन हो क्यामेरा छुट्टदैन थियो । आफु क्यामेरा साई भए पनी अरुलाई त्यसमा कैद गर्न सदा हतार हुन्थ्यो ।

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 5
  • 2 comments
  • Read more
Tweet

बिहा

kbs — Sat, 07/30/2011 - 22:56

  • मनोविश्लेषणात्मक कथा
  • विश्वेश्वरप्रसाद कोइराला

सुब्बा कटकबहादुरले १४ वर्षकीलाई बिहा गरेर घर लिएर आए ।

भन्नुपर्ने कुरा यति हो, र कटकबहादुरलाई नचिनेका मानिस योभन्दा धेरै कुरा सुन्न पनि चाहँदैनन् । तर मलाई १४ वर्षकी भन्नासाथ केटीको विषयमा जान्ने रहर लाग्छ । सुब्बा कटकबहादुर निश्चय नै छिपिएका होला्; मैले सानो उमेरको सुब्बा देखेको छैन । भरसक यो उनको अर्को बिहा हो; पहिलेकी दुलहीबाट दुई वटा छोरा होलान्, र उसको मृत्यु भएपछि यी १४ वर्षकीलाई बिहा गरेको होला । कटकबहादुरलाई त के छ, विवाहको क्षेत्रमा खग्गू र निपुण भेसकेका मानिसलाई दिनभरि अड्डामा बसी कलम धस्दा र अड्डाका साथीभाइसँग खेल ठट्टा गर्दा सायदनै १४ वर्षकी हरिमतिको ध्यान आउँदो हो । तर हरिमतिको कुरा नै भिन्नै होला ।

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 13
  • 1 comment
  • Read more
Tweet

पवित्रा

kbs — Wed, 07/27/2011 - 21:44

  • मनोविश्लेषणात्मक कथा
  • विश्वेश्वरप्रसाद कोइराला

तिनको नाउँ थियो - पवित्रा । आँखा तानिएका, घाँटी गाँडले विकृत भएको, देब्रे गोडा दाहिनेभन्दा सानो भएकोले हिँड्दा खोच्याएर हिँड्नुपर्ने, ईश्वरको यो राम्रो सृष्टिमा पवित्रा यस्ती एउटी प्राणी थिइन् । तिनलाई बाहुनी भनीकन भात पकाउने ठाउँमा पस्न दिनु हिन्दू धर्मको खिसी गर्नु जस्तो थियो, तर तिनी केशवदेवको भान्छे बाहुनी थिइन् । र पालैसँग तिनकी सुसारे, भाँडा माझ्ने, कूचो लाउने नोकर्नी र भान्छे बाहुनी हुन्थिन् । केशवदेवले तिनलाई बुँइगलमा एउटा कोठा दिएका थिए । एक-दुई चोटि त्यो कोठामा चियाउने मौका पर्दा एउटा गुन्द्री, त्यसमा बिछ्याउने र ओढ्ने दुवै काम चल्ने एउटा ठूलो पाखी र ननिसास्सिऊन् भन्ने उद्देश्यले भित्तामा प्वाल पारी बनाएको हावा जाने दुलोमा एउटा केशवदेवको थोत्रो काँगियो र एउटा मालीमा तेल भएको तिनले देखेका हुन् ।

तिनी एक्लै थिए र कसरी पवित्रा तिनको गृहस्थीको अङ्ग हुन आइन् - उनीले आफैं बिर्सिसके; तर अब तिनको सट्टा अर्की सुग्घर बाहुनी राखूँ भन्ने विचार हुँदा पवित्रामाथि करुणा लाग्थ्यो र केशवदेव तिनलाई निकाल्न सक्तैनथे ।

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 14
  • Add new comment
  • Read more
Tweet

प्रेमले दिन्छ जिउने इच्छा.....

dss — Sat, 07/16/2011 - 15:18

  • मनोविश्लेषणात्मक कथा
  • देव बहादुर घिसिङ्(लामा)

