Skip to content


आज सर्वसाधारणको पक्षमा महत्व पूर्ण निर्णय हुने दिन । तर सभा हल भने लगभग रित्तो थियो । छ सय एक जना अटने सभा हलमा सिला खोजे जस्तै कतै कतै एक दुई जना पो भेटिए ।

चकमन्न जस्तै देखिएको हलमा प्रमुखको मात्र एकोहोरो आवाज सुनिन्थ्यो । तर ध्यान भने कसैले दिइरहेका थिएनन् । ती आआफ्नै धुनमा कोही सँगैकासित कानेखुसी गरिरहेका थिए । कोही खैनी माडिरहेका थिए त कोही लामो हाई काढिरहेका थिए ।

तर अर्काे दिन भने सभाहल टन्न भरिएको थियो । कहिल्यै पुरा नभरिने सभाहल आज यत्रो विधि टन्न भरिनु अचम्मको विषय भयो । मानौ मुलुक र जनताको विषयमा कुनै महत्वपूर्ण निर्णय हुदैछ ।

निर्णय सुनाईयो आआफ्नो क्षेत्रको विकाशको लागि प्रत्येकले आफूखुसी खर्च गर्न पाउने गरी पाँच पाँच करोडको बजेट स्वीकृत गरिएको छ । निर्णयको स्वागतमा धेरै बेरसम्म हलमा जोडतोडले ताली बजिरह्यो ।

सुशीला देउजा
पुनर्जागरण पुस ८ गते

Leave a Reply

Your email address will not be published. Required fields are marked *