Skip to content

केही मुक्तकहरु


केही मुक्तकहरू
सुष्मा मानन्धर

आउ नियाल पढ्न सक्छौ यी आँखाहरुमा
तिम्रै मीठो गीत छ
तिम्रै नाममा धड्किन्छन स्पन्दन
तिम्रै न्यानो प्रीत छ
स्वीकार या नस्वीकार केही छैन
तिम्रो खुशीमै मेरो जीत छ
कि त फुल्यो प्रीतिका फूलहरू
कि झरी गयो कुहेर
यही संसारको रीत छ।

————————————–
नमुस्काउ मदेखि अनर्थ होला
कुरा काट्ने हजार हुन्छ
सामिप्य तिम्रो निको लाग्छ,
टाढिन मन लाचार हुन्छ
के गर्नु गहिराइमा पुग्ने
खै कस्को पो बानी छ र
यहाँ हरेक भावनाको लागि
मात्र सस्तो बजार हुन्छ ।
—————————————-

सुन त,
आँखाहरुलाई मात्र दोष नदेउ
ठेस लाग्दा पैताला हो
लड्खडिन सक्छ
माया दिएमा भावुक हृदय पनि
प्रतिघातहरुका आघात भुलेर
चहकिन सक्छ
तिम्रो आत्मीयतामा पग्लिएँ त
कसुर के भो
मनै त हो आखिर बहकिन सक्छ।
[email protected]

4 thoughts on “केही मुक्तकहरु”

  1. Susma
    Susma ji………………….

    आँखाहरुलाई मात्र दोस नदेउ
    ठेस लाग्दा पैताला हो
    लड्खडिन सक्छ
    माया दिएमा भावुक हृदय पनि
    प्रतिघातहरुका आघात भुलेर
    चहकिन सक्छ
    तिम्रो आत्मियतामा पग्लिएँ त
    कसुर के भो
    मनै त हो आखिर बहकिन सक्छ।

    Pakkai pani bahakina Sakchha

    Nice ………… keep It up

  2. कि त फुल्यो प्रीतिका
    कि त फुल्यो प्रीतिका फूलहरू
    कि झरी गयो कुहेर
    यही संसारको रीत छ।
    ramro lagyo
    sunil sangam

  3. +————————–+

    +————————–+
    के गर्नु गहिराइमा पुग्ने
    खै कस्को पो बानी छ र
    यहाँ हरेक भावनाको लागि
    मात्र सस्तो बजार हुन्छ ।
    +————————–+

    एकदम ठिक कुरा गर्नुभो, सुषमाजी! मुक्तकमा पनि कलम चलाउन थाल्या त थाहा पा’थिइन है! जारी राख्नुहोस्!

Leave a Reply

Your email address will not be published. Required fields are marked *