मझेरी डट कम

  • छनौटका रचनाहरू
  • मझेरी भलाकुसारी
  • मझेरी ट्विट
  • फेसबुकमा मझेरी
  • रचना प्रकाशन गर्दा
  • हाम्रो बारेमा
  • प्रतिकृया
Home › कथा

मझेरी आकर्षण

  • नयाँ लेख/रचना पढ्नुहोस्
  • लेखक/विधा/श्रोत सूची
  • साहित्यिक सूचना/समाचार
  • कथा
  • कविता
  • गजल
  • गीत

लग-इन (भित्र)

(If you're a human, don't change the following field)
Your first name.
  • Create new account
  • Request new password

बिधा सूची

कथा
(1076)
आधुनिक कथा
(325)
सामाजिक कथा
(298)
लघु कथा
(275)
मनोविश्लेषणात्मक कथा
(13)
पौराणिक कथा
(10)
बाल कथा
(113)
लोक कथा
(13)
अनुवादित कथा
(5)
विज्ञान कथा
(5)
हाँस्य कथा
(8)
अन्य बिधा (कथा)
(8)
कविता
(3112)
गद्य कविता
(1656)
छन्द कविता
(94)
पद्य कविता
(179)
राष्ट्रिय कविता
(94)
बाल कविता
(75)
गीति कविता
(721)
पौराणिक कविता
(5)
हाँस्य/व्यंग्य कविता
(48)
भक्ति कविता
(5)
अन्य विधा ( कविता)
(22)
गीत
(638)
लोकगीत
(36)
आधुनिक गीत
(315)
पुराना गीत
(32)
बाल गीत
(4)
चलचित्रका गीत
(60)
स्वदेश गीत
(37)
पप गीत
(9)
गजल (गीत)
(90)
निबन्ध
(683)
वर्णनात्मक निबन्ध
(44)
वैयक्तिक निबन्ध
(51)
विचरात्मक निबन्ध
(33)
हाँस्य-व्यंग्य
(113)
संस्मरण
(190)
नियात्रा
(127)
भावनात्मक निबन्ध
(78)
मनोन्यास
(36)
अन्य विधा (निबन्ध)
(8)
विश्लेषण/समालोचना
(943)
सामाजिक समीक्षा
(37)
भाषा/साहित्य समीक्षा
(171)
ऐतिहासिक समीक्षा
(27)
सांस्कृतिक समीक्षा
(122)
संगीत/कला समीक्षा
(42)
व्यक्तित्व समीक्षा
(223)
पुस्तक/कृति समीक्षा
(226)
साहित्यिक खोजपत्र
(15)
भौगोलिक समीक्षा
(15)
शैक्षिक समीक्षा
(1)
राजनैतिक विश्लेषण
(23)
आध्यात्मिक विश्लेशण
(16)
सूचना प्रबिधि समीक्षा
(4)
वैज्ञानिक समीक्षा
(5)
अन्य विश्लेषण
(8)
सूचना/समाचार/बहस
(92)
सूचना/विज्ञप्ति
(6)
साहित्यिक समाचार
(69)
साहित्यिक छलफल
(8)
साहित्यिक रिपोर्ट
(8)
नाटक/एकाङ्की
(37)
नाटक
(18)
बाल एकाङ्की
(9)
संवाद
(10)
अन्य विधा
(2270)
गजल
(1991)
मुक्तक
(152)
हाइकु
(103)
सेन्र्यू
(5)
ताङ्का
(4)
सेदोका
(2)
सनेट
(2)
अन्य
(6)
बिबिध भाषाका रचना
(34)
तामाङ् भाषी रचना
(28)
नेवारी रचना
(2)
मैथिली रचना
(2)
लिम्बु भाषी रचना
(2)

