Skip to content


नेपालमा बीपी कोइरालाजस्तो दूरदर्शी अर्को नेता नै जन्मिएन । त्यसबेला पनि नेतृत्वप्रति चर्को वितृष्णा हुँदा बीपीप्रति कसैको कुनै गुनासो थिएन । नेतृत्वका अन्य सदस्यको विरोध गरे पनि बीपीको सबै तारिफ नै गर्थे । बीपीकै कारण दुई कांग्रेस एक भए, साथसाथै अन्य सानातिना पार्टीहरूलाई पनि उहाँले मिलाएर लैजानुभयो ।
दुई कांग्रेस मिलेर एउटै भए पनि डिल्लीरमण रेग्मी भने राष्ट्रिय कांग्रेसकै नाममा एउटा सानो समूह लिएर बस्नुभयो । कांग्रेस मिल्नुपूर्व राष्ट्रिय कांग्रेसको आधिकारकिताको विषयलाई लिएर बीपी र डिल्लीरमणले थुप्रै लेख/टिप्पणी लेखेर बहस पनि चलाउनुभएको थियो । समयक्रममा बीपीले आधिकारकिता पाउनुभयो । तैपनि, डिल्लीरमणले राष्ट्रिय कांग्रेस छोड्नुभएन । एकदिन आन्दोलनपछिको निराशा र असन्तुष्टिका बारेमा कुरा गर्दै टुँडिखेलबाट फर्किरहेका बेला रेग्मीजीले भनेको कुरा म सदैव सम्झिरहन्छु । नेतृत्वका विषयमा कुरा उठ्दा उहाँ भन्नुहुन्थ्यो, “नेता त बीपी नै हो ।”
राजा, राणा र कांग्रेसको गठबन्धनका कारण काम गर्न अप्ठ्यारो परेको भन्ने सबैले बुझेका थिए । तर, २०४६ पछि एकलौटी सरकार हुँदा पनि काम गर्नभन्दा जब नेताहरू व्यक्तिगत शुभलाभतर्फ केन्द्रित हुन थाले, मान्छेहरूको आक्रोश र असन्तुष्टि बढ्न पुग्यो ।
००७ सालको आन्दोलन सफल भएपछि पार्टी खोल्ने क्रम तीव्र बन्यो । मातृकाप्रसाद कोइरालाले मात्र होइन, भद्रकाली मिश्रदेखि वेदानन्द झासम्मका धेरैले धेरैथरीका पार्टी खोले । अहिलेको खुलामञ्च र सैनिक मञ्च विभाजित थिएन, एउटै ठूलो चौर थियो भद्रकालीसम्म । मान्छेहरू झुन्डझुन्ड बनेर जम्मा हुन्थे र आफ्ना कुराहरू राख्थे । बडो रमाइलो मानेर हामीहरू पनि बरोबर त्यहाँ गइरहन्थ्यौँ । राजनीतिक कुराकानी र भेटघाटको उपयुक्त थलो बनेको थियो त्यसबेला त्यो ।
पद्मशमशेरले ००४ सालमा ल्याएको विधानपछि त्रिपुवरसिंह प्रधान, गोपालप्रसाद रिमाल, विजयबहादुर मल्ल, धर्मरत्न यमिजस्ता व्यक्ति मिलेर प्रजा पञ्चायत नामक पार्टी खोले । मल्ल र गोपालदास श्रेष्ठले जोडदार भाषण गर्नुभयो । त्यसको उद्घाटन हीरादेवी यमिले गर्नुभएको थियो । त्यसबेला उहाँ गर्भवती हुनुहुन्थ्यो, पक्राउ पर्नुभयो । ००४ सालको विधानका आधारमा पार्टी खोल्न पाएकाले उहाँले आफ्नो छोराको नाम विधानरत्न राख्नुभयो ।
बीपी काठमाडौँ आउनुको उद्देश्य यसैगरी खुलिरहेका पार्टीहरूलाई मिलाउनु पनि थियो । उहाँ भन्नुहुन्थ्यो, “एउटै उद्देश्य र प्रकृतिका धेरै पार्टीहरू खुले भने आन्दोलन कमजोर हुन्छ र त्यसको फाइदा राणाहरूले नै लिन्छन् ।”