प्रेमले खुसी मात्र हैन, लामो उमेरसमेत दिन्छ । अनुसन्धानपछि यस्तो देखिएको छ कि मायामा धेरै शक्ति हुन्छ । मायाले मानिसभित्र रोगसँग जुध्ने शक्ति उत्पादन गरिदिन्छ । जब कुनै रोगीलाई कसैबाट मायाको अनुभूति हुन्छ भने उसको शरीरमा यस प्रकारको रसायनिक परिवर्तन हुन्छ, जसले गर्दा रोगसँग लड्ने क्षमता वृद्घ िहुन जान्छ ।

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 7
  • Add new comment
  • Read more
  • 1 attachment
Tweet

"रुपकी रानी रुपा" (मनोवाद यौन कथा)

Buddha Chemjong — Sun, 06/27/2010 - 04:07

  • मनोविश्लेषणात्मक कथा
  • बुद्ध चेम्जोंग
  • www.sabdankur.com (Ank 118 )

बिमल कुमार, यस्तै करिब ३५ बर्षको बिबाहित पुरुष हो, ऊ काठमाडौँको एक प्रतिष्ठित कम्पनीमा जागिर खाईरहेको छ | उसको कम्पनीमा पनि ऊ निकै इमान्दार अनि मेहनेती अनि अलि गम्भीर स्वभाबको मान्छे भनेर चिनिएको छ | सधै अफिसमा कामको चपेटा अनि हाकिमको थोर बहुत गालि र अफिस कै साथीहरुले काममा डाहा गरेको देखेर ऊ निराश हुन्छ कहिले कही | एकतिर कामको टेन्सन त्यो माथि संगै काम गर्ने साथीहरुले इर्श्याले गर्दा झन नराम्रो अनुभब गर्छ बिमल कुमारले | उसको श्रीमती घरमा नै बस्छे | यस्तै ऊ भन्दा २ बर्ष कान्छी होलिन् श्रीमान भन्दा,तरुनी उमेरमा निकै राम्री थिइन | तर घरमा नै बसेर होला अहिले अलि निकै मोटी भएकी छिन र तिनी आफ्नो शरीरको त्यति ख्याल गर्दीनन् | एउटा छोरालाइ हेरविचार अनि स्कूल पठाउने अनि घरको सबै कामहरु तिनी सम्हाल्छिन |

बिमल कुमार आज अलि थाकेको महसुस गर्दै ५ बजे तिर घर फर्कियो | घरमा श्रीमती छोरा साझको तरकारी किन्न तल तिरको अलि टाढा पसलमा गएका रहेछन | ऊ खुइय्य गर्दै कोठामा पसेर सोफामा बस्न पुग्छ | कामको बोझले थाकेकोले होला केहि बेर सोफामा शरीर छोडी दिन्छ |

बिमल कुमारको अनुहारमा चमक छ आज, ऊ त्यो पल्लो घरको भाडामा बस्ने भिम नारायणको छोरी रुपासंग न्युरोड तिर हिड्दैछ | रुपा १२ क्लासमा पढ्दै छे, तिनी गोरी अनि निकै राम्री छे साथै पढाईमा पनि ठिक ठिकै छे | रुपा निकै चुलबुले अनि कुनै पनि केटाहरुलाई आकर्षित गर्न सक्ने खाल कि केटी हुन्, तिनको बोल्ने हाउभाउ अनि आँखाको नजर त्यस्तै छ | जो कोहि पनि एक पटक रुपासंग बोल्न हिड्न पाएमा तरंगित हुने गर्छ, मतलब रुपामा यौन आकर्षण छ |
बिमल कुमार र रुपा न्युरोड कै एक रेस्टुराँमा पस्छन, रुपाले मिनी स्कर्ट त्यस माथि अलि पातलो खालको सेतो शर्ट लगाएकी छे, कलेज ड्रेसमा नै छे | घरीघरी बोल्ने हास्ने क्रममा तिनको पुष्ठ नितम्बको आकृति शर्टमा स्पस्ट देखिने गर्छ, यो बेला बिमल कुमार केहि अप्ठ्यारो महसुस गरे जस्तो गरी लुकेर हेर्ने गर्छ | रुपाको मिनी स्कर्ट पनि अलि छोटो भएकोले न्युरोड बाटोमा आउदा देखि नै बिमल कुमारले घरि घरि घुडा माथिको मुलायम तिघ्रा हेर्दै थियो तर धित मरेको थिएन |