मनोविश्लेषणात्मक कथा

मेरी उनी

sudarshan paudel — Tue, 01/03/2012 - 01:37

  • मनोविश्लेषणात्मक कथा
  • सुदर्शन पौडेल

धेरै दिनदेखिको इच्छा थियो गुरुकुलमा चलिरहेको नाटक “सुइना कर्नालीका” हेर्न जाने त्यो आज पूरा भएको छ । यो भन्दा अगाडि एकपटक गएको थिएँ “रिमाल नाटक घर” अर्थात् गुरुकुलमा जतिबेला द्वन्द्वका बेलामा एक गरीब परिवारको एकमात्र सन्तान द्वन्द्वमा जकडिएर हराएको र आमा बाबुले उसको फोटो हेरेर दिन काटिरहेको विषयवस्तु रहेको सामाजिक नाटक “पानी फोटो” चलिरहेको थियो ।

हुन त नाटक पौष २५ गतेसम्म चल्नेवाला थियो तर पनि म २० गते नै हतार हतार ठिक्क ४ः३० बजे पुगें किनकी मलाई नाटकको नशा पसिसकेको थियो । त्यसमाथि पनि कर्णाली जस्तो विकट जिल्लाहरुको संयोगले बनेको अञ्चलको भौगोलिक, सांस्कृतिक, तथा आर्थिक पक्षलाई समेटेर निर्माण गरिएको भएकोले मलाई अझ “सुइना कर्नालीका” ले तान्यो ।

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 15
  • 3 comments
  • Read more
Tweet

सिर्सासको लडाँई

neupaneru — Wed, 08/10/2011 - 14:12

  • मनोविश्लेषणात्मक कथा
  • रुमन न्यौपाने

१.
सगुन ! ए..... सऽऽगुन !
“हेर तिम्रो लागी केही लेराएको छु” ।
“सगुन हेर तिम्रो लागी केही लेराएको छु”। मैले फेरी भने उसले नसुनेको हुनाले ।
“तिमी आएको ?” उसले पछाडी र्फकेर मलाई हेरी तर धेरै पछी मलाई देख्दा पनी उसमा कुनै उत्तेजना थिएन ।
हेर तिम्रो लागी के लेराएको छु ? मैले सबै सामान छेउमा फालेर उ तिर दौडीए । उसको नजिक पुगेर उसलाई आफुतिर तानेर उसको कान नजीकै गएर फुसफुसाए म तिमीलाई माया गर्छु । हो म तिमीलाई माया गर्छु । धेरै पछी मैले सगुनलाई आफु छेउमा पाएको थिए । उ अन्यमस्कन भएर त्यहीँ उभीएर मलाई हेरी रहेकी थिई ।

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 7
  • Add new comment
  • Read more
Tweet

........जिउँदो तस्बिर

neupaneru — Wed, 08/10/2011 - 13:48

  • मनोविश्लेषणात्मक कथा
  • रुमन न्यौपाने
  • आफ्नै ब्लगमा

.....सोमबार
क्यानन को यो क्यामेराको यो सायद पहीलो चम्मतकार थियो । मेरो हातमा कीन हो क्यामेरा छुट्टदैन थियो । आफु क्यामेरा साई भए पनी अरुलाई त्यसमा कैद गर्न सदा हतार हुन्थ्यो ।

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 4
  • 2 comments
  • Read more
Tweet

बिहा

kbs — Sat, 07/30/2011 - 22:56

  • मनोविश्लेषणात्मक कथा
  • विश्वेश्वरप्रसाद कोइराला

सुब्बा कटकबहादुरले १४ वर्षकीलाई बिहा गरेर घर लिएर आए ।

भन्नुपर्ने कुरा यति हो, र कटकबहादुरलाई नचिनेका मानिस योभन्दा धेरै कुरा सुन्न पनि चाहँदैनन् । तर मलाई १४ वर्षकी भन्नासाथ केटीको विषयमा जान्ने रहर लाग्छ । सुब्बा कटकबहादुर निश्चय नै छिपिएका होला्; मैले सानो उमेरको सुब्बा देखेको छैन । भरसक यो उनको अर्को बिहा हो; पहिलेकी दुलहीबाट दुई वटा छोरा होलान्, र उसको मृत्यु भएपछि यी १४ वर्षकीलाई बिहा गरेको होला । कटकबहादुरलाई त के छ, विवाहको क्षेत्रमा खग्गू र निपुण भेसकेका मानिसलाई दिनभरि अड्डामा बसी कलम धस्दा र अड्डाका साथीभाइसँग खेल ठट्टा गर्दा सायदनै १४ वर्षकी हरिमतिको ध्यान आउँदो हो । तर हरिमतिको कुरा नै भिन्नै होला ।

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 12
  • 1 comment
  • Read more
Tweet

पवित्रा

kbs — Wed, 07/27/2011 - 21:44

  • मनोविश्लेषणात्मक कथा
  • विश्वेश्वरप्रसाद कोइराला

तिनको नाउँ थियो - पवित्रा । आँखा तानिएका, घाँटी गाँडले विकृत भएको, देब्रे गोडा दाहिनेभन्दा सानो भएकोले हिँड्दा खोच्याएर हिँड्नुपर्ने, ईश्वरको यो राम्रो सृष्टिमा पवित्रा यस्ती एउटी प्राणी थिइन् । तिनलाई बाहुनी भनीकन भात पकाउने ठाउँमा पस्न दिनु हिन्दू धर्मको खिसी गर्नु जस्तो थियो, तर तिनी केशवदेवको भान्छे बाहुनी थिइन् । र पालैसँग तिनकी सुसारे, भाँडा माझ्ने, कूचो लाउने नोकर्नी र भान्छे बाहुनी हुन्थिन् । केशवदेवले तिनलाई बुँइगलमा एउटा कोठा दिएका थिए । एक-दुई चोटि त्यो कोठामा चियाउने मौका पर्दा एउटा गुन्द्री, त्यसमा बिछ्याउने र ओढ्ने दुवै काम चल्ने एउटा ठूलो पाखी र ननिसास्सिऊन् भन्ने उद्देश्यले भित्तामा प्वाल पारी बनाएको हावा जाने दुलोमा एउटा केशवदेवको थोत्रो काँगियो र एउटा मालीमा तेल भएको तिनले देखेका हुन् ।

तिनी एक्लै थिए र कसरी पवित्रा तिनको गृहस्थीको अङ्ग हुन आइन् - उनीले आफैं बिर्सिसके; तर अब तिनको सट्टा अर्की सुग्घर बाहुनी राखूँ भन्ने विचार हुँदा पवित्रामाथि करुणा लाग्थ्यो र केशवदेव तिनलाई निकाल्न सक्तैनथे ।

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 12
  • Add new comment
  • Read more
Tweet

प्रेमले दिन्छ जिउने इच्छा.....

dss — Sat, 07/16/2011 - 15:18

  • मनोविश्लेषणात्मक कथा
  • देव बहादुर घिसिङ्(लामा)

प्रेमले खुसी मात्र हैन, लामो उमेरसमेत दिन्छ । अनुसन्धानपछि यस्तो देखिएको छ कि मायामा धेरै शक्ति हुन्छ । मायाले मानिसभित्र रोगसँग जुध्ने शक्ति उत्पादन गरिदिन्छ । जब कुनै रोगीलाई कसैबाट मायाको अनुभूति हुन्छ भने उसको शरीरमा यस प्रकारको रसायनिक परिवर्तन हुन्छ, जसले गर्दा रोगसँग लड्ने क्षमता वृद्घ िहुन जान्छ ।

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 5
  • Add new comment
  • Read more
  • 1 attachment
Tweet

"रुपकी रानी रुपा" (मनोवाद यौन कथा)

Buddha Chemjong — Sun, 06/27/2010 - 04:07

  • मनोविश्लेषणात्मक कथा
  • बुद्ध चेम्जोंग
  • www.sabdankur.com (Ank 118 )

