Skip to content

टाढा धेरै टाढा उडेका रंगीन चरा

  • by


टाढा धेरै टाढा उडेका रंगीन चरा
धर्तीमा कहिले फिर्लान्
आकाशको कालो मैलो हटी
घाम जुन कहिले खुल्लान्

संघारमा कमजोर आमाको छाया
हुरी चलेको आवेगमा
यस्तो लाग्छ यो घरसंसार
जलिरहेछ संवेगमा
आज हामी माझ बल्झेका पिर सारा
बिलाई कहिले झर्लान्
ओठमा चन्द्र सुर्य चम्के सरी
मुस्कान कहिले भर्लान्

यात्रामा बाटो पहिल्याउँदै यात्री
एकदिन पुग्छन् मुलबाटोमा
घरलाई पिर्ने बाधा अड्चन
पन्छाइदिउँला दोबाटोमा
गाढा धेरै गाढा युगौँको भाइचारा
तोडेर तोडिन्न एकदम
पहाडमा मधेश धुन अनेक
नाचौँ न मिलेर छमछम

Leave a Reply

Your email address will not be published. Required fields are marked *