बिमल दाई "मलाई के खुवाउने आज?" त्यसै त बिद्यार्थी जीवन, सधै पैसाको खाचो, रुपा आज खुशी छे | त्यही माथि अफिस गर्ने बिमल दाईले रेस्टुराँमा खुवाउन लगे पछि |"अनि के खान्छौ तिमी जे जे मन पर्छ अर्डर गर न" बिमल कुमार रुपालाई आस्वस्त पार्दै भन्छ | ऊ निकै रोमान्चित भएको छ रुपालाई आफ्नो नजिक पाएकोमा | सायद उसको युवा उमेरमा यस्तो अनुभब लिन पाएन होला त्यसैले | हुन पनि त्यो बेला बिमल कुमार पढाई बाहेक अरु कुरा सोच्ने गरेन, भनौ उसको साथी संगी त्यस्ता थिएनन र वातावरण नै बनेन | अर्को कुरा घरमा बुवाको अनुशासित भएर हिडडुल गर्नु भन्ने निकै कडा नियमले गर्दा त्यो सम्भब नै भएन बिमल कुमारको लागि |
रुपाले बफ म:म अनि एउटा कोक अर्डर गरी र बिमलले थुक्पा साथै कोक नै अर्डर गरे |"अनि रुपा तिम्रो पढाई के कस्तो हुदै छ" कुराकानीलाई अगाडी बढाउने क्रममा बिमलले सोध्यो, "के हुनु दाई, यस्तै हो कलेज गयो आयो खोइ किन हो, त्यति पढाईमा मनै जादैन" | हुन पनि त्यो १८ बर्षको टिन एज, काठमाडौँ जस्तो रमझम भएको सहरमा राम्रो कपडा लगाऊ, मिठो खाउ, मोज गरौ भावना हुनु स्वाभाविक थियो रुपालाई | फेरी तिनको घरको स्थिति पनि खासै राम्रो छैन बडो मुस्किलले रुपाको पढाई खर्च धान्दै छ तिनको बुवाले |"हेर! रुपा हामी मानिसले पढ्नु पर्छ, भोलि केहि सुख पाउनलाई दु:ख त हुन्छ नै शुरुमा,आतिनु हुदैन है" भन्दै सम्झाउन खोज्छ |"आ बिमल दाई पनि, म कहा आतिएको छु र ...के गर्नु आफुलाई यहा साथीहरुसंग हिड्न पनि अप्ठ्यारो हुन्छ,साथीहरु हरेक महिना नया लुगा लगाउछन,आफु भने यस्तै हो,भनेको लुगा लगाउन पाए त म राम्ररी पढी हाल्छु नि" | एकै पटकमा त्यो लामो कुरा गरी रुपाले,त्यतिकै बेला कोक ल्याई दिए साहुजीले | बिमल कुमारले ल कोक पिउ है भन्दै, एक चुस्की लगाए उनी आफैले पनि |

रेस्टुराँमा टेबल अनि कुर्सि सागुरो थियो,रुपाले त्यहा कुर्सिमा गोडा अलिकति फाटेर बसेकी थिइन् | अचानक बिमलले रुपाको घुडा माथिको चिल्लो तिघ्रा नियाल्न पुग्यो, उसलाई रोमान्चित बनायो |फेरी हेर्ने मनशाय त थियो तर लुकी लुकी हेर्नु एक त दाईको नाताले अप्ठ्यारो थियो | तापनि छोरा मान्छे न हो त्यसै पुरुष बर्गमा नै पर्यो बिमल कुमार, संसारमा यौनमा कोहि पनि प्राणी अछुतो छैनन् |यहि बीचमा म:म र थुक्पा पनि ल्याई दिए साहुजीले, अझै पुगेन भने फेरी पनि मगाउ है भन्दै बिमल कुमारले खान शुरु गरे |

