Skip to content


उहाँको छिमेकमा विगत केही वर्षदेखि बसेको छु म । बडो धार्मिक तथा समाजसेवी प्रवृत्तिको मानिस होइसिन्छ उहाँ । उहाँलाई ‘हुन्छ’ भन्यो भने आफू पाखे हुने खतरा भएकाले ‘सिन्छ’ लगाउन म बाध्य छु । ‘सिन्छ’ समूहका शब्दहरू प्रयोग गर्दा मलाई आफू मरेजस्तै लाग्छ । उहाँसँग भेट भएपिच्छे म मर्ने गर्छु र उहाँसँग छुट्टएिपछि फेर िबाँच्छु । समाजमा बाँच्न यसरी बेलाबेलै मर्न पनि तयार हुनुपर्ने रहेछ । कसैले उहाँलाई ‘तपाईं’ समूहका शब्द प्रयोग गरेर सम्बोधन गर्‍यो भने उहाँ त्यसलाई तुरुन्तै पाखेको पगरी गुथाइदिनुहुन्छ । त्यसपछि ऊसँग दुइटा विकल्प बाँकी रहन्छन्, उहाँसँग संगत गररिहने हो भने आफू मर्ने, होइन भने दोस्रोपटकदेखि उहाँलाई कतै देखे वा भेटे नचिनेको अभिनय गर्ने । मसित पहिलो विकल्प मात्र भएकाले मेरो ‘सिन्छ’ उहाँ एक जनाका लागि एकलौटी रूपमा प्रयोग भइरहेको छ । घर-परविारमा त उहाँ महाराजाधिराजझैँ नै होइबक्सिन्छ । छिमेकीहरू पनि उहाँलाई हजुरको गजुरमा विराजमान गराएर सम्मान गर्छन् । त्यसो नगरेर कोही पनि उहाँका अगाडि जंगली हुन चाहँदैनन् । टोलमा उहाँ सभ्यताका प्रतीक र सबैका मार्गदर्शक हुनुहुन्छ, माने होइसिन्छ । उहाँ कतै जानुहुन्न, सवारी होइसिन्छ । उहाँ रक्सी खानुहुन्न, हार्ड डि्रंक्स् लिइसिन्छ । उहाँ भात खानुहुन्न, भुजा ज्यूनार गरििसन्छ ।
बडो भाग्यमानी मानिस होइसिन्छ उहाँ । काठमाडौँमा तीन-चारवटा महलहरू छन्, टन्न भाडा आउँछ । महलहरू पनि पवित्र वाग्मती नदीको किनारामा, पाशुपत क्षेत्रको निकट । एउटा सुसंस् कृत, सभ्य, धार्मिक तथा समाजसेवी व्यक्तित्वका लागि यसभन्दा भाग्य के चाहियो ? उहाँका अनुसार, केही वर्षअगाडिसम्म यो सिंगै टोल उहाँकै थियो । बाहिरबाट आएका ‘दुआने’, ‘चाराने’हरूले किनेर उहाँलाई केही रोपनीभित्र खुम्च्याइदिएका हुन् ।
एक छिमेकीको नाताले उहाँसँगको सान्निध्य, सम्पर्क, सम्बन्ध, कतिपय मामिलामा सहकार्य इत्यादिबाट मैले उहाँको आध्यात्मिक तथा सामाजिक जीवनका बारेमा निकै कुरा जान्ने मौका पाएको छु । उहाँसँगको संसर्गले सभ्यता, अध्यात्म, धर्म, दर्शन, समाजसेवा इत्यादिका बारेमा केही सिक्ने मौका पाएको छु । वाग्मती सभ्यताको बचाऊका लागि बनेको उच्चस्तरीय आयोगमा पनि उहाँको सक्रिय संलग्नता छ । उपत्यकाका नदीहरूलाई स्वच्छ, सफा र पवित्र बनाउने अभियानमा उहाँ उहिल्यैदेखि लागिपर्नु भएको कुरा उहाँले सधैँ भन्ने गर्नुहुन्छ । यिनै कारणहरूले गर्दा मेरो विचारमा उहाँको दैनिकीको सामाजिक-आध्यात्मिक पाटो हामी सबैका लागि अनुकरणीय छ । एक छिमेकीका नाताले उहाँको व्यक्तित्वलाई राष्ट्रियस्तरमा परििचत गराउनु आफ्नो कर्तव्य ठानी उहाँमा समर्पित उहाँकै यो दैनिकीमार्फत उहाँको समाजसेवी र आध्यात्मिक व्यक्तित्वलाई प्रस्ट पार्ने प्रयास गर्छु ।
बिहान सखारै उठ्नु, उठेर नित्यकर्मर्मा संलग्न हुनु त्यति ठूलो विषय भएन । नित्यकर्मको पहिलो अध्याय तपाईं-हाम्रो जस्तै हो उहाँको पनि, प्रकृति प्रदत्त । पेटभित्रका विकारहरूको परत्ियाग । अर्थात्, मलत्याग । मलत्यागपछि दाँतमुख धुने वा स्नान गर्ने इत्यादि झिनामसिना कर्मका कुरा ठूला व्यक्तित्वको जीवनीमा जोडिराख्नै नपर्ला । त्यसमा तपाईं-हाम्रोभन्दा भिन्न प्रक्रिया के नै हुुँदो होला र !
