Skip to content


कात्तिक पहिलो साताको एक बिहान। बाक्लो कुहिरोले गाउँ छोपिएको थियो। कुनै कुनै वर्षको जाडो अलि चाँडै आउँछ त्यो गाउँमा। यो सत्यलाई स्पष्ट पार्न चिसो शीतका थोपाहरू सन्तिनीको भट्टीपसलको जस्ताको छानाबाट तपतप रिरहेका थिए। सूर्य अै देखिएको थिएन। कान्छो नेपालीले एक गिलास रक्सी निलिसकेको थियो। घाँटीको नलीलाई लछार्दै पेटमा पुग्ने त्यो नमीठोझोलमा उसको सम्मोहन उत्कर्षमा थियो त्यसबखत।

“ए सन्तिनी दिदी। लेउलेउ अर्को गिलास पनि थप। मेरो निम्ति त यै रक्सी नै जीवनको आधार हो कि जसो भो।” दोस्रो गिलासको निम्ति उसले भूमिका बनाउँदै भन्यो। भट्टीभित्र सन्तिनी र ऊ मात्र थिए। सन्तिनीको अनुहारमा कुनै चहक देखिएको थिएन। ऊ अँध्यारो कुनामा बसेर सिलौटोमा एकनास मसला पिँधिरहेकी थिई।

“ए कान्छा, अब तेरो उधारो तीन से बीस रूप्पे भैसको नि! हिसाब गर्‍या छस् के?” सन्तिनीले ठस्किँदै भनी। “मेरो उधारोको किन चिन्ता गर्छ्यौ? म तिम्रो उधारो बाँकी राखेर मर्दिनँ क्या। यो बर्खाभरि मैले काम गर्न पाइनँ। जेठाँ गहुँखेत खन्दा कोदालीले काटेको बूढीऔंलो पाकेर हाडसमेत कुइएछ। जगन्नाथ माडसाब नभका भए त ठहरै मर्ने रहेछु। उनले अस्पताल जा कि जा भनेर ढिपी गरे। ओहो, गेङरिन कि के हो भैसक्या रेछ। हेर न डाक्टरले औँलै काटिदियो।” उसले चप्पल उनिएको आफ्नो दाहिने खुट्टो उचालेर सन्तिनीलाई काटिएको बूढीऔंला देखायो।

त्यो देखेपछि सन्तिनीको मुहारको भाव केही बदलियो। ऊ उठी र थोत्रो दराजमा राखिएको आल्मोनियमको केटली बोकेर उसको नजिक पुगी। उसले कान्छा नेपालीको रित्तो गिलासमा रक्सी खन्याउँदै भनी’ “उधारो दिन्न भनेकी हैन मैले। मैले पनि त अरूलाई तिर्नुपर्छ। मासुपसले, रक्सी ल्याउने तामाङ्नी, ग्यासपसले र केटाकेटीको इस्कुलको फिस तिर्न सकेकी छैन। तिमेरुले समएमा चुक्ता गरेनौँ भने मेरो जहाज पनि त चल्दैन।”

कान्छो नेपालीले टाउको हल्लायो। उसले ४० वर्षबाट पनि उकालो लागेकी, छातीमा सुकेका लाम्टाझोल्लिएकी, अनुहारमा बाक्लो पोतो बसेकी र यौवनको कान्ति सकिएकी सन्तिनीलाई सन्यासभावमा हेर्दै भन्यो’ “खुट्टाँ पानी हाल्न नहुने भएकाले तीन मैनासम्म काममा निस्कन सकिनँ। आजदेखि खोलाँ गएर बालुवा िक्छु। दुई’तीन दिनमै तिम्रो उधारो चुक्ता गर्छु। यस वर्ष त मलाई दशै लाग्या रहेछ। अर्को मान्छे भए, ठहरै मर्थ्यो। म चाहिँ अलि ज्याद्रै छु, त्यसैले बाँचें।”

