Skip to content

गल्ती के छमेरो भन?

मलाई मार्छु भन्नेहरु
मार्छौ भने आउ मार ,
यो घाँटी रेट्छु भन्नेहरु
तैयार छु म, आउ रेट,
तर,
गल्ती के छ मेरो भन ?
मेरो आँखा छ, म देख्छु
मेरो कान छ, म सुन्छु
म रातोलाई कालो भन्न सक्दिन
सुनेको कुरा नबिचारी बस्नै सक्दिन
गल्ती के छ मेरो भन?
हुन त हो, म आलु नै हु
तर,
बुद्धिको होइन
मिल्न त धेरै खोजे
तर,
तिम्रो त तर्कारी नै तितो
म त मिल्न सक्दिन,
बरु काटेर,
तिम्रा सुंगुरहरुलाइ देउ
तर,
गल्ती के छ मेरो भन??

Leave a Reply

Your email address will not be published. Required fields are marked *