Skip to content


फलामले बनेको हुँ खन्ती मेरो नाम
धस्सिएर धर्ती खन्नु मेरो पैलो काम

कामी दाइका आरनमा खारिएको म
तताएर तिखोतिखो पारिएको म

ढुङ्गोमाटो खोस्रीखोस्री खाल्टो पार्दछु
त्यै खाल्टोमा सिर्जनाका बोट सार्दछु ।

चट्टानले छेके पनि पछि र्फकन्न
डोबहरू थर्के पनि म त थर्कन्न

काम गर्छु मानिसले भने अन्सार
बनाउनु छ नयाँ घर नया संसार ।

लिङ्गासिङ्गा गाड्नु परे तयारै छु म
खामासामा गाड्नु परे तयारै छु म

हे मान्छे हो ? जाँगरी भै खन्ती समात
धोका दिने काम कैल्यै हुन्न मबाट ।

ढुङ्गोमाटो जति चुम्यो त्यति बासना
मोलुवा र बोधो भए सधैँ सासना

हुनुपर्छ हामी खरो आफ्नो काममा
नयाँ बाटो खोज्नुपर्छ कडा जाममा ।

हीरामोती महलमा के सोच्दा हुन् खै
जुहारतको खन्ती मैले देख्या छैन है!

म त सस्तो फलाम हुँ तर मूल्यवान्
संसारका श्रमिक हुन् मेरा भगवान् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *