Skip to content

नयाँ वर्षको शुभकामना

  • by


आकाशभरि उज्यालो हुँदै आइरहेछ
मनै रमाउनेगरी
शान्त शितल हावा
देशभरि बहिरहेछ
लेक–डाँडा–बेसी
हिमाल–पहाड–तराई
बत्तीसै दन्तलहर झल्काउँदै
मुसुमुसु हाँसिरहेका छन् ।

मानवको त के कुरा
आजको विशेष सन्ध्यामा
पशुपंक्षी किटपतङ्ग समेत
हर्षोल्लासपूर्वक
उफ्रि उफ्रि नाँचिरहेका छन् ।

यस्तो पृष्ठभूमिको अवलोकन गर्दा
मैले मेरो मातृभूमिमा
भोलि सबेरैदेखि
नयाँ वर्षले पाइला टेक्ने
खुशिको अवसर झलक्क सम्झेँ ।

प्रकृतिका सर्वाङ्गसँगै
खुशिले दङ्गहुँदै
मुलुक र मुलुकका नागरिकहरुले
यस नयाँ वर्षभरि
दिगो शान्ति र अपूर्व उपलब्धि
हासिल गर्न सकून् भन्ने
हार्दिक मंगलयम शुभकामना
विश्वभरिका नेपाली बीच
सहर्ष अर्पण गरिरहेछु ।

सामाखुसी मार्ग, ९३५/५४,
काठमाडौं (नेपाल)
मोबाइल नम्बर ९८४१७९७६६४

Leave a Reply

Your email address will not be published. Required fields are marked *