“अनि तँलाई ओखती गर्न कल्ले पैसा दियो त?” सन्तिनी पुनः सिलौटोको लोरो हल्लाउन थाली।

“त्यै त भन्दैछु। जगन्नाथ माडसाब नभका भए त ठहरै मर्ने रहेछु।”

कान्छो नेपाली जगन्नाथ माडसाबको तारिफ गर्दै फूलबुट्टा गाँस्न थाल्यो, त्यसैबेला उनी भट्टीको ढोकाबाट चियाए।

“ए कान्छा मोरा, तँ याँ पो छस्? हेरहेर फेरि बिहानैदेखि रक्सी धोकेको? लौ कस्ले रोक्न सकोस् यो लठिबज्रेलाई?” उनले बाहिरबाटै भने। भट्टीको ढोकाबाट उनको टाउको मात्र भित्रिएको थियो।

“लौ लौ माडसाब नकराउनोस्। बरु मैले के सेवा गर्न पर्‍यो भन्नोस्।” दोस्रो गिलासको आधा रित्याउँदै उसले भन्यो। ऊ मुसुमुसु हाँस्दै थियो।
“अरू के अब? मलाई पनि बालुवा चाहियो।”

“कति चाहिन्छ माडसाब?”

“चार सय थैला। पर्खाल लाउनुपर्‍यो क्या लठिबज्रे।”

“आ˜˜ किन पीर गर्नुभा? दस दिन्मा सप काम तमाम भै हाल्छ।”

“तेरो के विश्वास? यी बिहानैदेखि कुलतमा लागिसकिस्।”

“हत्तेरी माडसाब! तपाईले अै मलाई नचिन्या? मैले दस वर्षअघिदेखि यो गाउँमा बालुवा ल्याएको हुँ। यहाँका आधाभन्दा बढी नयाँ घर मैले बोकेको बालुवाले बनेका हुन्। म आउनुभन्दा अघि धेरैजसो घर माटाका मात्र थिए। अब त यो गाउँ पनि सहरै पो हुन आँट्यो। भन्नोस् त यत्रो वर्ष काम गर्दा मैले कसैलाई धोका दिया छु?” लामो भाषण गर्दै कान्छो चर्किन थाल्यो, जसले उसको पेटमा पुगेको ठर्राले पनि केही काम गर्न थालिसकेको प्रमाण दिन्थ्यो।

“ल ल म डकर्मीलाई भन्न गएँ। फरक नपरोस् नि!” यति भनेर जगन्नाथ माडसाब ढोकाभित्र घुस्रिएको आफ्नो टाउको िकेर अदृश्य भए। उसले दोस्रो गिलासको बाँकी झोल सासै नफेरी रित्यायो।

“ए सन्तिनी, अब अर्को एक गिलास पनि लेउलेउ। ठ्याक्कै चार हजारको काम त मिल्यो नि अहिल्यै। यो खुसीको उपलक्ष्यमा त केही गर्नै पर्‍यो नि!”

“अहँ अब दिन्न। अइले नै हल्लिसकिस्, फेरि खाइस् भने त कसोरी बोक्लास् बालुवा!”

“के तिम्ले उधारो भनेर हेपेकी? यसरी कसैले कसैलाई पनि हेप्न मिल्दैन बुझ्यौ। अबको नेपालमा कोइ पनि धनी र गरिप भन्ने हुन्न। धनीका सम्पत्ति गरिपलाई बाँडिन्छ। केही समयभित्र मेरो पनि तिम्रोजस्तै घरपरिवार हुन्छ। लेउ थप एक गिलास।”

“फेरि तँलाई कस्ले उकास्यो? बौलाइस् कि क्या हो?”

