Skip to content

रगतले पोतिएको चिठ्ठी पाउँदा

  • by


रगतले पोतिएको चिठ्ठी पाउँदा रोयौ होला
सानैदेखिको प्रेमीलाई गुमाउँदा रोयौ होला ।

मुटु झनै दुख्यो होला अतीतको यादले
परेवाका प्रेमजोडीसँगै उड्दा रोयौ होला ।

यो जुनीमा यस्तै भयो पर्खी अब बसँला
गरिएका यी वाचा कसम सम्झदा रोयौ होला ।

अन्तिमपल्ट मैले तिम्लाई आफैभित्र भेटें
मनको माया सामुन्ने नदेख्दा रोयौ होला ।

भेटिंदाको क्षणहरु रमाइला हुन्थे सधैं
सारङ्गीले वियोग गीत गाउँदा रायौ होला ।

– भोजपुर

युवामञ्च २०६८ माघ

Leave a Reply

Your email address will not be published. Required fields are marked *