Skip to content

साधाना–सगमको १२औं घुम्ती शृङ्खलाको साहित्यिक कार्यक्रमको संक्षिप्त विवेचना


पानी सिमसिम परिरहेको थियो, २०७१ साल पुस महिनाको १९ गतेका दिन नवलपरासीका सबै साहित्यिक व्यक्तिहरू साहित्यकार दीपक सोतीको घरमा दिनको १२ बजे जम्मा हुने र भनिएको थियो तर पानीको कारणले गर्दा समयमा जम्मा हुन सकिएन । मलाई साधना –सगमको कार्यक्रम सञ्चालन गर्ने पुस्तिका हेर्न मन जाग्यो ।

साधना–संगमको स्थापना २०७० साल भाद्र महिनाको ८ गते गरिएको कुरा जानकारीमा आयो । कुमारबर्ती क्याम्पसमा २०७० साल भाद्र महिनाको ८ गते विश्वनारी नेपाली साहित्य सम्मेलन नवलपरासीकी अध्यक्ष राधा पाण्डेको अध्यक्षतामा र दीपक सोतीको प्रमुख आतिथ्यमा कावासोतीका केही साहित्यिक व्याक्तिहरूको जमघट भएको र यस क्षेत्रको साहित्यिक कार्यक्रमलाई निरन्तरता दिंदै व्यापकतातिर लाने उदेश्य अनुरूप हरेक महिनाको पहिलो शनीबारका दिन साहित्यिक कार्यक्रम सञ्चालन गर्ने र त्यो कार्यक्रम सञ्चालन गर्नको लागि युवाहरूको नेतृत्वमा कार्यसमिति गठन गर्ने भन्ने छलफल भयो ।

यो छलफल अनुरूप युवा साहित्यिकार हिमलाल चापगाइँको अध्यक्षतामा सचिव अर्जुन अविरल, कोषाध्यक्षमा श्याम किरण शर्मा र सदस्यहरूमा यहाँ भएका विभिन्न साहित्यिक संस्थाहरू, नारी साहित्य समाज नवलपरासी, साहित्य कुञ्ज नवलपरासी, नवलपरासी साहित्य समाज नवलपरासी, लक्ष्मीमृति साहित्य समाज नवलपरासी, विश्वनारी नेपाली साहित्य सम्मेलन नवलपरासी, नवलपरासी साहित्य परिषद नवलपरासी, त्रिवेणी साहित्य परिषद नवलपरासी, मध्यविन्दु प्रज्ञाप्रतिष्ठान नवलपरासी, मध्यविन्दु साहित्य प्रतिष्ठान नवलपरासीलाई सदस्यमा रहने गरी यो संस्थाको जन्म भयो ।

सल्लाहाकारहरूमा नवलपरासीका छापा र प्रसारित मिडियाहरूलाइरहने पनि निर्णय भयो । प्रत्येक महिनाको शनिवारको दिन साहित्यि कार्यक्रम सञ्चालन गर्ने कामको थालनी भयो ।

२०७१ सालको मोती जयन्ती पनि साहित्य कुञ्ज नवलपरासीले गर्ने र सबै संस्थाहरूको कार्यक्रमहरू पनि यथावत नै जेजसरी सञ्चालन गरिएका छन् तिन्लाई पनि प्रभावकारी रूपमा सञ्चालन गर्दै लैजाने भन्ने कुराहरू पनि छलफलमा आए । कार्यकारिणी तय भए पनि संस्थाको नामाकरण भने गरिएको थिएन । नामाकरण विना नै असौज ५ गते मध्यविन्दु बहुमुखी क्याम्पसमा हिमलालको अध्यक्षता र भूपेन्द्रशर्मा गण्डर्षिको प्रमूख आतिथ्यमा कविता वाचन कार्यक्रम सञ्चालन गरियो ।

यस महिनामा विशेष कार्यक्रम पनि सञ्चालन गरिएको थियो । सो विशेष कार्यक्रमको सभापतिमा डा.नारायण प्रसाद खनाल रहनु भएको थियो र प्रज्ञाप्रतिष्ठान नेपालका पूर्व सदस्य सचिव डा.तुलसी भट्टराईको प्रमुख आतिथ्यमा कार्याक्रम सञ्चालन गरिएको थियो । यस कार्यक्रममा प्रेमप्रकाश सापकोटाद्वारा रचित ‘मेरो देश मेरो गौरव’ नामक कवितासङ्ग्रहको विमोचन गरिएको थियो । यसै कार्यक्रममा डा. तुलसी भट्टराईकै प्रमुख आतिथ्यमा यस घुम्टी शृङ्खलाको साधना–संगम’ नामाकरण पनि हुन गयो । त्यस पछि कार्तिकमा सदानन्द अभागकिो प्रमुख आतिथ्यमा कविता बाचन बार्यकर्म गरिएको थियो ।

पुषमा कृष्णादेवी शर्मा श्रेष्ठको प्रमुख आतिथ्यमा डा.धनपति कोइराला र डा. शिवशंकर बस्याललाई अभिनन्दन गरिएको थियो ।

कार्यक्रम हरेक महिनामा गरिदै आइएको २०७० फागुनको कार्यक्रममा चलचित्र निर्देशक सङ्गीतकार गायक कलाकार किसोर चन्द्र पौडेलको असामयिक निधनमा शोक प्रस्ताव पारित गरिएको थियो । २०७१को वैशाखको कार्यक्रममा गणेश थापाको ‘हजारको भीडमा’ नामक गडजलसङ्ग्रहको विमोचन गरिएको थियो ।

यसरी नै २०७१/९/४मा राष्ट्रिय गजलकार तथा प्रज्ञा बूदरानाको कावासोतीको होटेल फूलमुनमापलेटीमा गजल भव्यरूपमा सम्पन्न गरेको थियो ।

सदानन्द अभागी

Leave a Reply

Your email address will not be published. Required fields are marked *