पेटभित्रको फोहोर फाल्ने कामपछि नित्यकर्मसँगै उहाँको जीवनीमा जोडिएर आउने एउटा महत्त्वपूर्ण कर्म हो, घरभित्रको फोहोर फाल्नु । फोहोर उहाँको दैनिकीसँग नङ र मासुजस्तै गरी जोडिएर आउने चीज हो । सामाजसेवा र धार्मिक क्षेत्रमा टोलको मात्र नभई उपत्यकामै परचिय बनाइसकेको हुनाले उहाँकोमा मिटिङ गर्न आउने, चन्दा माग्न धाउने, कौडा हान्न पाउने र प्रायः हरेक साँझ रमझममा रमाउने अनेक मानिसहरूको आवतजावत इत्यादि कारणले उहाँको घरबाट हरेक दिन फोहोरको रास नै निस्कन्छ । त्यो फोहोर फाल्ने एक मात्र ड्युटी उहाँको भागमा परेको छ । घरबाट निस् कने ९५ प्रतिशत फोहोर समाजसेवाका क्रममा उहाँकै कारण उत्पन्न हुनेहुँदा त्यो ड्युटी उहाँका भागमा परेको हो । घरका काममध्ये फोहोर फाल्ने एक मात्र जिम्मा उहाँको भागमा परेको छ, बाँकी घरको काममा उहाँ सिन्को पनि सारििसन्न । घरको काममा तीन जना बुहारीहरू रातदिन घोटिइरहेका देखिन्छन् । बुहारी भनेका काम गर्नकै लागि ल्याउने हो भन्ने उहाँको स्पष्ट मान्यता भएकाले पढेलेखेकै बुहारीहरू पनि बाहिरको काममा जाँदैनन् । एउटी बुहारीले खाँदै गरेको जागिर नछाड्ने अडान राख्ने हुँदा छोराबुहारी नै केही वर्षदेखि कतै डेरामा डल्लो पररिहेका छन् रे !
बिहानको नित्यकर्म सकेर ठूल्ठूला दुई झोला फोहोर झुन्ड्याएर उहाँ लगिसिन्छ पवित्र वाग्मती नदीतर्फ । उहाँ भनिसिन्छ, घरनजिकै नदी भएकाले उहाँलाई धेरै फाइदा भएको छ । जस्तै, फोहोर फाल्ने ठाउँको समस्या भएन । फोहोर फाल्न कसैलाई पैसा पनि तिर्नुपरेन । टोलमा फोहोर संकलन गर्ने व्यवस् था गर्न पनि उहाँले नै पहल गरस्िसेको हो । हामी टोलको सरसफाइ क्लबलाई पैसा तिरेर फोहोर जिम्मा लगाउँछौँ, उहाँ भने क्लबलाई आम्दानीको स्रोत जुटाइदिएकामा क्लबसँगै कमिसन लिनुहुन्छ भन्ने पनि सुनिन्छ ।
घरछेउमा नदी भएकाले घरमा सेफ्टीट्यांकी राख्नु नपर्दा भएको लाभको त झन् कुरै भएन । सेफ् टीट्यांकीको कुरा आउँदा सेफ्टीट्यांकीे र उहाँको जीवनीलाई अलिकति जोड्नुपर्ने हुन्छ । घरमा सेफ्टीट्यांकी राख्न नपरोस् भनेर उहाँकै पहलमा टोलेहरू सबैलाई उकासेर यो खोलासम्म ढल झार्न उहाँले ठूलो कसरत गरस्िसेको थियो रे कुनैबेला । उहाँले त्यो दुःख गरेबापत ढल बनाउँदा अरू सबैले तिरेको रकम पनि तिरस्िसेन भनेर उहाँका पुराना छिमेकीहरू भन्छन् । रकम नतिरेको मात्र होइन, ठेकेदारसँग के के जाति पनि लिनुभो रे पो भन्छन् । उहाँको सामाजिक व्यक्तित्वका कारण उहाँलाई पैसा तिराउने आँट पनि दुआने-चारानेलगायतका छिमेकीहरूले गर्न सकेनन् ।
