पद्य कविता

फर्की आऊ

देशले आज बोलाएछ तिमीलाई !
जन्मभूमि सिच्याउनाका लागि !!
देशले आज सोधिरहेछ तिमीलाई !
जन्मभूमि किन छोड्यौ भनी !!
देशले आज बोलाई रहेछ तिमीलाई !
फर्की आऊ हे सन्तति भनी !!

थुक्क झाक्ने जिन्दगि

तिर्थ(यात्री)पौडेल
कविता
थुक्क झाक्ने जिन्दगि
न कसैको अंगालोमा रात बिताइयो
न त कुनै घ्यु मैयालाई पटयाइयो
न कसैसंग मन मुटु साटियो
न त राम रौसमै दिन काटियो,
न यसो गरियो न उसो गरियो

"भाग्यको घाम डुबेछ "

बिहानेको लाली नछाउदैं
फूलमा बहार नआउँदै
यो मनको आशा सबै मरेछ।।
मेरो भाग्यको घामनै डुबेछ ।।।

मृत्यूहरू

मृत्यूहरू !
भिन्न भित्र रूप धारण गरी
प्राणी सामु
कुनै न कुनै समय
थाहै नदिई
खुसुक्क पसिदिन्छ
दुःखद् घटना बनी
कुनै कालगतिरूप धारण गरी
कुनै अकालकै रूपमा
मृत्यू जुनरूपमा आएपनि

म जड्याकी स्वास्नी

म जड्याकी स्वास्नी
तिर्थ (यात्री )पौडेल
बर्षै पहिले यस घरमा सुन्दर सपना लिएर भित्रिएकी
उच्च सम्मानमा जिउने चाहानामा सजिएकी
रहरहरुको सुन्दर भबिस्यमा

आउ युद्ध लडौं

आउ एउटा युद्ध लडौं
जहाँ बारुदको कुनै हल्ला हुने छैन
रणनीति को कुनै सल्लाह हुने छैन
केवल मौन संघर्स हुने छ
एक अर्काको परिपुरक बनि
दुवैलाई जिताउन

मेरा बाटो हराएका सिपाहीहरुलाई

मुस्कानको बहाना खोजिदिन्छु...

तिमी समस्याको झटारोले मलाई हान,
म समाधानको बाटो रोजिदिन्छु
तिमी आँशुको कारण म मा पोख,
म मुस्कानको बहाना खोजिदिन्छु

तिम्रो खुशी भन्दा पर मैले
गन्तव्य नै आफ्नो पाएको छैन

श्रद्धाञ्जली

कस्तो फूल तिमी फुलेर कहिल्यै झर्दै नझर्ने भयौ
कस्तो मूल तिमी फुटेर जगमा साँच्चै नमर्ने भयौ ।

महाकविप्रति

मनमा राखेँ तनमा राखेँ शिरमा सजाएँ
सुरमा तिम्रो मिलाई लय बाँसुरी बजाएँ ।
उघारेँ आँखा मिलाई भाखा पाखामा नचाएँ
मृगका पाठा मयूर बुट्टे तिमीमै सजाएँ ।।

प्रजातन्त्रको प्रमिथस हो- ऊ

पूर्वी दिशाको प्रणयपताका
बोकी, फैली फरफर फर्फर !
हृयूँचुली पग्ली र्झन सिपालु
चेतनाताका झरना झर्झर !

त्यो पो उदायो भरे

घाँसै ला ! कतिले भनेर विचरा सारै गरेथे अरे
ठूलो मानव पो भएर जगमा त्यो पो उदायो भरे
साँचो मानव भन्दथे जगतमा बाँच्नै कठिन हुन्छ रे
हो त्यो पागल हो भनेर कतिले राँची पुर्‍याए अरे

म शून्यमा शून्यसरी बिलाएँ

भुली स्वयं सिर्जन सावधानी
गरेर आफैँप्रति बेइमानी
बतासिई स्वप्निल कल्पनामा
न लागि हे, संयम साधनामा
गरी सधैँ हड्बड गड्गडाएँ
म शून्यमा शून्यसरी बिलाएँ ।

सपूत राष्ट्रको

छोरा हुनु तिमीजस्तो सपूत राष्ट्रको
तिम्रै नामले पनि उठ्छ शिर देशको
नेपालीका गहभरि छ तिम्रै तस्बिर आज
धन्य लक्ष्मी तिमीले राख्यौ जन्मेको लाज ।

शीर्षकविनाको कविता

मध्य रातको नीरबखतामा पिल्पिलाउँदो मधुरो प्रकाशमा
सम्पूर्ण संसारमा आँखामा छाएको बेला मेरो आत्मामा प्रश्न उठ्छ-
"जीवनको सार के हो ?"
करुणामयका अश्रुकण जस्ता सहस्रौं ताराहरु टिल्पिल टिल्पिल गर्छन्ः
र मनले खालि चाल पाउँछ ः
जीवन ! ओ जीवन ! अफशोच ! तेरो चोला, तेरो बास छोटो छ ।

अन्तरमन

साहित्य त धेरै पढें, एउटै भावले मन छोयो
गाली बचन धेरै सहें, एउटै शब्दले मन रोयो

फूल त धेरै देखें, एउटै फूलले सुवास छरिरह्यो
रंगी बिरंगी धेरै थिए, एउटै रंगले मन रंगिरह्यो

पाए हुन्थ्यो

आफैसँग भाग्ने आयु छेक्न पाए हुन्थ्यो ,
आफ्नो हातले आफ्नो भाग्य लेख्न पाए हुन्थ्यो !!
चखेवाको जोडी भई उड्न पाए हुन्थ्यो ,
उनको मनको वेदनालाई चुँड्न पाए हुन्थ्यो ! !

"ए देशभक्त दाई! लौन.......!"

"ए दाई! देशभक्त दाई लौन! रात परि अग्राख पलाई सक्यो"२
गर्नु पर्नेता नेताहरुलाई धेरै थियो तर कसैले केहि गर्न सकेन
आखिरमा जनता नै मरेका छन् नेताले खोइ के गरेका छन्

किन चुनाव ?

यो देश कसको हो र चल्छ कसको अधिनमा
बुझनै कठिन भो सारै गणतन्त्र नेपालमा |
जितने सडकमा सडछन् हार्ने सत्ता चलाउछन,
हार्ने नै यदी हुन् शासक, किन चुनाव गराउछन ?

नारी बेदना .....!

पृथ्बी पुरा चल्ने गर्छ नारी कोख र काखमा
नारी जिबन अभिशाप हैन न त हो श्राप नै,
उस्का एउटा गल्ती सिनेमा झैं देखाइन्छन,
न त ऊ भुलमा पर्नु उस्को त्यो महा पाप नै।।

मायाको पीडा

माया छ भनेर नढाट मलाई
मैले त तिमीलाई चिनेकै छैन
सित्तैमा जोवन नाफल खेर
मलाई त तिम्रो चाहनै छैन

आंशुको मूल्य अरुलाई सोध
मैले त रुन जानेकै छैन
किन यो आपत बनाउछ्यौ मलाई

Syndicate content