थुक्पा खादै पनि बिमल कुमार घरिघरि रुपाको बक्षस्थल नियाल्दै थियो | हुन पनि रुपाको नितम्ब निकै ठाडो ठाडो थियो र त्यो लगाएको शर्टमा प्रष्ट देखिन्थ्यो |यो उमेरमा अहिलेका टिन एजका केटीहरु पनि केटाहरु आफुतिर आकर्षित होस् भनेर अलि खुला शर्ट या टाइट टि शर्ट लगाएर हिडेको सबैलाइ सर्बविदित नै छ |यसमा रुपा पनि के कम,राम्री देखिनु अनि केटाहरुले हाइ सेक्सी भनेको मन पर्न थालेको थियो तिनलाई | बाहिर रिसाए जस्तो गरे पनि केटाहरुले सेक्सी भन्दा खेरि,कति केटीहरु भित्र मन मनमा खुशी भएको आभाष पाइन्छ नै | बिमल कुमार पनि के कम, रुपासंग कुनै नजिकको नाता सम्बन्ध थिएन | यदि रुपाले चाहेमा उनीहरु बीच यौन सम्बन्ध हुन पनि कुनै बाधा हुदैनथ्यो |तर ऊ बिबाहित अनि ५ बर्षे छोराको बाउ थियो | आज किन किन ऊ रुपालाई पाएर खुब रमाई रहेको छ |मानौ भर्खर उमेर कि रुपालाई पाएर अर्कै संसारमा बिमल कुमार रोमान्चित भैरहेकोछ, लाग्छ भर्खर माया प्रिती गास्दै छ रुपासंग |

अनि दुवै जनाले म:म अनि थुक्पा खाइसके बिमल कुमारले भन्यो "रुपा आज जय नेपाल हलमा रोमान्टिक हिरो शाहरुख खानको "दिल तो पागल हाइ" चलिरहेको छ, हेर्न जाने हो?" रुपाले यसो टाउको कन्याएर भनिन् " बिमल दाई म संग पैसा नै छैन अनि" |"रुपा तिमी चिन्ता नगर, म तिरी हाल्छु नि" भन्दै बिमलले आफ्नो पैसा कमाएको पुरुषत्व देखायो, ल ल दाईले भने पछि म त तयार छु रुपा फुरुंग भइन् |दुवै जना न्युरोड रेस्टुराँबाट निक्लेर बिमल कुमारको मोटर साइकलमा जय नेपाल सिनेमा हलमा आई पुगे |अनि बाल्कोनीको टिकेट काटेर दुवै जना भित्र पसे, फिलिम शुरु हुन लागेको थियो | रुपा बिमल कुमारको पछि पछि हिड्दै थिइन, अनि दुवै जना सिटमा बसे |

फिलिम शुरु भयो, शाहरुख खान देखे पछि त्यसै त रुपा उसको फ्यान झन खुशी भईन् |हल भित्र अध्यारो थियो घरीघरी पर्दामा फिलिमको लाइटले अलि अलि उज्यालो देखिन्थ्यो हलमा, यस्तैमा रुपा बिमल कुमारसंग कुम जुधाएर बसिन् |आखिर मानिसको मन न हो, माया भन्ने कुरा धेर थोर हुन्छ नै समिपमा भए पछि |बिमल कुमार पनि रुपाको कुममा हात फैलाएर राख्यो, मतलब उसले पनि माया दर्शायो रुपा माथि | रुपा अलि तरंगित भइन्, सायद पुरुषत्वको स्पर्श नै यस्तै हो |
बिस्तारै फिलिम हेर्ने क्रममा बिमल कुमारले रुपाको हात समाते | अनि हातमा छोटो किस गरे, रुपा चुपचाप बसिन् सायद रुपालाई पनि मिठो अनुभूति भयो होला |अब बिमल कुमारको आट आयो, रुपाले केहि नकारात्मक कुरा नगर्ने रहेछ भनेर अनि उसले बिस्तारै रुपालाई त्यही बसेको सिटमा नै अगालोमा बाध्यो | अनि उसले भन्यो " आइ लभ यु रुपा, आइ लभ यु सो मच|"
केरे कसलाई आइ लभ यु हरे.....पागल भयौ कि क्या हो भन्दै बिमल कुमारलाई झकझाकाइन् उसकी श्रीमतीले | बिमल कुमार त्यही सोफामा कुशन सिरानीलाई अँगालो मारेर सपनामा अर्ध निन्द्रामा बर्बाराएका रहेछन्, उसै बेला श्रीमती पसलबाट तरकारी लिएर आई पुगेका रहेछन् | धत्! क्या मिठो सपना भताभुंग भयो, हास्दै बिमल कुमार अफिसको पोशाक फुकाल्न थाले |