दुआने-चारानेको अर्थ पनि रोचक छ । उहाँको दृष्टिकोणमा टोलमा पछि आएर उहाँको जग्गा टुक्राटुक्रा पारेर किनेर बस्नेहरू दुआने-चारआनेहरू हुन् । तिनीहरू पाखे, असभ्य, नास्तिक, संस् कृतिविहीन र गैबार हुन्छन् । तिनीहरू गाउँमा खान नपाएर यता आएका सलहहरू हुन्, जसले उपत्यकाका सबै उर्वर जमिन खाइसक्न लागेका छन् । उहाँका अनुसार तिनीहरू लँगौटी मात्रै लगाएर यस सहरमा पस्छन् । पसेर भाँडा माझ्दै कलेज जान्छन् । लेख्छन्, पढ्छन्, जागिर खान्छन्, किताब दोकान खोल्छन्, खासाका सामानको व्यापार गर्छन्, जग्गा दलाली गर्छन्, राजनीति गर्छन्, भ्रष्टाचार गर्छन्, केके गर्छन् केके गर्छन् र दुईआना-चारआना जग्गा जोडेर यतै जरा गाड्छन् । तिनीहरू हाम्रो सहरलाई फोहोरी, दुर्गन्धित, प्रदूषित, बसिनसक्नुको सहर भनेर दिनरात गाली गर्छन् तर यहाँ आएपछि एक जना पनि फर्केर कतै जाँदैनन् । तिनीहरू जुन थालमा खान्छन्, त्यही थालमा आची गर्छन् इत्यादि, इत्यादि ।
यी आरोपहरूको सत्यताका बारेमा पछि छानबिन गरौँला, बरु अगाडि फोहोर फाल्ने प्रसंग चलिरहेको थियो, त्यही विषयतिर लागौँ ।
जसै उहाँ ठूलठूला दुई झोला फोहोर लिएर ढल माथिमाथि चुरोट खाँदै खोला किनारामा पुगिसिन्छ, उसै उहाँले अघि चर्पीमा लडाएको लिँड पनि ढल मुनिमुनि पल्टनबाजी खाँदै खोलासम्म आइसकेको हुन्छ । अर्थात्, मर्निङ्वाक्को सिलसिलामा गुहुको लिँड र उहाँसँगसँगै खोलामा पुगिसिन्छ । यहाँनिर ‘गुहुको लिँड’ भन्ने शब्दको प्रयोगलाई तपाईंले फोहोरी र असभ्य प्रयोग भन्ठान्दै मलाई सम्झेर नाक खुम्च्याउनुभो होला । तपाईंहरू धेरैको विचारमा यो शब्द अशिष्ट होला तर मेरा सम्भ्रान्त, सुसंस्कृत सहरयिा विशिष्ट छिमेकीले बारम्बार प्रयोग गररिहने यो शब्द अशिष्ट होला भन्ने मलाई पटक्कै लाग्दैन । यसको प्रयोगमा मलाई रत्तिभर पनि अप्ठ्यारो महसुस भएको छैन ।
जसै लिँड खोलैखोला दक्षिणतिर लाग्छ, उहाँ हातमा झुन्ड्याएर ल्याएको फोहोरका पोकालाई लिँड बगेतिरै पारेर पुलको बीचबाट खोलामा फ्यात्त खसालिसिन्छ । नदीमा पोको खस् ता छप्ल्यांग आवाज आउनुपर्ने हो तर वाग्मतीको पवित्र पानीमाथि जमेको बाक्लो तरमा फोहोरको पोको फ्यात्त गरेर र्झछ । दक्षिणतिर फर्किएर फोहोर खसालेपछि उहाँ उत्तर फर्किसिन्छ र श्री पशुपतिनाथको मन्दिरतिर श्रद्धापूर्वक शिर झुकाई ठूलो स्वरमा भनिसिन्छ- जय शम्भो !