बिमल कुमार, यस्तै करिब ३५ बर्षको बिबाहित पुरुष हो, ऊ काठमाडौँको एक प्रतिष्ठित कम्पनीमा जागिर खाईरहेको छ | उसको कम्पनीमा पनि ऊ निकै इमान्दार अनि मेहनेती अनि अलि गम्भीर स्वभाबको मान्छे भनेर चिनिएको छ | सधै अफिसमा कामको चपेटा अनि हाकिमको थोर बहुत गालि र अफिस कै साथीहरुले काममा डाहा गरेको देखेर ऊ निराश हुन्छ कहिले कही | एकतिर कामको टेन्सन त्यो माथि संगै काम गर्ने साथीहरुले इर्श्याले गर्दा झन नराम्रो अनुभब गर्छ बिमल कुमारले | उसको श्रीमती घरमा नै बस्छे | यस्तै ऊ भन्दा २ बर्ष कान्छी होलिन् श्रीमान भन्दा,तरुनी उमेरमा निकै राम्री थिइन | तर घरमा नै बसेर होला अहिले अलि निकै मोटी भएकी छिन र तिनी आफ्नो शरीरको त्यति ख्याल गर्दीनन् | एउटा छोरालाइ हेरविचार अनि स्कूल पठाउने अनि घरको सबै कामहरु तिनी सम्हाल्छिन |

बिमल कुमार आज अलि थाकेको महसुस गर्दै ५ बजे तिर घर फर्कियो | घरमा श्रीमती छोरा साझको तरकारी किन्न तल तिरको अलि टाढा पसलमा गएका रहेछन | ऊ खुइय्य गर्दै कोठामा पसेर सोफामा बस्न पुग्छ | कामको बोझले थाकेकोले होला केहि बेर सोफामा शरीर छोडी दिन्छ |

बिमल कुमारको अनुहारमा चमक छ आज, ऊ त्यो पल्लो घरको भाडामा बस्ने भिम नारायणको छोरी रुपासंग न्युरोड तिर हिड्दैछ | रुपा १२ क्लासमा पढ्दै छे, तिनी गोरी अनि निकै राम्री छे साथै पढाईमा पनि ठिक ठिकै छे | रुपा निकै चुलबुले अनि कुनै पनि केटाहरुलाई आकर्षित गर्न सक्ने खाल कि केटी हुन्, तिनको बोल्ने हाउभाउ अनि आँखाको नजर त्यस्तै छ | जो कोहि पनि एक पटक रुपासंग बोल्न हिड्न पाएमा तरंगित हुने गर्छ, मतलब रुपामा यौन आकर्षण छ |
बिमल कुमार र रुपा न्युरोड कै एक रेस्टुराँमा पस्छन, रुपाले मिनी स्कर्ट त्यस माथि अलि पातलो खालको सेतो शर्ट लगाएकी छे, कलेज ड्रेसमा नै छे | घरीघरी बोल्ने हास्ने क्रममा तिनको पुष्ठ नितम्बको आकृति शर्टमा स्पस्ट देखिने गर्छ, यो बेला बिमल कुमार केहि अप्ठ्यारो महसुस गरे जस्तो गरी लुकेर हेर्ने गर्छ | रुपाको मिनी स्कर्ट पनि अलि छोटो भएकोले न्युरोड बाटोमा आउदा देखि नै बिमल कुमारले घरि घरि घुडा माथिको मुलायम तिघ्रा हेर्दै थियो तर धित मरेको थिएन |

बिमल दाई "मलाई के खुवाउने आज?" त्यसै त बिद्यार्थी जीवन, सधै पैसाको खाचो, रुपा आज खुशी छे | त्यही माथि अफिस गर्ने बिमल दाईले रेस्टुराँमा खुवाउन लगे पछि |"अनि के खान्छौ तिमी जे जे मन पर्छ अर्डर गर न" बिमल कुमार रुपालाई आस्वस्त पार्दै भन्छ | ऊ निकै रोमान्चित भएको छ रुपालाई आफ्नो नजिक पाएकोमा | सायद उसको युवा उमेरमा यस्तो अनुभब लिन पाएन होला त्यसैले | हुन पनि त्यो बेला बिमल कुमार पढाई बाहेक अरु कुरा सोच्ने गरेन, भनौ उसको साथी संगी त्यस्ता थिएनन र वातावरण नै बनेन | अर्को कुरा घरमा बुवाको अनुशासित भएर हिडडुल गर्नु भन्ने निकै कडा नियमले गर्दा त्यो सम्भब नै भएन बिमल कुमारको लागि |
रुपाले बफ म:म अनि एउटा कोक अर्डर गरी र बिमलले थुक्पा साथै कोक नै अर्डर गरे |"अनि रुपा तिम्रो पढाई के कस्तो हुदै छ" कुराकानीलाई अगाडी बढाउने क्रममा बिमलले सोध्यो, "के हुनु दाई, यस्तै हो कलेज गयो आयो खोइ किन हो, त्यति पढाईमा मनै जादैन" | हुन पनि त्यो १८ बर्षको टिन एज, काठमाडौँ जस्तो रमझम भएको सहरमा राम्रो कपडा लगाऊ, मिठो खाउ, मोज गरौ भावना हुनु स्वाभाविक थियो रुपालाई | फेरी तिनको घरको स्थिति पनि खासै राम्रो छैन बडो मुस्किलले रुपाको पढाई खर्च धान्दै छ तिनको बुवाले |"हेर! रुपा हामी मानिसले पढ्नु पर्छ, भोलि केहि सुख पाउनलाई दु:ख त हुन्छ नै शुरुमा,आतिनु हुदैन है" भन्दै सम्झाउन खोज्छ |"आ बिमल दाई पनि, म कहा आतिएको छु र ...के गर्नु आफुलाई यहा साथीहरुसंग हिड्न पनि अप्ठ्यारो हुन्छ,साथीहरु हरेक महिना नया लुगा लगाउछन,आफु भने यस्तै हो,भनेको लुगा लगाउन पाए त म राम्ररी पढी हाल्छु नि" | एकै पटकमा त्यो लामो कुरा गरी रुपाले,त्यतिकै बेला कोक ल्याई दिए साहुजीले | बिमल कुमारले ल कोक पिउ है भन्दै, एक चुस्की लगाए उनी आफैले पनि |

रेस्टुराँमा टेबल अनि कुर्सि सागुरो थियो,रुपाले त्यहा कुर्सिमा गोडा अलिकति फाटेर बसेकी थिइन् | अचानक बिमलले रुपाको घुडा माथिको चिल्लो तिघ्रा नियाल्न पुग्यो, उसलाई रोमान्चित बनायो |फेरी हेर्ने मनशाय त थियो तर लुकी लुकी हेर्नु एक त दाईको नाताले अप्ठ्यारो थियो | तापनि छोरा मान्छे न हो त्यसै पुरुष बर्गमा नै पर्यो बिमल कुमार, संसारमा यौनमा कोहि पनि प्राणी अछुतो छैनन् |यहि बीचमा म:म र थुक्पा पनि ल्याई दिए साहुजीले, अझै पुगेन भने फेरी पनि मगाउ है भन्दै बिमल कुमारले खान शुरु गरे |

थुक्पा खादै पनि बिमल कुमार घरिघरि रुपाको बक्षस्थल नियाल्दै थियो | हुन पनि रुपाको नितम्ब निकै ठाडो ठाडो थियो र त्यो लगाएको शर्टमा प्रष्ट देखिन्थ्यो |यो उमेरमा अहिलेका टिन एजका केटीहरु पनि केटाहरु आफुतिर आकर्षित होस् भनेर अलि खुला शर्ट या टाइट टि शर्ट लगाएर हिडेको सबैलाइ सर्बविदित नै छ |यसमा रुपा पनि के कम,राम्री देखिनु अनि केटाहरुले हाइ सेक्सी भनेको मन पर्न थालेको थियो तिनलाई | बाहिर रिसाए जस्तो गरे पनि केटाहरुले सेक्सी भन्दा खेरि,कति केटीहरु भित्र मन मनमा खुशी भएको आभाष पाइन्छ नै | बिमल कुमार पनि के कम, रुपासंग कुनै नजिकको नाता सम्बन्ध थिएन | यदि रुपाले चाहेमा उनीहरु बीच यौन सम्बन्ध हुन पनि कुनै बाधा हुदैनथ्यो |तर ऊ बिबाहित अनि ५ बर्षे छोराको बाउ थियो | आज किन किन ऊ रुपालाई पाएर खुब रमाई रहेको छ |मानौ भर्खर उमेर कि रुपालाई पाएर अर्कै संसारमा बिमल कुमार रोमान्चित भैरहेकोछ, लाग्छ भर्खर माया प्रिती गास्दै छ रुपासंग |