लेखक: बुद्ध चेम्जोंग
राजारानी १ धनकुटा
अक्टोबर २००९

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 130
  • 55 comments
  • Read more
Tweet

तिनको नकचरो पोइ (मनोवाद कथा)

Buddha Chemjong — Sat, 05/22/2010 - 12:16

  • मनोविश्लेषणात्मक कथा
  • बुद्ध चेम्जोंग
  • www.sahityghar.com

सबिताको बिबाह भएको ८ महिना जति भएको छ, तिनको श्रीमान दिपक बैदेशिक रोजगारमा अरब दुबई सहरमा काम गर्छन । दिपक निकै मेहनेती अनि चलाक पनि छ, ऊ पहिलो छुट्टीमा आउदा सबितासँग मागी बिहे भएको हो । आमा बुवाले नै केटा हेरेर दिपकलाई छानेका थिए, आखिर दिपक पनि अग्लो ह्यान्डसम अनि आइ. कम. सम्म पढेको केटो थियो । सबिताको दिपकसँग बिहे भए पछि मुस्किलले ३५ दिन सम्म सँगै बसे होलान, के गर्नु दिपक दुबई सहर काममा फर्कनु नै थियो, आखिर घरको आर्थिक भार उसले नै थाम्नु थियो । घरमा ६५ बर्ष काटेको बुवा अनि सधै बिमारी भइरहने आमा बाहेक कोही थिएनन् ।

सबिता निकै खुशी थिइन दिपक देखि, ऊ निकै रोमान्टिक अनि हँसिलो थियो, बिहे भएको पहिलो दिन नै सविताको मन जित्न सफल थियो उसले । ती बिहे पछिका दिनहरू अनि दिपकसँग बिताएका सम्झनाहरू सविताको मनमा ताजै छ । दिपकसँग बिहे भए पनि पढाई जारी राख्नु भन्ने दिपकको सल्लाह अनि सोचले सबितालाई ज्यादै प्रभाब परेको छ । त्यसैले अझ पनि सासू ससुरालाई स्याहार्दै पनि सबिता बि.कम. पढिरहेकी छे, घरमा कुनै अप्ठयारो छैन, सासू ससुरा पनि बुहारी सबितालाई आफ्नो छोरी झैँ माया गर्छन ।

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 6
  • 14 comments
  • Read more
Tweet

यो मेरो मातृभूमि

anilkhatiwada — Wed, 02/17/2010 - 02:10

  • मनोविश्लेषणात्मक कथा
  • प्रेमचन्द
  • http://www.samakalinsahitya.com/

आज पूरा साठी वर्षपछि मलाई मेरो प्यारो मातृभूमिको दर्शन प्राप्त भयो। जतिबेला म आफ्नो प्यारो देशबाट विदा भएको थिएँ र मलाई भाग्यले पश्चिमतर्फ डोर्याएर लिएर गएको थियो। त्यतिबेला म लक्का जवान थिएँ। मेरा नशा नशाहरूमा नविन रक्त संचार भइरहेको थियो। हृदय उमंग र उल्लासले भरिएको थियो। मलाई आफ्नो प्यारो भारत वर्षबाट कुनै अत्याचारीको अत्याचारले वा अन्यायको बलसाली हातले विछोड गराएको थिएन।