उहाँको लिँड र फोहोरको झोला पवित्र वाग्मती नदीमा तैरँिदै डुब्दै गर्न थाल्छन् । तिनीहरू खितितित्त खितितित्त हाँस्तै दायाँबायाँका अरूअरू सभ्य सहरबासीहरूका घरबाट निस्किँदै गरेका सगोत्री र सहयात्रीहरूलाई हाइहेल्लो गर्दै प्रेम प्रदर्शन गर्न थाल्छन् । तिनीहरू नदीमाथि बसेको बाक्लो, स् वादिलो, मलिलो तरको सेवनले यौनउन्मत्त भएर खुलेआम शारीरकि सम्पर्क गर्दै दुर्घन्ध र हैजाको जायजन्म गराउन थाल्छन् । ती सबैका पिता उहाँ भने आफ्ना सन्तानहरूको त्यो लीलाबारे बेखबर हुँदै काखीमा सानो काँडे लौरो च्यापेर लागिसिन्छ पशुपतिनाथतिर । ‘एक पन्थ दुई काज’ भनेझैँ मर्निङ्वाक्का साथसाथै हरेक दिन आराध्यदेव श्री पशुपतिनाथको दर्शनबाट प्राप्त हुने शान्ति र धार्मिक लाभको कुरै नगरौँ ।
उहाँ पशुपतिनाथ मन्दिरको सामुन्ने पुगिसिन्छ र ठूलो स्वरमा चिच्याएर हाजिर जनाइसिन्छ- जय शम्भो, कैलाशपति महादेव !
मानाँै, पशुपतिनाथ बाजेले सुनेनन् कि झैँ गरी मन्दिर परसिरमा पुगेपछि उहाँ अझै ठूलो स्वर निकालेर कराइसिन्छ- जय शम्भोे भोलेबाबा ! उहाँ बारम्बार ठूलोठूलो स्वरमा चिच्याएर भनिसिन्छ- जय शम्भो ! भोलेबाबा ! जय पशुपतिनाथ !
चिच्याउँदाचिच्याउँदै बीचमा अचानक उहाँको घाँटीमा खकार आएर अड्किन्छ । जय शम्भोपछि उहाँले भोलेबाबा भन्नै पाइसिन्न । निकैबेर ख्याक्क ख्याक्क गरेर ठूलो प्रयत्न गरििसन्छ र आफ्नो आस्तिक यात्रामा तगारो बन्न आएको नास्तिक खकारलाई निकालेर रसिले चुर भईकन भुँइमा फ्यात्त पारेर पछारििसन्छ । खकार अड्किनुअघि र त्यसलाई भुइँमा पछार्दाका उहाँका पवित्र वाणीहरूको संयोजन गर्दा ‘जय शम्भो  ! ख्याक्क थुऽऽ’ हुनपुग्छ ।
उहाँको नास्तिक खकारलाई उहाँका पछिपछि आएका अरू भक्तहरूले खाली खुट्टाले टेकेर त्यसलाई मन्दिरवरपिर िदलेर त्यसको हुर्मत लिन्छन्, मानौँ नास्तिकहरूलाई यसरी नै भगवान्का सामु ल्याएर दोहोलो काड्नुपर्छ । कतिपय भक्तहरू तिनै पवित्र पाउले शिवजीको दर्शन गर्न लाममा लाग्छन् । उहाँ भने मन्दिरलाई तीनचोटि परत्रिmमा गरििसन्छ र आराध्यदेवलाई आफ्नो उपस्थितिको जानकारी भएन कि भनेर मूल ढोकाको ठूलो घन्टा जोडजोडले बजाइसिन्छ र ‘जय शम्भो ! जय शम्भो ! ख्याक्क  ! ख्याक्क !’ गर्दै मर्निङ्वाक्का लागि मृगस्थलीतिर प्रस्थान गरििसन्छ ।
उहाँको यो नियमित आध्यात्मिक क्रियाकलाप र धर्मप्रतिको अगाध आस्था देखेर पशुपतिनाथका बाहनको पछाडिको भाग जिल्ल परेर उहाँ गएको हेररिहन्छ । त्यो जिल्ल परेको देखेर म पनि वाल्ल परेर उसैलाई हेररिहन्छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *