Skip to content

तामाङ डाजाङको ९८ औं श्रृखला सम्पन्न

  • by
20110717_SakulaTamang_DajangNews


काठमाण्डौं,
असार २७, २०६८

तामाङ भाषामा ९८ औं साहित्यिक श्रृखला सम्पन्न भएको छ ।

तामाङ डाजाङको सकृयतामा बिगत १० वर्षदेखि प्रत्येक महिनाको अन्तिम शनिबार सन्चालित साहित्यिक कार्यक्रम ग्योइकाई गेताङको ९८ औ अंक आज राजधानीको प्रर्दशनीमार्ग स्थित मानविकी क्याम्पसमा सम्पन्न भएको हो ।

कार्यक्रममा तामाङ भाषामा लेखिएका दुई दर्जनभन्दा बढी विविध विधाका रचनाहरू बाचन भएका थिए ।

सिन्धुली, रामेछाप, सिन्धुपाल्चोक, काभ्रे, दोलखा, नुवाकोट, ललितपुर, धादिङ लगायतका जिल्लाका स्रस्टाहरूको उपस्थिति रहेको साहित्यिक कार्यक्रममा कविता, गीत, गजल, लघुनाटक लगाएका विधाका रचनाहरू बाचन भएका थिए ।

सोही कार्यक्रममा तामाङ लेखक तथा सहित्यकार बिगेन्द्र वाइबा तामाङले तामाङमा नयाँ नयाँ स्रस्टाहरूको जोशले आफूलाई गौरवको अनुभूति भएको बताउदै तामाङ साहित्यको विकासमा अझ लागिपर्नु पर्नेमा जोड दिनु भयो ।

साहित्यिक कार्यक्रमसँगै तामाङ डाजाङले चेलीबेटी बेचबिखन बिरुद्धको अभियानमा सक्रिय एवं अमेरिकामा केही समयअघि हिरो एक्टिङ टु एण्ड मोर्डन डे स्लेभरी अवार्ड २०११ अर्वाडद्धरा सम्मानित चरिमाया तामाङलाई बधाइ कार्यक्रम गरेको छ ।

बधाइपछि आफ्नो भनाइ राख्दै चरिमाया तामाङले आफूले पाएको अवार्ड ब्यक्तिले नभएर नेपालको मानव बेचबिखन विरुद्धको अभियानले पाएको सफलता भएको बताउनु भयो । विश्वमा मानव बेचबिखन विरुद्ध नेपाली समुदय प्रयासरत रहेको सन्देश विश्वमै अर्वाडले पुर्याएको उहाँको भनाइ छ । उहाँले तामाङ चेलीहरू अझै अरुभन्दा धेरै बेचबिखनको शिकार बन्नुमा राज्यले तामाङ समुदयमा गरेको थिचोमिचो र भेदभाव मुख्य कारण रहेको बताउनु भयो ।

सकुला तामाङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *