Skip to content

मोफसल र काठमाडौं


तिमी नमस्कार गर्छौ
र त उसले
तिमीलाई खुट्टा ढोगाउँछ
तिमी मलिबाँस बन्छौ
र त राजधानीले
तिमीलाई सजिलै नुहाउछ
तिमी घोडा बन्छौ
र तऊ घोडचढी बन्छ

तिमी गोरु बन्छौ
र त उसले जोत्छ
तिमी पोतो बन्छौ
र त उसले पोत्छ
ओछ्यान बन्छौ
र ऊ सुत्छ
चर्पी बन्छौ
र त ऊ मुत्छ
तिमी पिरा बन्छौ
र ऊ तिमीमाथि बस्छ
तिमी धोक्रो बन्छौ
अनि डोरी हातमा दिन्छौ
र त उसले कस्छ,

यस्तै—यस्तै हुन्छ र
मोफसल डेथभ्याली बन्छ
काठमाडौले आफूलाई
सधैँ—सधैँ सगरमाथा भन्छ ।

रामविक्रम थापा
फाक्टाङ—२, कृष्णगर्त, खोटाङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *