Skip to content

प्रिय मेरी मायालु तिम्रो यादमा


प्रिय मेरी मायालु तिम्रो यादमा
जुनेली रात औंशी झैं बित्यो
घमाइला दिन बर्षा झैं बित्यो

तिमी बिनाका हरेक दिन रातहरू
कहिले तड्पिएर बित्यो
कहिले तिम्रै नाम कल्पिएर बित्यो

बसन्त ऋतु शिशिर झैं बित्यो
चाड पर्वहरू बिरंगामा बित्यो
तिमी बिनाका ख़ुशी उमंगहरू
कहिले नआइकिन बित्यो
तिम्रो यादै यादमा बित्यो

कहिले तड्पिएर बित्यो
कहिले कल्पिएर बित्यो
तिमी बिनाका हरेक पलहरू
तिम्रै यादमा बित्यो

सूरज मल्ल
रुपन्देही नेपाल
हाल : दोहा, कतार

Leave a Reply

Your email address will not be published. Required fields are marked *