अनि दुवै जनाले म:म अनि थुक्पा खाइसके बिमल कुमारले भन्यो "रुपा आज जय नेपाल हलमा रोमान्टिक हिरो शाहरुख खानको "दिल तो पागल हाइ" चलिरहेको छ, हेर्न जाने हो?" रुपाले यसो टाउको कन्याएर भनिन् " बिमल दाई म संग पैसा नै छैन अनि" |"रुपा तिमी चिन्ता नगर, म तिरी हाल्छु नि" भन्दै बिमलले आफ्नो पैसा कमाएको पुरुषत्व देखायो, ल ल दाईले भने पछि म त तयार छु रुपा फुरुंग भइन् |दुवै जना न्युरोड रेस्टुराँबाट निक्लेर बिमल कुमारको मोटर साइकलमा जय नेपाल सिनेमा हलमा आई पुगे |अनि बाल्कोनीको टिकेट काटेर दुवै जना भित्र पसे, फिलिम शुरु हुन लागेको थियो | रुपा बिमल कुमारको पछि पछि हिड्दै थिइन, अनि दुवै जना सिटमा बसे |

फिलिम शुरु भयो, शाहरुख खान देखे पछि त्यसै त रुपा उसको फ्यान झन खुशी भईन् |हल भित्र अध्यारो थियो घरीघरी पर्दामा फिलिमको लाइटले अलि अलि उज्यालो देखिन्थ्यो हलमा, यस्तैमा रुपा बिमल कुमारसंग कुम जुधाएर बसिन् |आखिर मानिसको मन न हो, माया भन्ने कुरा धेर थोर हुन्छ नै समिपमा भए पछि |बिमल कुमार पनि रुपाको कुममा हात फैलाएर राख्यो, मतलब उसले पनि माया दर्शायो रुपा माथि | रुपा अलि तरंगित भइन्, सायद पुरुषत्वको स्पर्श नै यस्तै हो |
बिस्तारै फिलिम हेर्ने क्रममा बिमल कुमारले रुपाको हात समाते | अनि हातमा छोटो किस गरे, रुपा चुपचाप बसिन् सायद रुपालाई पनि मिठो अनुभूति भयो होला |अब बिमल कुमारको आट आयो, रुपाले केहि नकारात्मक कुरा नगर्ने रहेछ भनेर अनि उसले बिस्तारै रुपालाई त्यही बसेको सिटमा नै अगालोमा बाध्यो | अनि उसले भन्यो " आइ लभ यु रुपा, आइ लभ यु सो मच|"
केरे कसलाई आइ लभ यु हरे.....पागल भयौ कि क्या हो भन्दै बिमल कुमारलाई झकझाकाइन् उसकी श्रीमतीले | बिमल कुमार त्यही सोफामा कुशन सिरानीलाई अँगालो मारेर सपनामा अर्ध निन्द्रामा बर्बाराएका रहेछन्, उसै बेला श्रीमती पसलबाट तरकारी लिएर आई पुगेका रहेछन् | धत्! क्या मिठो सपना भताभुंग भयो, हास्दै बिमल कुमार अफिसको पोशाक फुकाल्न थाले |

लेखक: बुद्ध चेम्जोंग
राजारानी १ धनकुटा
अक्टोबर २००९

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 114
  • 55 comments
  • Read more
Tweet

