Skip to content

“कारण”

आज फेरी एउटा चाह बल्किएर आएँ
पुरानो त्यो स्वाद सम्झी पल्किएर आएँ

तिम्रो घरको बाटोगरी झर्दै थिए बेसीतिर
जुन जस्ता तिम्रा अङ्ग टल्किएर आएँ

सधैं ढोका खुल्छ भन्थ्यौ तर आज बन्द रै’छ
झ्यालैबाट छिर्नुपर्‍यो ढल्किएर आएँ

अचम्मको प्यास लाग्यो प्यास मेट्ने चाह बढ्यो
चाहनाको मेरो काँटी सल्किएर आएँ

अङ्गालोमा झ्याप्प कसी तिम्रो अधार पानगर्ने
मनै देखी एउटा ईच्छा छल्किएर आएँ

आज फेरी एउटा चाह बल्किएर आएँ।
पुरानो त्यो स्वाद सम्झी पल्किएर आएँ

4 thoughts on ““कारण””

  1. कुमारजी टांसो टांस्ने क्रममा
    कुमारजी टांसो टांस्ने क्रममा आफ्नै भुलले गर्दा दुई पटक एउटै गजल टांसो ” कस्ले देख्या छ र?” दुई पटक मुखपृष्‍ठमा प्रकाशित भएछ त्यसैले ढाकछोप गर्ने प्रयासमा अर्को गल्ती गरे मझेरिको नियम भन्दा बाहिर गएर। तपाईंले आवस्यकिय रुपमा सम्पादित गरिदिनुहोला

  2. अनुभवजी,
    मझेरीको नियम र

    अनुभवजी,

    मझेरीको नियम र मर्यादाको मर्म बुझिदिनुभएकोमा हार्दिक आभारी छु।

    कुमार

  3. Anubhav ji kati ramro lagyo
    Anubhav ji kati ramro lagyo sala la la… bageka6n harek tapaaika sher…

    khasgari
    सधैं ढोका खुल्छ भन्थ्यौ तर आज बन्द रै’छ
    झ्यालैबाट छिर्नुपर्‍यो ढल्किएर आएँ

    wah kya sher…….. lagyo yekpatak feri padu
    सधैं ढोका खुल्छ भन्थ्यौ तर आज बन्द रै’छ
    झ्यालैबाट छिर्नुपर्‍यो ढल्किएर आएँ

  4. कुमार जि तपाईंको सदासयता एबम
    कुमार जि तपाईंको सदासयता एबम मनोज जि तपाईंको प्रतिकृयाको लागि धेरै धेरै धन्यवाद

Leave a Reply

Your email address will not be published. Required fields are marked *