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 4
  • 2 comments
  • Read more
Tweet
  • 1
  • 2
  • next ›
  • last »

Syndicate content

महिनाको मझेरी छनौट

  • गोविन्द बहादुर मल्ल 'गोठाले'
  • भीम बिराग
  • प्रेम ओली
  • बिबेक दुलाल क्षेत्री
  • भावना सुब्बा

सामाजिक सञ्जालमा

Follow @Majheri

नयाँ प्रतिकृयाहरू

  • dherai ramro gajal chha
    23 hours 31 min ago
  • Nice
    2 days 4 hours ago
  • a sound poem!
    5 days 17 hours ago
  • अर्को एउटा वजनदार शब्द -
    5 days 17 hours ago
  • यो ऐना रहेछ, यहि मृत समाजका
    5 days 17 hours ago
  • साहित्यिक यात्रामा फूल र काँडाहरू
    5 days 19 hours ago
  • ramro
    5 days 19 hours ago
  • Nice !
    5 days 23 hours ago
  • तीता पलका बारेमा
    6 days 22 hours ago
  • तपाईको गजल राम्रो लाग्यो
    6 days 22 hours ago

उपयोगी पृष्ठहरू

  • समकालीन नेपाली शब्दकोश
  • प्रीति-युनिकोड रुपान्तरण
  • नेपाली टाइपिङ् (एक्स् नेपाली)
  • नेपाल साप्ताहिक
  • मधुपर्क/मुना

लोकप्रिय रचनाहरू

Today's:

  • पाणिनि र पणेना
  • लाजको लाली
  • "रुपकी रानी रुपा" (मनोवाद यौन कथा)
  • म एक पात्र हुँ
  • मलाई माफ गरिदेऊ
  • इन्फोसिसमा प्रचण्डका पाइला
  • हजार सपनाहरूको माया लागेर आउँछ
  • बिहान
  • पिउँदै नपिउने मान्छे
  • जुनी काट्नु - एउटा बाजी
  • सानै हुरीमा वैशको सपना
  • जेठको गर्मीमा एउटी स्त्री
  • गरुँ कि मिठो भूल
  • हङकङ पोखरा
  • मझेरीमा लेख रचना प्रकाशन गर्दा..
  • हाम्रो बारेमा
  • सडकबासी
  • सम्बन्धका दूरी
  • शनिबारको दिन बिहानी पख
  • नातिनीसँगको संवाद ?

Last viewed:

  • मार्मिक निबन्धसङ्ग्रह
  • पाणिनि र पणेना
  • सोल्टिनी (गजल)
  • सोह्रै सिंगार
  • असफल चित्रकार सफल साहित्यकार
  • बा र बादशाह
  • कस्तो रहेछ त सहर था भो
  • मेरो देश
  • दु:खै दु:खको आँधीले चुटे पनि
  • मन्त्रीको भेटमा
  • नजरको तीर हान्दै
  • लोकतन्त्रको पीडा
  • ‘एक झुल्को घाम अर्लेर सडकमा’ कवितासङ्ह विमोचन
  • मलाई हेरिदेऊ न साइँली
  • गजलः हेर्दा हेर्दै कोपिला ती...
  • नयाँ नेपालको खोजी गर्ने कृति : "कालो चायाँ"
  • विश्व साहित्ययात्राका आठ दिन
  • रस माधुर्य
  • जुनी जुनी सातै जुनी तिम्रै हुँ
  • यो देश मेरो देश
  • छनौटका रचनाहरू
  • मझेरी भलाकुसारी
  • मझेरी ट्विट
  • फेसबुकमा मझेरी
  • रचना प्रकाशन गर्दा
  • हाम्रो बारेमा
  • प्रतिकृया

© २००८-२०११ सर्वाधिकार मझेरी डट कममा सुरक्षित