तिनको नकचरो पोइ (मनोवाद कथा)

Buddha Chemjong — Sat, 05/22/2010 - 12:16

  • मनोविश्लेषणात्मक कथा
  • बुद्ध चेम्जोंग
  • www.sahityghar.com

सबिताको बिबाह भएको ८ महिना जति भएको छ, तिनको श्रीमान दिपक बैदेशिक रोजगारमा अरब दुबई सहरमा काम गर्छन । दिपक निकै मेहनेती अनि चलाक पनि छ, ऊ पहिलो छुट्टीमा आउदा सबितासँग मागी बिहे भएको हो । आमा बुवाले नै केटा हेरेर दिपकलाई छानेका थिए, आखिर दिपक पनि अग्लो ह्यान्डसम अनि आइ. कम. सम्म पढेको केटो थियो । सबिताको दिपकसँग बिहे भए पछि मुस्किलले ३५ दिन सम्म सँगै बसे होलान, के गर्नु दिपक दुबई सहर काममा फर्कनु नै थियो, आखिर घरको आर्थिक भार उसले नै थाम्नु थियो । घरमा ६५ बर्ष काटेको बुवा अनि सधै बिमारी भइरहने आमा बाहेक कोही थिएनन् ।

सबिता निकै खुशी थिइन दिपक देखि, ऊ निकै रोमान्टिक अनि हँसिलो थियो, बिहे भएको पहिलो दिन नै सविताको मन जित्न सफल थियो उसले । ती बिहे पछिका दिनहरू अनि दिपकसँग बिताएका सम्झनाहरू सविताको मनमा ताजै छ । दिपकसँग बिहे भए पनि पढाई जारी राख्नु भन्ने दिपकको सल्लाह अनि सोचले सबितालाई ज्यादै प्रभाब परेको छ । त्यसैले अझ पनि सासू ससुरालाई स्याहार्दै पनि सबिता बि.कम. पढिरहेकी छे, घरमा कुनै अप्ठयारो छैन, सासू ससुरा पनि बुहारी सबितालाई आफ्नो छोरी झैँ माया गर्छन ।

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 5
  • 14 comments
  • Read more
Tweet

यो मेरो मातृभूमि

anilkhatiwada — Wed, 02/17/2010 - 02:10

  • मनोविश्लेषणात्मक कथा
  • प्रेमचन्द
  • http://www.samakalinsahitya.com/

आज पूरा साठी वर्षपछि मलाई मेरो प्यारो मातृभूमिको दर्शन प्राप्त भयो। जतिबेला म आफ्नो प्यारो देशबाट विदा भएको थिएँ र मलाई भाग्यले पश्चिमतर्फ डोर्याएर लिएर गएको थियो। त्यतिबेला म लक्का जवान थिएँ। मेरा नशा नशाहरूमा नविन रक्त संचार भइरहेको थियो। हृदय उमंग र उल्लासले भरिएको थियो। मलाई आफ्नो प्यारो भारत वर्षबाट कुनै अत्याचारीको अत्याचारले वा अन्यायको बलसाली हातले विछोड गराएको थिएन।

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 2
  • 2 comments
  • Read more
Tweet

लियोनारा र मन !!!

tongmarmendok — Sat, 12/05/2009 - 20:22

  • मनोविश्लेषणात्मक कथा
  • जे. बी. शेर्पा
  • www.samakalinsahitya.com

वाउ ! आई लव दिस् पिक्चर...!
उत्तेजना र ख़ुशी मिश्रित स्वरमा बोल्दै कम्प्युटरको डेस्कटप ब्याक ग्राउंडमा सजिएको इगल नेबुलाको मनमोहक फोटो नजिकै आई एक टक हेर्दै थिईऊ!
डु यु लाइक एस्ट्रोनोमी? मुस्कुराउदै अलिक असजिलो अंग्रेजी भाकामा सोधि उसले !
अँ.. हो ! प्रत्युत्तर दिन्छु
हो र? आँखामा चमक थपियो । मलाई पनि खुबै मन पर्छ, कहिले कहीं घंटौसम्म रमाएर डुब्न सक्छु म यी चिजहरूमा !

