Skip to content

मिठो एउटा सपनी


मिठो एउटा सपनी पो देखुँ देखुँ लाग्यो
तिम्रै यादमा एउटा गीत लेखुँ लेखुँ लाग्यो

तिमी घाम म जून हाम्रो मिलन हुदैं हुन्न
थाहा छ घामलाई जूनले कहिल्यै छुदैं छुन्न
र पनि यो मुटु तिम्रो रापमा सेकुँ सेकुँ लाग्यो
तिम्रै यादमा एउटा गीत लेखुँ लेखुँ लाग्यो

प्रखर बनि चम्किरहनु आकाशमा तिमी सधैं
मन्द मन्द बहिरहनु बतासमा तिमी सधैं
तिमीसँगै मडारिने बादल छेकुँ छेकुँ लाग्यो
तिम्रै यादमा एउटा गीत लेखुँ लेखुँ लाग्यो

मिठो एउटा सपनी पो देखुँ देखुँ लाग्यो
तिम्रै यादमा एउटा गीत लेखुँ लेखुँ लाग्यो

बिना तामाङ’सुनगाभा’
काठमाण्डौं

Leave a Reply

Your email address will not be published. Required fields are marked *