“के बौलाइस् भन्या नि? तिम्लाई यो संसारमा के भइर’छ केही था छैन। कसरी था’होस् त यी विचरीलाई जसको संसार भनेकै भट्टीबाट मासुपसलसम्म र त्यसपछि फेरि यहीँसम्म मात्र छ। पोहोर तेत्रो आन्दोलन भो। आन्दोलनले गर्दा राजाले दुलो पस्न पर्‍यो। नयाँ सर्खार बन्यो। क्रान्तिकारीहरू सर्खारमा आए। यत्रो उलटफेर भैसक्यो, तिम्लाई भने केही थाहा छैन। अब हेर न सप्पै धनीहरूको सम्पत्ति जफत हुन्छ र गरिबलाई बाँडिन्छ। अब सपै बराबर हुन्छन्। कोइ ठूलो र सानो भन्ने हुन्न। म सित्तैँमा किन ढाँट्छु र तिमीलाई? मैले कैलेइ झुटो बोल्या छु भन त?”

“अनि तँलाई कल्ले भन्यो त एस्तो कुरा?”

“अरू कल्ले भन्नु? उही अघिन याँ आएका जगन्नाथ माडसाबले। उनी झुटो बोल्दैनन्। यसमा म जे किराया खान पनि सक्छु।”

कान्छा नेपालीको अधिक आत्मविश्वास र शक्तिशाली शब्दशक्तिले सन्तिनी हच्किई। त्यसैले उसले बुहुनी नगरे पनि बिहानको एकमात्र ग्राहकलाई तेस्रोपटक गिलास भरिदिई।
“के साँच्चै सपै बराबर हुन्छन् त कान्छा। हाम्रो दुःख हट्छ त? पुलिस र गुन्डा आएर पैसा नतिरी खाँदैनन् त अब? के रेडियो र टिबीले नयाँ नेपाल ल्याउने भन्या यै हो त?”
“हो बल्ल बुिछौ। संविधानसभाको चुनाउपछि सबै कुरा ठीक ठाउँमा आउँछन्।”

“अनि कान्छा, तेरो नाम छ त भोट हाल्ने कागतमा? घरबार र नागरिकता नभएको मान्छेलाई भोट हाल्न दिन्नन् भन्या हैन?”

“खोई त्यो त था’छैन। तर मैले पनि त पोरको आन्दोलनमा ढुङ्गा हानेको थिएँ नि! दस दिनसम्म कामै रोकेर चाबेलमा गको हैन? एक दिन त न्डै गोली लाग्या? ओहो अहिले सम्झिँदा पनि मुटु काम्छ। अलिकतिले बाँचें। दिन नआएको भनम् न।” यति भनेर ऊ निराश देखियो। सायद उसलाई जगन्नाथ माडसाबले देखाएको सपनाभन्दा बढी आफ्नो अस्तित्वबोधले तर्साएको थियो।

त्यसपछि उसले एक गिलास रक्सी एकै सासमा रित्यायो। अनि ऊ नाम्लो र बोरा बोकेर मनोहरा नदीतर्फ लाग्यो।

···

त्यो गाउँ नगरोन्मुख दिशामा द्रुत गतिले अघि बढिरहेको भए पनि सम्बन्धका पुराना कडीहरू अै चुँडिएका थिएनन्। सिङ्गो गाउँका नौ वडामा दुईवटा घरमात्र यस्ता थिए जो पर्खालको चौघेराभित्र थुनिएका थिए। बाँकी घरहरू खुला थिए। जगन्नाथ माडसाबलाई सुरक्षित हुन पर्खालको आवश्यकता थिएन। उनी त्यस क्षेत्रको कम्युनिस्ट आन्दोलनका लोकप्रिय सङ्गठक, समाजसेवामा अग्रणी र शिक्षक समुदायमा आदर्श व्यक्तित्व थिए।

अरू सामान्य मानिसैँ उनका पनि विरोधी थिए तर कोही पनि उनको अगाडि आएर आलोचना गर्ने हैसियतका थिएनन्। उनी ६० वर्षको कम्युनिस्ट आन्दोलनको इतिहासमा ४० वर्ष अनवरत, अथक साहस र सादा किसिमले हिँडिसकेका थिए। पटकपटक आन्दोलनमा भाग लिए र जेल गए तर ुकेनन्। उनी अरू कम्युनिस्ट नेता र कार्यकर्ताभन्दा धेरै फरक थिए। उनले कहिले पनि पार्टीले उठाएको चन्दा लिएर जीवन चलाएनन्। ४० वर्षको यो अवधिमा उनले एक दर्जनभन्दा बढी विद्यालय चाहारे र पढाए।

