Skip to content


एक्लै एक्लै थुप्रै प्रहर
काटेको छु मैले
आफैंलाई धेरै चोटि
ढाँटेको छु मैले
दुख्छ भन्ने जानी मुटु
साँटेको छु मैले।

छिन्छ भन्ने जानी जानी
मायाको त्यो मीठो डोरी
अनायासै आजभोलि
बाटेको छु मैले
एक्लै एक्लै थुप्रै प्रहर
काटेको छु मैले।

बर्सन्छ त्यो जानी जानी
आँखाबाट सावने झरी
तैपनि त्यो मनको बादल
फाटेको छु मैले
एक्लै एक्लै थुप्रै प्रहर
काटेको छु मैले।

बासु ढकाल
डेविस कैलिफोर्निया

3 thoughts on “एक्लै एक्लै”

  1. बासु जी ,
    राम्रो छ , अगाडिका

    बासु जी ,
    राम्रो छ , अगाडिका दिनमा पनि पढिरहन पाऊँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *