Skip to content


(१) माना पाथी
नेताहरू माथि छन
तिनका उडुस माझ्छड साथी छन
यिनकै राज छ गाउ अनि शहरमा

(२) उपहास
तिमी चुहिने गाग्रीमा पानी भर
तिमी बालुवालाई नदी सम्झेर तर
जति गरे नि म तिम्रो हुन सकिन
अब मलाई सधैं उपहास गर

(३) दाग
दुर्योधन र दुशासनको ठुलो भाग छ
अधैर्यता र अभद्रताको माग छ
सत्यको धेरै पल्ट चीरहरण भयो
हेर त चन्द्रमा पनि दाग छ।

(४) बकुल्ला
मैले आफ्नै बारीमा डल्लाहरू भेटेँ
मैले आफ्नैभावनामा गीत, कविता लेखेँ
यो सुनाउँदा तिमीलाई अत्यास लाग्छ होला
सत्यको लिलाम हुँदा मान्छेको सट्टा एक हुल बकुल्ला पो भेटे।
अस्तु:

वास्तविक नाम : भानुभक्त दुलाल
साहित्यिक नाम: बिबेक दुलाल छेत्री “दमक”
दमक, झापा, नेपाल
हाल: अबुधाबी, यु ए ई

Leave a Reply

Your email address will not be published. Required fields are marked *