त्यसको परिणाम के भयो भने उनी आफ्नो कपाल पूरै फुलिसक्दा पनि जिल्ला समितिको सदस्यभन्दा माथि उक्लिन सकेनन्। कम्युनिस्ट पार्टीहरू धेरैपटक फुटे तर उनले सबभन्दा बढी क्रान्तिकारी जुन समूह छ, त्यसलाई नै पछ्याइरहे। २०४६ सालपछि जब कम्युनिस्ट पार्टीलाई सरकारमा जाने अवसर आयो, उनले त्यस्तो समूहलाई पनि घृणा गर्दै त्यागे। यही कारणले गर्दा उनी पछिल्लो समयमा जनयुद्धको समर्थक बन्नपुगे। यसको पुरस्कारस्वरूप उनले १५ महिना १७ दिन सेनाको हिरासतमा यन्त्रणा भोग्नुपर्‍यो।

जगन्नाथ माडसाबको यो यात्रामा उनकी धर्मपत्नी दुर्गाले धेरै भरथेग गरेकी थिइन्। दुर्गालाई राजनीतिमा चासो थिएन र पतिको राजनीतिबारे कुनै विरोध र गुनासो पनि थिएन। त्यसैले गृहस्थीको सबै काम उनी एक्लै गर्थिन्। दुई सन्तानको शिक्षादीक्षाको प्रबन्ध, खेतीपातीको व्यवस्थापन र बाँकी घरव्यवहारका सबै कर्मकाण्ड उनी एक्लैले थामेकी थिइन्।

माडसाबको एउटै काम हुन्थ्यो तलब पाएपछि दुर्गालाई बुाउनु। तर यसमा पनि नियमितता हुँदैनथ्यो। जेल परेको समयमा तलब आउँदैनथ्यो, त्यसबेला उनी खेतीको आयस्ताबाट फारोतिनो गर्थिन् र गृहस्थीको रथ गुडाउँथिन्। यसरी उनले आफ्नो विवाहित जीवनको पच्चीसौँ वर्षसम्म आफ्ना पतिलाई राजनीतिमा छाडा हुन दिएकी थिइन्। तर पर्खाल लगाउने कुरामा चाहिँ उनी आफ्नो सहनशीला सुशीलाको स्थापित आद्यबिम्बलाई त्यागेर मैदानमै निस्किन्।

“साँध सिमानाको कुरालाई लिएर सधैँ छिमेकीसँग गडा गर्नु मलाई निको लाग्दैन। गडा नगरौँ भन्दाभन्दै पनि अब दसपटक भइसक्यो। गएर हेर्नोस्, आज पनि त्यो बुद्धभक्तले हाम्रो बारीको सिमाना मिचेर किलो गाडेको छ।” उनले रातिको घरधन्दा सकेपछि सुत्ने बेलामा माडसाबलाई भनिन्। माडसाब क्रान्तिकारी कम्युनिस्ट पार्टीको मुखपत्र पढेर त्यसमा डुबिरहेका थिए, त्यसैले कुनै प्रतिक्रिया दिएनन्। यसरी नै धेरै महिना गुज्रेर गए।

बुद्धभक्त खासैमा खराब मानिस थिएन भन्ने गाउँलेहरूको राय थियो। भनिन्थ्यो’ उसको बोलीवचन नौनीजस्तै मुलायम र चित्त पनि सुन्दरीजलको र्नाैँ सफा थियो। त्यसैले जगन्नाथ माडसाबसँगको साँध सिमानामा उसको गडा पर्छ भनेर कोही पत्याउँदैनथ्यो। यही विश्वास माडसाबको हृदयमा पनि शिलालेखैँ कुँदिएको थियो। त्यसैले माडसाबले दुर्गाको गुनासोलाई एक कानले सुनेर अर्को कानले उडाइदिने गरेका थिए।

