Skip to content

वर्ष दिनमा घुम्दै फिर्दै आयौ फेरि दीपावली



वर्ष दिनमा घुम्दै फिर्दै आयौ फेरि दीपावली
चारैतिर हर्ष उल्लाश छायौ फेरि दीपावली,

ढकमक्क दीपहरूले सजिएर गाउँघरैमा
देउसी-भैलो आगनीमा गायौ फेरि दीपावली,

सयपत्री र मखमली दिदी-बहिनीको हातैले
सप्त रंगी टीकासँगै लायौ फेरि दीपावली,

निस्छल अनि निस्पापी को घरमा बास गरेर.
आतुल्नीय भक्ति भाव पायौ फेरि दीपावली,

डिल्ली प्रसाद खराल”घायल ”
वीरेन्द्रनगर चितवन,
हाल : मरुभूमिको छाती दुबई,

Leave a Reply

Your email address will not be published. Required fields are marked *