Skip to content

मातृत्व महत्वकांक्षा

  • by


मेरो मनको फूलबारीमा
लाँखौ कोपिलाहरू
जन्मन्छन
बयस्कको
अनुभूतिसँगै पालुवा फेर्छन
जब
सुन्दरताले सुशोभित हुन्छ
तब हजार
आमाहरू आउछन
सपनाका फूलमाला
उन्छन
र जान्छन क्षितिजपारी
जूनेलीरातको जूनकिरी झै धीप धीप प्रकाश छर्दै

सन्नाटाको कुहिरोले जब ढाक्छ सालिन पर्खाल
तब रातभरिको सीतलहरले
निथ्रुक्कै
बनाउछ शरीर
चिसो हावाको सिरेटोले
कुक्रुक्कै
खुम्च्याउछ मन
जब मलाई
विहानीले उठाउछ
तब म
एकलिएको हुन्छु
मेरो फूलबारीमा सुस्ताएको हावा
घरी पूर्व
घरी पश्चिम
घरी उत्तर
घरी दक्षिण धाउछ

मेरो सपना नियाँस्रो भै लथालिंग हुन्छन
कहिले जोडिन्छ
कहिले भत्किन्छ
साउने झरी झै बर्षातको भेल भएर
मलाई
एकलो बनाई रूझाउछ
म चाहान्छु
त्यो सपना नहोस
किनकि
म एउटी आमाको काखमा
लाँखौ चोटी
लडीबडी शीर ढल्काएको छु
यसै गरी
बारमबार
म हजार आमाको काखमा निदाउन चाहान्छु

ता कि मेरो गन्तव्यको बाटोहरूमा
मेरो पैईतलाको
पाईलाहरूमा, डोबहरूमा
आमाको
निश्वार्थ प्रेम
आमाको
निश्वार्थ आस्वासन
आमाको
निश्वार्थ भावना
सदाबहार सप्तरंगित
छाप झै पोखिएको हृदयमा
म अबोध बालक भै
जीवन्त हेर्न चाहान्छु जीवनको कुइनेटोहरूमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *