NavigationUser login |
बिनोद खड्कामाग्नेकी आमाछोराको प्रगतीको कुरा सुन्दा र देख्दा उसकी आमा हर्षले गदगद हुन्थिन । हुन पनि उनको छोरोले राम्रो प्रगती गरेको थियो । आर्थिक उन्नतीको त कुरै नगरौ । शहरमा २ वटा ठूला ठूला घरहरु थिए । एउटामा आफ्नो परिवार बस्थे अर्को घरचाही एउटा विदेशी संस्थालाई भाडामा लगाएको थियो । उसले चढ्ने गाडी उसले भने अनुसार नै अफिसका तर्फबाट विदेशवाट झिकाईएको थियो । उसको बिहेमा उसको ससुराली पक्षले राम्रो दाईजो दिएको कुरा त सबैको सामु जगजाहेर थियो । माथीका हाकिमहरुलाई खुसी पारेर बर्षको दूई तीन पटक त विदेश भ्रमण गरिरहन्थयो । उसकी श्रीमती र छोराछोरीहरुलाई जे चाहियो उ सिधै अफिसकै तर्फवाट मगाउथ्यो या त आफ्नो प्रभावको प्रयोग गरी सस्तो दरमा राम्रा र महंगा सामानहरु उपलव्ध गराउथ्यो । आज उसंग यति सम्पत्ति थियो कि जुन उसको सन्तानलाई अर्को पचास बर्ष कामै नगरे पनि खान पुगथ्यो ।
तिहारतिहार आयो उज्यालो ल्यायो
ओठै नचलाई बोल्थिन उनी
ओठै नचलाई बोल्थिन उनी मनका कुरा भेट्नै सकिएन शव्दमा तलमाथी पर्यो भने
बगर पो हो कि जीन्दगीबगर पो हो कि जीन्दगी
नेताअहाँ कस्तो राम्रो कुरा, देशको विकाश गर्छु रे भन्छन उनी गाँउलाई, सहर बनाई दिन्छु
बनी प्रेमको प्यालाबनी प्रेमको प्याला मेरो जीवनमा आयौ मायालु भुलुँ कसरी म लौ भुल्नै नसकिने ती क्षणहरू
मेरी प्यारी आमापीडाहरूसँग कति लड्यौ
असार
असारे बर्षा हिलो र माटो आलु र केराउ अचार बनाउ
परदेशीको सम्झनात्यो सानो देश नेपाल हाम्रो पहाडी पाखो तराईको फाँट
गजलसजिएको सिउँदो देखाई मार्ने नगर मायामहल खडा गरीदिन्छु भन्ने तिमी
गजलतिमी यसै दर्द बनी छाई दिंदा पनि आफ्नी तिम्रा श्वरको जादुको कुरा के गरौ म लौ अब
परिवर्तनउ असाध्यै मिहेनती थियो । उ कक्षामा सधै राम्रो अंक ल्याएर उत्तिर्ण हुन्थ्यो । त्यसैले विद्यालय, गुरुवर्ग, गाँउघर, आफन्त सबैले उ प्रति धेरै आशा साँचेका थिए । उसले जब प्रवेशिका परीक्षा विशिष्ट श्रेणीका साथ उत्तिर्ण गर्यो गाँउमा सिँदुरे जात्रा नै भएको थियो । गुरुवर्गहरुले भने यो ठिटो यो विद्यालयको सम्पत्ति हो सान हो । धेरै बर्ष पहिले समयमा सदरमुकामको अस्पतालमा उपचारका लागी पुर्याउन नसक्दा अकाल मृत्युवरण गर्न पुगेकी आफ्नी प्यारी आमाको सम्झना गर्दै उसले चौतारीमा भेला भएका सबैका सामु आफ्नो ईच्छा जाहेर गर्यो कि उ यही गाँउमा एउटा डाक्टर भएर आएर गाँउ र देशको सेवा गर्न चाहन्छ । यो उच्च विचारको सबैले महान भनेर प्रशंसा गरे । सबैले भगवानसंग पनि प्रार्थना गरे कि यो ठिटो डाक्टर नै होस । उसका बाउले आफ्नो सन्तानको मुखबाट यस्तो महान विचार निक्लदा हर्षको आँशु झारेका थिए ।
मैले कोरेको मेरै कवितामरुभुमीका ढेर
बाल्यकालको मेरो गाँउप्रभातको फेरोसंगै
सुन्दर फूलबारीझरनाको मीठो पानी
पैसापैसा
मीठोउत्तर झयाल खोली हेर्दा
समवेदनाबाहिर एकनासले पानी परिरहेको थियो । बाउलाई अस्पतालमा भर्ना गरेर निक्लेको थियो उ । अस्पतालले तुरुन्तै अप्रेशन गर्नु पर्छ भनेको छ । उसको बाउ एउटा सामान्य जागिरे हुन । उ जागिरे बाउको भविष्यको संरक्षक तर हाललाई देशका थुप्रै अरु युवाहरु जस्तै एउटा शिक्षित बेरोजगार ।
परम्पराआज हाकिम दिक्क थियो। तैपनि घर छिर्ने बित्तिकै उसले श्रीमतीलाई एक पेग स्कच ह्विस्की र सुकुटीको सित्तन तयार गर्ने अर्डर गर्यो। श्रीमतीले पनि तुरुन्तै तयार गरीदिई। तर उसकी श्रीमतीलाई अचम्म लाग्यो किन कि आज हाकिम दिक्क थियो र पहिलोपल्ट घर आउने बित्तिकै रक्सी पिउन चाहेको थियो। कुरालाई मनमा गुम्साउनु उपयुक्त नहुने ठानेर उसले सोधी हाली। हाकिम पनि आफ्नी श्रीमतीलाई कुनै कुरा लुकाउदैन।
तोपकाजीउसलाई टोलका अरु मान्छेहरुसंग निकै चित्त दुखेको थियो । उ जब बेरोजगार थियो जब उसका साथमा दूई पैशा हुदैनथियो कसैले पनि उसलाई एक कप चिया पनि ख्वाउदैनथे । उसलाई यस्तो पनि लाग्थ्यो कि उसका सही कुरा पनि कसैले सुन्दा पनि सुन्दैन थिए । राम्रै कामका लागी उधारो वा श्रृण मागे पनि मान्छेहरु उसलाई ठग भन्दाहुन जस्तो लाग्थ्यो उसलाई । बाउले दिएको स्कुल फि र गाउलेको कुखुरा हाँस चोरेर जम्मा गरेको पैशाले जसोतसो अलिअलि पिउन र अलिअलि खेल्नलाई धान्थ्यो ।
|
Recent comments
17 hours 36 min ago
1 day 4 hours ago
1 day 6 hours ago
1 day 15 hours ago
1 day 21 hours ago
2 days 13 min ago
2 days 2 hours ago
2 days 3 hours ago
2 days 7 hours ago
3 days 10 hours ago