Skip to content


भुइँमा राख्दा बिगि्रन्छ भनेर
दलिनमा राखिन्छ पाकेको फर्सी
हेर्दा राम्रो-चाम्रो हुन्छ,
छाम्दा गिलित्तै राखेको फर्सी ।
कुहेछ, रछ्यानमा फ्याँकियो
सहस्र उम्रन्छ, बढ्छ र फल्छ,
फेरि पाक्छ,
दलिन ताक्छ !
दलितमा राख्यो मुसा लाग्छ!
मुसा मार्न बिरालो पाल्यो,
मुसादानी र विषादि फाल्यो
यता खर्च-उता खर्च
भरे हुन्छ अर्थ न बर्थ !!
फेरि छाम्दा फर्सी फ्यात्त
हेर्दा उस्तै, छाम्दा गिलित्त
हिजो राम्रो, कुहिन्छ आज
नेपालका नेता र पाकेको फर्सी ।

-सप्तकोसी एफ.एम., इटहरी

2 thoughts on “पाकेको फर्सी”

  1. nepal ka neta pakekonpharsi
    nepal ka neta pakekonpharsi ustai hun ,eak6in ramra eak6i naramra , 6eparo jasto rang pherne

  2. एकु जी नमस्कार । आजभोलि कहा
    एकु जी नमस्कार । आजभोलि कहा हो ? लामो समय भयो खेटघाट पनि नभएको । म संग भएको तपाईको ईमेल आईडी पनि काम गरिरहेका छैन । के भयो ? कि नयाँ आईडी छ ? नया आईडी भएमा उपलव्ध गराउनु है । पत्रचारको आसामा छु । तपाईको ईमेल ठेगाना दिनु होला है नत्र मेरो ईमेल ठेगाना [email protected] मा एड गर्नुहोला है । साथै गजल प्रतिष्ठानको खवर पनि सोध्न चाहान्छु ।

    केशु बिरही
    गजल संवन्धी अनलाईल बहस

Leave a Reply

Your email address will not be published. Required fields are marked *