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 1
  • Add new comment
  • Read more
Tweet
  • 1
  • 2
  • next ›
  • last »

Syndicate content

महिनाको मझेरी छनौट

  • गोविन्द बहादुर मल्ल 'गोठाले'
  • भीम बिराग
  • प्रेम ओली
  • बिबेक दुलाल क्षेत्री
  • भावना सुब्बा

सामाजिक सञ्जालमा

Follow @Majheri

नयाँ प्रतिकृयाहरू

  • MADHUR VABANA ANI SUNDAR
    18 hours 53 min ago
  • कस्‍तो परिपक्‍व विचार !
    3 days 5 hours ago
  • बडा सुन्‍दर छन्‌ यी हरफहरु
    3 days 6 hours ago
  • bharat ji
    3 days 6 hours ago
  • सके मान्छे चिन्नु । बाजी ।
    3 days 7 hours ago
  • ramro chha.
    4 days 37 min ago
  • ramro chha.
    4 days 40 min ago
  • धन्यवाद
    5 days 36 min ago
  • बधाई छ भावना भित्रका भावनाहरुलाई
    5 days 9 hours ago
  • Dhari ramro lagyo 6utae maja
    5 days 10 hours ago

उपयोगी पृष्ठहरू

  • समकालीन नेपाली शब्दकोश
  • प्रीति-युनिकोड रुपान्तरण
  • नेपाली टाइपिङ् (एक्स् नेपाली)
  • नेपाल साप्ताहिक
  • मधुपर्क/मुना

लोकप्रिय रचनाहरू

Today's:

  • तिम्रो हृदयको घाऊ बन्न
  • 'कलेजी ब्लेजर' की आईमाई
  • हामीबीच नयाँ नाता जोड्नेछ मायाले
  • तिमी नै हौ
  • वसन्तको बहारमै खडेरी यो कस्तो
  • गाजा र विस्फोटनका धुंवाहरु
  • भो अब नतर्साऊ
  • "रुपकी रानी रुपा" (मनोवाद यौन कथा)
  • डाँडापाखा सुसाउने बतास छैन
  • पर्खिरहनु तिमीले चाँदनी रातमा
  • नभन्नु
  • परिस्थिति
  • म आभास हुँ
  • आँखाभित्र अट्न सक्ने
  • ०४६/०४७ जनआन्दोलनलाई नजिकबाट हेर्दा
  • भीडभित्रको एक्लो मान्छे
  • कुन पलको गीत लेखौं
  • मुर्दाघरमा
  • अभिष्ट चाहना होली थिएन...
  • ब्लड टेष्ट गरायसि था' भो

Last viewed:

  • गजल
  • माग्नेहरू
  • केही हाइकु
  • नसम्झिनु बिरानु
  • अप्रिल फुल मनायो
  • युगसँग
  • नदेऊ शुभकामना
  • गजल
  • प्रभाव र विज्ञापनले कविता श्रवण (वैरागी काइँलाको एकल कविता वाचन)
  • तिम्रो मेरो दूरी
  • पानीमाथि फलाउँदै छ सुन
  • बाजेको व्यथा
  • समयले मलाई नै खोजेको हो कि ?
  • मुटु वारपार भए
  • एक्लै जिएर हेरेको छु ,
  • यसरी आऊ दशैं तिमी
  • पराईको के काम भो
  • तिमी आयौ सुवास दिन्छु
  • काइला दाइका कविता
  • घाटेवैद्य
  • छनौटका रचनाहरू
  • मझेरी भलाकुसारी
  • मझेरी ट्विट
  • फेसबुकमा मझेरी
  • रचना प्रकाशन गर्दा
  • हाम्रो बारेमा
  • प्रतिकृया

© २००८-२०११ सर्वाधिकार मझेरी डट कममा सुरक्षित