त्यसपछि दुर्गा रणचण्डी बनिन् र पतिको झ्याँको झारिन्’ “अब पनि तिमी यो घरघडेरी घेर्न पर्खाल लगाउन्नौँ भने म पनि तिमीसित यो घर्मा एकनिमेष पनि बस्दिनँ। तिमी र तिम्रा छोराछोरी त याँ पाहुनाजस्ता छौ। राति बास बस्न आउँछौ, बिहान खाएर हिँड्छौ। दिनभरि याँ बस्ने त मैमात्र हुँ। के भन्यो आज दिउँस बुद्धभक्तले था’छ? पहिले यो जमिन उसको थियो रे! एक्काइस सालको भूमिसुधारको बेला उस्का लठेब्रा बालाई ुक्याएर हाम्रा ससुराले आफ्नो नाममा नपाएका रे! हाम्रा ससुरा त्यसबखत वडासदस्य थिए रे! म यस्तो आरोप सहन सक्तिनँ। तिमीसँग पैसा छैन भने मेरो सारा गहनागुरिया बेच। बाँकी पैसा म माइतबाट रिन मागेर ल्याउँछु। अकार्थमा मरेको मानिसलाई सरापेको म सहन सक्तिनँ। तिमी अरू जेसुकै गर तर मलाई शान्तिसँग मर्न देऊ।”

यसरी उग्र भएकी दुर्गा एकाएक डाँको छोडेरै रुन थालिन्। माडसाबले उनी यस्तो रोएको कहिल्यै देखेका थिएनन्। त्यसैले अब चाहिँ पत्नी दुर्गाको जिद्दीलाई उनले पन्छाउन सकेनन्। लगत्तै अर्को बिहान उनले समाज डाके र साँध सिमानामा बुद्धभक्तलाई चित्त बुाएर पर्खाल लगाउने निर्णय गरे। “ठिकै छ, छिमेकमा बसेर गडा गर्नु राम्रो होइन। बुद्धभक्तले जहाँजहाँ भन्छ, पर्खालको जग त्यहीँ त्यहीँ खनिन्छ।” जगन्नाथ माडसाबले आफू उदार हृदय भएको प्रमाणित गर्दै समाजलाई सुनाए।

···

कान्छो नेपालीले बालुवा बोकेर ल्यायो। रामनाथ डकर्मीको समूहले त्यो बालुवामा सिमन्टी घोलेर इँटाको गारो उठाउँदै लग्यो। कान्छो नेपालीलाई यो कामले उसको भावी जीवनमा पार्ने घातक असरबारे केही थाहा भएन। उसले विश्लेषण गरेर पनि सोचेन यो नवनिर्माणको असर र अर्थ। ऊ विश्लेषक पनि थिएन। उसलाई त माडसाबको तीन हजार रिन चुक्ता गर्नु थियो, जसको कारणले उसले जीवनदान पाएको थियो।

पर्खाल बनाउन करिब दुई महिना लाग्यो। त्यो सिङ्गो अवधिमा कान्छो नेपालीले आधा जति समय जगन्नाथ माडसाबको बालुवा बोक्न बितायो। रक्सी, भात र चुरोट खाँदै र सन्तिनीको उधारो चुक्ता गर्दै ऊ जीवनयात्रामा अविरल रूपले गतिमान भइरह्यो। त्यसपछि पुस आयो र सँगसँगै गरिबमारा खलनायक जाडो पनि। जगन्नाथ माडसाबको क्याम्पाको उत्तरपट्टिको निकासमा ठूलो फलामेढोका पनि बन्यो।

जगन्नाथ माडसाबको रिनहिसाब कटाएर पनि उसले नौ सय सत्तरी पाउने भयो। साँ नपर्दै उसले त्यो रकम हात पार्‍यो र सूर्य चन्द्रागिरिको टुप्पोबाट नर्दै सन्तिनीको भट्टीतर्फ लाग्यो।