००६ सालको भदौतिरको घटना सम्झिन्छु । गणेशमान सिंह र सुन्दरराज चालिसेले इन्द्रजात्राको दिन राणा र राणाका भाइभारदारमाथि बम प्रहार गर्ने योजना बनाउनुभएको थियो । किनभने, इन्द्रजात्राका दिन नै ठूलाबडा राणाहरू हात्तीमा चढेर सहर घुम्ने गर्थे । हनुमानढोकानिर रहेको अट्कोनारायणस् थानसँगैको पाटीको छतबाट बम प्रहार गर्ने योजना बनेको थियो । त्यसको नेतृत्वकर्तामा सिंह र चालिसेका अतिरत्तिm पूर्णसिंह खवास पनि हुनुुहुन्थ्यो । भारतबाट झिकाइएका हातहतियार प्रतापविक्रम शाहको घरमा राखिएको थियो । एकदिन रक्सी खाएको सुरमा प्रतापका ड्राइभरले सबै पोल खोलिदिएछन् । त्यसपछि त के थियो, धरपकड सुरु भइहाल्यो । चालिसेजी भूमिगत रहेकै ठाउँबाट पक्राउ पर्नुभयो । गणेशमानजी भागेर वीरगन्ज सीमा पार गर्न लाग्दा समातिनुभो ।
यसरी आन्दोलन दबाइरहेकै बेला मोहनशमशेरलाई भारतभ्रमणको निम्तो आयो । तत्कालीन भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरूसँग मोहनशमशेरले भेट गरेपछि उनी निकै नै उत्साहित भएर स्वदेश फर्किए । त्यसपछि त के थियो, सुवर्णशमशेर, महावीरशमशेर आदि लगायतका भारतमा बसी राणा शासनविरोधी क्रियाकलाप गर्ने व्यक्तिहरूको सर्वस् वहरण गरयिो । साथै, कांग्रेसका नेता-कार्यकर्तालाई सताउनसम्म सताइयो । तर, जब राजा त्रिभुवनको दिल्ली सवारी भयो अनि थाहा भयो, नेहरुको आशयलाई मोहनशमशेरले उल्टो बुझेका रहेछन् ।
राजा त्रिभुवनको दिल्ली प्रस् थानसँगै भारतबाट आएको हिमालय एयरलाइन्सको हवाईजहाजले काठमाडौँ उपत्यकाको आकाश मार्ग पूरै घुमी जब पर्चा छरेर फर्कियो, राणाहरूको मनमा ढ्यांग्रो ठोकिन थाल्यो । राणाहरूको विरुद्धमा छरएिको त्यस पर्चामा राजा त्रिभुवनको सन्देश थियो, “अब नेपालमा छिट्टै क्रान्ति हुन्छ ।” यसपछि क्रमशः राणाविरोधी आन्दोलनमा पक्राउ परेका व्यक्तिहरू छुट्न थाले । त्यसैक्रममा म पनि जेलबाट रहिा भएँ र राजा त्रिभुवनलाई भेट्न दिल्ली पुगेँ । उहाँ दिल्लीको हैदरावाद हाउसमा बस् नुभएको थियो । सामान्य कुराकानी भयो । व्यक्तिगत हालखबर सोध्नुभयो र भन्नुभयो, “साह्रै दुब्लाएछौ नि !” त्यसलगत्तै म स् वदेश फर्किएँ । केही समयपछि त्रिभुवन स् वदेश फर्किंदा एयरपोर्टमा मानिसहरूको घुइँचो लाग्यो । पैताला राख्ने ठाउँ थिएन । एयरपोर्टबाट जुलुसको बीचमा खुला मोटरमाथि राखेर त्रिभुवनलाई नारायणहिटी दरबारसम्म ल्याइयो । मानिसहरूमा हौसला, उमंग र खुसीको सीमै रहेन । यसरी दिल्ली सम्झौतापछि ००७ फागुन ४ गते राजा त्रिभुवन दिल्लीबाट स्वदेश फर्किएपछि फागुन ७ गते प्रजातन्त्र घोषणा भयो ।
प्रजातन्त्रको घोषणा गर्न जब राजा त्रिभुवन स् वदेश फर्किनुभयो, उहाँको स् वागतार्थ एयरपोर्टसम्म पुग्ने अवसर पनि मैले नै पाएँ । त्यसैगरी, प्रजातन्त्र आगमनपश्चात् बीपी कोइराला आउँदा पनि स्वागत गर्नेमा म नै अघि थिएँ । पुराना ती दिनहरू सम्झँदा अहिले पनि भित्रभित्रै त्यसै रोमाञ्चित हुन्छु ।

नेपाल साप्ताहिक ३३८

Leave a Reply

Your email address will not be published. Required fields are marked *