ऊ खुब खुसी थियो। “ए सन्तिनी दिदी, आज त म यो गाउँ नै बोक्ने गरी रक्सी खान्छु नि बुझ्यौ। एक/एक गिलास गरेर होइन, सिङ्गो केटली नै याँ राख।” रङ खुइलिएको बेन्चको छेउमा बसेपछि उसले भन्यो।

भट्टीमा भीड थियो। मानबहादुर, केशव, दिलबहादुर, रामबाबुले पनि गिलास समातिसकेका थिए।

“आज किन यति खुसी भैस् कान्छा? कि बिहे गर्ने चाँजापाँजो मिल्यो?” मानबहादुरले सोध्यो।

“यस्लाई कल्ले पत्याउँछ र बे गर्ने? न गाँसको ठेगान न बासको?” सन्तिनीले थपी।

“कि लबसब पर्‍यो कुनै लठेब्रीसँग?” मानबहादुर फेरि हौसियो।

“लबसब त त्यस्तै हो, यस्को खप्पराँ त्यो लेखिएकै छैन। तर यस्ले जगन्नाथ मास्टरको तीन हजार रिन चाँइ चुक्ता गर्‍याजस्तो छ।”

“कस्तो ठिक्क जानेर भनेकी यो दिदीले। मैले अब कसैलाई तिर्नु छैन। तिम्रो पनि त चुक्ता भइसक्या छ नि होइन र? आज यै उपलक्ष्यमा म याँका सपै दाजुभाइको रक्सीको पैसा चाइँ तिर्छु लौ।” उसले घोषणा गर्‍यो।

त्यहाँ आएका सबै ग्राहक एकछिन छक्क परे’ यो वास्तविकता हो या कल्पना? कान्छो नेपालीमा यस किसिमको आमूल परिवर्तन कसरी आयो? यसअघि ऊ कहिल्यै यति उदार भएको थिएन। सबै एकछिन अलमलिए, र तुरुन्तै प्रफुल्ल भए। उसले साँसम्म थपिएका अरू तीनजनाको पनि रक्सीको पैसा तिर्ने भयो।

“आज भैंसीको मासु बात्। कुखुराको मासु लेउ सन्तिनी। सुरुमै डबल प्लेट।” उसले भन्यो।

कान्छो नेपाली जति जोसिँदै गयो भट्टीवाल्नी सन्तिनी त्यति नै विचल्लित हुँदै गई। उसलाई कताकता एउटा असजिलोले घाँटी अठ्याएको जस्तो अनुभव भयो। त्यसैले आज उसले अश्लील सङ्केत बुाउने एउटा पनि शब्द बोलिन।

“तेरो घर काँ हो रे कान्छा?” सन्तिनीले सोधी। जबकि यो निरर्थक प्रश्न हो भन्ने कुरा उसलाई राम्ररी थाहा थियो।
“किन मलाई जिस्क्याएकी? मलाई यो कुरा था’छैन भन्ने कुरा तिमीलाई नै राम्ररी था’छ नि।”

“हो त, कान्छो आफैलाई था’छैन ऊ को र कहाँको हो भन्ने कुरा। अनुहार हेर्दा तामाङजस्तो छ, बोलीवचन सुन्दा बाउनक्षेत्रीजस्तो देखिन्छ, भेषभुषा चाहिँ पक्का ज्यापुको छ। के भन्ने हैन त कान्छा?” मानबहादुरले थप्यो। त्यसपछि कान्छोबाहेक सबै मरीमरी हाँसे।

उसले आफ्नो विगत अलिकति खोतल्यो’ “काम गर्न सक्ने भएपछि यो गाउँमा आएँ। थलिटारको पाटीमा बस्या छु। त्यसअघि पशुपतिका मगन्तेहरूको मामा थिएँ। मेरो चिनारी यति त हो।” कुखुराको मासु चपाउँदै उसले भन्यो र विरक्त भावमा दलिनतर्फ हेर्न थाल्यो। बाहिर अँध्यारो र जाडो बढिरहेको थियो।

“तैँले भन्या हैनस्। बेक्तिको सम्पत्ति मास्ने रे भनेर? मलाई त कत्ति पनि विश्वास छैन एस्मा।” सन्तिनीले भनी।

“यो त जगन्नाथ माडसाबले भनेका हुन्। उनी झुटो बोल्दैनन्। म यस्मा ज्यानको बाजी थाप्न सक्छु।”

“तेसो भए किन उनले आफ्नो घर घेर्न पर्खाल लगाएका त? उनलाई सच्चा कम्युनिस्ट व्यवस्था आउँछ भन्ने विश्वास भए किन यस्तो गर्थे?” मानबहादुरले थप्यो। सन्तिनीसँगै बाँकी सबैले टाउको हल्लाए। कान्छो नेपाली एक्लियो।

“म आजै सोध्छु माडसाबलाई यो कुरा, यो कुरोतिर त मेरो ध्यानै गएको थिएन। बालुवा बोक्ने म मूर्दारलाई यस्तो गहिरो कुरा के थाहा?”

त्यसपछि कान्छो नेपालीले भटाभट रक्सीकोझोल निल्यो। राति नौ बजेसम्ममा उसले आठ गिलास रक्सी, तीन प्लेट कुखुराको मासु र ६ वटा चुरोट खायो। उसले अरूको रक्सीको पैसा पनि तिर्‍यो र ढुनमुनिदै भट्टीबाट निस्कियो। “ए कान्छा, धेरै जाडो छ। नजा। यै पिँढीमा सुत। बाटोमा ढलिस् भने जाडोले कक्रिएर मर्छस्।” उसको हालत देखेर सन्तिनीले भनी तर ऊ नटेरी त्यहाँबाट हिँड्यो।

पाँच मिनेट जति लडखडाउँदै हिँडेपछि ऊ जगन्नाथ माडसाबको घरअगाडि पुग्यो। ऊभित्र जान चाहन्थ्यो र माडसाबप्रति आत्मीय भाव प्रकट गर्दै व्यक्तिगत सम्पत्ति उन्मूलनको प्रश्न समाधान गर्न चाहन्थ्यो तर माडसाबको घर उसैले बोकेको बालुवाले बनेको पर्खालले घेरिएको र त्यसमा फलामे ढोका लागेको थियो। त्यो देखेर यसबेला उसलाई निकै असजिलो अनुभव भयो।

उसले ठूलो स्वरले माडसाबलाई बोलायो तर पुसको रातको उत्कट जाडोमा उसका शब्दहरू तुसारै जमे, माडसाबले सुनेनन्। के अब माडसाब टाढा भए? नत्र यो भीमकाय पर्खाल उसको अगाडि किन? एकछिन ऊ रोयो त्यसपछि क्रूद्ध भएर करायो ‘“जगन्नाथ माडसाब’ मूर्दावाद!”

रातको १० नाघ्यो। बढ्दै गएको गाउँको सुनसान र चिसोमा कुकुरहरू पनि निःशब्द थिए।

“जगन्नाथ माडसाब’ मूर्दावाद!” उसले धेरैपटक यो नारा दोहोर्‍यायो र त्यसपछि ढल्यो। ढल्नासाथ ऊ बेहोस भयो।

भोलिपल्ट बिहान जताततै सेतो तुषारो टल्किएको थियो। कान्छो नेपाली जगन्नाथ माडसाबको पर्खालअगाडि दोब्रिएर मरेको पाइयो। सबैभन्दा पहिले उसलाई गाउँका आइमाईहरूले देखेछन्, जो धारामा पानी लिन जान गाग्री च्यापेर निस्केका थिए।

हिमाल खबरपत्रिका
पूर्णाङ्क २०५

Leave a Reply

Your email address will not be published. Required fields are marked *